काठमाडौ झर्नु अगाडि काठमाडौको जुन किसिमको चित्र मेरो मनमा थियो उस्तै छ काठमाडौ। जताततै भिडम्भिड, धुवाँ, धुलो, महँगी पानीको अभाव, फोन र ईन्टरनेटको असुविधा, गईराख्ने विजुली ...। तर सोचाई र भोगाईको भिन्नता महसुस गर्दैछु। सोच्नु एक कुरा हो भोग्नु अर्कै कुरा हो। यहाँको भोगाई देख्दा दु:ख लागेर आउँछ। हाम्रो राजधानी यस्तो छ भने अरु ठाउँको कुरा गर्नु जरुरी नहोला। त्यसैले विदेशिनु नेपालीहरुको ईच्छा नभएर वाध्यता हो भन्ने कुरा ठम्याउन थालेको छु।
आगमन पस्चातको मेरो व्यस्तता वढेको छ।धेरै थरिका कामहरुको चापले मेरो मन स्थिर छैन। अस्तव्यस्त काठमाडौमा आफ्नो योजना वमोजिमका कामहरु गर्न मुस्किल हुँदैछ। समयको महत्व र यसको उपयोग गर्न अस्तव्यस्त काठमाडौले दिंदैन रहेछ। आखिर सुखको अनुभव गर्न दु:ख देखे भोगेको हुनु पर्दछ। त्यसैले म खुसी नै छु किनकी अलिकति सुख पाउँदा पनि यो दु:ख सम्झेर म निकै खुसी हुनेछु। यो लेख्नलाई पनि विजुली कति वेला जान्छ भनेर हेर्नु परिरहेको छ। जे होस अस्तव्यस्थ काठमाडौमा मेरा परिवार, साथीभाइ र आफन्तहरुसँगको भेटले केही भएपनि मलम लगाईदिएको छ।
- समाप्त -
0 comments