यात्रा सुरुगर्नु अगि मैले नेपाली उपन्यासका पुस्तकहरु किनेको देख्दा म आफैलाई कतै नेपाली साहित्यमा अनुसन्धान गर्न गैरहेको त छैन जस्तो लागेको थियो। हुनपनि मैले यति धेरै नेपाली साहित्यका किताब किनेको यो नै पहिलो अवसर थियो। मैले धेरै जस्तो बी. पी. कोइरालाका किताबहरू किनेको छु। जस्तो की मोदिआईन, तीन घुम्ती, नरेन्द्रदाई आदि। मैले बी. पी. को आत्मवृतान्त इन्टरनेटबाट सुनेको छु। उनी एक महान राजनीतिज्ञ मात्र नभएर कुसल साहित्यकार पनि थिए। उनले एउटा खुट्टा साहित्यमा र अर्को खुट्टा राजनीतिमा राखेर अगाडीबढेका थिए। सुनेको छु उनका लेखरचनामा राजनीतिको कुनै प्रभाव छैन। मोदिआईन उपन्यासमा पनि मैले यो कुरा पाएँ। यसरी दुवै विधामा सफल हुन सकेका व्यक्तित्वबाट म प्रभावित भएको छु। कम्प्युटर र साहित्य दुबैविधामा सफल हुन पाए कस्तो रमाइलो हुन्थ्यो होला :))
संसार अचम्मको छ। मान्छे मरेर गएपनि उसका कृतिहरु रहिरंछां। उसका कृतिहरु पढ्दा लाग्छ उ जिवितै छ। अर्थात् राम्रा कृति छोड्नु संसारमा वाचिरहनु हो। म जन्मिनु अगी नै बितेका बी. पी. को मोदिआईन उपन्यास पढ्दा मैले यहि महसुस गरें। मोदिआइन मिठाई पसलेकी बुढीलाई भन्छन क्यारे। लेखकले आफुलाइ बालकको रुपमा राख्छन। उनि उनका परम्हितैसी मिसिरजीसंग दरभंगा जान्छन। त्यहाँ उनीहरु मोदीको घरमा बस्छन। मोदिआइनले बालकलाई नजिकैको हडाहा पोखरी कसरि बन्यो भन्ने कहानी भन्दै सुताउछिन। कौरव र पाण्डवको लडाइहुँदा मरेका मान्छेहरुलाई चील बोकेर ल्याउदा खसेका हाडखोड निकाल्दा वनेको हुन्छ त्यो हडाहा पोखरी। त्यो लडाइको कहानी एकदम मार्मिक किसिमले बयान गरिएको छ यो उपन्यासमा।
काठमाडौँबाट यात्रा सुरु गरे लगत्तै पढ्न सुरुगरेको यो उपन्यास Memphis मा पुग्दासम्म सकियो। छोटो भएपनि यात्रा भर लाग्यो सकाउन। यसरी मोदिआईन मसंगै विभिन्न नाकामा मेरो passport प्रयोग गर्दै पुगिन अमेरिका।
- समाप्त -
0 comments