About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 31, 2010

भक्तराज आचार्य (Bhakta Raj Acharya ) ले गाएको "सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म" (Sabai behosi nasha piyera, bina piyerai behos chhu ma ) भन्ने गीत मलाई मन पर्ने गीतहरु मै पर्छ। कुनै पनि  गितका शव्दहरु अनौठा हुन्नन् तर यी शव्दहरुलाई खेलाउन सक्नेले मात्र यस्ता गीतहरु लेख्न सक्छन्। यहि कलालाई त सिर्जना भनेको होला।



***
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २

( सपना फुटेर आँशु वनेछ, त्यो आँशु फेरी व्यथा वनेछ )
आँशुका थोपा मोती वनेर, ( उदास मनको कथा भनेछ ) २ 
सवै वेहोसी नसा पिएर

( सुनसान वगरमा आँधी चलेछ, फैलेर आँधी चाहना वनेछ )  २
नअँटेर माया अन्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) २

( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
***

- समाप्त -

निस्चल र पूजासँगको रमाईलो घुमघाम

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 29, 2010

यो हप्ता निस्चल र पूजासँगको घुमघामले निकै आनन्द दिलायो। मनमिल्ने साथीहरुलाई धेरै समय पछि भेट्दा निकै रमाईलो लाग्ने रहेछ। सेमेस्टर सकिएर नयँवर्षको छुट्टीमा उनीहरु मलाई भेट्न Memphis सहरमा आएका थिए। उनीहरुसँग यो सहर घुम्न पाउँदा रमाईलो लागिरहेको थियो।

पूल्चोकमा ४ वर्षसँगै पढेका हामीहरुको यो भेट धेरै हिसावले विशेष थियो। पहिलो त यिनीहरुसँग बि.ई. पास गरेपछिको यो नै पहिलो भेट थियो भनेपनि हुन्छ। वि.ई. पास गरेपछि जागिरे जीवनमा लागिने हुँदा साथीहरुसँग भेटघाट गर्ने अवसर नै कम हुन्छ। उसमाथी म AIT हिडेंपछि भेटघाट र जमघटका अवसर आउँदा पनि भेट हुन सक्ने अवस्था थिएन। पछि पूजा त्यसपछि निस्चल अमेरिका हिडेपछि नेपाल जाँदा भेटघाट गर्न पनि सम्भव थिएन।

दोस्रो यिनीहरुलाई पतिपत्नीको सम्वन्धमा गाँसिसकेपछि पहिलो पाली भेट्दै थिएँ। पढ्ने वेला यो सम्वन्धको कुनै छाँटकाँट नदेख्दा गरिने कुराकानी वेग्लै हुन्थ्यो। उ वेला यिनीहरुले एक आपसमा गर्ने व्यवहार र हाल पति पत्नी हुँदाको व्यवहार त फरक हुने नै भयो। निकै फरक ! यिनै दुई भिन्नताहरुको विचमा रहेर अतितका कुरा सम्झिदै  जिस्किदै हाँसो ठट्टा गर्न पाउँदा निकै रमाईलो लागिरहेको थियो।

तेस्रो, अमेरिकामा मेरा पूल्चोकका साथीहरुसँगको पहिलो भेट नै यिनीहरुसँगवाट सुरु भयो। मेरो फ्रान्स वसाई टुङ्ग्याएर अमेरिका आउनुको कारणहरुलाई यो भेटघाटले समर्थन जनाउँदै थियो। मान्छेलाई उसको समुदाय चाहिन्छ। फ्रान्समा यो वेला अमेरिकाको जस्तो नेपाली समुदाय छैन र पछि हुने सम्भावना पनि कम छ किनकी नेपालीहरुलाई भाषाको कारणले त्यहाँ जान र गएपछि टिक्न गार्हो छ। तर अमेरिकामा त्यो समस्या छैन। चाहियो भने यसैगरी साथीहरुसँग भेटघाट गर्न गार्हो छैन। त्यसैले पनि यो भेटघाट रमाईलो थियो।

यी तीन प्रमुख कारणले गर्दा यो भेट रमणीय रह्यो। समय नै यस्तो चिज हो जो हाम्रो अधिनमा छैन। समयको दौरानमा को कता पुग्छ को कता केही थाहा हुन्न। आज समयले हामीहरुलाई नजिकै पुर्याईदिएको छ त्यसैले त यस्ता रमाईला भेटघाट गर्न पाईएको छ।  यस्ता घुमघाम र भेटघाटले मनलाई चँङ्गा र आनन्दित पनि पारेको छ।

- समाप्त -

उड्दै छौ कि वस्यौ कतै डालीडालीमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 18, 2010


०००
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: खोज्दै छौ कि कहाँ होला यो मिलनको गाउँ
(धर्ती हो कि आकाश होला जुनी मिल्ने ठाउँ ) २
केटी: सक्दै छौ कि सुख-दु:ख साथमा के होला
(विर्सौ कि त प्रिति फूल्ने एउटै छ यो चोला) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: जति हेर्यो दुनियाँ यो नौलो नौलो झनझन्
(यही घडिमा हरउँछ त्यसै त्यसै तनमन) २
केटी: सकिदैन छुटाउन वरपिपल छायाँ
(अन्जानैमा वस्दो रै छ नसोचेको माया) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
०००
- समाप्त -

नितिकथा - मुसाकी छोरी मुसैलाई

Posted by Nobal Niraula ( नोवल निरौला )

साभार - सेयरवजार

०००
एउटा मुसा निकै बुद्धिमानी रहेछ । उसले आफ्नी छोरी निकै राम्री भएको घमण्डले मुसासँग बिहे नगराई सबैभन्दा शक्तिशालीसँग बिहे गराउने निश्चय गरेछ । उसले संसारका जिवात्माहरुमा को ठुलो भन्ने खोज्दै जाँदा जनावरहरुभन्दा नि माथी सुर्यलाई ठुलो मानेर उसलाई आफ्नो छोरीसँग बिवाह गर्ने प्रस्ताव लगेछ । सूर्यले भनेछ- 'म ठुलो त हुँ तर के गर्नु मलाई पनि पहाडले छेकिदिन्छ' ।

त्यसपछि मुसाले पहाडकहाँ छोरीको बिहे प्रस्ताव लिएर गएछ। पहाडले मुसालाई भनेछ- 'हुन त म सुर्यभन्दा ठुलो हुँ तर के गर्नु मलाई पनि मुसाले छेडिदिन्छ' । पहाडको यस्तो कुराले मुसोलाई सवैभन्दा ठूलो त मुसा नै रहेछ भन्ने थाहा भएछ। अन्तमा मुसाले आफ्नी छोरीलाई मुसैसँग विहे गरिदिने विचार गरेछ।
०००

कथा त सकियो। पढ्नेलाई फूलको माला सुन्नेलाई सुनको माला । यो कथा ईन्टरनेटभरी जाला अनि लोकहरुलाई हामी आफुभित्र भएको शक्ति र क्षमतालाई चिन्न सिकाउला :)

- समाप्त -

डु यु स्पिक ईंलिस ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 28, 2010

कुनैताका विश्वेस्वरप्रसाद कोईरालाको  आत्माव्रित्तान्त सुनेको थिएँ। वालककालमा उनीले वनारसमा अध्यायन गरेका थिए रे। उनी पढाईमा र वहसमा निकै राम्रा थिए रे। वनारसमा अध्यायन गर्दा एक महानुभावले प्रश्न गरेछन् - "तिमीलाई अँग्रेजी वोल्न आउँछ (डु यु स्पिक ईंलिस) " ? जवाफमा विपिले  "मलाई अरु अङ्ग्रेजी आउँदैन वनारसको अङ्ग्रेजी मात्र आउँछ" भनेका थिए रे। महानुभावले हाँस्दै भनेका थिए रे - "अँग्रेजी जहाँको भएपनि एउटै त हो"। विपिले यो सन्दर्भ आफ्नो आत्माव्रित्तान्तमा राखेर रमाईलो वनाउन खोजेका देखिन्छन् । सवैवालक जस्तै आफूपनि सानासाना कुराहरुपनि ख्याल नगरेर निस्वार्थ रुपमा जवाफ दिएको थिएँ भनेर देखाउन खोजेका होलान्। उनले अँग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले वनारसी होस या वेलायती एउटै हो भन्ने महानुभावको कुरालाई स्विकारेको देखिन्छ।

अमेरिकी वातावरणमा घुलमिल हुन यहाँ आउने कोहिपनि नवजनलाई केही समयसम्म  सघर्ष गर्नु नै पर्दछ। सङ्घर्षको क्रममा नौला, रोचक घटना घट्ने गर्दछन् । यो यस्तै रोचक कथा हो। हाम्रो आफ्नै कथा हो :) । एक पटक एउटा अफिसमा फोन गर्दाको कुरा हो। एक महिलाले फोन उठाईन। हामीले उक्त अफिसलाई आफ्नो समस्या प्रस्तुत गर्यौं। उनले केहि वेर पस्चात - " Do you speak English ? In which language are you comfortable with ? I can ask for translator...." (तिमीहरु अँग्रेजी वोल्न सक्छौ ? तिमीहरु कुन भाषामा दख्खल छौ ? म अनुवादक वोलाउँछु) भनेर सुनाउँदा हामीले फोन राखेर मरिमरी हाँसेका थियौ।

हाम्रो अँग्रेजी उसले नवुझेकोमा नरमाईलोपनि लागिरहेको थियो। हाम्रो दक्षिण-एसियाको लवज विशेष खालको छ। सायद उ हामीले वोल्ने अँग्रेजी लवजसँग परिचित थिईन।  त्यो वेला विपिले सानामा दिएको उत्तर नै सहि थियो जस्तो लागेको थियो। वनारसमा वोल्ने अँग्रेजी  दक्षिण-एसियालीले वोल्ने अँग्रेजीको प्रतिनिधि उदाहरण नै हो। वालककालमा उनले वनारसी अँग्रेजी मात्र आउँछ भनेर उनले जे भनेका थिए वास्तवमा उनले सही भनेका थिए तर उनले त्यो यथार्थलाई राम्ररी नकेलाई अँग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले सवैतिर एकै हो भन्ने कुरालाई स्विकारेको देखिन्छ।

हालसालैको कुरा हो। साथीको मोवाईमा भुलवस एकमान्छेले फोन गरेछ। के के भन्दो रहेछ उनले वुझ्न सकेनछन् र मलाई फोन हस्तान्तरण गरे । मैले वुझ्ने प्रयास गरें।  वुझेका केही शव्दले उसको कुरा अनुमानमात्र लगाउन सकें। तर गाँठीकुरा मैले पनि वुझ्न सकिन र फोन साथीलाई फिर्ता दिएँ। साथीले उसलाई प्रतिप्रश्न गरे।  उनको प्रश्न यस्तो थियो : "डु यु स्पिक ईंलिस ?" :D :D हा हा हा। हत्तपत्त उसले फोन राख्यो। साटो फेरेकोमा हामीलाई भने एक किसिमको खुसी भनौ या आत्मासन्तुस्टि मिलीरहेको थियो  :)))))))

- समाप्त -

Thanksgiving day को महत्व

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, November 25, 2010

November महिनाको अन्तिम विहिवार Thanksgiving day पर्ने रहेछ। त्यसको भोलिपल्टको शुक्रवारलाई 'Black Friday' भन्दा रहेछन्। व्यापार व्यवसाय गर्नेहरुले यी अवसरहरुमा किनमेल गर्दा निकै ठूलो छुट दिने रहेछन्।

अमेरिकन र क्यानेडियनले मुख्यगरि मनाउने रहेछन Thanksgiving । तर Thanksgiving को दिन भने फरक फरक हुने रहेछ। विशेषगरि Thanks (धन्यवाद) दिने गरिदो रहेछ यो दिन। साथीभाइ, परिवारसँग वसेर Turkey (कुखुराको एक जात) खाने चलन रहेछ।

Thanksgiving  को ऐतिहासिक महत्व पनि रहेछ।  सन १६२० को जाडोको मौसममा धार्मिक यात्रीहरु (Pilgrim) अमेरिकाको Massachussets मा आउँदा सार्है खराव मौसमले गर्दा उनिहरु विरामी परेछन्। केहिको त ज्यान  पनि गएछ। रैथाने अमेरिकन (Native Americans) हरुले तिनिहरुलाई कसरी माछा मार्ने , कसरी खेतीपाती गर्ने र वाँच्ने भनेर सिकाएछन्। पछि यसैको वदलामा यात्रीहरुले अमेरिकनहरुलाई वोलाएर खानपिन गराई थ्याङ्स दिने गर्ने चलन वसाएछन। त्यसै चलनको परिस्क्रितरुप रुप नै आजको Thanksgiving day रहेछ।

यो विशेष दिनको अवसरमा सहयोग गर्नुहुने सवैलाई मेरो तर्फवाट Happy Thanksgiving। विहिवार, शुक्रवार पनि विदा परेकोले लगातार ४ दिन कलेज जानु पर्दैन।  त्यसैले Thanks to Thanksgiving :)

- समाप्त -

यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, November 13, 2010

Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।

म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।

समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्।  मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।

करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:

युनिभर्सिटीमा फूलेको मखमली फूल

४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।

- समाप्त -

पैंचो तिर्दाको खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 5, 2010

मानिसले सहयोगी भावना राख्नु पर्दछ। असहायलाई सघाउँदा पाईने खुसीमा अर्कै रमाईलो हुन्छ । जव अरुलाई सघाईन्छ तव अरुको सहयोग पनि पाईन्छ। यहाँ सहयोगको कुरा गर्नुको सन्दर्भ छ। आज मेरो दिल कसैलाई सघाएकोमा प्रसन्न छ। त्यसैले यो खुसियाली यस व्लग मार्फत साट्न खोज्दै छु। 

आज मैंले फ्रान्सलाई सघाएको छु । सघाएँ भन्नु भन्दा पैंचो तिरेको  भन्नु उपयुक्त होला। फ्रान्सले मेरो जीवनमा ठूलो गुन लगाएको छ। AIT, Thailand वाट फ्रान्सको लागि छानिनु सायद मेरो भाग्य थियो। सुरुको केहि समय भाषागत हिसावले पिडित हुनुपरे पनि उत्तरार्धको समयमा भाषाको समस्या हल भएको थियो। मनपरेको अनुसन्धान केन्द्रमा मन परेको विषयमा कमैले मात्र काम गर्ने अवसर पाउँछन्। मेरो लागि उक्त अवसर वाध्यता वनेर आएको थियो। मेरो मनोवल एकदम उच्च थियो। फलस्वरुप काम गरेको ठाउँवाट अगाड माया पाएको थिएँ र आज टाढा भएपनि माया पाएको छु नै। उनीहरुले मप्रति दिएका अवसरहरु प्रति मैले धन्यवाद दिएर मात्र पुग्दैन। 

मेरो मनपरेको विषयको अनुसन्धानमा जाने चाहनाको टुसा त्यहाँको अनुसन्धान केन्द्र (INRIA) मा कामगर्न छानिएको दिनवाट पलाउन सुरु भएको थियो। जीवनमा पहिलो पल्ट त्यति ठूला अनुसन्धानकर्तासँग चिनजान भयो। उक्त अनुभववाट आज मैंले थप अवसर पाएको छु र मन पर्दापर्दै पनि त्यो ठाउँ छोडेको छु।  French Government को Full Scholarship ले नै यि सव अवसर दिएको हुनाले फेन्च सरकारलाई मरीमुरी मुरी धन्यवाद दिन चाहन्छु।

वुढावुढी, असहायलाई र विध्यार्थीलाई फ्रेन्च सरकारले धेरै सुविधा दिन्छ। यि सवै सुविधा दिन कामगर्नेहरुवाट  उसले धेरै ट्याक्स उठाउने गर्दछ। कामगर्न सक्ने उमेरमा सरकारलाई पैसा दिने र नसकेको अवस्थामा सरकारले सघाउने चलनले  जीवन निकै सहज वन्छ। मैंले फ्रान्स छोडेपनि मलाई उसले लगाएको गुन संझेर आफैंले सोधी खोजी गरी ठुलो धनरासी (मेरो लागि) ट्याक्स मार्फत तिरें। मैंले उक्त रकम नतिरेर नयाँ कार किनेर हुरुरु कुदाउन सक्थें। तर म प्रति उसले लगाएको ठूलो गुनको वदलामा मैंले चुप लागेर वस्न मिल्दैन। त्यसैले आज मैंले पालाको पैंचो तिरेको छु र यसैमा म रमेको छु। अन्तमा फ्रान्स सरकारलाई  Merci Beaucoup (म्याक्सि वकु) भन्न चाहन्छु !

- समाप्त -

वहारसँगै उड्यो मन, किन थाम्दैन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 21, 2010


(वहारसँगै उड्यो मन किन थाम्दैन) २
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

चाँदनी रातमा जुनको किरणमा तिमी आई
न्यानो स्पर्स देउ
संगीतको मधुरो सरगम वनी
जीवनमा राग नयाँ सजाउ
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

सागर झैं गहिरो नदि झैं कलकल तिम्रो माया
वग्यो प्रित वनी
हरियाली मौसम रिमझीम वर्षा भै आयो
वसन्त रितु वनी
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
***

- समाप्त -

सत्य वोल्नुको मज्जा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 16, 2010

जीवनमा मान्छेले अलिअलि असत्य वोलेकै हुन्छन् जस्तो लाग्छ । कतिको सत्य र कतिको असत्य वोल्ने भन्ने कुरा नितान्त व्यक्तिगत विचार हुन्। सधैं असत्य वोल्दा आप्नो विस्वास घट्न सक्छ भने सधैं सत्य वोल्दापनि अप्ठेरोमा पर्न सकिन्छ। सत्यकुरा सुरुमा तिता हुन सक्छन् । तर सत्य वोल्नुका धेरै फाईदाहरुपनि छन् । तलको अंग्रेजीको वाक्यले एक महत्वपूर्ण फाईदाको कुरा गर्छ:

Always Tell The Truth, So You Don't Have To Remember What You Said.

अर्थात सधैं सही वोल्ने गरिएमा के वोलेको थिएँ भनेर सम्झिरहनु पर्दैन रे। अर्थात गलत वोल्नेहरुले कुन मान्छेसँग के वोलेको थिँए भनेर सम्झीराख्नु पर्यो नत्र गलत वोलेको कुरा थाहा भईजान्छ। मलाई निकै राम्रो लाग्छ यो उक्ति। वोलेको वोली र हानेको गोली फर्काउन सकिन्न। त्यसैले सधैं सहि वोल्ने वानी गर्नु राम्रो । म त सकेसम्म सत्य नै वोल्ने गर्दछु, यसैमा मज्जा छ :)).

- समाप्त -

आमा वुवा वन्नेहरु, कतिको सचेत हुनुहुन्छ ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 9, 2010

दिनानुदिन संसारमा नयाँ प्रविधिका विकास भईरहेका छन् जसले गर्दा जीवनशैलीमा धेरै परिवर्तन आउन थालेका छन्। आफ्ना वुवाआमा त के थोरै वर्षको फरकमा जन्मिएका दाजुदिदीहरुको जीवनशैली र आफ्नो जीवनशैलीमा नै निकै भिन्नताहरु पाउन कठिन पर्दैन। यसको प्रमूख कारणहरुमा ईन्टरनेटको पनि ठूलो भुमिका रहि आएको छ। यतिखेर ईन्टरनेटको संजालले संसारलाई फनक्कै वेरेको छ। को टाढा र को नजीक भन्ने तुलना हटाउँदै छ। आफ्ना सूचना साथीसँगीहरुसँग साट्न अव चेलीले तिज-तिहारमा पर्खीवस्नु पर्दैन। फोन र ईन्टरनेटको पहुँच हुनेहरुलाई आफ्ना कुराहरु सहजै साटासाट गर्न कति पनि गार्हो पर्दैन। सोसियल नेटवर्क जस्तै फेसवुक मार्फत सुचना साटासाट गर्न  सजिलै सकिन्छ।  पस्चिममा मुलुकहरुमा ईन्टरनेटको प्रयोग अझ व्यापक मात्रामा हुन्छ। किनमेल, रोजगारी, गफगाफ आदिको लागि  ईन्टरनेट नभई हुँदैन । मान्छेहरु ईन्टरनेटमा यति धेरै भर पर्दछन् कि एक दिन मात्र यसको प्रयोग गर्न नपाउने हो भने उनीहरुमा छटपटी सुरुहुन्छ।

एक वच्चाले आमा वुवावाट उसको  नामरुपी परिचय पाउँछ। उ जीवनभर त्यही परिचयको सहायतामा चिनिन्छ। मान्छेको वुवाआमासँगको सम्वन्धको पहिलो पुल नै उसको नाम हो। अवको जमानामा वुवाआमा वन्नेहरुले छोराछोरीको नाम मात्र हैन ईमेल एड्रेस पनि राखिदिने चलन वढेको छ भनेर अनुसन्धानहरुले देखाउन थालेका छन् ()। पस्चिमा देशका ईन्टरनेटमा पहुँचहुने आमाहरुलाई सोधेर सेक्युरिटी कम्पनी AVG ले निकै रमाईला तथ्यहरु प्रस्तुत गरेको छ। केही रोचक तथ्यहरुलाई यहाँ वुँदागत गरिएको छ:

क )  २३ % आमाहरुले आफू गर्भवती भएको प्रमाण अनलाईन राखेर साथीभाइलाई सुचित गर्दछन्
ख )  ७० % भन्दा वढी आमाहरुले आफ्नो वच्चाको तस्विरहरु ईन्टरनेटमा राखेर साथीभाईसँग साट्दछन्
ग )  ७ % वच्चाहरुले जन्मेको दिन नै ईमेल एड्रेस पाउँछन्
घ )  औसतमा ६ महिनाको समय भित्र ८१ % वच्चाहरुको  सुचना ईंन्टरनेटमा राखिन्छ
ङ )  ३३ % वच्चाहरुको तस्विर जन्मेको समयवाट राखेको पाईन्छ

सावधान
पक्कै पनि अहिलेको समय निकै फरक छ। छोराछोरीका पुराना तस्विर हेर्न अव दराजमा राखेको पुरानो एल्वम खोजीराख्न पर्दैन, अनलाईन (जस्तै फेसवुकमा )  राखिएका तस्विरहरुमा वर्षौं पछि गएपनि पुग्छ। तर आमावुवा वन्नेहरुले विचारै नगरी आफ्ना वच्चाहरुको तस्विर जथाभावी अनलाईन राख्ने गर्दछन। अनलाईन तस्विर राख्नु नराम्रो पक्कै हैन तर राखिएका एल्वमहरु कसलाई हेर्न दिने र कसलाई नदिने भन्ने कुरा महत्वपूर्ण हुन आँउछ । अपलोड गरिएका तस्विरहरुको सुरक्षा विचार गर्नुहोस । ईन्टरनेट राम्रा मान्छेहरुले मात्र हैन नराम्रा मान्छेहरुले पनि चलाउँछन। विचार गर्नुस त तपाईको वच्चाको तस्विर अस्लिल तस्विर वनाउन प्रयोग भयो भने तपाईलाई कस्तो महसुस हुन्छ ? सहजै उपलव्ध तस्विरले वच्चा अपहरणकारीलाई पनि सहायता गर्न सक्दछ। धेरै जस्तो वुवाआमा वन्नेहरुले यी कुराको विचार गरेको पाईन्न। अझ जन्मेको वच्चाले ठूलो भएपछि आफ्नो सुचना आमावुवाले राखिदिएको जस्तो किसिमले नभैदिएको भए हुने भन्ने गुनासो गर्न सक्छ। त्यसैले यो जमानामा वुवा-आमा वन्नेहरुले यस्तो सुचनाका सुरक्षा नितिहरुसँग जानकार भईरहनु अत्यन्त जरुरी छ।

स्रोत:
१. AVG Blog

- समाप्त -

पढाईयो अम्रिकनलाईपनि

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 6, 2010

पढाउने काम मेरो लागि नौलो हैन। SLC दिनेवेला सहपाठीलाई, B.E. मा होस्टेल वसेकोवेला क्वाटरमा वस्नेसरहरुका छोराछोरीलाई अनि B.E. पछि कान्तिपुर ईन्जिनियरिङ्ग कलेज धापाखेलमा पढाईयो। आजफेरी धेरैवर्षपछि पढाईयो। विगतका अनुभव भएपनि आजको पढाउने काम कस्तो हुने होला भन्ने कौतुहलता थियो किनकी आज अम्रिकन विध्यार्थीहरुलाई पढाउनु थियो। विगतमा सवै पढाउने काम नेपाली माध्यममा हुन्थ्यो तर आजकोमा अंग्रेजी माध्यममा उसमाथी अमेरिकनहरुलाई पढाउनु थियो। कतै विध्यार्थीले सोधेको प्रश्न नबुझ्ने त हैन भन्ने हल्का डर भने थियो किनकी उनीहरुको मात्रीभाषा र उनीहरुको वोल्ने लवजमा म उनीहरुजतिकै पोख्त हुनै सक्दिन।

प्रोफेसर शहरवाहिर जानुपरेकोलेपनि मलाई यो क्लास लिन लगाएको थियो। Operating System को ल्यावमा पढाउनु थियो, रमाइलै गरि वित्यो। खासमा पढाईसकेपछि निकै संन्तुष्ठी मिल्यो, अनुभव वढ्यो अनि आत्माविस्वास पनि । पढाउने काममा रहर पो जाग्न थाल्यो :)। "मैंले PhD गर्दा कहिले प्रोफेसरले मलाई पढाउन पठाउछ र सिकौं जस्तो हुन्थ्यो मलाई, त्यही भएर तिमीले यो अवसरलाई उपयोग गर्नपर्छ" - मेरो प्रोफेसरले मलाई भन्दै थियो। मलाई पनि मेरो प्रस्तुतिकरणमा सुधारल्याउन र अनुभव वटुल्न यो सहयोगी सिद्द हुन्छ जस्तो लागेको छ। जे भएपनि खैरेका छोराछोरीलाई पढाउने अवसर पाईयो आज। वरु तिनीहरुले कस्तो महसुस गरे मेरो पढाउने तरिका बारे भन्ने कुरा प्रोफेसरले अर्को क्लासमा सोधेर मलाई जवाफ दिने नै छन् । तर राम्रो नै पढायो भन्ने जवाफ दिनेछन् भन्ने कुरामा मलाई आशा छ :)) । अर्को क्लास १ महिना पछि छ, अव त झनै सजिलो हुन्छ किनकी त्यो पहिलो क्लास जस्तो नौलो हुने छैन।

- समाप्त -

वाँधिएका हातहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 3, 2010

कम्प्युटरका अँङ्गहरुमध्ये प्रोसेसर सवैभन्दा छरितो र चाँढो काम गर्नेमा अँङ्गमा गनिन्छ। यसले हजारौं कामहरु सेकेण्डमै सकाउँछ। उदाहरणको लागि गीत सुन्दै च्याट गर्दै गर्नको लागि गित सुन्ने सफ्टवेर र च्याट गर्ने दुवै सफ्टवेर कम्प्युटरमा एकैपालि चल्न जरुरी छ। प्रोसेसरले चाँढोकाम गर्न सकेको कारणले गर्दापनि यो सम्भव भएको हो। प्रिन्टर पनि कम्पुटरको एक नै अँङ्ग हो तर यो प्रोसेसरको तुलनामा एकदम सुस्त हुन्छ। जस्तो कि १ पेज प्रिन्ट गर्न १ मिनेट नै लागेपनि यो एकदम सुस्ट मानिन्छ किनकी त्यो १ सेकेन्डमा प्रोसेसरले हजारौं काम भ्याउँछ।

यहाँ कम्प्युटरको सवैभन्दा चाँढो चल्ने अङ्ग प्रोसेसर र सुस्तरी चल्ने प्रिन्टरको तुलना गर्नुमा केही दम छ। दिमाखमा निकै  विचारहरु खेलिरहेकाछन् । समयले  नयाँनयाँ अनुभवहरु दिलाउँदै छ । दिमाखले कम्युटरको प्रोसेसर जस्तै हाई स्पिडमा चलेर अनगिन्ती विचारहरु निकालिरहेको छ। तर प्रिन्टर जस्तै सुस्त हातहरुले दिमाखले जम्मागरेको भावनाको आँधिवेहेरीलाई उतार्न सकिरहेका छैनन् यतिखेर। उसै त सुस्तहातहरु उसमाथि दायाँवायाँवाट आउने कामहरुले थपेका अनुरोधहरुलाई सम्हाल्नुपर्दा वाँधिएजस्तो महसुस गर्दछन् ।  यी वाँधिएका हातहरुले यो व्लगमा आज यतिमात्र लेख्न सक्छन्।

- समाप्त -

मेरी वसन्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 24, 2010

स्वरुपराज आचार्यले गाएको वसन्ती फिल्मको गीत :





मेरी वसन्ती, प्यारी वसन्ती - २
तिम्रो न्यानो अँगालोमा - २
सधैं सधैं सधैं भरी
वाँधिएर सहन्छु वाँच्न
मेरी वसन्ती, प्यारी वसन्ती - २

{यो चोखोचोखो वन्धनको
यो तातोतातो स्पन्दनको}२
म सधैं दासिदासि तिम्रो रुपको - २
मेरी वसन्ती, प्यारी वसन्ती - २

{ तिमी साथ हुँदाको वेहोसी
तिमी नहुँदाको उदासी } - २
म सँधै प्यासी प्यासी तिम्रो प्यारको - २
मेरी वसन्ती, प्यारी वसन्ती - २
तिम्रो न्यानो अँगालोमा - २
सधैं सधैं सधैं भरी
वाँधिएर सहन्छु वाँच्न
मेरी वसन्ती, प्यारी वसन्ती - २ 
***
- समाप्त -

थ्याङ्क्यू !

Posted by Nobal Niraula ( नोवल निरौला )

नवोल्नै सकें नआवाज सुनें जन्माईदिनेको
संचारकोयुग आ'कोछ भन्दा खिल्लि झै लागेको
मुटुले वुझ्यो ढुकढुकी वढ्यो ठडायो एन्टिना
ममतारुपी तरङ्ग उड्यो वजाउन फोनरिङ्ग

मुस्काई भनिन् आशीर्वाद मेरो छोरालाई लागोस
वावाको पनि आशिर्वाद छ रे चम्कियोस भविष्य
सुन्न नै छोडें आवाज उनको, सिग्नल छैन कि
झस्किई हेर्दा टोलाको रैछु कल्पेर मातारी

देख्दामा म्यासेज साथी र भाइको पर्खालमाथिको
लाग्दछ मेरो रेडियस वढ्यो साथी र मित्रको
धन्यवाद सवै साथी र सङ्गी म यही भन्दछु
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !!
***

- समाप्त -

नयाँ ल्यावबाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 17, 2010

नयाँ कुराहरु सवैलाई स्मरणीय नै हुन्छन् । यि कुराहरु नै लामो समयसम्म पनि याद आईरहने खालका हुन्छन्। समय वित्दै जाँदा घटने उस्तै घटनाहरुको महत्व घट्दैजान्छ किनकि तिनिहरु नयाँ नै हुँदैनन्। जस्तो कि कुनै एक मान्छे पहिलोपाली गाउँवाट काठमाडौ जाँदै छ भने उसलाई जाँदाका घटनाहरु लामोसमयसम्म स्मरणीय नै हुन्छन्। बर्षौंपछि पनि कुन वस वा प्लेनमा गएको थिईयो, साथमा कोको थिए, कोसँग भेटभयो भन्ने कुराहरुको संझना गर्न कठिन हुन्न। पछिपछि उहि गाउँ र काठमाडौ आवतजावत गर्दाका कुराहरु याद नहुन सक्छन किनकी ति नौला नै हुँदैनन्।

यो व्लगपनि त्यस्तै एक संझनालायकको ठाउँवाट लेख्दैछु जहाँवाट मैंले अनुसन्धानको सुरुवात गरेको छु। त्यसैले मेरो ल्याववाट पहिलोपाली लेखेको यो व्लग मेरो दिमाखमा रहिरहनेछ। म यही ठाउँवाट अरु व्लगहरु लेखुँला तर ति संझना दिलाउने खालका नहुन सक्छन। नयाँ सेरोफेरो, नौलो वातावरण, नौलो अनुभव सवैकुरा नौलो महसुस गर्दै छु। अलिकति फिक्रि छ त विजिलाईफको सुरुवातको :D । ल्याववाट विदा !

- समाप्त -

जीवनको एक मोड

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 31, 2010

जीवनमा केही घटनाहरु यस्ता हुन्छन् जसले यसको दिशालाई नै मोडिदिन्छन्। जस्तो कि यो समयमा SLC पासले उच्च शिक्षा लिन ढोका खोल्छ भने यसको अभावमा पढ्ने अवसरवाट वन्चित हुनुपर्छ । त्यसैले SLC पास जीवनको मोड परिवर्तन गरिदिने एक घटना हो। यस्तै जीवनलाई मोडिदिने एक घटना मेरो सामु आएको छ यतिखेर।

समयले PhD गर्ने अवसर दिलाएको छ। यो शिक्षाले मेरो जीवनलाई निकै मोडिदिने छ। मास्टर्स सकाएर जागिर गरिरहेर वस्दा मेरो जीवनले अर्कै वाटो पहिल्याईरहेको थियो। अव पिएचडि गरेपछि आउने वाटो र पहिलेको वाटोले जीवनलाई निकै फरक-फरक अवस्थामा पुर्याउने भएकोले यो पिएचडि मेरो जीवनको ठूलो मोड वनेर आएको छ।

मानव जीवनको सवैभन्दा उच्च शिक्षा भन्छन् PhD लाई। Algorithms and Problem Solving को Course सँगै मेरो जीवनमा त्यो शिक्षाको शुरुवात भएको छ, 30 August, 2010 वाट। नि:शुल्क आफूलाई मनलागेको विषयमा यसको सुरुवात गर्ने जुन अवसर प्राप्त छ यसले उत्साह थपिदिएको छ एकातिर भने अर्कोतिर यसलाई सफलताको साथ सकाउनुपर्ने चुनौति पनि छ। चुनौति पनि एक अवसर नै हो जहाँ मान्छेले उसको सक्षमतालाई प्रस्तुत सक्दछ। त्यसैले कम्मर कसेर अवसरहरुको प्रयोग गर्दै अघि वढ्नुको विकल्प छैन । यो मोड हुँदै अघि वढेको जीवनको गाडिलाई कल्पना गरेको विसौनीसम्म नपुर्याई भा'छैन :)

- समाप्त -

गीत: वल गरेर त्यो मन यता

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 28, 2010

आजकल निकै चलेको गित "वल गरेर त्यो मन यता" ( Bal garera tyo maan yeta) भन्ने गीत मलाई पनि मन पर्छ। स्वरुपराज आचार्यले यसलाई निकै राम्रोसँग गाएका छन् :

Lyrics
------------------------------------------------------------
(बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छ्यौ था'छ मलाई छोड भन्दिन म ) २
तर,
खुसी अन्तै मिल्छ भने, तिमीलाई धेरै २
मैंसङ्ग नाता, जोड भन्दिन म २
म त माया गर्छु तिमीलाई २

म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने २
तिम्ले आफ्नो आफन्तलाई होला सोध्नुपर्ने
रित्याई त्यो जन्मघर छोडि के गर्छौ तिमी
जन्मघरसँगको नाता तोड भन्दिन म
पराईको पच्छौरी त्यो ओड भन्दिन म
तर
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैंसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

वाटो सवै सजिलो त कहाँ हुन्छ हिड्न
मन पराई एउटालाई यात्रा नहोस भिन्न
गाह्रो हुन्छ कहिले काँहि साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारी फोड भन्दिन म
फल नदिने व्रिक्षलाई गोड भन्दिन म
तर
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैंसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छ्यौ था'छ मलाई छोड भन्दिन म
तर,
खुसी अन्तै मिल्छ भने, तिमीलाई धेरै २
मैंसङ्ग नाता, जोड भन्दिन म २
म त माया गर्छु तिमीलाई २
***

- समाप्त -

मोदिआईन पुगिन अमेरिका

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 20, 2010

यात्रा सुरुगर्नु अगि मैले नेपाली उपन्यासका पुस्तकहरु किनेको देख्दा म आफैलाई कतै नेपाली साहित्यमा अनुसन्धान गर्न गैरहेको त छैन जस्तो लागेको थियो। हुनपनि मैले यति धेरै नेपाली साहित्यका किताब किनेको यो नै पहिलो अवसर थियो। मैले धेरै जस्तो बी. पी. कोइरालाका किताबहरू किनेको छु। जस्तो की मोदिआईन, तीन घुम्ती, नरेन्द्रदाई आदि। मैले बी. पी. को आत्मवृतान्त इन्टरनेटबाट सुनेको छु। उनी एक महान राजनीतिज्ञ मात्र नभएर कुसल साहित्यकार पनि थिए। उनले एउटा खुट्टा साहित्यमा र अर्को खुट्टा राजनीतिमा राखेर अगाडीबढेका थिए। सुनेको छु उनका लेखरचनामा राजनीतिको कुनै प्रभाव छैन। मोदिआईन उपन्यासमा पनि मैले यो कुरा पाएँ। यसरी दुवै विधामा सफल हुन सकेका व्यक्तित्वबाट म प्रभावित भएको छु। कम्प्युटर र साहित्य दुबैविधामा सफल हुन पाए कस्तो रमाइलो हुन्थ्यो होला :))

संसार अचम्मको छ। मान्छे मरेर गएपनि उसका कृतिहरु रहिरंछां। उसका कृतिहरु पढ्दा लाग्छ उ जिवितै छ। अर्थात् राम्रा कृति छोड्नु संसारमा वाचिरहनु हो। म जन्मिनु अगी नै बितेका बी. पी. को मोदिआईन उपन्यास पढ्दा मैले यहि महसुस गरें। मोदिआइन मिठाई पसलेकी बुढीलाई भन्छन क्यारे। लेखकले आफुलाइ बालकको रुपमा राख्छन। उनि उनका परम्हितैसी मिसिरजीसंग दरभंगा जान्छन। त्यहाँ उनीहरु मोदीको घरमा बस्छन। मोदिआइनले बालकलाई नजिकैको हडाहा पोखरी कसरि बन्यो भन्ने कहानी भन्दै सुताउछिन। कौरव र पाण्डवको लडाइहुँदा मरेका मान्छेहरुलाई चील बोकेर ल्याउदा खसेका हाडखोड निकाल्दा वनेको हुन्छ त्यो हडाहा पोखरी। त्यो लडाइको कहानी एकदम मार्मिक किसिमले बयान गरिएको छ यो उपन्यासमा।

काठमाडौँबाट यात्रा सुरु गरे लगत्तै पढ्न सुरुगरेको यो उपन्यास Memphis मा पुग्दासम्म सकियो। छोटो भएपनि यात्रा भर लाग्यो सकाउन। यसरी मोदिआईन मसंगै विभिन्न नाकामा मेरो passport प्रयोग गर्दै पुगिन अमेरिका।

- समाप्त -

ठमेलमा एक पर्यटक

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 17, 2010

ठमेलको एक Gift पसलमा पसे लगत्तै उसले भन्यो - "हेल्लो सर, गुड आफ्टरनुन्"। यसपाली मैंले नेपालीमा वोल्ने चेष्टा गरिन र भनें - "गुड आफ्टरनुन्"। अगिल्लो पसलमा पनि यसैगरी अंग्रजीमा भन्दा मैंले म नेपाली हो भाई भनेर सुरुमै वताएको थिएँ। तर यसपाली केही वेर झुक्याउँ भनेर मैंले उसलाई अंग्रेजी मै वोलेको थिएँ। मेरा आँखा नजीकैका वुद्धको मुर्ति तिर वढिरहँदा उसले भनेको थियो - "दिस इज लाफिङ्ग वुद्द सर "। "ओ या, बट ईट ईज डर्टि ...."- मैंले यसै गरि जवाफ दिएँ। "नो सर, ईट ईज विकाउज अफ डस्ट। आई विल क्लिन ईन फ्रन्ट अफ यु, ईट विल साईन..." - उसले भन्यो। "ओ के"- मैंले जवाफ दिएँ। उसले केही वेर धुलो पुछेपछि मैंले सोधें - "हाउ मच ?" । "जस्ट २००० सर"- उसले जवाफ दियो। यसैगरि उसँग भलाकुसारी हुँदै गयो अनि विचमा मैंले उसलाई भने - "भाइ म नेपाली हो ... :) "। उ पनि मरिमरि हाँस्न लाग्यो र म पनि। "अग्लोअग्लो अनि गोरो देखेर नेपाली हैन भन्ठाने दाइ सरी ..."- उ भन्दै थियो। मैंले पनि उसलाई झुक्कउन यसो गरेको भनेर भनें - उ अझै हाँस्दै थियो।

यसरी ठमेलमा म पर्यटक वन्न पुगें । हुन त म एक पर्यटक नै थिएँ - आन्तरिक पर्यटक। तर भाषा भने अँग्रेजी परेकोले अलिक अप्ठेरो लाग्यो मलाई । म सोच्छु कतै म वास्तविक विदेशी पर्यटक त वन्दै छुईन ? म झस्कन्छु, अनि सोच्दछु अहँ, म त्यस्तो वन्न चाहन्न...।

- समाप्त -

गुरुकुलमा नाटकको मज्जा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 14, 2010

आज 'सपनाको साबिति' नाम गरेको नाटक गुरुकूलमा गएर हेरियो। पुरानो वानेस्वरमा रहेछ गुरुकुल। रेडियो र पत्रिकाहरुमा सुनिरहने भएपनि मैंले गुरुकुलमा गएर नाटक यस अघि कहिल्यै हेरेको थिईन। यस अर्थमा पनि यो विशेष रह्यो। अझ मेरा प्यारा भान्जाभान्जी र वहिनीहरुपनि साथै रहँदा अर्कै किसिमको रमाईलो भयो।

पहिलो पल्ट टिभि हेर्दा मलाई अनौठो अनुभव भएको थियो। त्यो टिभिमा पर्दाहरु परिवर्तन भएको कुरा म वुझ्थिन। किन सट्टसट्ट नयाँनयाँ द्रिष्य आएको होला भनेर म अल्मलिन्थें नवुझुन्जेलसम्म। सानैदेखि टिभि हेरेको मानिसले यो अनुभव लिन सकेका हुन्न रहेछन्। आज यो नाटक हेर्दा पनि यस्तै अनौठो महसुस भयो। टिभिमा जस्तो सट्ट पर्दा परिवर्तन हुन्न नाटकमा। फिल्म सुटिङ्ग हुँदा जस्तो पटकपटक अभिनय गर्न मिल्दैन नाटकमा। त्यसैले नाटकमा अभिनय गर्न सक्नु एकदम गार्हो काम हो। यो अनुभव हेर्न भएपनि हामीहरु गुरुकुलमा एकपल्ट जानुपर्छ जस्तो लाग्छ ।

साउनको झरी वनी तिमी आउन

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 10, 2010

नारायण गोपालले गाएको यो गित निकै मार्मिक छ र सान्दर्भिक पनि छ यो साउनको महिनामा। ईन्टरनेटमा यो गितका शव्दहरु कतै फेला नपरेकोले सुन्दै लेख्दै गरेको छु। सवै सहि रुपमा उत्रेको नहुन सक्छ :


साउनको झरी वनी तिमी आउन, 
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी

हो, हो, (वाँतिएर आज हिमाल किन रोएछ)२
कता-कता मन भित्र घाउ दु:खेछ
विहानीभो किरणसँगै तिमी आउन
छातिभित्र मुटु वोल्छ - तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी

हो, हो, (निसासेको पारी पाखा कति धुमैलो)२
निसासेको पारी पाखा कति धुमैलो
डुव्दै जाने घामले हो कि डँडेलो लागेको
भन्ज्याङ अनि पाखा भन्छ- तिमी आउन
फूलहरु रोई भन्छ- तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी
***

- समाप्त -

कन्जुस अङ्कल !

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, August 8, 2010

साउन महिनाको आठघन्टे लोडसेडिङ् को वावजुद यो कहानी नलेखि रहन सकिन म :D
---
भर्खर कै कुरा हो यो। म भेटघाटको सिलसिलामा एक साथीको घरमा वस्न गएको थिएँ। उसकी ७ बर्षकी भतिजी रहिछिन्। त्यसैले उनी मेरी पनि भतिजी नै परिन। सानीसानी चन्चले, केटाकेटीको त्यस्तै त हुन।

केटाकेटीहरुसँग कुरागर्न मलाई मन निकै मनपर्छ। उसमाथि यी भतिजी आँफै कुरा गर्न तम्सिने खालकी मज्जाकी रहिछिन। "अङ्कल जस्तै हुनुहुँदो रहेछ अङ्कलको साथी पनि" - उनले लोडसेडिङ्ग भएको बेलामा पुग्दा यही भनिन् :)। हुन त केटाकेटीका आँखा तिखै हुन्छन् त्यसैले यार्सागुम्वा टिप्न केटाकेटीलाई लगिन्छ ता कि उनीहरुले सजिलै देख्दछन्। मैंले यसैगरी सोचें उ वेला तर पक्कै पनि अङ्कल र अङ्कलको साथी उस्तै थिएनन्। त्यसैले सानी भतिजीले पहिले पनि भन्दै आएको कुरा सुनाए झैं लाग्यो।

विहानै भतिजीका वास्तविक अङ्कल प्रविण (परिवर्तित नाम :D) वाहिर गएको वेला पारेर सानी भतिजी कोठामा पसिन। उनले मलाई पनि अँकल भन्न थालिसकेकी थिईन यो वेलासम्म। उनले मलाई वाचा वधाईन यसरी: "अङ्कल तपाईंसँग म एक कुरा गर्न आएकी तर मेरो प्रविण अङ्कललाई नभन्नु है त ?"। मैले सहमति जनाएँ। अनि उनले सुरु गरिन गोप्य कुरा सुनाउन:

प्रविणकी भतिजी - अङ्कलको वर्थ डे मा अङ्कलले कति ठूलो केक ल्याउँछु भन्नु भ'को थियो तर थाहा छ के भो?।
- छैन भन न के भयो?
प्रविणकी भतिजी - वर्थडेको दिन त अंकले चोकोफन ल्याएर त्यहि काट्नु भयो।
- हो र ?
प्रविणकी भतिजी- हो नि । अङ्कल कस्तो कन्जुस हुनुहुन्छ। मेरो वर्थडेमा कत्रो केक काटेको उहाँकोमा त तेस्तो। पैसा नभएर हैन के, अङ्कल सार्है कन्जुस हुनुहुन्छ.........।
- हाहाहाहाहाहा :))))))))))))))))))))))))))))))))))) :D:D:D:D:D:D:D:D

म यति सुनेपछि हाँस्न थालेँ। पेट मिचिमिची हाँसे। भन्छन् वच्चाहरु निस्चल हुन्छन रे अनि जे छ त्यही नलुकाई भन्छन् रे । सायद यी भतिजीले पनि प्रविण अङ्कलको रामकहानी जस्ताको तस्तै सुनाईन् :D । प्रविण अङ्कलको आगमन पस्चात मैंले उनलाई यो कुरा सुनाएँ। हामी मरीमरी हाँस्यौ। मैंले भतिजीसँग गरेको प्रविण अङ्कललाई नभन्नु भन्ने वाचा तोडेँ :(. त्यसैले आई एम सरी भतिजी ! आज तिमीले माफ नदिए पनि तिमी ठूली वुझ्न सक्ने भएपछि यो व्लग देख्यौ भने तिमीले मलाई माफ गरिदिने छौ भन्ने आश छ। हुन त मैंले भतिजीलाई तिम्रो अङ्कललाई सुनाएँ भनेर प्रविण अङ्कल भएकै वखतमा सुनाएको थिएँ। उनले के भो त भएकै कुरा भनेको भनेर सुनाउँदा हामी अझ मरीमरी हास्यौं।

विचरा भतिजीमात्र यस्ती हैनन्। मलाई मेरो वाल्यकालको यस्तै कहानी वुवाआमाले मलाई सुनाउँदाको क्षणको याद आयो। यी भतिजीले त के नै गरिन र मेरो कहानी सम्झिल्याउँदा अझ वढि हाँस्न मन लाग्छ आजसम्म पनि। म त यो वेलापनि सुनाउँन सक्दिन मेरो त्यो कहानी, सार्है नै विजोक पारेको रहेछु मेरा आमा वुवालाई। त्यसैले ढिलै भए पनि मेरा वुवा आमालाई त्यो वेला पारेको अप्ठेरोको लागि 'आई एम सरी' भन्न चाहन्छु :)))))

- समाप्त -

त्यसैले त हामी नेपाली

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, August 4, 2010

भेटघाटको क्रममा पुल्चोक क्याम्पसबाट नख्खिपोट जानु छ। १४ नंवरको माईक्रो लाग्छ भन्ने सूचना मसँग छ।  पुल्चोक क्याम्पसको गेटवाट निस्कने बितिकै १४ नंवरको माईक्रो लिन मिल्छ। उतिवेला यो नंवर गरेको माईक्रो लगनखेल मात्र जान्थ्यो। अहिलेको काठमाडौ भिडम्भिडको छ। त्यही भएर होला माईक्रो, बस, टेम्पो र  अन्य सवारी साधनको चाप बढेको। काठमाडौको जुनसुकै ठाउँमा जानु परे पनि अव वढिमा २ वटा सवारी लिए पुग्ने रहेछ: एक रत्नपार्क वा वसपार्क आउने अनि त्यहाँवाट जताको पनि गाडि लाग्ने।

१४ नंवरको माईक्रो रोकाउने र उक्तठाउँमा जान्छ कि जाँदैन भनेर सोध्ने क्रममा हुन्छु म। उक्त नंवर लेखेको सवै माईक्रो मेरो पुग्ने ठाउँसम्म नपुग्ने रहेछन्। नजीकै माईक्रो कुरेर वसेका एक भाइसँगको सोधपुछवाट उक्त कुरा थाहा पाउछु। त्यो भाइपनि मजाने ठाउँसम्म नै जाने रहेछन्। कुराकानी गर्दै गयौं। आर्किटेक्चर प्रथमवर्षमा पढ्ने रहेछन्। कहिल्यै नचिनेको भएपनि एउटै क्याम्पस पढेको हुनाले कुरा गर्न सजिलो भयो। निकै कुराहरु भए माईक्रोमा पनि।

झर्ने वेला भाईले मेरो पैसा पनि दिएछन्। मलाई निकै अप्ठेरो महसुस भयो। त्यसैले मैंले मेरो भाडा जवरजस्ति उनीलाई फिर्ता गरें।  यो घटना ठूलो पक्कै हैन तर यो घटनाले मलाई निकै छाप छोडेको छ। संसारका दर्जन देश घुमेको मेरो अनुभवमा कतै पनि मैंले यतिको सहयोगी भावना पाएको छैन। एकै छिनको छोटो परिचयको आधारमा उनले मलाई त्यति आत्मिय ठानेछन्। यो उनको मात्र वानी हैन उनले त नेपाली भावनाको प्रतिनिधित्व गरे झैं लाग्दछ। यसलाई पुष्टि गर्ने मेरा अन्य घटनाहरु छन् तर समय अभावले म आज प्रस्तुत गर्न सक्दिन। यि घटनाहरुको आधारमा मलाई भन्न मनलाग्छ: जतिसुकैको दु:खमा वाँचेका किन नहोऔं र हामी नेपाली, हामी सत्कार दिन निकै अघाडि छौं, सवैलाई माया गर्छौं। त्यसैले त हामी नेपाली हौ, विस्वका अन्य मानव भन्दा निकै प्रिथक ! त्यसैले नेपालीहुनुमा मलाई गर्व छ ।

- समाप्त -

टेन-टु-फाईभ

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 3, 2010

सरकारी कार्यालयहरुमा चाहिने भन्दा वढी मान्छे राख्ने गरेको आरोप लाग्ने गरेको पाइन्छ। राजनीतिक नियुक्ति र अस्थिर सरकार यसो हुनुका प्रमुख कारणहरुमा पर्दछन। सरकारी  तथा अर्धसरकारी संस्थामा काम गर्ने साथीहरुले पनि खुलस्तरुपमा यो कुरा स्विकारे।काम धेरै गर्नु नपर्ने तर सुरक्षित हुने हुनाले सरकारी जागिर पाउँन मेहेनत भने निकै गर्नुपर्दछ।

अफिस समय त टेन-टु-फाईभ (१०-५) हो सरकारी अफिसको। तर टेन भन्नाले टेनमा घरवाट हिड्ने हो र फाईभ भन्नाले फाईभमा घर पुग्ने हो भनेर साथीहरुले कुरा गर्दा हामीहरु हाँसिरहेका थियौ। अर्को तर्फ 'सरकारी काम कहिले जाला घाम' भन्ने उखान अहिले पनि सहि रहिरहेको देख्दा कताकता नरमाईलो लागिरहेको थियो ...। स्रोत, मानव र साधनको उपयोग गर्न सके विकास हुन सक्छ भन्ने कुरा मान्छेहरुले वुझेपनि किन वुझपचाएर वस्छन्, सोध्न मन लागेको छ। भगवान पशुपतिनाथले सवैलाई यो कुरा मनन गर्न सिकाउन :))

- समाप्त -

केही वेखुसी केही खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, August 2, 2010

तेस्रोपालीको प्रधानमन्त्री छान्ने संविधानसभाको प्रयास आजपनि असफल भएको छ। वहुमत नपुगुन्जेल चुनाव गर्नुपर्ने नियम र नेकपा एमाले र तराईका दलहरुको तटस्थ वस्ने निर्णयले गर्दा नेपाली कांग्रेसका उमेद्वार रामचन्द्र पौडेल र एमाओवादिका पुस्पकमल दाहालले वहुमत पुर्याउन सकेनन्। विचरा हामी नेपालीको भाग्ये, कस्ता नराम्रा नेता छानेछौं: एउटा प्रधानमन्त्रीको टुङ्गो त लगाउन  सक्दैनन् कसरी संविधान वनाउछन् र ? :( । दिउँसो काठमाडौमा "वानेस्वर जाउँ वानेस्वर जाउँ, संविधानसभा घेरौं" भनेर माईकिंङ्ग गरेको सुनिन्थ्यो। मलाई पनि गएर खवरदारी गरौं जस्तो लाग्छ एकमनले त...।

खुसीको कुरा दुईबर्ष पछी भेट भएको छ मेरो एक साथीसँग। AIT मा सँगै पढेका हामीहरुले ति मिठा सम्झनाहरु साटासाट गर्यौं। एउटा कुरा परिवर्तन भएको महसुस गरें। त्यो के भने उसको खान्की निकै घटेछ :) । निकै रमाइलो लाग्दै छ उसँगको भेटघाट। मलाई कुकुर देखि डर लाग्छ तर उसको घरको कुकुर देखि भने कतिपनि डर लागेन। कस्तो ज्ञानी रहेछ शैलेशको वुवाको वडि गार्ड :)))

- समाप्त -

Nepal Telecom बाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, July 28, 2010

Nepal Telecom को भद्रकाली office बाट यो ब्लग लेख्दै छु। साथीहरु यहाँ काम गर्ने भएकोले भेटघाट गर्ने कार्यक्रम अन्तरगत म यहाँ आएको हुँ। धेरै त के भनौं र नेपालले प्रगति गरेको कुरा भनेकै संचारमा मात्रै हो जस्तो महसुस भएको छ किनकि सवजनाको हातमा Mobile Phone देख्न पाइने रहेछ आजभोलि । कसैको फोन आएको छ तर कुरा गर्न मन लागेन भने 'मैंले वोलेको केहि वुझिन, पछि कुरा गरौं है' भनेर उम्किन पनि पाइने रहेछ :)। यसको मतलब फोनको गुणस्तर भने अझ पनि सुध्रिसकेको छैन। मेरा साथीहरुलाई यहि भनेर जिस्काउने तरखरमा छु :))

- समाप्त -

यो कस्तो संयोग !

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, July 23, 2010

म अहिले वानेस्वर स्थित संसद एवं संविधानसभाको भवनसँगैको एक अफिसमा वसेर व्लग लेख्दै छु। माधव नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री को वन्ने भन्ने टुङ्गो अझसम्मपनि लागेको छैन। २ दिन अघि भएको प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचन्ड दुवैले वहुमत पुर्याउन सकेनन् किनकी नेकपा एमाले र तराईका दलहरुले चुनावमा भाग नै लिएनन्। आज फेरी दोस्रो पाली प्रधानमन्त्री चुन्न निर्वाचन हुँदैछ यहाँ वानेस्वर स्थित संसद भवनमा। अहिले दिउँसोको ठिक १२:४४ बजेको छ। भोटिङ्गको समय दिउसोको १ बजे रहेको छ। समाचार स्रोतहरुले जनाएअनुसार आजपनि प्रधानमन्त्रीको निर्णय हुन सक्ने स्थिती छैन।

२ बर्ष अगाडि म नेपाल आउँदा गणतन्त्र घोषणा भएको थियो। राजतन्त्रवाट गणतन्त्रमा गएको दिन मेरो आँखा अगाडि झल्झल्ति छ। यो परिवर्तन राम्रो नराम्रो जे भएपनि ठूलो परिवर्तन थियो। यो पालि नेपाल आएको वेला पनि संयोग कस्तो परेको, फेरी राजनितिक परिवर्तन हुँदैछ। यसरी हेर्दा मेरा आगमनले राजनितिक परिवर्तन ल्याउँछन्  :P। मेरो हरेक आगमनमा राजनितिक उथलपुथल हुने हो भने म छिटोछिटो आउँदा देशमा राजनितिक परिवर्तन भएको भयै हुन्छ र देशको स्थिति थप नराम्रो हुन्छ। त्यसैले मेरो आगमन र राजनितिक परिवर्तन संयोग मात्र भैदिवोस जस्तो लाग्छ। यसैमा देशको कल्याण छ :))

वानेस्वर स्थित संसद भवन नजिकैवाट विदा ...

- समाप्त -

पुल्चोक क्याम्पसवाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, July 21, 2010

आज २१ जुलाई २०१० को दिन पुल्चोक क्याम्पस आएको छु। धेरै पछि आएको हुनाले होला अनौठो लाग्दैछ। गेट नजिकैका रुखहरु काटिईएको रहेछ। त्यसैले खुल्ला देखिन्छ क्याम्पस। दाइहरु नआउन्जेल क्याम्पसको स्ववियु फोटोकप अगाडि वसेर हेरिरहँदा आफूले चिनेका मान्छेहरु एकदम कम देखें। कस्तो अनौठो लाग्यो।

अहिले म CIT को माथिको सर्भररुमवाट व्लग लेख्दै छु। Pulchowk Campus पढ्दा Internet चलाउनको लागि account वनाउने ठाउँ हो CIT (Center for Internet Technology) । पुल्चोक क्याम्पसको गेट वाट नै देखिन्छ यो भवन। साधारणतया Campus भरीको Internet र Computer नेटवर्क हेर्ने गर्दछ यो विभागले। उति वेला यो कोठामा पस्न पनि डर लाग्थ्यो। तर आज आउँदा कति पनि डर लागेको छैन :P। सायद दाइहरु हुनुभएकोले होला। अहिले कोठामा युवराज सिवाकोटी दाइ र वावुराम दवाडि दाइ कम्युटर सेक्युरिटिको के के मिलाउँदै हुनुहुन्छ। दिपेस दाइ क्लास लिँदै। म भने व्लग लेख्दै छु :) । कति मज्जा :)))

हुन त सवै क्याम्पस र युनिभर्सिटिहरुका आफ्नै महत्व हुन्छन् तर पुल्चोक क्याम्पस जति माया मलाई अरु कलेजको लाग्दैन। यो ठाउँमा नै मैले धेरै कुरा पाएँ, धेरै ठाउँवाट आएका साथीभाई भेट्टाएँ। ४ वर्सको होस्टल वसाई निकै रमाईलो थियो। होस्टल भने जान पाएको छैन । हेरौ मिल्यो भने आज जाने हो। अहिले भर्खर विजुली गयो तर CIT मा भएकोहुनाले कुनै टेन्सन छैन :) । CIT वाट विदा...।

- समाप्त -

दिदीको 'आमा'

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 19, 2010

२ वर्ष अघि प्रज्ञा दिदीका लेख रचनाहरु पढ्दा लाग्थ्यो दिदी पनि एक कुसल लेखिका वरावर हुनुहुन्छ। आज दिदीसँगको वार्तालापमा आफ्ना रचनाहरु मधुपर्कमा प्रकाशित भएको सुनाउनुहुँदा निकै खुसी लागेर आयो। दिदीको "आमा" भन्ने कथा यहाँ उपलव्ध छ।द्वन्द्वकालको परिवेसमा लेखिएको यो कथा मलाई रमाईलो लाग्छ। दिदीको मधुपर्कमा प्रकाशित पहिलो कथा "भालु र भलाद्मी" भन्ने कथा भने पढ्न पाएको छैन । दिदीलाई अझ प्रगतिको लागि शुभ-कामना ।

- समाप्त -

अस्तव्यस्त काठमाडौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 15, 2010

काठमाडौ झर्नु अगाडि काठमाडौको जुन किसिमको चित्र मेरो मनमा थियो उस्तै छ काठमाडौ। जताततै भिडम्भिड, धुवाँ, धुलो, महँगी पानीको अभाव, फोन र ईन्टरनेटको असुविधा, गईराख्ने विजुली ...। तर सोचाई र भोगाईको भिन्नता महसुस गर्दैछु। सोच्नु एक कुरा हो भोग्नु अर्कै कुरा हो। यहाँको भोगाई देख्दा दु:ख लागेर आउँछ। हाम्रो राजधानी यस्तो छ भने अरु ठाउँको कुरा गर्नु जरुरी नहोला। त्यसैले विदेशिनु  नेपालीहरुको ईच्छा नभएर वाध्यता हो भन्ने कुरा ठम्याउन थालेको छु।

आगमन पस्चातको मेरो व्यस्तता वढेको छ।धेरै थरिका कामहरुको चापले मेरो मन स्थिर छैन। अस्तव्यस्त काठमाडौमा आफ्नो योजना वमोजिमका कामहरु गर्न मुस्किल हुँदैछ। समयको महत्व र यसको उपयोग गर्न अस्तव्यस्त काठमाडौले दिंदैन रहेछ। आखिर सुखको अनुभव गर्न दु:ख देखे भोगेको हुनु पर्दछ। त्यसैले म खुसी नै छु किनकी अलिकति सुख पाउँदा पनि यो दु:ख सम्झेर म निकै खुसी हुनेछु। यो लेख्नलाई पनि विजुली कति वेला जान्छ भनेर हेर्नु परिरहेको छ। जे होस अस्तव्यस्थ काठमाडौमा मेरा परिवार, साथीभाइ र आफन्तहरुसँगको भेटले केही भएपनि मलम लगाईदिएको छ।


- समाप्त -

Bahrain Airport बाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 11, 2010

Paris बाट घर जाने सिलसिलामा मा Bahrain Airport मा बसेर Free Internet चलाउदै छु. हिन्दीमा announcement भएको सुन्दा कतै म इंडिया मा छु जस्तो लाग्दै छ.  मेरो सिट पछाडी नेपालीहरु बोलेको आवाज आइरहेको छ र अब घर नजिकै आइराखेको अनुभब भैरहेको छ. Laptop को battery Charge  गर्न socket मिलेन  त्यसैले विदा ...


- समाप्त -

शिक्षाको असमानता हटाउ !

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, July 3, 2010

२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।

यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।

सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।

गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !

- समाप्त -

Prague भ्रमणमा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 26, 2010

यी शब्दहरु लेखिरहदा म प्रागको IBIS होटेलको कोठा नम्वर १२६ मा छु. २६ जुन २०१० को दिन देखि ३ दिन प्राग भ्रमणको योजना धेरै अगाडी बनाइएको थियो. INRIA (French research institute) मा काम गर्ने मान्छेहरुसंगै घुम्ने भएकोले आनन्द नै छ.

हाम्रो Group मा १२ जना छन्. म बाहेक सबै फ्रेन्चहरु छन्. पहिलो दिन घुमिसकेका छौ. मलाई लाग्थ्यो फ्रान्स छोडेपछी फ्रेन्चको काम नै सकियो तर तेस्तो अनुभब भै रहेको छैन. पहिलो दिन Guide उपलब्ध थियो. तर फ्रेन्च मात्रै बोल्ने रहेछ. तेसैले फ्रान्स बाहिर पनि फ्रेन्च सिकिन्दै छ. अबको बाकी २ दिन Guide विनै घुम्नु छ.

पहिलो दिनको अनुभववटा भन्नु पर्दा मलाई Prague एकदम पुरानो सहर लागेको छ. युरोपका ६ प्रमुख घुमिने सहरहरु Paris , London , Berlin , Rome , Medrid र Prague मध्ये अब Madrid मात्र घुम्न बाँकि रह्यो.

पेरिसमा ३ घण्टा plane delay भयो. विहानै उठ्नु परेकोले निद्रा पनि पुगेको छैन. धेरै लेख्नलाई पनि गार्हो भैरहेको छ किनकी साथीको कम्पुटरमा नेपाली लेख्ने सुबिधा छैन. गूगलको सहयोग ले लेख्दै छु. साथमा USA र Ghana को World cup पनि हेर्दै छु. १११ minuate समय सकिदासम्म घना २-१ ले अगाडी छ. Prague वाट विदा...

- समाप्त -

सेतेते ...

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 19, 2010

विगतका केही बर्षहरुमा मैंले सिकेको एक कुरा हो भाषाको महत्व। नयाँ भाषा सिक्नु एक ठूलो काम रहेछ। तर भाषा सिक्ने काम सजिलो पक्कै छैन। जति सानो उमेरमा भाषा सिक्यो उति राम्रो हुने रहेछ। त्यसैले भविष्यमा मेरा छोराछोरीलाई सानैदेखि नयाँ भाषा पक्कै पनि सिकाउने हो :)))

सुन्छौ भने म भन्छु रातको कथा छ एउटा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 13, 2010

हरेक मान्छेका आफ्ना-आफ्ना कथा हुन्छन। तर सवैका कथाले मेरो मन छुँदैन। कसैकसैको जीवन कहानी सुन्दा भने निकै भावुक वन्छु म। सायद दु:ख देखेभोगेको भएर होला म वुझ्न सक्छु ती कथा-व्यथाहरुलाई। आज त्यस्तै एक कथा हेर्न पुगें । 

खोजी प्रतिभाको भन्ने कार्यक्रममा उत्क्रिष्ठ ४० मा छानिन पुगेका गायक सुमन सरगमको कथा प्रस्तुत गरिएको छ यो भिडियोमा।  कार्यक्रम प्रस्तोता दिनेश डिसीले एउटा कविता मार्फत सुरु गर्छन् सुमनको कथा। उनैले लेखेको हो वा अरु कसैले थाहा छैन तर मलाई यो कविता पनि निकै मार्मीक लाग्यो :
***
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने, घातको कथा छ एउटा

म अल्नो-अल्नो मनको, यस्तो सितनसँग वाँचे
हस्त रेखा मेटिएको, हातको कथा छ एउटा
चुमेर म्व्वाई मिठा, फक्रन्छ भन्थे दिलमा
कुल्चेर जाने निर्मम, लातको कथा छ एउटा
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने घातको कथा छ एउटा
***


उकालो चढ्ने यात्रीहरुले कति उकालो काट्न वाँकि छ भनेर माथि डाँडा तिर हेर्नुहुन्न रे। वरु कति उकालो सकाएँ भनेर तलतिर हेर्नुपर्छ रे। अनि मैंले यत्रो उकालो काटीसकेंछु भन्नुपर्छ रे। यसको एउटै मात्र उदेश्य भनेको हरेस खानवाट जोगाउनु र आत्मविस्वास वढाउनु नै हो। त्यस्तै गरी आज मलाई भन्न मन लागेको छ - दु:खलाई खप्न र दु:खमा नहड्वडाउन आफू भन्दा झन दु:ख परेकाहरुलाई संझिनुपर्छ। सुमनको यो कथा त्यस्तै संझिनलायक एक कथाहरुमा पक्कै पनि पर्छ। उनलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना !

- समाप्त -

नेपाल भन्दा सार्कोजी वाठा !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 8, 2010

French and American presidents' couplesअमेरिकन र युरोपियन भन्ने वित्तिकै खैरे अनि अग्ला भन्ने कुरा दिमाखमा आउँथ्यो। समय अनुसार सुचनाको पहुँच वढ्दै जाँदा कुराहरु वुझिंदै, भोगिँदै, र देखिदै गईयो। आखिर मान्छे न हुन् अग्लो होचो काले गोरे सवै किसिमका मान्छे जहाँ पनि हुन्छन भन्ने कुरा थाहा पाइयो ।

केहि समय अघि हाम्रा वर्तमान प्रधानमन्त्री माधव नेपालको टोली अमेरिकामा गएको थियो । त्यो वेला खिचेको फोटो देख्दा हाम्रा प्रधानमन्त्री जोडिको उचाई निकै कम रहेछ जस्तो लागेको थियो। फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी पनि होचा नै रहेछन् ओवामाको अगाडि। उनको उचाई ५ फिट ५ ईन्च रहेछ। हाम्रा प्रधानमन्त्री मन्त्रीनी भन्दा अग्ला नै देखिन्छन् तर फ्रान्सका राष्ट्रपति भने उनकी श्रीमती कार्ला व्रुनी भन्दा होचा रहेछन्। कार्ला व्रुनी भुतपुर्व मोडेल हुन् र सार्कोजी राष्ट्रपति भएपछि उनीहरुको विवाह भएको हो।उनको उचाई ५ फिट १० ईन्च रहेछ।

विस्वकप फुटवल र 'ले व्लु'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 6, 2010

जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।

विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
DSC08571
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।

तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ।  त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।

थेसिस! थेसिस!! थेसिस!!!

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 4, 2010

प्रसंग किनमेलको हो। भन्छन् नि  पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।

थेसिस
तस्विर: थेसिस बिक्रीमा (स्रोत: फेसवुक )
हा हा हा हा हा।फेसवुकमा यो तस्विर देखापर्दा मलाई निकै हाँस उठ्यो र यहाँ व्गमा राख्ने विचार गरें। ८ महिना घुँडा धसेर मरीमरी थेसिस गरेको संझिन पुग्छु म। उफ ति दु:खका दिन संझिल्याउँदा त किन्न पाए हुन्थ्यो जस्तो नि लाग्छ एक हिसावले हा हा हा । तर दु:खवस यो विज्ञापनमा ईंजिनियरिङ्ग रैन रहेछ नत्र त किन्थें पनि होला हा हा हा।

सातौं नेपाली महोत्सव - २०१०

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 1, 2010

 नेपाली सांस्कृतिक गृह फ्रान्स२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)

गजल: यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

डा. क्रिष्णहरी वरालको अर्को चर्चित गजल:


यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ -३
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई -३
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता ।

भोलिका सन्ततिको आधार खोज्दै छु म -३
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता


- समाप्त -

बुद्ध र अशान्ति

Posted by Nobal Niraula ( नोवल निरौला )

आज २५५४ औं बुद्ध जयन्तीको दिन हो। नेपालमा जन्मेका बुद्ध महान मानव भएकै कारणले भगवानको रुपमा मानिन्छन्। शान्तिका दूत गौतम बुद्धको चर्चा देश छोडेपछि मात्र महसुस भयो। थाईल्याण्डमा रहँदा देखियो उनको प्रभाव, अनि वुझियो उनको महत्व। चीन, थाईल्यान्ड, कम्वोडिया, म्यानमार, श्रीलंका जस्ता देशमा बुद्धको प्रभाव निकै रहेछ भन्ने कुरा त्यहाँवाट आएका साथीहरुवाट वुझ्न पाईयो। यी तथ्यहरुले कितावमा पढेको उनको कथा जस्तो वयान यथार्थपरक नै रहेछ भन्ने पुस्टि गरे।

आज बुद्ध जन्मेको मेरो देशमा अशान्ति मच्चिएको छ। कस्तो विडम्वना ! अर्को विडम्वना त बुद्धकै कारणले पनि भएको छ। उनी जन्मेको ठाउँ भारतमा पर्छ भनेर प्रचारवाजी गरिएको छ। कुरा भर्खरैको हो। मेरो एक जना ईन्डियन साथीसँग बुद्धको कुरा हुन थाल्यो। उ वेला बुद्धजन्मेको ठाउँ भारत भएकोले बुद्ध भारतमा जन्मेको भन्नु ठिक हो भन्ने कुरा गर्यो। मेरो तर्क चाहिँ अहिले जुन देशमा पर्छ त्यो अनुसार भनिनु पर्छ भन्ने थियो। उसले ढिपि गरिरह्यो उसको कुरामा। मैले उसको तर्कलाई उ तिरै तेर्साएँ: यदि तँ तेसो भन्छस भने तँ ईन्डियन हैनस वरु फ्रेन्च होस किनकि तेरो अहिलेको ठाउँ उ वेला फान्स नै थियो :) कुरा अलिक गरमागरम स्थितिसम्म पुगेको थियो। 

जे भएपनि बुद्धको देशमा र बुद्धको नाममा अशान्ति मच्चिएको छ। सवैले उनको विचार र उपदेशलाई पालन गर्न सके सवैले शान्ति पाउँथे नि ...

- समाप्त -

गीत- चिठ्ठी आएन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 16, 2010

चलचित्र ट्रक ड्राईभर को चिठ्ठी आएन भन्ने गीत 14 May को Voice of Teen भन्ने कार्यक्रममा हेर्न पाउँदा त्यो फिल्म हेरेको संझना आयो ...। Voice of Teen नेपाल टेलिभिजनवाट प्रसारण हुने मलाई मन पर्ने एक कार्यक्रम हो।


***
**
*
{ चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन } २
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन 

{ घर छोड्दा चिठ्ठी लेख्ने वाचा वन्धन थियो
खवर केही नपाउँदामा यो मन रुने भयो  } २
साथीभाइको चिठ्ठी आउछ, मेरो आएन
 चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

जरुरी थियो, मनको कुरा, मनमै रह्यो
प्रिय तिमीलाई संझदा खेरी आँशु नै छुट्यो मेरो 
आँशु नै छुट्यो
हुलाकी वाटो हेर्न मैंले छोडिन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

{ हिजो राती सपनीमा उनीलाई देखें
सपनीकै आधारम एउटा चिठ्ठी लेखें } २
संचो विसंचो कस्तो छ है, थाहै भएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन 
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
*
**
***
- समाप्त -

यस्तो त कसैलाई पनि नपरोस ...

Posted by Nobal Niraula ( नोवल निरौला )

मेरो AIT, Thailand र Telecom SudParis, France को classmate Mr. Linn ले उसलाई जन्म दिने आमा गुमाएको ३ दिन पछि जन्म दिने वुवा गुमाएको छ। यो पनि उसको जन्म दिन परेको हप्तामा !  म कल्पनासम्म पनि गर्न सक्दिन। चिर आत्माहरुले शान्ति पाउन, भगवानले उसलाई सहन सक्ने शक्ति प्रदान गरुन...।  दैव पनि कस्तो निस्ठुरि ?... :(( :(( यस्तो वज्र प्रहार शत्रुलाई पनि नपरोस...

- समाप्त -

गीत: कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 14, 2010

विमला राइले गाएको यो "कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ" भन्ने आधुनिक गीत मलाई मन पर्ने गीतहरुमा पर्छ।


कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ -२
दुवै आँखा चिम्मगरी, मन भरि रोई दिएँ -२
कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

मिठो रंग अनुहारको दंग परी तिमी आँउथ्यौ --२
वर्ष भरि झरी हुरी, न्यानो न्यानो मुस्कान ल्याउँथौ
....


- समाप्त -

प्यारिस - मलाई मनपर्ने सहर

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, May 12, 2010

कसैले पेरिस भन्छन्, कसैले प्यारिस। फ्रेन्चमा 'पाहि'(नेपालीमा ठ्याक्कै उच्चारण मिल्ने गरि लेख्न सकिन किनकि त्यो उच्चारण नेपालीमा छैन ) भन्ने भएकोले मलाई प्यारिस भन्न मन लाग्छ। यसलाई कसैले City of Light भन्छन् त कसैले City of Love। शव्दै केलाउने हो भने नेपालीमा पनि प्यारिस = (प्यारी‌+सङ्ग) भनेर भन्दा अर्थ मिल्ला :D । हैन प्यारिस = प्या + रीस भनेर भन्नेहरुपनि होलान् :D । जे भनेपनि मैंले घुमेका १० वढी देशका शहरहरुमध्ये सवभन्दा मन परेको सहर प्यारिस नै हो। कर्मथलो भएरपनि हुन सक्छ।

म डा. तारानाथ शर्माको 'प्यारिसकी पोक्ची' भन्ने कथा संझिन्छु अनि रम्छु।यो कथा अलि तेस्तै छ, होस पुर्याएर पढ्नु नि ? (यहाँ उपलव्ध छ) लेख्न पनि कति मिलाएर लेख्न सकेको होला वा वा। डा. शर्माले प्यारिसकी पोक्चीलाई मैले भेट्नु  ४४ बर्ष अघि भेटेका रहेछन् (१ जुलाई १९६३ मा)। उनले निकै राम्रो किसिमले वयान गरेका छन् पोक्चीलाई भेट्न जाँदा र भेट्दाको क्षण। सानो अंश : "पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें – मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्। जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।...."

मैंले प्यारिसकी पोक्चीलाई भेट्दा पनि शर्माजीले भने झै राम्री देखें। पोक्चीले डाईटिङ्ग र एक्सरर्साइज गर्छे कि के हो, आज पनि उ उत्तिकै च्वाँक देखिन्छे। शर्माजीले पोक्चीले मलाई हेर्दै रुँदै गरी भन्थे, मलाई पनि उसले त्यसै गरी र माया लगाई।उसको आँखामा जादु छ। सायद ठिटाहरुलाई उसले त्यसैगरी नजर लाउँछे अनि मन पगाल्छे। शर्माजी र म दुवै गएको भए पोक्चीले कस्लाई हेर्थि होला कुन्नी ? पक्कै पनि अहिलेको लक्का हिरो मलाई नै हेर्थी होली। शर्माजीले पोक्चीलाई एकपाली त भेटेहोलान, म त पोक्चीलाई वेलावेलामा भेट्न गईरहेको हुन्छु।त्यसैले शर्माजीलाई भन्दा पोक्चीले मलाई नै माया गर्छे भन्ने कुरामा कुनै सङ्का छैन। 

प्यारिसमा पोक्ची भएर मात्र हैन मलाई अरुकुराले पनि मन खिच्छ। मौसम पनि राम्रै छ। धेरै कुराछन् प्यारिसवारे लेख्नु पर्ने। म विस्तारै अपडेट गर्नेछु।अहिलेलाई भने केहि तस्विरहरु (स्रोत: फोटोमा क्लिक गरे थाहा हुन्छ)

तस्विर: Eiffel Tower 

तस्विर: Arc de Tromphe

तस्विर: पोक्ची (Monalisa) को घर (Musee du Louvre)

- समाप्त -

नसुध्रिएका माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 6, 2010

- May 6, 2010. FR -

८-१० महिना अगाडि लेखेको "अभागि माझघरे" भन्ने कथाको याद आईरहेको छ यतिवेला। देशको परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गरेको थिएँ। पाठकहरुले पनि निकै रुचाएको कथा थियो त्यो। यो वेलाको मेरो देशको परिस्थितिले मलाई उहि कथा संझाईदिएको छ। मजदुर दिवस (मे १ तारिख ) को दिनवाट देशमा अनिस्चितकालिन हड्ताल सुरु भएको छ भन्ने खवरहरु पढ्न, सुन्न, र देख्न पाईन्छ।तीन प्रमूख दलहरुका (एनेकपा माओवादि, नेपाली कांग्रेस र नेकपा एमालेका ) नेताहरु पटकपटक छलफल गरेर सहमतिमा पुग्ने प्रयासमा छन् रे। हरेक दिन यस्तै मात्रै सुनिन्छ तर सहमति भएको कुरा सुनिन्न। मेरो कथामा पनि त्यस्तै किसिमको वातावरणको कल्पना छ जहाँ माझघरेका संतानहरु घोर्लेखसिको भागवन्डाको कुरा मिलाउन सहमत हुन्नन्, चरणचरणका वार्ता गर्छन् र अन्तमा कसैले पनि खसि नपाउने गरि गुमाउन पुग्छन्। मेरा देशका दलहरु यो वेला भागवन्डामा कुरा मिलाउन सकिरहेका छैनन्।सहमति हुन त कसैले केहि छोड्नुपर्ने पो हुन्छ त। यसैगरी टसमस गरेर वसिरहे माझघरेको खसि जस्तो पाएको उपलव्धि पनि फुत्किन वेर लाग्ने छैन । कति गर्दापनि नसुध्रिएका यी माझघरेका संतानहरु देख्दा दिक्क लागेर आउँछ ...।

- समाप्त -

सफलताको फर्मुला

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, May 1, 2010

कुन मान्छेलाई सफल र कुनलाई असफल भन्ने कुरा विवादको विषय हुन सक्छ।  केहीले सफल त्यसलाई भन्छन् जो निकै धनी र समाजमा परिचित छ। मेरो विचारमा सफल मान्छे त्यसलाई भनिन्छ जसले ईच्छाएको कुरा पाउँन सक्छ। जस्तो कुनै मान्छेले कम्पनीको मालिक हुने चाहना राख्छ र वन्न सक्छ भने उसलाई सफल मान्छे भन्न सकिन्छ। मान्छेले ईच्छाएको कुरा पाउँदै गएमा उसलाई समाजले चिन्दछ पनि। 

मान्छेहरु सफल कसरी वन्छन होला ? योजना वनाएर त्यस अनुरुप काम गर्न नसके सफलता पाउने कुरा गार्है  छ। यतिले मात्रै सफल हुन सकिन्छ भन्ठान्नु उचित हुन्न। योजना वनाउने र यस अनुसार काम गर्ने मान्छेहरुले सफलता पाउन तलको फर्मुला संझिनु पर्दछ जस्तो लाग्छ।

¬ dupe ∧ innocence ∧ patience ⇒ success

यो Propositional Logic मा लेखिएको फर्मुला हो। Artificial Intelligence वा Discrete Mathematics को अध्यायन गरेकोहरुले यो फर्मुला वुझ्न सकेको हुनुपर्दछ। यसलाई वुझ्ने भाषामा भन्दा:  सफलता पाउन ढाँट्नु हुन्न, निर्दोष रहनुपर्छ र धैर्य गर्न सक्नुपर्दछ। छलकपट र ढाँटले सफलता त पाईएता तर त्यो सफलता धेरै दिन टिक्दैन। अनि धर्यता सफलताको लागि अत्यन्त जरुरी छ।

मैले सायदै ढाँटेको हुँला जीवनमा। कसैलाई त्यस्तो लागेको भए केही छैन समयले वताउने नै छ किनकी धैर्यताको शक्तिमा मलाई विस्वास छ। यो फर्मुलाले धेरै जस्तो सफल व्यक्तिहरुको प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्छ। त्यसैले म यसलाई पालना गर्दछु, सफलता पाउने कुरामा ढुक्क छु। तपाईंपनि सफल मान्छे वन्न चाहनुहुन्छ भने यो फर्मुला पालन गर्नुस् है :)) 

- समाप्त -

मानव र गल्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 28, 2010

नारायण गोपालले गाएको "गल्ति हजार हुन्छन् यहाँ होस हराएको वेला" भन्ने निकै चर्चित गीत हो । गीतमा भने अनुसार होश हराएको वेला हजार गल्ति हुन्छन । त्यसमा कुनै दुविधा छैन । तर होसमा हुँदा पनि गल्ती हुन्छन् यहाँ। त्यसैले त भनिएको होला "To err is human, to forgive divine"। यसको अर्थ - सवै मानिसले गल्ति गर्छन् त्यही भएर कसैले गल्ति गरेको छ भने माफ गरिदिनु राम्रो। आईन्सटाईन भन्छन् - "Anyone who has never made a mistake has never tried anything new"। अर्थात कोहीले गल्ति गरेको छैन भन्छ भने उसले नयाँ कुरा गर्न प्रयास नै गरेको छैन भनेर वुझ्नुपर्छ। गल्ति सम्वन्धि थप केहि रमाईला भनाईहरु:

Experience is the name everyone gives to their mistakes.
If you live long enough, you'll make mistakes. But if you learn from them, you'll  be a better person~Bill Clinton
Never interrupt your enemy when he is making a mistake~Napoleon Bonaparte

नेपोलियन वोनापार्टको कुरा रमाईलो लाग्यो। शत्रुले गल्ति गर्दै छ भने उसलाई नरोक्नु रे। आखिर नेपोलियन फ्रान्सका चर्चित कुसल लडाकु नेता न परे। उनको भनाईको अर्थलाई केलाउदा यो निष्कर्ष निकाल्न सकिन्छ: कोहि सत्रुले तँ गल्ति गर्दैछस भनेर सम्झाउँछ भने उ वुद्धिहिन शत्रु हो। र यो कुरा वुझेको कसैले तैंले गल्ति गर्दैछस् भन्छ भने उ सच्चा साथी हो।   


गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

मेरा यी हातहरुले कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पापपनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

कहीं धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाहेक अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो यौवन कही मन् पराईदिन्छ
रक्षक मलाई नसम्झ राक्षस भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला
***

- समाप्त -

पालो वहिनीहरुको

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, April 25, 2010

सायद समय नै यस्तो कुरा होला जस्लाई आजको दिनसम्म मानवले रोक्न सकेको छैन। त्यसैले होला उनीहरुको विदाई हुने दिन पनि रोकिएन र आएरै छाड्यो। हो, आज वहिनीहरु फर्केका छन् । यो वेला उनीहरु  फ्रान्सको आकाशमा उडिरहेको कतार एयरवेजको प्लेन मार्फत थाईल्याण्डको गन्तव्य पहिल्याउँदैछन् ।

निकै स्मरणीय छन् उनीहरुसँग विताएका समयहरु। निकै घटना-परिघटनाहरु, स्वागत-विदाईहरु र चाढ-पर्वहरुमा विताएका क्षणहरुले यो वसाईलाई अझ स्मरणीय वनाईदिएको छ। जीवनमा सायदै विर्सन सकिएलान् यी सुन्दर क्षणहरु। विदाई गर्नु अगिल्लो दिनको पारिलो घाममा फोटो खिच्दै पसलहरु चहार्न जाँदाको समयपनि स्मरणीय नै छ । यो वेला निकै सुन्दर वन्दै छ यो ठाउँ किनकी रुखहरुमा हरियाली छाउँदै छ, फूलवारी रङ्गीचङ्गी फूलहरु फूल्न थालेका छन् । तर वहिनीहरु गएपछि खल्लो भने पक्कै लाग्छ नै । 

वहिनीहरुको विदाई किनमेल
तस्विर: विदाई हुने अगिल्लो दिन, Evry Center मा 'Chicken Tikka' खाँदै। वाँयावाट क्रमश: म, श्रद्दा, रभि र शिर्षा :)

हिजो खानपिन, गफगाफ र प्याकिंग गरेर नै रात वित्यो लगभग। अनि विहानै Charles de Gaulle Airport तिर हतारिँदै लागियो र उनीहरुलाई विदाई गरियो । उनीहरुलाई विदाई गर्न साथ दिएको थियो प्यारो भाइ रभिले। 

मलाई राम्रोसँग याद छ उनीहरु फ्रान्स आएको पहिलो दिन। अरु नेपाली दाइहरुपनि थिए स्वागत गर्न वसेका। तर आठ महिनापछिको उनीहरुको विदाइ गर्न भने म मात्र वाँकिरहें। यस अर्थमा उनीहरु भाग्यमानी नै रहेछन् , अन्तिम दिनसम्म पनि कोही दाइ पाए र आफू पनि भाग्यमानी नै परियो किनकी धेरै समयसम्म उनीहरुसँग सुख-दु:खका कुराकानी गर्न पाईयो। आशा गर्हौं उनीहरुको यहाँको वसाई पनि उनीहरुले सोचेजस्तै रमाईलो गरी वित्यो।

अन्तमा, उनीहरुलाई AIT को मास्टर्स थेसिसको सफलताको कामना। अहिलेलाई नै भने शुभ-यात्रा !

जाँदा-जाँदै :
1. Good relations are hard to make; once you make, no one can break. 
2. Ravi said, "Now I am * * * * * * ". :) )) ))) )))) ))))) 

- समाप्त -

मनछुने भिडियोहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, April 23, 2010

यो हप्ता २ भिडियोहरुले मेरो मन खिचे। निकै मार्मिक र अर्थराख्ने यी भिडियोहरुले मेरो विगत सम्झाईदिए। केही प्रेरणा अनि जोस अझ थपिदिए। यी दुई भिडियोहरु र यसप्रतिको मेरो विष्लेषण यो लेखमा प्रस्तुत गरिएको छ।

क) भिडियो एक - Trailer for Babies
Facebook र Web भरि छरिएको यो भिडियो भर्खरै रिलिज भएको Tomas Balmes को "Babies" Documentary को Trailer हो। संसारका ४ ठाउँका ( Mongolia, Namibia,San Francisco र Tokyo) वच्चाहरुका सुरुका दिनहरुको जीवनशैलि देखाईएको छ। वच्चा कसलाई राम्रो नलाग्ला र ! उनीहरुको भाग्य भने जन्मेको ठाउँ र परिवारमा निकै भर पर्दछ। यो Trailer वाट अनुमान लाउन कति पनि गार्हो पर्दैन यो फिल्मले निकै राम्रो संदेश दिने कुरामा।

यो भिडियोले मेरो विगत सम्झाईदियो। म सोच्दछु म पनि एक वच्चा थिएँ कुनै वेला। मेरो पनि आफ्नै परिवेस थियो, मेरो आफ्नै कहानी थियो...। यस्ता अनेक कुरा मेरो मनमा खेल्छन्। 

ख) भिडियो दुई -सोलु एफएम

गाउँ छाडेको दशक वितिसकेको छ । पेशाले गर्दा उता जाने अवसर पनि मिल्दैन। 'भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ' भने झै मेरो दिमाखमा मेरो गाउँको कल्पना उही मैले देखेको वेलाको आउँछ। पिछडिएको समाज, सुचनावाट वन्चित समाज, खानलाउनमै समय विताउन वाध्य समाज...। द्वन्दले गर्दा विकास ठप्प भएको र भएका संरचनाहरु पनि ध्वस्त भएको कुरालाई प्रमाण मान्ने हो भने मेरो कल्पना जायज ठहरिन्छ।

शान्ति सम्झौता गलत्तै संचार क्षेत्रमा नेपाले फड्को मार्यो। सोलुवासिले पनि चेतना पाए र एफ-एमको सुरुवात गरे :


विजुली र सडक नपुगेको ठाउँमा व्याट्रि र रेडियो भने सजिलै पाईन्छ । भिडियोमा भने जस्तै सोलुमा एफएमले फोनको समेत काम गर्छ। मानिसहरु यसमा मख्छ पर्दछन्, रमाउँछन् ।

यि दुवै भिडियोले मेरो मन छोएको छ। म उही सोलुको एक वच्चा थिएँ, जहाँवाट मैले संसार देखेँ, पढ्न सिकें र SLC सकाएँ । आज मैंले सुचना प्रविधिको विषयमा केही जान्ने अवसर पाएको छु। अनुमान लगाउन गार्हो नपर्ला कतिको संघर्ष गर्नुपर्ने हुन्छ यी अवसरहरु पाउँन। यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु। म मेरो औकातले भ्याएसम्म मेरो सोलु र समग्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा सघाउने छु नै । तर केही थप अध्यायनको जरुरी छ । अध्यायनको जरुरी यस अर्थमा पनि छ कि अर्को सोलुवासी यो अवसर पाउन वर्षौं कुर्नुपर्नेपनि हुनसक्छ...। मलाई सोलु र नेपाल सगरमाथा जस्ता प्राक्रितिक संरचनाहरुले मात्र नभई त्यहाँका दिमाखहरुवाट पनि चिनियोस भन्ने लाग्दछ। मेरो कल्पना विपनामा परिणत हुने दिन कहिले आउने हो कुन्नि ?
- समाप्त -

आमालाई सन्देश

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 14, 2010

आज फेरी आमाको मुखहेर्ने दिन आएको छ। सुचनाप्रविधिको यो युगमा संसारको जुनै कुनामा वसेपनि कुराकानी गर्न गार्हो नहुने ईन्टरनेट, फोन र मोवाईल जस्ता प्रविधिका विकास भएका छन्। तर म जस्ता धेरै नेपालीहरु अझपनि यस्तो सुविधा उपयोग गर्नवाट वन्चित नै छौं। गाउँकी मेरी आमालाई जन्मदिएको, हुर्काएको, र वढाएपढाएवापत यो दिनमा धन्यवाद दिन नपाउँदा नमिठो अनुभव भैरहेछ। यो हाम्रो दुर्भाग्य हो। दोषकसैलाई दिन चाहन्न।

मेरी आमासँग फोनमा वोलेर धन्यवाद दिने भाग्य यो वर्षपनि मिलेन। त्यसैले यी शव्दहरु मेरी आमा जसले मलाई यो धर्तिमा जन्मदिएर यो परिस्थितिसम्म पुग्नसक्ने वनाएकी छिन, प्रति समर्पण गर्दछु र भन्न चाहन्छु तिमी एक महान आमा हौ जसले आफू पढ्न नजानेपनि यसको महत्व वुझेर सन्तानहरुलाई पढाएकी छौ, आफू नखाएरपनि सन्तानहरुलाई खुवाएकी छौ। वोल्न नपाएपनि मलाई थाहा छ आजको दिन तिमीले गर्व गर्नसक्ने छोराछोरी वनुन भनेर आशिर्वाद दिईरहेकी छौ। म त्यसैको लागि यो राजमार्गमा दौडिदै छु र  तिम्रो आशिर्वाद लाग्छ भन्ने आशामा छु। पढ्ने अवसर पाएपनि तिम्रालागि लेखेको यो लेख तिमी पढ्न सक्दिनौ। तर म कुनै दिन पढेर सुनाउने छु। पर्खिवस... ♥ you mum !

- समाप्त -

उ आएको छ

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, April 13, 2010

हो उ आएको छ,
वोतल लिएका हुलहरुको,
हुर्हुर र साईसुई आवाजहरुसँगै
फुसफुसे वास्नादार लाग्ने,
चुरोटे धुवाँहरुसँगै
मस्किँदै, उड्दै र घुम्दै,
हाँस्दै, नाँच्दै र गाउँदै
आएको छ उ।

हो उ आएको छ,
रेडियो र टिभिका तरङ्गहरुमा
झ्याली पिट्दै र पिटाउँदै,
पत्रिका र व्लगका पन्नाहरुमा,
लेखिंदै, पोखिंदै र उम्लिदै
फेसवुकका स्ट्याटसहरुमा,
लाईक र कमेन्टका प्रतिक्षाहरुगर्दै
फोन र मोवाईल सञ्जालहरुका,
एसएमएस र कलहरुमा लठ्ठिदै
महल र शहरका कुनाकुनामा
पार्टि र भोजका निमन्त्रणा साट्दै
पटेका र वेलुनहरुका,
आवाजहरुमा गर्झिंदै
थरिथरिका ईमेलका
ईनवक्सहरुमा भरिंदै
आएको छ उ।

आउनु पर्दथ्यो उ,
झुपडिका टुकिहरुमापनि
छाउनु पर्दथ्यो उ,
भोकाएको पेटहरुमापनि,
पुग्नु पर्दथ्यो उ,
डाँडाकाँडा र खोचहरुमापनि
नाँच्नु पर्दथ्यो उ,
सुस्ताएका खोलाहरुमापनि
आउनु पर्दथ्यो उ,
अईठने उकालाहरुमापनि
झुल्कनु पर्दथ्यो उ,
चहराहेका घाउहरुमापनि

'नआउनु भन्दा आएको ठिक'
'आएको भन्दा नआएको ठिक'
'आएर के नै गर्छ र खै ?'
कतै आशाको दियो वालेको छ
कतै निरासाको डोव खोपेको छ
कतै अविस्वासको जरा गडेकै छ
अरुले जे सुकै भनुन्,
मेरोमा उ आएको छ
आशाको किरण ल्याएको छ
अनि भन्न मन लागेको छ
नयाँ बर्ष २०६७ को शुभकामना !
नयाँ बर्ष २०६७ को शुभकामना !!
Happy New Year 2067 !!!
***
- समाप्त -

IBM

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, April 9, 2010

आज फेरी पुष्टी भएको छ - अन्तिम समयसम्म पनि हरेष खानु हुन्न भन्ने कुराको। मेरो एक AIT Junior ले फर्किने दिन आउँदासम्म Internship नपाउने जस्तो भैराखेको थियो। Company Internship को वारेमा धेरै कुरा हुन्थे मसँग किनकी Senior हरुमा म मात्र यसको अनुभव लिन सक्ने एक भाग्यमानी थिएँ :) धेरै सुझावहरु दिएको थिएँ, सम्झाएको थिएँ। आफ्नै उदाहरण दिँदै हरेष नखान सुझाव दिन्थें। नडराई अन्तिम समयसम्म प्रयास गर्दै जा भनेर सम्झाईरहन्थें। 

उफ, आज खुसीको दिन आएको छ। उसले IBM मा काम गर्ने अवसर पाएकी छे। IBM, Google, Yahoo! र MicroSoft जस्ता कम्पनीमा काम गर्न पाउनु Computer Science को Student को ठूलो अवसर हो। Cambodian हो उ। मलाई दाइ भन्छे, म उसलाई वैनी। त्यसैले Sengly वहिनीलाई धेरै धेरै वधाई !

अनि जाँदा जाँदै अंग्रेजीको सान्दर्भिक अनि चर्चित quote:
"He who loses money, loses much; He who loses a friend, loses much more, He who loses faith, loses all" - Eleanor Roosevelt.


- समाप्त -

मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 3, 2010

धेरै समयपछि MySansar.com को लागि एक लेख लेखेको थिएँ। यो पालिको लेख सूचना मूलक थियो। मान्छे मरेपछि उसका अनलाईन सूचनाहरु के हुने होलान् भन्ने कौतुहलता मेटाउनु यसको मूख्य उदेश्य थियो। लेखको वास्तविक शीर्षक "मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता" भन्ने थियो तर प्रकासित हुँदा "म मरे पनि मेरो सूचना..." नाममा प्रकासित भयो। धेरै साथिभाईहरुले, च्याट, फेसवुक र कमेन्टवाट हौसला दिनु भएको छ। त्यै भएर म झनै उत्ताहित छु अरु लेख लेख्नलाई। रुचिको विषयमा अरुले उत्साह थपिदिँदा निकै मिठो अनुभूति हुँन्छ।

भन्ने नै हो भने त लेख लेखेर देखिने फाईदा केहि छैन। एक लेख लेख्न पहिले त विषय छान्नु पर्यो। दोस्रो लेख्नको लागि सामग्रिको अध्यायन गर्नु पर्यो । अनि लेखलाई राम्रो पार्न शीर्षक, उदाहरण, लेखन शैलि र निष्कर्षको विचार पनि गर्नुपर्ने हुन्छ। लेख लेखिसकेपछी र प्रकासन गर्न पठाउनु अघि २-४ पालि पढ्नु र सुधार गर्नु आवस्यक हुन्छ । यसरी हेर्दा आफ्नो दैनिक कामको अलवा लेख लेख्नु समयको वर्वादि लाग्न सक्छ । तर राम्रो प्रस्तुती गर्न सक्ने खुवि वनाउन र सूचना साट्नको लागि यो अत्यन्त जरुरी छ। अझ संसारभरिका मान्छेले पढ्न सक्ने भएकोले साथीभाइहरुले पढेर यो मेरो साथीको लेख, यो मेरो भतिजको लेख, मेरो भाइको आदि आदि भन्छन् र सम्झिन्छन्। मेरा पहिलेका लेखहरुले गर्दा १५ बर्षसम्म  अत्तोपत्तो नभएका गाउँका दाईहरुसँग भेट गराएको छ। त्यसैले पनि मलाइ सन्तुष्टि दिन्छ।  यो लेख प्रकासित गर्नु अगाडि महेश र अंकितलाई पढ्न दिएर सुझाव लिएको थिएँ। सहयोगको लागि उनीहरुलाई धेरै धन्यवाद।

लेख MySansar.com मा पढ्न सकिन्छ। सजिलोको लागि मैले यहाँ पनि राखेको छु ।


- समाप्त -

Yahoo!

Posted by Nobal Niraula ( नोवल निरौला )

उ मेरो सहपाठी। ४ वर्षसँगै पढेको। तर चिनजान भने B.E. Entrance पढ्दा देखिको । Entrance तयारी गर्ने ठाउँमा नै हामी नजिकिईसकेका थियौ किनकी हामी राम्रो गर्नेहरुमा पर्दथ्यौं र पछि Entrance मा पनि राम्रो गर्नेहरुमा परेकोले सँगै पढ्न पायौं। B.E. पछि अवसरको खोजीमा आ-आफ्नो वाटो लाग्यौं। उ कतै पुग्यो म कतै।

२ महिना पछि च्याट हुँदै छ। हालसालै उसले Yahoo! मा जागिरको अवसर पाएको कुरा वताउँदा मलाई एकदम खुसी लागेर आयो।त्यसैको तयारीमा उ हराएको रहेछ धेरै समय। खासमा मैले काम गर्ने Research Lab मा Yahoo! र Microsoft Research का मान्छेहरु आएर Research Findings को Presentation दिईराख्छन्। यस्तो देख्दा म पनि एकदिन यस्तै वन्नेछु भनेर मनमनै कल्पना गर्छु। यो त्यति सहज लक्ष्य पक्कै हैन तर नसकिने पनि  हैन। खाँचो छ त केवल मेहेनतको ! April fool हो भनेर उसको कुरा नपत्याउने कारण पनि छैन किनकि April २ भैसकेको छ उसको ठाउँमा पनि :) ।

हुन त कुन जागिर राम्रो कुन नराम्रो भन्ने कुरा निरपेक्ष कुरा नभई सापेक्ष कुरा हो । अर्थात त्यही जागिर कसैको लागि साधारण लाग्न सक्छ भने कसैको लागि निकै ठूलो। मेरो नजरमा यो एकदमै ठूलो अवसर हो किनकि त्यो प्रतिष्ठित कम्पनीमा काम गर्ने मैंले चिनेको कोही पनि नेपाली छैन। यो समयमा Yahoo! मा Computer Engineer को जागिर पाउँनु निकै गर्व कै कुरा हो। त्यसमाथि नेपाली अनि आफ्नै साथीले पाउँदा अझ खुसि लाग्ने नै भयो। उसलाई झन कस्तो लागिरहेको होला, म कल्पनासम्म गर्न सक्छु।

च्याटको क्रममा उ भन्दै जान्छ:   
i am happy .. son of illiterate parents got to work in one of the largest companies

मलाई एकदम घत लाग्छ यो कुराले अनि नेल्सन मन्डेलाको भनाईको याद आउँछ:
"Education is the great engine of personal development. It is through education that the daughter of a peasant can become a doctor, that the son of a mineworker can become the head of the mine, that a child of farmworkers can become the president of a great nation. It is what we make out of what we have, not what we are given, that separates one person from another." -Nelson Mandela

यो भनाईले निकै अर्थ दिन्छ। एउटा अर्थ के भने शिक्षा यस्तो चिज हो जसले गरिव किसानको छोरीलाई डाक्टर वनाईदिन सक्छ र मजदुरको छोरालाई मिलको मालिक वनाईदिन सक्छ...। यहाँ ठिक यस्तै भएको महसुस भैरहेको छ मलाई। एक अनपढ नेपालीको छोरालाई Yahoo! जस्तो प्रतिष्ठित कम्पनीमा Engineer वनाईदिएको छ शिक्षाले।Puran लाई धेरै-धेरै वधाई अनि सफलताको कामना !

- समाप्त -

Blog Archive

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors