ठमेलको एक Gift पसलमा पसे लगत्तै उसले भन्यो - "हेल्लो सर, गुड आफ्टरनुन्"। यसपाली मैंले नेपालीमा वोल्ने चेष्टा गरिन र भनें - "गुड आफ्टरनुन्"। अगिल्लो पसलमा पनि यसैगरी अंग्रजीमा भन्दा मैंले म नेपाली हो भाई भनेर सुरुमै वताएको थिएँ। तर यसपाली केही वेर झुक्याउँ भनेर मैंले उसलाई अंग्रेजी मै वोलेको थिएँ। मेरा आँखा नजीकैका वुद्धको मुर्ति तिर वढिरहँदा उसले भनेको थियो - "दिस इज लाफिङ्ग वुद्द सर "। "ओ या, बट ईट ईज डर्टि ...."- मैंले यसै गरि जवाफ दिएँ। "नो सर, ईट ईज विकाउज अफ डस्ट। आई विल क्लिन ईन फ्रन्ट अफ यु, ईट विल साईन..." - उसले भन्यो। "ओ के"- मैंले जवाफ दिएँ। उसले केही वेर धुलो पुछेपछि मैंले सोधें - "हाउ मच ?" । "जस्ट २००० सर"- उसले जवाफ दियो। यसैगरि उसँग भलाकुसारी हुँदै गयो अनि विचमा मैंले उसलाई भने - "भाइ म नेपाली हो ... :) "। उ पनि मरिमरि हाँस्न लाग्यो र म पनि। "अग्लोअग्लो अनि गोरो देखेर नेपाली हैन भन्ठाने दाइ सरी ..."- उ भन्दै थियो। मैंले पनि उसलाई झुक्कउन यसो गरेको भनेर भनें - उ अझै हाँस्दै थियो।
यसरी ठमेलमा म पर्यटक वन्न पुगें । हुन त म एक पर्यटक नै थिएँ - आन्तरिक पर्यटक। तर भाषा भने अँग्रेजी परेकोले अलिक अप्ठेरो लाग्यो मलाई । म सोच्छु कतै म वास्तविक विदेशी पर्यटक त वन्दै छुईन ? म झस्कन्छु, अनि सोच्दछु अहँ, म त्यस्तो वन्न चाहन्न...।
- समाप्त -
0 comments