यो हप्ता २ भिडियोहरुले मेरो मन खिचे। निकै मार्मिक र अर्थराख्ने यी भिडियोहरुले मेरो विगत सम्झाईदिए। केही प्रेरणा अनि जोस अझ थपिदिए। यी दुई भिडियोहरु र यसप्रतिको मेरो विष्लेषण यो लेखमा प्रस्तुत गरिएको छ।
क) भिडियो एक - Trailer for Babies
शान्ति सम्झौता गलत्तै संचार क्षेत्रमा नेपाले फड्को मार्यो। सोलुवासिले पनि चेतना पाए र एफ-एमको सुरुवात गरे :
क) भिडियो एक - Trailer for Babies
Facebook र Web भरि छरिएको यो भिडियो भर्खरै रिलिज भएको Tomas Balmes को "Babies" Documentary को Trailer हो। संसारका ४ ठाउँका ( Mongolia, Namibia,San Francisco र Tokyo) वच्चाहरुका सुरुका दिनहरुको जीवनशैलि देखाईएको छ। वच्चा कसलाई राम्रो नलाग्ला र ! उनीहरुको भाग्य भने जन्मेको ठाउँ र परिवारमा निकै भर पर्दछ। यो Trailer वाट अनुमान लाउन कति पनि गार्हो पर्दैन यो फिल्मले निकै राम्रो संदेश दिने कुरामा।
यो भिडियोले मेरो विगत सम्झाईदियो। म सोच्दछु म पनि एक वच्चा थिएँ कुनै वेला। मेरो पनि आफ्नै परिवेस थियो, मेरो आफ्नै कहानी थियो...। यस्ता अनेक कुरा मेरो मनमा खेल्छन्।
ख) भिडियो दुई -सोलु एफएम
गाउँ छाडेको दशक वितिसकेको छ । पेशाले गर्दा उता जाने अवसर पनि मिल्दैन। 'भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ' भने झै मेरो दिमाखमा मेरो गाउँको कल्पना उही मैले देखेको वेलाको आउँछ। पिछडिएको समाज, सुचनावाट वन्चित समाज, खानलाउनमै समय विताउन वाध्य समाज...। द्वन्दले गर्दा विकास ठप्प भएको र भएका संरचनाहरु पनि ध्वस्त भएको कुरालाई प्रमाण मान्ने हो भने मेरो कल्पना जायज ठहरिन्छ।
शान्ति सम्झौता गलत्तै संचार क्षेत्रमा नेपाले फड्को मार्यो। सोलुवासिले पनि चेतना पाए र एफ-एमको सुरुवात गरे :
विजुली र सडक नपुगेको ठाउँमा व्याट्रि र रेडियो भने सजिलै पाईन्छ । भिडियोमा भने जस्तै सोलुमा एफएमले फोनको समेत काम गर्छ। मानिसहरु यसमा मख्छ पर्दछन्, रमाउँछन् ।
यि दुवै भिडियोले मेरो मन छोएको छ। म उही सोलुको एक वच्चा थिएँ, जहाँवाट मैले संसार देखेँ, पढ्न सिकें र SLC सकाएँ । आज मैंले सुचना प्रविधिको विषयमा केही जान्ने अवसर पाएको छु। अनुमान लगाउन गार्हो नपर्ला कतिको संघर्ष गर्नुपर्ने हुन्छ यी अवसरहरु पाउँन। यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु। म मेरो औकातले भ्याएसम्म मेरो सोलु र समग्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा सघाउने छु नै । तर केही थप अध्यायनको जरुरी छ । अध्यायनको जरुरी यस अर्थमा पनि छ कि अर्को सोलुवासी यो अवसर पाउन वर्षौं कुर्नुपर्नेपनि हुनसक्छ...। मलाई सोलु र नेपाल सगरमाथा जस्ता प्राक्रितिक संरचनाहरुले मात्र नभई त्यहाँका दिमाखहरुवाट पनि चिनियोस भन्ने लाग्दछ। मेरो कल्पना विपनामा परिणत हुने दिन कहिले आउने हो कुन्नि ?
- समाप्त -
0 comments