About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

थेसिस! थेसिस!! थेसिस!!!

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 4, 2010

प्रसंग किनमेलको हो। भन्छन् नि  पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।

थेसिस
तस्विर: थेसिस बिक्रीमा (स्रोत: फेसवुक )
हा हा हा हा हा।फेसवुकमा यो तस्विर देखापर्दा मलाई निकै हाँस उठ्यो र यहाँ व्गमा राख्ने विचार गरें। ८ महिना घुँडा धसेर मरीमरी थेसिस गरेको संझिन पुग्छु म। उफ ति दु:खका दिन संझिल्याउँदा त किन्न पाए हुन्थ्यो जस्तो नि लाग्छ एक हिसावले हा हा हा । तर दु:खवस यो विज्ञापनमा ईंजिनियरिङ्ग रैन रहेछ नत्र त किन्थें पनि होला हा हा हा।
हाँसो ठट्टा छोडौं। यो तस्विरले निकै कुरा वताउँछ। सार्है दु:ख लागेर आउँछ यो विज्ञापन देख्दा। मैंले कुनै लेखमा पढेको कुरा संझिन्छु यहाँ निर। संसारमा दिमाख भन्ने कुरा यस्तो चिज हो रे जुन धनी र गरीव परिवार भएकै नाताले राम्रो नराम्रो भन्ने हुन्न। अर्थात गरीव परिवारमा जन्मेको मान्छेको दिमाख गरीव नै हुन्छ भन्नु र धनी परिवारमा जन्मेको मान्छेको दिमाख धनी नै हुन्छ भन्नु मुर्खता हो। धन त हातको मैला न हो, जति सुकै होस न नराम्रो दिमाखवालाको हातमा परेपछि केहि दिनमै सकिन्छ। अर्को तर्फ गरीव परिवारको धनी दिमाखवालाले आफ्नो परीवारलाई धनी पार्न जरुर सक्छ। प्रकितिले दिमाखलाई कुनै पुर्वाग्रह नराखि दिने भएकोले गरीव पनि धनी वन्न र धनी पनि गरीव वन्न सक्छ। संसार त्यही भएर केहीहदसम्म तुलित हुन्छ । 

तर यो विज्ञापन त धनी परिवारको गरीव दिमाखवालालाई पनि धनी नै वनाईदिने खालको देखिन्छ। यो त अप्राकितिक तरिका भयो। यस्तै तरिका हो भने किन चाहिए विश्वविध्यालयहरु ? हाम्रो देशमा यस्तो अप्राकितिक र गैरकानुनीकाम खुलेआम हुँन थालेको देख्दा सार्है नरमाईलो लाग्छ। खुलेआम यस्ता किनवेचका कुरा हुँदा पनि हाम्रो सरकार केही गर्न नसक्ने अवस्थामा छ। किनवेच गरेरै वन्ने सरकारले किनवेचमै के रोक लगाउला र खै ... :( 

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors