पढाउने काम मेरो लागि नौलो हैन। SLC दिनेवेला सहपाठीलाई, B.E. मा होस्टेल वसेकोवेला क्वाटरमा वस्नेसरहरुका छोराछोरीलाई अनि B.E. पछि कान्तिपुर ईन्जिनियरिङ्ग कलेज धापाखेलमा पढाईयो। आजफेरी धेरैवर्षपछि पढाईयो। विगतका अनुभव भएपनि आजको पढाउने काम कस्तो हुने होला भन्ने कौतुहलता थियो किनकी आज अम्रिकन विध्यार्थीहरुलाई पढाउनु थियो। विगतमा सवै पढाउने काम नेपाली माध्यममा हुन्थ्यो तर आजकोमा अंग्रेजी माध्यममा उसमाथी अमेरिकनहरुलाई पढाउनु थियो। कतै विध्यार्थीले सोधेको प्रश्न नबुझ्ने त हैन भन्ने हल्का डर भने थियो किनकी उनीहरुको मात्रीभाषा र उनीहरुको वोल्ने लवजमा म उनीहरुजतिकै पोख्त हुनै सक्दिन।
प्रोफेसर शहरवाहिर जानुपरेकोलेपनि मलाई यो क्लास लिन लगाएको थियो। Operating System को ल्यावमा पढाउनु थियो, रमाइलै गरि वित्यो। खासमा पढाईसकेपछि निकै संन्तुष्ठी मिल्यो, अनुभव वढ्यो अनि आत्माविस्वास पनि । पढाउने काममा रहर पो जाग्न थाल्यो :)। "मैंले PhD गर्दा कहिले प्रोफेसरले मलाई पढाउन पठाउछ र सिकौं जस्तो हुन्थ्यो मलाई, त्यही भएर तिमीले यो अवसरलाई उपयोग गर्नपर्छ" - मेरो प्रोफेसरले मलाई भन्दै थियो। मलाई पनि मेरो प्रस्तुतिकरणमा सुधारल्याउन र अनुभव वटुल्न यो सहयोगी सिद्द हुन्छ जस्तो लागेको छ। जे भएपनि खैरेका छोराछोरीलाई पढाउने अवसर पाईयो आज। वरु तिनीहरुले कस्तो महसुस गरे मेरो पढाउने तरिका बारे भन्ने कुरा प्रोफेसरले अर्को क्लासमा सोधेर मलाई जवाफ दिने नै छन् । तर राम्रो नै पढायो भन्ने जवाफ दिनेछन् भन्ने कुरामा मलाई आशा छ :)) । अर्को क्लास १ महिना पछि छ, अव त झनै सजिलो हुन्छ किनकी त्यो पहिलो क्लास जस्तो नौलो हुने छैन।
- समाप्त -
0 comments