About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

पैंचो तिर्दाको खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 5, 2010

मानिसले सहयोगी भावना राख्नु पर्दछ। असहायलाई सघाउँदा पाईने खुसीमा अर्कै रमाईलो हुन्छ । जव अरुलाई सघाईन्छ तव अरुको सहयोग पनि पाईन्छ। यहाँ सहयोगको कुरा गर्नुको सन्दर्भ छ। आज मेरो दिल कसैलाई सघाएकोमा प्रसन्न छ। त्यसैले यो खुसियाली यस व्लग मार्फत साट्न खोज्दै छु। 

आज मैंले फ्रान्सलाई सघाएको छु । सघाएँ भन्नु भन्दा पैंचो तिरेको  भन्नु उपयुक्त होला। फ्रान्सले मेरो जीवनमा ठूलो गुन लगाएको छ। AIT, Thailand वाट फ्रान्सको लागि छानिनु सायद मेरो भाग्य थियो। सुरुको केहि समय भाषागत हिसावले पिडित हुनुपरे पनि उत्तरार्धको समयमा भाषाको समस्या हल भएको थियो। मनपरेको अनुसन्धान केन्द्रमा मन परेको विषयमा कमैले मात्र काम गर्ने अवसर पाउँछन्। मेरो लागि उक्त अवसर वाध्यता वनेर आएको थियो। मेरो मनोवल एकदम उच्च थियो। फलस्वरुप काम गरेको ठाउँवाट अगाड माया पाएको थिएँ र आज टाढा भएपनि माया पाएको छु नै। उनीहरुले मप्रति दिएका अवसरहरु प्रति मैले धन्यवाद दिएर मात्र पुग्दैन। 

मेरो मनपरेको विषयको अनुसन्धानमा जाने चाहनाको टुसा त्यहाँको अनुसन्धान केन्द्र (INRIA) मा कामगर्न छानिएको दिनवाट पलाउन सुरु भएको थियो। जीवनमा पहिलो पल्ट त्यति ठूला अनुसन्धानकर्तासँग चिनजान भयो। उक्त अनुभववाट आज मैंले थप अवसर पाएको छु र मन पर्दापर्दै पनि त्यो ठाउँ छोडेको छु।  French Government को Full Scholarship ले नै यि सव अवसर दिएको हुनाले फेन्च सरकारलाई मरीमुरी मुरी धन्यवाद दिन चाहन्छु।

वुढावुढी, असहायलाई र विध्यार्थीलाई फ्रेन्च सरकारले धेरै सुविधा दिन्छ। यि सवै सुविधा दिन कामगर्नेहरुवाट  उसले धेरै ट्याक्स उठाउने गर्दछ। कामगर्न सक्ने उमेरमा सरकारलाई पैसा दिने र नसकेको अवस्थामा सरकारले सघाउने चलनले  जीवन निकै सहज वन्छ। मैंले फ्रान्स छोडेपनि मलाई उसले लगाएको गुन संझेर आफैंले सोधी खोजी गरी ठुलो धनरासी (मेरो लागि) ट्याक्स मार्फत तिरें। मैंले उक्त रकम नतिरेर नयाँ कार किनेर हुरुरु कुदाउन सक्थें। तर म प्रति उसले लगाएको ठूलो गुनको वदलामा मैंले चुप लागेर वस्न मिल्दैन। त्यसैले आज मैंले पालाको पैंचो तिरेको छु र यसैमा म रमेको छु। अन्तमा फ्रान्स सरकारलाई  Merci Beaucoup (म्याक्सि वकु) भन्न चाहन्छु !

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors