हो उ आएको छ,वोतल लिएका हुलहरुको,हुर्हुर र साईसुई आवाजहरुसँगैफुसफुसे वास्नादार लाग्ने,चुरोटे धुवाँहरुसँगैमस्किँदै, उड्दै र घुम्दै,हाँस्दै, नाँच्दै र गाउँदैआएको छ उ।
हो उ आएको छ,रेडियो र टिभिका तरङ्गहरुमाझ्याली पिट्दै र पिटाउँदै,पत्रिका र व्लगका पन्नाहरुमा,लेखिंदै, पोखिंदै र उम्लिदैफेसवुकका स्ट्याटसहरुमा,लाईक र कमेन्टका प्रतिक्षाहरुगर्दैफोन र मोवाईल सञ्जालहरुका,एसएमएस र कलहरुमा लठ्ठिदैमहल र शहरका कुनाकुनामापार्टि र भोजका निमन्त्रणा साट्दैपटेका र वेलुनहरुका,आवाजहरुमा गर्झिंदैथरिथरिका ईमेलकाईनवक्सहरुमा भरिंदैआएको छ उ।
आउनु पर्दथ्यो उ,झुपडिका टुकिहरुमापनिछाउनु पर्दथ्यो उ,भोकाएको पेटहरुमापनि,पुग्नु पर्दथ्यो उ,डाँडाकाँडा र खोचहरुमापनिनाँच्नु पर्दथ्यो उ,सुस्ताएका खोलाहरुमापनिआउनु पर्दथ्यो उ,अईठने उकालाहरुमापनिझुल्कनु पर्दथ्यो उ,चहराहेका घाउहरुमापनि
'नआउनु भन्दा आएको ठिक''आएको भन्दा नआएको ठिक''आएर के नै गर्छ र खै ?'कतै आशाको दियो वालेको छकतै निरासाको डोव खोपेको छकतै अविस्वासको जरा गडेकै छअरुले जे सुकै भनुन्,मेरोमा उ आएको छआशाको किरण ल्याएको छअनि भन्न मन लागेको छनयाँ बर्ष २०६७ को शुभकामना !नयाँ बर्ष २०६७ को शुभकामना !!Happy New Year 2067 !!!***
- समाप्त -
0 comments