२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।
यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।
सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।
गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !
- समाप्त -
Nobel g hajur ko kura sunda ta maile pani mero SLC ko ghatana samjhe mero pali ta result aako 3 din pa6i matara thaha pako ani mero result ta 5 din pa6i balla pass vako thaha pako ni.teti bela ta lagthyo maile internet ta jiban ma sunne pani 6aina hola.ahile samjhda kasto kasto lag6
Oh. Sarita jee kata ho ra tapai ko ghar? Angrejee ma auta bhanai chha ni: "Nothing is certain except change". Suchana prabidhi le hamro samaj pariwartan hudai chha.
Nobel g mero ghar Kapilvastu par6.yeti 6ito suchana ko bikas hola vanne maile kalpana pani gareki thiyen. maile slc dida ta maile phone set kasto hun6 dekheki pani thiyen mobile ko ta kurai 6adau slc diyeko pani 2058 ma ta ho.ahile lag6 hami kati subidha bata banchit rahe6au