About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

वहारसँगै उड्यो मन, किन थाम्दैन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 21, 2010


(वहारसँगै उड्यो मन किन थाम्दैन) २
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

चाँदनी रातमा जुनको किरणमा तिमी आई
न्यानो स्पर्स देउ
संगीतको मधुरो सरगम वनी
जीवनमा राग नयाँ सजाउ
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

सागर झैं गहिरो नदि झैं कलकल तिम्रो माया
वग्यो प्रित वनी
हरियाली मौसम रिमझीम वर्षा भै आयो
वसन्त रितु वनी
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
***

- समाप्त -

सत्य वोल्नुको मज्जा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 16, 2010

जीवनमा मान्छेले अलिअलि असत्य वोलेकै हुन्छन् जस्तो लाग्छ । कतिको सत्य र कतिको असत्य वोल्ने भन्ने कुरा नितान्त व्यक्तिगत विचार हुन्। सधैं असत्य वोल्दा आप्नो विस्वास घट्न सक्छ भने सधैं सत्य वोल्दापनि अप्ठेरोमा पर्न सकिन्छ। सत्यकुरा सुरुमा तिता हुन सक्छन् । तर सत्य वोल्नुका धेरै फाईदाहरुपनि छन् । तलको अंग्रेजीको वाक्यले एक महत्वपूर्ण फाईदाको कुरा गर्छ:

Always Tell The Truth, So You Don't Have To Remember What You Said.

अर्थात सधैं सही वोल्ने गरिएमा के वोलेको थिएँ भनेर सम्झिरहनु पर्दैन रे। अर्थात गलत वोल्नेहरुले कुन मान्छेसँग के वोलेको थिँए भनेर सम्झीराख्नु पर्यो नत्र गलत वोलेको कुरा थाहा भईजान्छ। मलाई निकै राम्रो लाग्छ यो उक्ति। वोलेको वोली र हानेको गोली फर्काउन सकिन्न। त्यसैले सधैं सहि वोल्ने वानी गर्नु राम्रो । म त सकेसम्म सत्य नै वोल्ने गर्दछु, यसैमा मज्जा छ :)).

- समाप्त -

आमा वुवा वन्नेहरु, कतिको सचेत हुनुहुन्छ ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 9, 2010

दिनानुदिन संसारमा नयाँ प्रविधिका विकास भईरहेका छन् जसले गर्दा जीवनशैलीमा धेरै परिवर्तन आउन थालेका छन्। आफ्ना वुवाआमा त के थोरै वर्षको फरकमा जन्मिएका दाजुदिदीहरुको जीवनशैली र आफ्नो जीवनशैलीमा नै निकै भिन्नताहरु पाउन कठिन पर्दैन। यसको प्रमूख कारणहरुमा ईन्टरनेटको पनि ठूलो भुमिका रहि आएको छ। यतिखेर ईन्टरनेटको संजालले संसारलाई फनक्कै वेरेको छ। को टाढा र को नजीक भन्ने तुलना हटाउँदै छ। आफ्ना सूचना साथीसँगीहरुसँग साट्न अव चेलीले तिज-तिहारमा पर्खीवस्नु पर्दैन। फोन र ईन्टरनेटको पहुँच हुनेहरुलाई आफ्ना कुराहरु सहजै साटासाट गर्न कति पनि गार्हो पर्दैन। सोसियल नेटवर्क जस्तै फेसवुक मार्फत सुचना साटासाट गर्न  सजिलै सकिन्छ।  पस्चिममा मुलुकहरुमा ईन्टरनेटको प्रयोग अझ व्यापक मात्रामा हुन्छ। किनमेल, रोजगारी, गफगाफ आदिको लागि  ईन्टरनेट नभई हुँदैन । मान्छेहरु ईन्टरनेटमा यति धेरै भर पर्दछन् कि एक दिन मात्र यसको प्रयोग गर्न नपाउने हो भने उनीहरुमा छटपटी सुरुहुन्छ।

एक वच्चाले आमा वुवावाट उसको  नामरुपी परिचय पाउँछ। उ जीवनभर त्यही परिचयको सहायतामा चिनिन्छ। मान्छेको वुवाआमासँगको सम्वन्धको पहिलो पुल नै उसको नाम हो। अवको जमानामा वुवाआमा वन्नेहरुले छोराछोरीको नाम मात्र हैन ईमेल एड्रेस पनि राखिदिने चलन वढेको छ भनेर अनुसन्धानहरुले देखाउन थालेका छन् ()। पस्चिमा देशका ईन्टरनेटमा पहुँचहुने आमाहरुलाई सोधेर सेक्युरिटी कम्पनी AVG ले निकै रमाईला तथ्यहरु प्रस्तुत गरेको छ। केही रोचक तथ्यहरुलाई यहाँ वुँदागत गरिएको छ:

क )  २३ % आमाहरुले आफू गर्भवती भएको प्रमाण अनलाईन राखेर साथीभाइलाई सुचित गर्दछन्
ख )  ७० % भन्दा वढी आमाहरुले आफ्नो वच्चाको तस्विरहरु ईन्टरनेटमा राखेर साथीभाईसँग साट्दछन्
ग )  ७ % वच्चाहरुले जन्मेको दिन नै ईमेल एड्रेस पाउँछन्
घ )  औसतमा ६ महिनाको समय भित्र ८१ % वच्चाहरुको  सुचना ईंन्टरनेटमा राखिन्छ
ङ )  ३३ % वच्चाहरुको तस्विर जन्मेको समयवाट राखेको पाईन्छ

सावधान
पक्कै पनि अहिलेको समय निकै फरक छ। छोराछोरीका पुराना तस्विर हेर्न अव दराजमा राखेको पुरानो एल्वम खोजीराख्न पर्दैन, अनलाईन (जस्तै फेसवुकमा )  राखिएका तस्विरहरुमा वर्षौं पछि गएपनि पुग्छ। तर आमावुवा वन्नेहरुले विचारै नगरी आफ्ना वच्चाहरुको तस्विर जथाभावी अनलाईन राख्ने गर्दछन। अनलाईन तस्विर राख्नु नराम्रो पक्कै हैन तर राखिएका एल्वमहरु कसलाई हेर्न दिने र कसलाई नदिने भन्ने कुरा महत्वपूर्ण हुन आँउछ । अपलोड गरिएका तस्विरहरुको सुरक्षा विचार गर्नुहोस । ईन्टरनेट राम्रा मान्छेहरुले मात्र हैन नराम्रा मान्छेहरुले पनि चलाउँछन। विचार गर्नुस त तपाईको वच्चाको तस्विर अस्लिल तस्विर वनाउन प्रयोग भयो भने तपाईलाई कस्तो महसुस हुन्छ ? सहजै उपलव्ध तस्विरले वच्चा अपहरणकारीलाई पनि सहायता गर्न सक्दछ। धेरै जस्तो वुवाआमा वन्नेहरुले यी कुराको विचार गरेको पाईन्न। अझ जन्मेको वच्चाले ठूलो भएपछि आफ्नो सुचना आमावुवाले राखिदिएको जस्तो किसिमले नभैदिएको भए हुने भन्ने गुनासो गर्न सक्छ। त्यसैले यो जमानामा वुवा-आमा वन्नेहरुले यस्तो सुचनाका सुरक्षा नितिहरुसँग जानकार भईरहनु अत्यन्त जरुरी छ।

स्रोत:
१. AVG Blog

- समाप्त -

पढाईयो अम्रिकनलाईपनि

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 6, 2010

पढाउने काम मेरो लागि नौलो हैन। SLC दिनेवेला सहपाठीलाई, B.E. मा होस्टेल वसेकोवेला क्वाटरमा वस्नेसरहरुका छोराछोरीलाई अनि B.E. पछि कान्तिपुर ईन्जिनियरिङ्ग कलेज धापाखेलमा पढाईयो। आजफेरी धेरैवर्षपछि पढाईयो। विगतका अनुभव भएपनि आजको पढाउने काम कस्तो हुने होला भन्ने कौतुहलता थियो किनकी आज अम्रिकन विध्यार्थीहरुलाई पढाउनु थियो। विगतमा सवै पढाउने काम नेपाली माध्यममा हुन्थ्यो तर आजकोमा अंग्रेजी माध्यममा उसमाथी अमेरिकनहरुलाई पढाउनु थियो। कतै विध्यार्थीले सोधेको प्रश्न नबुझ्ने त हैन भन्ने हल्का डर भने थियो किनकी उनीहरुको मात्रीभाषा र उनीहरुको वोल्ने लवजमा म उनीहरुजतिकै पोख्त हुनै सक्दिन।

प्रोफेसर शहरवाहिर जानुपरेकोलेपनि मलाई यो क्लास लिन लगाएको थियो। Operating System को ल्यावमा पढाउनु थियो, रमाइलै गरि वित्यो। खासमा पढाईसकेपछि निकै संन्तुष्ठी मिल्यो, अनुभव वढ्यो अनि आत्माविस्वास पनि । पढाउने काममा रहर पो जाग्न थाल्यो :)। "मैंले PhD गर्दा कहिले प्रोफेसरले मलाई पढाउन पठाउछ र सिकौं जस्तो हुन्थ्यो मलाई, त्यही भएर तिमीले यो अवसरलाई उपयोग गर्नपर्छ" - मेरो प्रोफेसरले मलाई भन्दै थियो। मलाई पनि मेरो प्रस्तुतिकरणमा सुधारल्याउन र अनुभव वटुल्न यो सहयोगी सिद्द हुन्छ जस्तो लागेको छ। जे भएपनि खैरेका छोराछोरीलाई पढाउने अवसर पाईयो आज। वरु तिनीहरुले कस्तो महसुस गरे मेरो पढाउने तरिका बारे भन्ने कुरा प्रोफेसरले अर्को क्लासमा सोधेर मलाई जवाफ दिने नै छन् । तर राम्रो नै पढायो भन्ने जवाफ दिनेछन् भन्ने कुरामा मलाई आशा छ :)) । अर्को क्लास १ महिना पछि छ, अव त झनै सजिलो हुन्छ किनकी त्यो पहिलो क्लास जस्तो नौलो हुने छैन।

- समाप्त -

वाँधिएका हातहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 3, 2010

कम्प्युटरका अँङ्गहरुमध्ये प्रोसेसर सवैभन्दा छरितो र चाँढो काम गर्नेमा अँङ्गमा गनिन्छ। यसले हजारौं कामहरु सेकेण्डमै सकाउँछ। उदाहरणको लागि गीत सुन्दै च्याट गर्दै गर्नको लागि गित सुन्ने सफ्टवेर र च्याट गर्ने दुवै सफ्टवेर कम्प्युटरमा एकैपालि चल्न जरुरी छ। प्रोसेसरले चाँढोकाम गर्न सकेको कारणले गर्दापनि यो सम्भव भएको हो। प्रिन्टर पनि कम्पुटरको एक नै अँङ्ग हो तर यो प्रोसेसरको तुलनामा एकदम सुस्त हुन्छ। जस्तो कि १ पेज प्रिन्ट गर्न १ मिनेट नै लागेपनि यो एकदम सुस्ट मानिन्छ किनकी त्यो १ सेकेन्डमा प्रोसेसरले हजारौं काम भ्याउँछ।

यहाँ कम्प्युटरको सवैभन्दा चाँढो चल्ने अङ्ग प्रोसेसर र सुस्तरी चल्ने प्रिन्टरको तुलना गर्नुमा केही दम छ। दिमाखमा निकै  विचारहरु खेलिरहेकाछन् । समयले  नयाँनयाँ अनुभवहरु दिलाउँदै छ । दिमाखले कम्युटरको प्रोसेसर जस्तै हाई स्पिडमा चलेर अनगिन्ती विचारहरु निकालिरहेको छ। तर प्रिन्टर जस्तै सुस्त हातहरुले दिमाखले जम्मागरेको भावनाको आँधिवेहेरीलाई उतार्न सकिरहेका छैनन् यतिखेर। उसै त सुस्तहातहरु उसमाथि दायाँवायाँवाट आउने कामहरुले थपेका अनुरोधहरुलाई सम्हाल्नुपर्दा वाँधिएजस्तो महसुस गर्दछन् ।  यी वाँधिएका हातहरुले यो व्लगमा आज यतिमात्र लेख्न सक्छन्।

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors