About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

आवस्यकता कुसल चालकको

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, February 24, 2010

'राता'- मेरो एक घनिष्ठमित्रसँग च्याट गर्दै छु। उ नेपालमा छ। ईन्जिनियर हो, राम्रै ठाउँमा काम गर्छ। तै पनि गार्हो छ वस्न भन्छ उ। म नेपाल नगएको नि २ बर्ष हुन लाग्यो। यो अवधिमा सरसामान, खाध्यान्य लगायत सवैकुराको भाउ वढेर सर्वसाधारणको ढाड सेक्न थालेको छ भन्ने समाचार पढेको छु। राता भन्दै जान्छ:

(05:06:43 PM) Rata: kathmandu ma aba gau bata hami jasari ayera padna ta muskil cha yar....
(05:06:59 PM) Rata: arulai kasto hola....
(05:07:17 PM) Me: :(
(05:07:20 PM) Rata: very expensive.....

मलाई सार्है दु:ख लाग्छ। राम्रो जागिर गर्नेहरुलाई त वाँच्न गार्हो भएको वेला अरुलाई कस्तो भएको होला ? म च्याट गर्न छोडेर कल्पिन थाल्छु। कतिका सपनाहरु महँगीले गर्दा गुमेका होलान्। सपना मात्रै के भन्नु, ज्यान नै गुमे होलान् खान नपाएर ... :( ठूलो परिवार भएका छिमेकीहरु हलक्क वढेका वढै छन्। सानो जान भएपनि हाम्रो देशले दिशा गुमाएको देख्दा मन नै खल्लो भएर आउँछ। खै के हुने हो, म त सार्है नराम्रो भविष्य देख्दैछु। नेपालको खवर पढ्न छोडेको छु, निरासाको खवरले पन्ना भरिएको हुन्छ...। मरोस् सोचेर केही उपलव्धि छैन...जे हुन्छ हुन्छ...। कुनै दिन यो लेखमा फर्किएर उ वेला यस्तो समेत समय आएको थियो हाम्रो देशमा भनेर पढ्न पाईन्छ भनेर नै यो लेख लेखेको हुँ। दिशा गुमाएको जहाजलाई सम्हाल्ने कोही कुसल चालक (चालकदल) आईदिए कति खुशी हुईन्थ्यो होला गाँठे ...


- समाप्त -

वधाई रमेसजीलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 20, 2010

रमेसजीको विहे भएको नि २ महिना भयो, तर फोटो भने भर्खरै पाउँदै छु। विदेशमा हुँदा साथीभाईको विहे चाँहि छुट्दो रहेछ। कस्तो रहर थियो रमेसजीको विहेमा जन्तजाने, तर परिस्थिति,...। पुल्चोक क्याम्पसमा बि. ई. पढ्दा, होस्टेलमासँगै वस्दा गरेका रमाईला कुराकानीको याद आयो :) । टाढैवाट भएपनि  फेरि एकपल्ट धेरै धेरै वधाई रमेसजीलाई। सफल वैवाहिक जीवनको हार्दिक शुभ-कामना !

Ramesh jee & His dulahi
तस्विर: रमेसजीको जोडि

- समाप्त -

पहिचान गुमाउँदै छ नेपाली भाषा

Posted by Nobal Niraula ( नोवल निरौला )

भाषा भन्ने कुरा पनि विचित्रकै कुरा हो। आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न यही भाषाको प्रयोग हुन्छ। अझ मात्रीभाषाको महत्वको त कुरै नगरौ।संवेदनाहरु पोख्नको लागि मात्रीभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रोभाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिन्न।

भाषा पनि परिवर्तनशील हुने रहेछ। प्रिथ्विनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेका छन्। आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै प्रिथक हुनेछ। अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। म केहि समयमा उदाहरण दिएर प्रष्ट पार्ने छु। अझ विस्वमा नेपालीहरु फैलिन थालेपछी नेपालीभाषामा थप परिवर्तन आउन थालेको छ - अरु भाषाको प्रभाव पर्न थालेको छ।

अन्तरवार्ता

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 9, 2010

कुनै समयमा लिएको यो भिडियो मेरो मोवाईवाट हटाउनु भन्दा यसो व्लगमै राखे राम्रो हुने लागेर यहाँ राख्दैछु । यहाँ राखेपछि त जुनी भरीसम्म नै हुने भो नि। मोवाईल त हराउन पनि सक्छ। भिडियो राम्रो नभएपनि के भो र, सम्झना न हो। सार्है नै रमाईला दिनहरु थिए वाई।



- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors