About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

नेपाल भन्दा सार्कोजी वाठा !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 8, 2010

French and American presidents' couplesअमेरिकन र युरोपियन भन्ने वित्तिकै खैरे अनि अग्ला भन्ने कुरा दिमाखमा आउँथ्यो। समय अनुसार सुचनाको पहुँच वढ्दै जाँदा कुराहरु वुझिंदै, भोगिँदै, र देखिदै गईयो। आखिर मान्छे न हुन् अग्लो होचो काले गोरे सवै किसिमका मान्छे जहाँ पनि हुन्छन भन्ने कुरा थाहा पाइयो ।

केहि समय अघि हाम्रा वर्तमान प्रधानमन्त्री माधव नेपालको टोली अमेरिकामा गएको थियो । त्यो वेला खिचेको फोटो देख्दा हाम्रा प्रधानमन्त्री जोडिको उचाई निकै कम रहेछ जस्तो लागेको थियो। फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी पनि होचा नै रहेछन् ओवामाको अगाडि। उनको उचाई ५ फिट ५ ईन्च रहेछ। हाम्रा प्रधानमन्त्री मन्त्रीनी भन्दा अग्ला नै देखिन्छन् तर फ्रान्सका राष्ट्रपति भने उनकी श्रीमती कार्ला व्रुनी भन्दा होचा रहेछन्। कार्ला व्रुनी भुतपुर्व मोडेल हुन् र सार्कोजी राष्ट्रपति भएपछि उनीहरुको विवाह भएको हो।उनको उचाई ५ फिट १० ईन्च रहेछ।
हाम्रा प्रधानमन्त्री भन्दा सार्कोजी वाठा रहेछन् ।अग्ला मान्छेहरुसँग सार्वजानिक स्थलमा भेटघाट गर्नु छ भने सार्कोजी विशेष किसिमले वनाएको जुत्ता लगाउँछन् रे। फोटो खिच्ने वेला परी आएको खन्डमा खुट्टा उचाल्ने गर्छन रे । उनकी श्रीमती भने प्राय: जस्तो हिल नभएको चप्पल लगाउँछिन रे। उनको उचाईले गर्दा यसो गर्नु परेको हो रे। द टेलिग्राफ पत्रिकाले सार्कोजीको उचाई वारे अगाडि लेख्छ - "Besides wearing specially-designed stacked shoes, Mr Sarkozy has been caught standing on tiptoes in global leader group shots and stood on a box to remain shoulder to shoulder with Barack Obama, the US President..."। द टेलिग्राफले जनाएअनुसार अल्ला सिपाहीलाई भिडभाडमा आक्रमण गर्ने व्यक्तिको पहिचान गर्न सजिलो भएपनि सार्कोजीको सुरक्षामा भने होचा कदका सिपाहीहरु मात्र लिईंन्छ।

French and American presidents' couples
तस्विर: वाराक ओवामा र निकोलास सार्कोजीका जोडीहरु

U.S. President Barack Obama and First Lady Michelle Obama With World Leaders at the Metropolitan Museum in New York
तस्विर: माधव कुमार नेपाल र वाराक ओवामाका जोडीहरु

अन्तमा, उचाईले मान्छेलाई ठूलो सानो वनाउने हैन। लक्ष्मी प्रसाद देवकोटाको वाक्यको ढाँचामा भन्नु पर्दा "मानिस ठूलो दिलले हुन्छ, उचाईले हुँदैन" भन्दा ठिक होला। उचाई होचो भएकाहरुले सार्कोजीले जस्तो यसो दिमाख चैं लगाउनु पर्ने हो भन्ने मेरो कुरा। यस मानेमा माधव नेपाल भन्दा सार्कोजी नै वाठो ! आफू त अग्लो मै परिन्छ, यो वारेमा सोच्नै पर्देन :)))

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors