About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

अजम्वरी गित- दाई त मेरो लाहुर जाने

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, November 17, 2008

मैले धेरै दिन देखि सुन्न खोजेको गित बल्ल आज फेला परेको छ।
युक्त गुरुंग र सावित्रि साहको आवाजमा रहेको यो गित जति सुने पनि सुनौं सुनौं लाग्छ।



dai ta mero lahura ja.MP3 - sabitri shaha,yukta gurung

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनि त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला हो, संझि संझि मैं चीठी पठौला

वैनी:
{ दशैं आउला तिहार आउला, निधारमा को टिका लगाउँला } 2
{ मखमली फूलको थुंगा टिपि, माला गाँसि मै रोईरहुँला } 2

दाई:
{ दशैं आउँदा तिहार आउदाँ, घर सम्झि मै फर्की आउँला }2
{ वैनी तिम्लाई वुट्टे सारी माथि, मखमली चोलिया ल्याईदिउँला }2

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनी त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला, संझि संझि मै चिठी पठौला

वैनि:
{ थाली भए अक्षता ली, वुढा वावा वसेर पिंडिमा }2
{ आईपुगेन छोरो मेरो भन्दैई, झुल्केघाममा मुलवाटो हेर्नेछन् }2

दाइ:
{ वर्ष दिनको आशिष थाप्न, लाहुरवाट म घर आउने छु}2
{ फूलपाती ढाका टोपि ओडि, वावा आमा दुवैलाई ढोग्ने छु}2

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनि त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला हो, संझी संझी मै चीठी पठौला
संझि संझि मै चीठी पठौला

वैनी:
म वैनि त संझेरै रोईरने- सुक्क सुक्क

दाइ:
संझि संझि मै चीठी पठौला

मेरो अर्को कविता ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 16, 2008

यो कविता यो फोटो को लागी लेखेको हुँ जहाँ गाउँवाट घुम्न आएकि एक वुढी महिला स्वयम्भुवाट दुरविनले हेर्दै छिन।

माईसंसारमा - फोटो
--------------------------------------------------


कति वोक्छौ डोको आमा, कति खन्छौ वारी
गर्छौ कति मेलापात, दु:ख गरी गरी
फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला
लाग्दो होला आसा कति, लाग्दा वुढेस काल

यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले
घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले
हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने
त्यै भएर हिडेंकी म, एक हप्ता पहिले

छोरो मेरो पाउरदारी, जागिर नि राम्रो
त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो
यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो
यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो

घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे
आएँ म त काठमान्डु, छोडि वुढो मैले
अस्ति घुमें पशुपति, हिजो नारानथान
आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान

छोरो भन्छ कति राम्रो, आहा काठमान्डु
आँखा मेरो कमजोर भो, के भन्नु भन्नु
छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि
पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन

कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती
यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती
कति अग्लो धरहरा, देखें घन्टा-घर
यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग

अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन
निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन
यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने
निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने

वुढो भने धान काट्न, लाग्ने भर आनन्
यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन्
छोरो होस्त काले जस्तो, धेरै माया गर्ने
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!

***

प्रश्न आधिकारिकताको

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, November 3, 2008

- नोवल निरौला, फ्रान्स
मेरो संसारमा हेर्ने ? यहाँ क्लिक गर्नुस

मानव जिवनमा Internet एक अंगको रुपमा परिणत हुँदैछ। प्रयोगका हिसावले सुचना आदान प्रदान देखि किनमेलसम्म अनि पहुँचका हिसावले विकसित देखि विकासोन्मुख देशसम्म यसको प्रयोग हुन्छ। हातमा खेलाउने मोवाईलमा समेत चलाउन मिल्ने भएकोले यसको प्रयोग व्यापक रुपमा हुने गरेको पाईन्छ। वाजुरामा वसेर वैंककका समाचार अनि न्युरोडमा वसेर न्युयोर्कका उतार चढाव नियाल्न ईन्टरनेटको प्रयोगले सहज वनाईदिन्छ।

यो वेला Internet ईमेलको लागि मात्र हैन साथिभाईहरुसंग चिना परिचय राख्न पनि प्रयोग गर्ने गरिन्छ। त्यस्तै सुविधा दिन लागिपरेको एउटा नाम हो फेस वुक (Facebook) र यसको वेव ठेगाना हो (www.facebook.com)। Internet को प्रयोग गर्नेहरुले यसको नाम पक्कै सुनेको हुनुपर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो वारेमा अरुलाई जानकारी दिन र आफूलाई मनपरेकाहरुसंग कुराहरु आदनप्रदान गर्न सघाउँछ। फोटाहरुलाई राख्न, भिडियोहरुलाई राख्न अनि लेख तथा रचनाहरु राख्न, जन्मदिनको सुचना, आदि आदि राख्न मिल्छ। सवैकुराहरुलाई एकै थलोमा वसेर चलाउन पाउनु यसको विषेशता नै हो। अझ, आफू अहिले के गर्दैछु भनेर पल पलको विवरण नि राख्न मिल्छ। जस्तो कि म अहिले खाना पकाउन गएको छु, म घुम्न गएँको छु, म पढ्दै छु, आदि आदि । यसमा पुराना साथीहरुको पूनर्मिलन गराउन देखी, नयाँ साथी खोज्न पनि मिल्छ। त्यसैले यस्ता वेवसाईटहरु अहिले एकदम चर्चामा छन्।

कुरा भर्खरैको हो। एकजना साथिले फेसवुक मार्फत साथि वनाउ भनेर अनुरोध गरेका रहेछन्। खासै ठुलो कुरा कहाँ हो र हैन? लाग्न सक्छ कसैले साथी वनाउ भनेर लेख्दैमा के भो र, मन परे साथी वन नत्र के को टेन्सन् नि हैन? अहँ, म अलिक असहमत छु अनि गम्भिर पनि। मलाई साथीको अनुरोध पठाउने व्यक्तै उनै हाम्रा प्रधानमंत्री हुन् अर्थात पुष्पकमल दाहाल 'प्रचन्ड'। प्रधानमंत्रीले मलाई साथी वनाउन, अनुरोध गरेको? असंभव झै लाग्छ। असंभव नहुन पनि सक्छ- अहिलेका नेताहरुले ईंटरनेटलाई प्रयोग गरेर आफ्ना भावनाहरु, आफ्ना आदर्शहरुलाई वाढ्न खोज्नु कुनै अनौठो कुरा होईन। मैले अनुरोधकर्ताको फोटो हेरेँ, हो, उनै प्रधानमंत्री नै हुन्। म एक कदम अघाडि वढें र प्रधानमंत्री भनाउँदाका साथिहरुलाई हेरें। यो लेख लेख्दासम्म मैले उनका ५ जना साथीहरु देखें र म यहाँ नाम खुलाउन चाहन्न उनका मित्रहरुको। कुरा के भने, उनका साथीहरुमा कोही पनि राजनितिज्ञ छैनन्। म सोच्न थालें, के 'प्रचन्डले वावुराम भट्टराईलाई साथी नवनाई, उनका मन्त्रिमण्डलका सदस्यहरुलाई साथी नवनाई एक अपरिचित नेपालीलाई म तिम्रो साथी बन्न चाहन्छु भनेर अनुरोध पठाउँछन् ? यो असंभवकुरा त हैन, तर क्षिण संभावना भएको कुरा हो। त्यसैले यो अनुरोध कसैवाट उनको उपमा राखेर निर्मित भ्रमपूर्ण अनुरोध हो भनेर म निस्चित प्राय: भएँ। प्रमाण स्वरुप मैले उनको अनुरोधलाई तलको तस्विरमा देखाएको छु।

तस्विर: के यी प्रयोगकर्ताहरु वास्वविक प्रयोगकर्ता नै हुन त ?

कुरा प्रचन्डको मात्र हैन, ३ महिना अगि वावुराम भट्टराईलाई साथी वनाउ भनेर मलाइ मेरो एकजना साथिको अनुरोध पनि आएको हो। तर मैले यसलाई अझ सम्म पनि मानेको छैन। यसको प्रमाण पनि यहि माथिको तस्विरमा देख्न सकिन्छ।

कुरा साधारण लागे पनि यो एकदम ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ। दुरुपयोग गर्नेहरुले यसलाई नराम्ररी प्रयोग गर्न सक्छन्। मैले माथि उल्लेखित गरे झैं यदि यि 'प्रचन्ड' को नामलिई मलाई अनुरोध गर्नेले यस्तो पनि लेखिदिन सक्छन्: Prachanda is going to marry Indian politician …. वा, Prachanda is buying AK4 ... आदि आदि। यि त केही उदाहरणहरु भए, तर यस्ता कैयन उदाहरणहरु हुन सक्छन् र निकट भविस्यमा यि नघट्लान भन्न सकिन्न।

गिरिजाप्रसाद, माधवकुमार, प्रचन्ड, वावुराम जस्ता राजनितिक नेताहरु; राजेस हमाल, निरुता सिंह जस्ता नायक नायिकाहरु; रामक्रिष्ण ढकाल, लोचन भट्टराई जस्ता गायक गायिकाहरु आदि आदि देशका चर्चित मान्छेहरुले Facebook जस्ता ईंटरनेटमा उपलब्ध Application हरु चलाउनै हुन्न भन्ने हैन। तर, विना अनुमती तिनीहरुको नाम कसैले प्रयोग गरेर गम्भिर षडयन्त्र नरच्लान् भन्न सकिन्न। अंतमा संपूर्ण पाठक वर्गमा विना आधिकारिकता कसैलाई पनि विस्वास नगर्न एवं समाज र देशमा नाम कमाएकाहरुको नामको दुरुपयोग गर्नेहरुलाई भविष्यमा हुन सक्ने गंभिर घटनाहरुप्रति अग्रिम सचेत हुन यो लेखले सहायता गर्ने छ भन्ने कुरा मैले आशा लिएको छु। साथै, माथि उल्लेखित मानिसहरु Facebook का वास्वविक प्रयोग कर्ता हुन् या हैनन् भन्ने कुरा सम्वन्धित पक्षसंग सोधपुछ गरी थप प्रष्ट गरिदिन माईसंसार युनिटलाई आग्रह पनि गर्दछु।

***

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors