About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

डु यु स्पिक ईंलिस ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 28, 2010

कुनैताका विश्वेस्वरप्रसाद कोईरालाको  आत्माव्रित्तान्त सुनेको थिएँ। वालककालमा उनीले वनारसमा अध्यायन गरेका थिए रे। उनी पढाईमा र वहसमा निकै राम्रा थिए रे। वनारसमा अध्यायन गर्दा एक महानुभावले प्रश्न गरेछन् - "तिमीलाई अँग्रेजी वोल्न आउँछ (डु यु स्पिक ईंलिस) " ? जवाफमा विपिले  "मलाई अरु अङ्ग्रेजी आउँदैन वनारसको अङ्ग्रेजी मात्र आउँछ" भनेका थिए रे। महानुभावले हाँस्दै भनेका थिए रे - "अँग्रेजी जहाँको भएपनि एउटै त हो"। विपिले यो सन्दर्भ आफ्नो आत्माव्रित्तान्तमा राखेर रमाईलो वनाउन खोजेका देखिन्छन् । सवैवालक जस्तै आफूपनि सानासाना कुराहरुपनि ख्याल नगरेर निस्वार्थ रुपमा जवाफ दिएको थिएँ भनेर देखाउन खोजेका होलान्। उनले अँग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले वनारसी होस या वेलायती एउटै हो भन्ने महानुभावको कुरालाई स्विकारेको देखिन्छ।

अमेरिकी वातावरणमा घुलमिल हुन यहाँ आउने कोहिपनि नवजनलाई केही समयसम्म  सघर्ष गर्नु नै पर्दछ। सङ्घर्षको क्रममा नौला, रोचक घटना घट्ने गर्दछन् । यो यस्तै रोचक कथा हो। हाम्रो आफ्नै कथा हो :) । एक पटक एउटा अफिसमा फोन गर्दाको कुरा हो। एक महिलाले फोन उठाईन। हामीले उक्त अफिसलाई आफ्नो समस्या प्रस्तुत गर्यौं। उनले केहि वेर पस्चात - " Do you speak English ? In which language are you comfortable with ? I can ask for translator...." (तिमीहरु अँग्रेजी वोल्न सक्छौ ? तिमीहरु कुन भाषामा दख्खल छौ ? म अनुवादक वोलाउँछु) भनेर सुनाउँदा हामीले फोन राखेर मरिमरी हाँसेका थियौ।

हाम्रो अँग्रेजी उसले नवुझेकोमा नरमाईलोपनि लागिरहेको थियो। हाम्रो दक्षिण-एसियाको लवज विशेष खालको छ। सायद उ हामीले वोल्ने अँग्रेजी लवजसँग परिचित थिईन।  त्यो वेला विपिले सानामा दिएको उत्तर नै सहि थियो जस्तो लागेको थियो। वनारसमा वोल्ने अँग्रेजी  दक्षिण-एसियालीले वोल्ने अँग्रेजीको प्रतिनिधि उदाहरण नै हो। वालककालमा उनले वनारसी अँग्रेजी मात्र आउँछ भनेर उनले जे भनेका थिए वास्तवमा उनले सही भनेका थिए तर उनले त्यो यथार्थलाई राम्ररी नकेलाई अँग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले सवैतिर एकै हो भन्ने कुरालाई स्विकारेको देखिन्छ।

हालसालैको कुरा हो। साथीको मोवाईमा भुलवस एकमान्छेले फोन गरेछ। के के भन्दो रहेछ उनले वुझ्न सकेनछन् र मलाई फोन हस्तान्तरण गरे । मैले वुझ्ने प्रयास गरें।  वुझेका केही शव्दले उसको कुरा अनुमानमात्र लगाउन सकें। तर गाँठीकुरा मैले पनि वुझ्न सकिन र फोन साथीलाई फिर्ता दिएँ। साथीले उसलाई प्रतिप्रश्न गरे।  उनको प्रश्न यस्तो थियो : "डु यु स्पिक ईंलिस ?" :D :D हा हा हा। हत्तपत्त उसले फोन राख्यो। साटो फेरेकोमा हामीलाई भने एक किसिमको खुसी भनौ या आत्मासन्तुस्टि मिलीरहेको थियो  :)))))))

- समाप्त -

3 comments

  1. santosh Says:
  2. रमाइलो लाग्यो । हामी हरु लाई परेको समस्या पनि यस्तै हो।

    धन्यवाद

     
  3. हाहाहाहाहा :)))

     
  4. Mukta Says:
  5. ramailo raichha..

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors