About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

विस्वकप फुटवल र 'ले व्लु'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 6, 2010

जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।

विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
DSC08571
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।

तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ।  त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।

फूटवलमा हातले गोल गर्नु त सरासर नाजायज हो। तर रेफ्रिले नदेखे पछि कसको के लाग्छ र ! क्रिकेटमा जस्तो खेलमा विवाद हुँदा भिडियो हेरेर निर्णय गर्ने चलन फूटवलमा छैन। त्यही भएर आईरिसहरुले फ्रान्सले गोल चोरेर (हातले गोल गर्नुलाई चोर्नु को सँज्ञा दिन्छन) उनीहरुलाई विस्वकपमा जानवाट रोकेको आरोप लगाउँछन् । अझ विस्वकप खेल्नु अगाडि चीनसँग खेलेको मैत्रिपूर्ण खेलमा १-० ले हारेको फ्रेन्च टिमलाई समर्थन गर्नु भनेको हार्ने टिमलाई समर्थन गर्नु वरावर हो जस्तो लाग्दछ। तर मलाई फ्रान्स प्यारो लाग्छ त्यसैले हार्ने टिम नै भएपनि म यसलाई समर्थन गर्दछु । आशा छ त केवल फ्रान्क रिभेरीको प्रदर्शन माथि। अन्तमा "वोन चन्स ले व्लु" (फेन्च टिमलाई शुभकामना) !

जाँदा-जाँदै हेर्नुहोस
क॰ म्यारोडोनाले गरेको हाते गोल - "ह्यान्ड अफ गड"
ख॰ थिएरी हेरनीले गरेको हाते गोल - "ल ह्यान्ड अफ गड"

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors