०००
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
केटा: खोज्दै छौ कि कहाँ होला यो मिलनको गाउँ
(धर्ती हो कि आकाश होला जुनी मिल्ने ठाउँ ) २
केटी: सक्दै छौ कि सुख-दु:ख साथमा के होला
(विर्सौ कि त प्रिति फूल्ने एउटै छ यो चोला) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
केटा: जति हेर्यो दुनियाँ यो नौलो नौलो झनझन्
(यही घडिमा हरउँछ त्यसै त्यसै तनमन) २
केटी: सकिदैन छुटाउन वरपिपल छायाँ
(अन्जानैमा वस्दो रै छ नसोचेको माया) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
०००
- समाप्त -
0 comments