About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

सेतेते ...

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 19, 2010

विगतका केही बर्षहरुमा मैंले सिकेको एक कुरा हो भाषाको महत्व। नयाँ भाषा सिक्नु एक ठूलो काम रहेछ। तर भाषा सिक्ने काम सजिलो पक्कै छैन। जति सानो उमेरमा भाषा सिक्यो उति राम्रो हुने रहेछ। त्यसैले भविष्यमा मेरा छोराछोरीलाई सानैदेखि नयाँ भाषा पक्कै पनि सिकाउने हो :)))

सिक्नको लागि कुनै पनि भाषाका आफ्ना आफ्ना फाईदा वेफाईदा हुने रहेछन् । जापानिज भाषाको कुरा गरौं -  सुने अनुसार जापानिज भाषामा जे लेख्यो त्यही उच्चारण गरिन्छ रे। अर्थात जापानिज अक्षर पढ्न सक्ने मान्छेले जुन सुकै जापानिज लेख पढ्न सक्दछ। त्यसैले जापानिज भाषा सिक्नेहरुको लागि यो सजिलो र फाईदाजनक कुरा भयो। तर जापानिज अक्षर देख्दा लेख्नलाई गार्हो होला जस्तो देखिन्छ। अनि हरेक वस्तुको जापानिज नाम थाहापाउनु पर्यो कुरा गर्नलाई। जस्तो पानीलाई जापानिजमा के भनिन्छ भनेर जान्न अरु भाषाको सहयोग लिन सकिन्न। यो जापानिज भाषा सिक्नेहरुको लागि गार्हो पक्षको कुरा भयो।

 फ्रेन्च भाषाको कुरा गरौं। मलाई फ्रेन्च भाषा सिक्नलाई सजिलो नै हो जस्तो लाग्छ किनकी अक्षरहरु सिकिराख्नु पर्दैन । अंग्रेजी  भाषाका अक्षरहरु (A, b, c, d आदि) जानेकोलाई सजिलो हुने नै भयो। यसकारण फ्रेन्च अक्षर लेख्नमा कुनै कठिनाई परेन। फ्रेन्च व्याकरण पनि त्यति गार्हो छैन, अंग्रेजी भाषासँग धेरै मिल्छ। ७० प्रतिशत अंग्रेजीका शव्दहरु र फ्रेन्चका शव्दहरु मिल्छन। त्यसैले फ्रेन्च नजानेको तर अंग्रेजी जानेकोहरुले पनि फ्रेन्चमा लेखेको कुराको अर्थ अनुमान गर्न सक्दछन्। यी फ्रेन्च भाषा सिक्नेहरुका लागि खुसिका कुरा पक्कै हुन। तर दु:खको कुरा फ्रेन्च भाषाको कठिनाई उच्चारणमा छ। जे लेख्यो त्यही उच्चारण गरिन्न। त्यसैले आफूलाई आएको कुरा पनि उच्चारण गर्न नसक्दा कुरा वुझाउन कठिन हुन्छ। फ्रेन्च भाषालाई चाहिने कतिपय स्वरहरु नेपाली भाषामा छैनन्। जस्तो RER शव्दलाई फ्रेन्चमा उच्चारण गर्नु पर्यो भने नेपालीलाई निकै गार्हो पर्छ।

मेरो अफिसको एकजना साथीसँग कुरा गर्दे थिएँ। उसले मलाई: सेतेतेमा के गर्छस भनेर सोधेकी थिई। 'सेतेते' ? , कस्तो नसुनेको शव्द ? केहि वेर सोचें तर अर्थ दिमाखमा फुर्दै फुरेन। कुरा वुझिन र मैंले सोधें - 'सेतेते' भनेको के हो ? उसले हाँस्दै जवाफ दिई - This Summer. ओ हो जानेको कुरा भएपनि उच्चारण नजानेर नवुझिएको रहेछ। मलाई cet  भनेको this र  été भनेको summer भन्ने कुरा राम्ररी थाहा थियो। तर पनि मैंले 'सेतेते'को अर्थ बुझिन। फ्रेन्च भाषामा दुई शव्दहरुको उच्चारण जोडिन सक्छ। यदि उसले 'सेत एते' भनेकी थिई भने म राम्ररी वुझ्दथें तर उच्चारण जोडाएर 'सेतेते' भनेकीले वुझ्न गार्हो भएको हो । यो वेला एकदिन 'रकेट' भन्दा नवुझेको कुराको याद आयो ( यहाँ छ 'रकेट'को कहानी ‍- रकेट  :) )। मैंले नवुझेको कुरालाई अनुमान लगाईन। नवुझेको कुरा धेरै पल्ट सोधेर भएपनि  वुझ्नु राम्रो हो। अनुमानको भरमा अर्थ खोज्दा 'वाटर' को ठाउँमा 'कटर' वुझे जस्तै अर्कै कुरा वुझेर भाँडमैलो मच्चिने खतरा हुन्छ :)

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors