About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

आमा वुवा वन्नेहरु, कतिको सचेत हुनुहुन्छ ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 9, 2010

दिनानुदिन संसारमा नयाँ प्रविधिका विकास भईरहेका छन् जसले गर्दा जीवनशैलीमा धेरै परिवर्तन आउन थालेका छन्। आफ्ना वुवाआमा त के थोरै वर्षको फरकमा जन्मिएका दाजुदिदीहरुको जीवनशैली र आफ्नो जीवनशैलीमा नै निकै भिन्नताहरु पाउन कठिन पर्दैन। यसको प्रमूख कारणहरुमा ईन्टरनेटको पनि ठूलो भुमिका रहि आएको छ। यतिखेर ईन्टरनेटको संजालले संसारलाई फनक्कै वेरेको छ। को टाढा र को नजीक भन्ने तुलना हटाउँदै छ। आफ्ना सूचना साथीसँगीहरुसँग साट्न अव चेलीले तिज-तिहारमा पर्खीवस्नु पर्दैन। फोन र ईन्टरनेटको पहुँच हुनेहरुलाई आफ्ना कुराहरु सहजै साटासाट गर्न कति पनि गार्हो पर्दैन। सोसियल नेटवर्क जस्तै फेसवुक मार्फत सुचना साटासाट गर्न  सजिलै सकिन्छ।  पस्चिममा मुलुकहरुमा ईन्टरनेटको प्रयोग अझ व्यापक मात्रामा हुन्छ। किनमेल, रोजगारी, गफगाफ आदिको लागि  ईन्टरनेट नभई हुँदैन । मान्छेहरु ईन्टरनेटमा यति धेरै भर पर्दछन् कि एक दिन मात्र यसको प्रयोग गर्न नपाउने हो भने उनीहरुमा छटपटी सुरुहुन्छ।

एक वच्चाले आमा वुवावाट उसको  नामरुपी परिचय पाउँछ। उ जीवनभर त्यही परिचयको सहायतामा चिनिन्छ। मान्छेको वुवाआमासँगको सम्वन्धको पहिलो पुल नै उसको नाम हो। अवको जमानामा वुवाआमा वन्नेहरुले छोराछोरीको नाम मात्र हैन ईमेल एड्रेस पनि राखिदिने चलन वढेको छ भनेर अनुसन्धानहरुले देखाउन थालेका छन् ()। पस्चिमा देशका ईन्टरनेटमा पहुँचहुने आमाहरुलाई सोधेर सेक्युरिटी कम्पनी AVG ले निकै रमाईला तथ्यहरु प्रस्तुत गरेको छ। केही रोचक तथ्यहरुलाई यहाँ वुँदागत गरिएको छ:

क )  २३ % आमाहरुले आफू गर्भवती भएको प्रमाण अनलाईन राखेर साथीभाइलाई सुचित गर्दछन्
ख )  ७० % भन्दा वढी आमाहरुले आफ्नो वच्चाको तस्विरहरु ईन्टरनेटमा राखेर साथीभाईसँग साट्दछन्
ग )  ७ % वच्चाहरुले जन्मेको दिन नै ईमेल एड्रेस पाउँछन्
घ )  औसतमा ६ महिनाको समय भित्र ८१ % वच्चाहरुको  सुचना ईंन्टरनेटमा राखिन्छ
ङ )  ३३ % वच्चाहरुको तस्विर जन्मेको समयवाट राखेको पाईन्छ

सावधान
पक्कै पनि अहिलेको समय निकै फरक छ। छोराछोरीका पुराना तस्विर हेर्न अव दराजमा राखेको पुरानो एल्वम खोजीराख्न पर्दैन, अनलाईन (जस्तै फेसवुकमा )  राखिएका तस्विरहरुमा वर्षौं पछि गएपनि पुग्छ। तर आमावुवा वन्नेहरुले विचारै नगरी आफ्ना वच्चाहरुको तस्विर जथाभावी अनलाईन राख्ने गर्दछन। अनलाईन तस्विर राख्नु नराम्रो पक्कै हैन तर राखिएका एल्वमहरु कसलाई हेर्न दिने र कसलाई नदिने भन्ने कुरा महत्वपूर्ण हुन आँउछ । अपलोड गरिएका तस्विरहरुको सुरक्षा विचार गर्नुहोस । ईन्टरनेट राम्रा मान्छेहरुले मात्र हैन नराम्रा मान्छेहरुले पनि चलाउँछन। विचार गर्नुस त तपाईको वच्चाको तस्विर अस्लिल तस्विर वनाउन प्रयोग भयो भने तपाईलाई कस्तो महसुस हुन्छ ? सहजै उपलव्ध तस्विरले वच्चा अपहरणकारीलाई पनि सहायता गर्न सक्दछ। धेरै जस्तो वुवाआमा वन्नेहरुले यी कुराको विचार गरेको पाईन्न। अझ जन्मेको वच्चाले ठूलो भएपछि आफ्नो सुचना आमावुवाले राखिदिएको जस्तो किसिमले नभैदिएको भए हुने भन्ने गुनासो गर्न सक्छ। त्यसैले यो जमानामा वुवा-आमा वन्नेहरुले यस्तो सुचनाका सुरक्षा नितिहरुसँग जानकार भईरहनु अत्यन्त जरुरी छ।

स्रोत:
१. AVG Blog

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors