About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Fort Worth TX वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 26, 2011

यात्रा गर्ने क्रममा नयाँ ठाउँ पुग्दा म व्लग लेख्ने गर्दछू। त्यही सिलसिलामा यो व्लग मा Fort Worth, TX वाट लेख्दै छु। हुन त मैले अमेरिकाको जमिन यही Texas DFW मा पहिलो पल्ट टेकेको थिएँ तर त्यसलाई म पुगेको ठाउँ भन्न मिल्थेन किनकी यो त मेरो वाटोमा परेको एउटा एयरपोर्ट मात्र थियो।

क्रिसमस २०११ र नयाँ वर्ष २०१२ को विदा नेपालीहरुको दशैं जस्तो हुने गर्दछ अमेरिकामा। वाटोहरुमा चहलपहल कम हुने, आफन्तहरुलाई भेट्न घरघर जाने चलन रहेछ। हामी केही साथीहरु पनि त्यसैको लागि यता आएका हौ।  झन्डै २ दशक पछि कसैलाई भेटिन्छ भने कस्तो रमाईलो महसुस हुन्छ होला। म त्यही रमाइलो महसुस गर्दैछु यतिवेला। धेरै नेपालीहरु रहेछन् यता। कहिले काहिँ त लाग्छ  म अमेरिकामा नभई कतै नेपालमै छू।

- समाप्त -

कथा: अरुको कुरा मात्र पत्याउँदा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 13, 2011

कुनै गाउँमा बाबु छोरा बस्थे। तिनले एउटा गधा पालेका थिए। एक दिन बाबु छोरा अलिक टाढाको गाउँमा लाग्ने मेलामा जाने भएछन्। छोरो कलिलो उमेरको र बाबु अलिक पाको। गधालाई एक्लै घरमा छोड्न नमिल्ने भएकाले संगै लिएर हिँडेछन्।

बाबुछोरा गधालाई आलोपालो डोर्‍याउँदै हिडीरहेका थिए। केही बेरपछि एक जना बटुवाले भनेछ : के हो गधा डोर्‍याएर आफुहरू पैदलै पो हिंडेका छन् त। कस्ता मूर्ख? बाबुलाई लाग्यो, कुरा सही नै हो। छोरो थाक्यो पनि होला। छोरालाई गधामा चढाएर बाबु पैदल हिँड्न थाले। बाटो लागे। केही बेरपछि अर्को बटुवाले भनेछ : हेर कस्तो जमाना! लाजै नभएको रहेछ यो छोरो त! बुढो बाबुलाई हिंडाएर तन्देरी छोरो गधामा चडेको छ। छोरोलाई पनि लाग्यो ­ गाउँलेले ठिकै भन्यो। बाबु छोराले सल्लाह गरे बरु दुवै जना गधामा चढे कसैले केही भन्न्न पाउने छैनन्। तर, भन्नेले त भनिहाले ­ हेर कस्ता अधर्मी बाबुछोरा! मरन्च्याँसे गधामा बाबुछोरै चढेर हिंडेका। बाबुछोरा दुवैलाई लाग्यो कुरा सही नै हो। बरु हामी नै यस गधालाई बोकेर हिडौँ। बाबुछोराले सकिनसकी गधा बोकेको देखेपछि बटुवाहरू मरीमरी हाँस्न थाले ।

आफू विचार नगर्ने अरूका कुरामा बहकिने बाबुछोराले अन्त्यमा निधो गरे यो गधालाई नै भिरबाट फालिदिएपछि कसैले केही भन्न पाउने छैन। आत्मविश्वासको कमजोरीले क्षति गर्छ भन्ने कुरा यो कथाले वोलेको छ।

स्रोत:  आशाको दियो कि जुनकिरी ?

- समाप्त -

नआउ जून कोठामा राती मसँग लाडिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, August 4, 2011

आज एक मनछुने गीत राख्दैछु। मलाई अर्थ वोक्ने शव्दहरु भएका गीत मन पर्दछन् ।  ति गीतहरु संयोग र वियोग दुवैका हुन्छन।

सन्दर्भ: अत्यन्त सुन्दर जून राती कोठामा आएर माया गर भन्दछिन् । तर अरु कसैलाई दिईसकेको मन सुन्दर जूनलाई यो गीत सुनाउँछ :

गायक: माणिकरत्न


शव्दहरु:
नआउ जून कोठामा राती मसँग लाडिन
कसैको भैसकेको मन सक्दैन वाँडिन

सुकेली राम्री सुकोमारी छौ, तिमीमा छ जवानी
तर दिउँ कसरी कसैको नासो म्वाईको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पच्छ्याउन छोडेर
नजीक सर्दै-सर्दै नआउ मँसँग टाँसिन

उजेली वन्दै अधेरी वन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
म स्वास पनि उनकै फेर्छु विउझँदा निदाउँदा 
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जून कोठामा राती मसँग लाडिन
***



- समाप्त -

झोला (अडियो कथा) - क्रिष्ण धारावासीको एक उत्क्रिष्ठ कथा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 31, 2011

क्रिष्ण धारावासीको  झोला भन्ने कथा निकै राम्रो छ भनेर साथीहरुले सुनाएका थिए। कस्तो रहेछ त भनेर मैंले आज सुनें। साथीहरुले भनेजस्तै कथा निकै नै मार्मिक रहेछ। त्यसैले मेरो फूलवारीमा पनि उक्त कथालाई राख्ने जमर्को गर्दैछु। तलको लिंकमा क्लिक गरेर यो कथा सुन्न सकिन्छ। यसको अवधि करीव ५० मिनेटको रहेको छ। यो कथा सुन्दा मेरा आँखा रसाए। सायद तपाईंहरुलाई पनि यस्तै हुनेछ। त्यसैले एक्लै भएको वेला सुनेको राम्रो । नत्र साथीभाइले जिस्काउलान्। म  यो कथाको वयान गर्दिन नत्र तपाईंहरुलाई तलको अडियो सुन्दा रमाईलो नहुनसक्छ। यतिमात्र भन्छु, एक नचिनेको मान्छेले छाडेको झोला भित्रको कुरा छ यसमा। कम्प्युटर तथा मोवाईलमा तलको अडियो वज्नुपर्छ भन्ने मेरो अनुमान रहेको छ।

अडियो: झोला
अवधि: करीव ५० मिनेट



नोट: यो अडियो HTML5 support गर्ने Browser हरुमा मात्र खुल्छ। यदि माथीको अडियो तपाईंकोमा वजाउन मिलेन भने यो लिङ्कमा गई सुन्नुहोस।

- समाप्त -

Chicago bata mobile blog

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 11, 2011

Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.

Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.

Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.

mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.

- समाप्त -

आई एम सरी

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 3, 2011

धेरै अगाडि लेखेको कथा हो "आई एम सरी" । कसरी धेरै जन माझ पुगेको टेक्नोलोजीको दुरुपयोग हुन सक्छ भन्ने कुरा देखाउनु मेरो मूल धेय थियो।  म यस कथा मार्फत धेरै पाठकहरुमा चेतना छर्न चाहन्थें ।  त्यही भएर यो समयमा धेरै नेपालीले हेर्ने व्लग माईसंसार डट कम मा यो कथा पठाएको थिएँ। पढ्नुहोस त्यहाँ प्रकासित मेरो कथा: आई एम सरी  ।

- समाप्त -

विशेष ट्यांकर

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 19, 2011

तल देखाएको ट्यांकर एक विशेष ट्यांकर हो। यो तस्विर हैन वरु किवोर्डवाट लेख्नमिल्ने अक्षरहरुको संगालोलाई मिलाएको मात्र हो।
……(\_/)
……( ‘_’)
…./”"”"”"”"”"”"\======░ ▒▓▓█D
/”"”"”"”"”"”"”"”"”"”\
\_@_@_@_@_@_



माथिको ट्यांकर वनाउन  ७७ वटा अक्षरहरुको प्रयोग भएको छ। प्रयोग भएका अक्षरहरुलाई लहरै राख्दा तलको जस्तो देखिन्छ :

……(\_/)……( ‘_’)…./”"”"”"”"”"”"\======░ ▒▓▓█D/”"”"”"”"”"”"”"”"”"”\\_@_@_@_@_@_

- समाप्त -

मन्त्रीज्यू नसके नेपालीमा वोल्नुन, यो त अति भएन र ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 14, 2011

स्वास्थ्य राज्यमन्त्री धर्मसिला चापागाँईले सम्युक्त राष्ट्रसंघको  High Level Meeting on AIDS, 94th plenary meeting New York, 8-10 June 2011 मा दिएको भाषणको भिडियो हो यो। अन्तिम चरणमा भाषण परिवर्तन गर्नुभयो कि के हो, अङ्ग्रेजी वोल्न गार्हो भएको प्रस्टै देखिन्छ मन्त्रीज्यूलाई । नसके अनुवादक राखेर नेपालीमा वोल्देको भए के जान्थ्यो र। अंग्रेजी मै राम्रो वोल्न मन भए, अंग्रेजीको उच्चारण नेपालीमै लेखेर वोले पनि केही हुन्थेन होला वरु। सकिन नसकी पनि अङ्ग्रेजीमा नै गरेको वोल्ने प्रयासलाई त मान्नु नै पर्ने हो तर यो आफ्नै देशमा गरेको भए उत्तम हुने थियो, UN मा पर्यो, अलिक हजम नहुने के सुन्दा पनि ... :))

नोट: भिडियो वजाउन 2/3 पाली प्रयास गर्नुहोस, पहिलो पाली नै नखुल्न सक्छ....

अनुरोध: हामी नेपालीहरुको यस्तो वेईज्यती पटकपटक हुनवाट रोक्न यो भिडियोलाई  धेरै भन्दा धेरै नेपालीहरुसामु पुर्याउन ...



- समाप्त -

यो फोटो हो भिडियो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 30, 2011


स्रोत र थप तस्विरहरुphotographyru.inf

तस्विरमा पनि भिडियोको जस्तै वस्तुहरुको गति राख्न सकिन्छ। कम्प्युटरमा राखिने तस्विरहरुवारे केही ज्ञान छ भने GIF तस्विरमा तस्विरका वस्तुहरुलाई यस्तो किसिमको चलायमान गति दिन सकिन्छ। Jamie Beck ले  यहाँ  राखेका राखेका उत्क्रिष्ट तस्विरहरु मध्येका दुई तस्विर हुन। पुरानो जमानामा यी प्रविधिहरु भैदिएको भए हाम्रा पुर्खाहरुको चलायमान तस्विर हेर्न सकिन्थ्यो। हाम्रा सन्तानहरुले भने हाम्रा तस्विर र भिडियो मार्फत यी अवसर पाउनेछन् ।


- समाप्त -

Boston मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 22, 2011

यात्रा गर्न मलाई औधिमन पर्छ। मन भएर मात्र यात्रा गर्न सकिन्न । समयलेपनि साथ दिनुपर्दछ। मेरो मनलाई समयले अहिलेसम्म माया गरिहेको छ। फलस्वरुप म यो पाली Boston को यात्रामा निस्केको छु।

ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।

I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो।  यसले हामी दिदीभाइ  Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).

यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें।  यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT  र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण  उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।

अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New  England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।

- समाप्त -

सोलुखुम्बु कत्ति रमाईलो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 15, 2011

धन्यवाद ईन्टरनेट। तिमीले गर्दा म  मख्ख छु । हेरन तिमी नभैदिएको भए म मेरो जन्मेको, हुर्केको र पढेको मेरो प्यारो ठाउँको खवर यति टाढाहुँदा कसरी पढ्न सक्थें होला ? मख्ख छु म। धन्यवाद तिमीलाई।

मेरो सोलुखुम्वुमा एफएमको असर भन्ने मार्मीक भिडियो त मैंले पहिले नै  यहाँ  राखेको थिएँ। आज भने सोलुखुम्वु कत्ति रमाईलो भन्ने गीत राख्दै छु। भर्खरै हेर्न पाएँ यो भिडियो (सोलु अनलाईनवाट) । साच्चै सगरमाथालाई ठडाएर राखेकी सोलु तिम्री निक्कै राम्री छौ।


- समाप्त -

प्रयोगसाला किन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, May 3, 2011

मान्छेका कल्पना शक्तिका कारणले  नै यो संसार यति राम्रो भएको हो। चरा जस्तो उड्न पाउने कल्पना गर्दा गर्दै हवाईजहाजहरु वनेका हुन्। मार्क जुकरवर्गले कल्पना गरेको कुरा हो नै फेसवुक पनि।

कल्पना गर्ने कुरा वर्तमान परिस्थितिमा पनि भर पर्दछ। कहिलेकाहिँ मलाई पनि कल्पनामा गर्न मन लाग्छ। म वर्तमानलाई नियाल्छु। मेरो २४ घन्टा ईन्टरनेटसँग साईनो छ। वाटो हिड्दा पनि म ईन्टरनेट चलाउन सक्छु। संसारका मान्छेले वात मार्ने ठाउँ हो ईन्टरनेट। त्यहाँ विभिन्न भाषामा राम्रा नराम्रा दुवै वात मारिन्छन्। असल मान्छेले राम्रावातहरु पच्छ्याउन् भने नराम्राहरुले नराम्रै। म कल्पन्छु यदि राम्राकुराहरुलाई एक भाषावाट अर्को भाषामा राख्न सकिने हो भने विभिन्न भाषी नाच्ने आँगन कति रमाईलो हुने थियो। भाषा फरक भएपनि मान्छे आखिर मान्छे त हो, जो खुसिमा रमाउँछ र दु:खमा हाँस्छ । त्यही भएर मलाई अरु भाषामा लेखिएका लेखहरुलाई  नेपाली भाषामा राख्ने एक चौतारी वनाउन मन लाग्यो।

ईन्टरनेटमा यत्र-तत्र भौंतारिरहेका नेपाली पाठकले अरु भाषाका भावना पढ्न पाउदा खुसि नै हुन्छन भन्ने मेरो अनुमान हो। मेरो अनुमानलाई सावित गर्न प्रयोगसालामा (http://prayogsala.blogspot.com) को जन्म भयो। साथीहरुको राम्रो हौसला पाएको छु। केही साथीहरुले फुर्सदको समयमा उल्था गर्दै लेख पठाउन थाल्नु भएको छ। यसवाट म थप उत्साहित वनेको छु। एकले थुकी सुकि, सयले थुकी नदि भने जस्तो है यो पनि। मलाई विस्वास छ समयसँगै यो खहरे, खोला, कोसी हुँदै समुद्रमा परिणत हुनेछ।

- समाप्त -

चिनी-पानी-चिनी को नियम

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 30, 2011

उ चिनियाँ केटो हो र मेरो घनिष्ठ साथी वनेको छ यहाँ। त्यसैले उसको चर्चा गर्न मनलाग्छ मलाई। आजसम्म भेटेका मान्छेहरुमा उ जतिको तेज दिमाख भएको कोही पनि छैन भन्दा फरक नपर्ला। कम्प्युटरको गति मापन गरे जस्तै दिमाखको  गति मापन गर्ने हो भने उ सायद सुपरदिमाखवाला मान्छेमा पर्छ। उसका आमावुवा दुवै गणित विषय पढाउने रहेछन्। "मेरो घरमा खाना खाने वेला पनि गणितको कुरा हुन्छ। मलाई गणित एकदमै मन पर्छ"- उसले एकदिन भनेको याद आउँछ। धेरै वयान गर्दिन उसको वरु उसले सिकाएको चिनी-पानी-चिनी नियमको कुरा गर्छु जुन रोचक छ।

X, Y र K तीनवटा नम्वर हुन, X < Y र K धनात्मक हो भने, तलको सम्वन्ध सहि हुन्छ:

 X       X+K
--- < -------
 Y       Y+K

जस्तो X= 4, Y =8, K=2 हुन भने,
X / Y= 4/8 = 0.5
(X+K) / (Y+K) =   (4+2) / (8+2) = 6/10 = 0.6

0.5 < 0.6

साथीले यसलाई चिनी-पानी-चिनीको नियम भनेर पढेको रहेछ। चिनीपानीको घोलमा ( X = चिनीको तौल, X+Y =चिनीपानीको तौल) थप चिनी मिसाउँदा (K जोड्दा)  घोल झन् गुलियो वन्छ ( (X+K)/(Y+K) > (X/Y))।

यो सुत्र धेरै ठाउँमा प्रयोग हुन्छ।  उसले यस्ता धेरै कुरा सिकेको छ, त्यही भएर उसको दिमाख तेज छ।

- समाप्त -

New Orleans वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 7, 2011

March, 07, 2011
 
यो लेख लेखिरहंदा म New Orleans को एउटा Motel मा छु. यात्रा गर्ने सिलसिलामा त्यहींबाट ब्लग लेख्ने मेरो सौख छ. त्यही अनुरुप म यो लेख लेखिरहेको छु. 

Mid - Sem Exam सकिए लगत्तै अचानक यो यात्रा तय भएको थियो. अचानक बनेकै भएपनि यो यात्रा निकै सम्झना लायकको भयो. New Orleans मा आउनुपर्ने समयमै आईएको रहेछ. Mardi Gras Festival परेको समय रहेछ.  यात्राको बिस्तृत बयानपछि लेख्ने छु. अहिलेलाई बहने यति नै.  


- समाप्त -

Mr. Thom को रहर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 28, 2011

६० को दशकदेखि कम्प्युटर चलाउँदै काम गर्न थालेको उसलाई जागिर नछुटुन्जेल कलेजमा गएर पढ्न फूर्सद मिलेन। अनुभवले गर्दा उसलाई काम गर्न कलेजको डिग्री कमी भएको खासै महसुस भएन। तर अहिले उमेरको कारणले उ जागिरवाट रिटायर्ड भएको छ।

७० वर्ष नाघेको उ जागिरवाट फूर्सद मिलेपछि Undergrad मा पढ्न आएको छ। मेरो टेवल अगाडिको उसको टेवलमा उ रमाईरमाई कम्प्युटरमा होमवोर्क गर्छ। अरु पढेर जागिर खान खोज्छन्। उ भने जागिर सकाएर पढ्न आएको छ। आखिर चाहना नै त ठूलो रहेछ। उसलाई लाग्दो हो उमेर त घडि घुमेर पो वढेको। नत्र यो वुढेसकालमा किन दु:ख गर्नु परेको होला।

जव अल्छि लाग्छ म उसलाई हेर्छु। वुढो रमाईरमाई काम गरिरहेको छ ! मलाई उसलाई वुढो भन्ने उपमा दिएकोमा पस्चाताप लाग्छ। उसलाई Mr. Thom नै भन्नु ठिक लाग्छ। मलाई लाग्न थाल्छ यो Mr. Thom को जस्तै रहर जगाउनु पर्छ  अनि पो केही हुन्छ ! मेरो अल्छि भाग्छ, म काममा फर्किन्छु :)


- समाप्त -

हामी हिसावमा कमजोर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 15, 2011

मैंले सुन्दै आएको कुरा थियो यो। नेपालीहरु हिसाव अर्थात Math मा कमजोर हुन्छौं। यो समयमा अरुले भनेको कुरा सही हो भन्ने लाग्दै छ। यहाँ नेपालीहरु भन्नाले नेपालमा मात्रै Math सिकेको नेपालीहरु भन्न खोजिएको हो। Math मा राम्रा भएका नेपालीहरु पनि छन् तर तिनीहरुको संख्या एकदम कम छ।

Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा  जान्नेहरुमै पर्दछन्।  तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।

मैंले भेटेका विध्यार्थीहरुमा चाईनिज विध्यार्थीहरुको Math एकदम राम्रो पाएको छु। एक जना चाईनिज साथीले मलाई भन्थ्यो GRE Test मा कम्तिमा ७९० / ८०० ल्याएन भने उ चाईनिज हैन भन्ने वुझ्नु भन्ने कुरा एकदम चर्चित छ रे चीनमा। मेरो अनुभवमा हो जस्तो पनि लाग्दैछ।

नेपालीहरु दिमाख नभएका भने हैनन्। नेपालीहरुले Math मा राम्रो गर्न उनीहरुले राम्रो गुरु र वातावरण पाउनु पर्दछ । ईन्जिनियरिङ्गमा Math पढाउने गुरुहरुले हिसाव गर्न त सिकाए तर प्रयोग गर्न सिकाएनन्। सायद उनीहरुलाई समयको अभाव हो या ज्ञानको कमी त्यो त म भन्न सक्दिन तर त्यो नजान्ने हुनाले विध्यार्थीलाई मर्का पर्ने गरेको कुरा चाहिं सहि नै हो। मलाई ईन्जिनियरिङ्ग पढ्दा Math पढाउने एक सरको याद आयो। उनले   आकाश तिर हेर्दै Calculus को एउटा हिसाव यसरी वुझाएका थिए: "हाम्रो विध्यार्थीले यसो माथि हेर्यो त के देख्यो ? हो ईन्फिनिटी (∞) देख्यो" । उनले माथी आकाश हेरेर यो निकै ठूलो कुरा हो भन्ने वुझाउनु थियो किनकी ∞ (सवसे ठूलो अङ्क वा अनन्त) जनाउथ्यो।  उनको यो हिसाव सम्झाउने प्रयास थियो तर वुझाउने थिएन। उनी सम्झाउने कुरामा त सफल रहे किनकी आजसम्म उनले भनेको कुरा मैंले भुलेको छैन तर उनले वुझाउन नै सकेनन्...। यस्तै कारणहरुले गर्दा हाम्रो Math पढाई कमजोर छ भन्ने मेरो ठहर छ।

- समाप्त -

"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 8, 2011

कालो वादल आकाशमा मडारीरहेको छ। पूर्वतिरको आकाशमा चट्याई्ग पर्ला जस्तो गरी चम्केको विजुलीको चमक यस्तो भयानक छ कि यसले मेरो दैनिक जीवनलाई थाति राखेर संझनाको कोसेलीको पोको फूकाईदिन्छ। विजुली चम्काई पछिको गड्याङ्गुडुङ्ग साइवर संसार हुँदै मेरो कानमा पर्दछ। म चुपचाप वस्छु, छटपटिन्छु। मनले  प्रश्नमाथि प्रश्न गर्छ  अनि निष्कर्स निकाल्छ: "वौलाउनुभन्दा मर्नु निको" - उसको गलत निर्णय।

आज लेख्न मन थिएन तर पनि लेख्नु परिरहेको छ। उसको गलत निर्णयको वारे लेख्नु नै छ ता कि यस्ता गलत निर्णय नगरिउन जसले घरपरिवार, साथीसँगी, ईस्टमित्र लगायतमा  सहन नसकिने चोट पार्दछ। अनौपचारिक रुपमा उसको पखेरु उडेको केहि घन्टामै थाहाभएको भएपनि 08 February 2011 मा नागरिकन्युजमा छापिएको तलको समाचारनै आधिकारिक रुपमा उसले आत्महत्या गरेको पुस्टिगर्ने माध्यम वन्यो ।


हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।

अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ।  मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।

जिउन भनेर धर्तीमा आएपछी जुनसुकै प्राणीले पनि मर्नुपर्दछ। यो ध्रुव सत्य कुरा हो। तर जव मरण अकालमै आईदिन्छ त्यसले ठूलो चोट पुर्याउँछ। भर्भराउँदो उमेरमा आफन्त, ईस्टमित्र, साथी, सँगी सवैलाई चोटपुर्याएर दैवले किन लगिदिन्छन् ? र के यो मरण जायज थियो त ? अहँ कुनै हालतमा पनि थिएन। चित्त नबुझि विहे गर्नुभन्दा विहेको निर्णय गरेकै भएपनि भागेको भए हुन्थ्यो। परिवारको ईज्जतको कुरा सोच्यो होला तर त्यो कुरा ठूलो हुन्थेन। फेरी विहे गरेकै भएपनि कानुनी तरीकाहरु थिए संवन्ध विच्छेदका।  ईन्जिनियरिङ्गका त्यस्ता गार्हा फर्मुला वुझेर भवन, सडक र कूलो वनाउन सक्ने उसले "मर्नु भन्दा वौलाउनु वेस" भन्ने साधारण फर्मूला नवुझेको देख्दा मलाई दु:ख लागेर आउँछ। जे हुनु भैसक्यो। उसको स्वर्गमा वास होस। उसका आफन्त, परिवारजन लगायत सम्पूर्णमा धैर्यधारगर्ने शक्ति दैवले प्रदान गरुन् । हामी एक असल मित्र गुमाउनुपरेकोमा सारै दु:खि छौं। तिमीलाई हार्दिक श्रध्दान्जली रेवती ! 
***

जाँदा जाँदै : अन्जु पन्तले गाएको सान्दर्भिक गितको भिडियो - जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

- समाप्त -

पछुतो

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 22, 2011

तलको भनाई मलाई रमाईलो लाग्यो  :

"मथुराको पेडा खाने मानिस पछुताउँछ, नखाने पनि पछुताउँछ। कस्तो न कस्तो मीठो होला भनेर खाने व्यक्ति बेकार खाएछु भनेर पछुताउँछ। नपाउनेचाहिँ एक पटक यसको स्वाद लिनैपर्ने थियो भन्दै पछुताउँछ। बिजुलीको सुविधा पाउने र नपाउने दुवै थरी नेपालीको हालत अहिले यस्तै छ।" (स्रोत: हरे यो लोडसेडिङ ! )

- समाप्त -

घट्नसक्छ सुन्धाराको सडकमा "Mohammed Bouazizi" काण्ड

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 20, 2011

संसारमा कैयौं देशहरु छन् । हरेक देशका आ-आफ्ना सुख दु:खका समाचारहरु दैनिक जसो हुने गर्दछन् । फेरि सवै देशको समाचारमा ध्यान जाँदैन। तर कुनै देशका साथीहरु वनिसकेका छन् भने उनीहरुको देशको समाचार आउँदा पढ्ने रहर जाग्दोरहेछ । यसो गर्दा उनीहरुसँग कुरा गर्ने एक राम्रो माध्यम वन्छ। फ्रान्समा पढ्दाका Advisor र काम गर्दाका साथी Tunisia देशका भएकोले त्यहाँको कुनै समाचार आएमा मेरो ध्यान जाने गर्दछ। र यो पाली त्यहाँको दर्दनाक  समाचार देशभित्र मात्र हैन वाहिर पनि प्रमुख समाचार वनेर आएको छ। यो दर्दनाक समाचारवाट अरु देशहरुले पनि चेतिनु पर्ने वेला आएको छ।

अनलाईन खवरहरुका अनुसार Mohammed Bouazizi Tunisia का सडकमा फलफूल / तरकारी वेचेर आफ्नो र आफ्ना परीवारको जिउपाल्ने एक युवा थिए।  पढाईको डिग्री हुँदाहुँदै पनि वेरोजगारीले गर्दा उनी यो व्यवसायमा वाध्य भएर लागेका थिए। सडकमा यस्तो व्यवसाय गर्न पाईदैन भनेर प्रसासनले उनको तरकारी छरपस्ट पारियो। तरकारी/ फलफूल जोख्ने तुलो खोसियो। अझ महिला अफिसरवाट अरुका अगाडि उनलाई गालामा पिटियो, गाली गलौज गरियो। उनले कि जागिर दे कि त आफ्नो काम गरेर वाँच्न दे भनेर हारगुहार गरे तर प्रसासनले कुनै वास्ता गरेन। अन्तत: केहि सिप नलागी उनले आत्महत्याको प्रयास गरे। डाक्टरहरुको अथक प्रयास असफल भएपछि ४ जनवरी २०११ मा उनको म्रित्यु भयो ।


तस्विर:  Mohammed Bouazizi सरकारी भवन अगाडि आत्महत्याको प्रयास गर्दै (स्रोत: युरो न्युज )

घटना लगत्तै त्यहाँ  प्रदर्शन हुनथाले। Mohammed Bouazizi एकाएक नायक वने । स्वत: स्फूर्त रुपमा उर्लेको जनप्रदर्शनले यस्तो रुप उध्र रुप लियो कि २३ वर्ष देखि राजगर्दै आएका त्यहाँका राष्ट्रपति Zine El Abidine Ben Ali ले सत्ता र देश छाडेर भाग्दै साउदी अरवमा शरणार्थी वनी वस्नु परेको छ। 

आत्महत्या प्रयास गर्नु अगि उनले फेसवुकमा आफ्नी आमालाई सम्वोधन गर्दै लेखेको यो परिच्छेद पढ्दा जो कोहिको पनि आँखा रसाउँछ:  

I’m travelling, mother. Forgive me. Reproach and blame is not going to be helpful. I’m lost and it’s out of my hands. Forgive me if I didn’t do as you told me and disobeyed you. Blame the era in which we live, Don’t blame me. I am now going and I will not be coming back. Notice I haven’t cried and no tears have fallen from my eyes. There is no more room for reproach or blame in the age of treachery in the People’s land. I’m not feeling normal and not in my right state. I’m travelling and I ask who leads the travel to forget.—Mohamed Bouazizi स्रोत Wikipedia.

यो अप्रत्यासित घटना आजसम्म पनि साम्य भएको छैन। अरु देशहरुका लागि यो घटना एक उदाहरण वनेर आएको छ। हाम्रो देशमा पनि वेरोजगारी र महँगी यति धेरै छ कि यसको कुरा गरेर साध्य छैन् । नेताहरुले समयमै यो कुरा नवुझे उनीहरुपनि यसैगरि वडारिनु पर्नेछ भन्ने कुरा यो घटनावाट सिके सवैको भलो हुने थियो। नत्र कुनै दिन सुन्धाराको सडकमा Mohammed Bouazizi काण्ड घट्न सक्छ। हाम्रा नेतागणको वुद्धिमा लागेको विर्को हटोस, यही मेरो कामना।

- समाप्त -

नयाँ वेवसाईट

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 18, 2011

धेरै अगाडि देखि वनाउन चाहेको कुरा आज वनाईयो। युनिभर्सिटीको डोमेनमा व्यक्तिगत वेवसाईट वनाईयो।  यसको वेव ठेगाना  http://umdrive.memphis.edu/nbnraula/www/index.html रहेको छ। मेरो फ्रान्समा रहेको वेव ठेगाना http://www-roc.inria.fr/~niraula कायमै छ तर यसमा अहिले मैंले अध्यावधि गर्न मिल्दैन । त्यसैले नयाँ विवरणहरु मेरो नयाँ ठेगानामा मात्र रहने छन्।

- समाप्त -


Nobal Niraula University of Memphis

जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 8, 2011

शव्दहरु तिनै हुन् जो गाली गर्न प्रयोग गरिन्छन्। शव्दहरु तिनै हुन जो माया प्रकट गर्न प्रयोग गरिन्छन्। त्यसैले शव्द आफैमा मिठो नमिठो हुनै सक्दैन। वरु तिनीहरुको संरचना नै मीठो नमीठो हुने हो। गीतकार राजन राईले सुनेकै शव्दहरुको संरचना मिलाएर एक मार्मीक आधुनिक गीत लेखेका छन्। गायिका अन्जु पन्तको मिठो स्वरले ती संरचना वाचन गर्दा हामी स्रोताहरु ताली वजाउँछौ ।

०००
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २
फक्रिने र ओइलाउने टुङ्गो हुँदैन
फूलको थुङ्गो हुँदैन
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २

( रोक्दा रोक्दै आँशुहरु कतै पोखिन्छ ) २
(हिड्दा हिड्दै जिन्दगानी कतै ठोकिन्छ)२
जिन्दगी यो सधैँ घामको झुल्को हुँदैन
झुल्किने र अस्ताउने ( टुङ्गो हुँदैन )
 जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन 

कहिलेकाँहि अचानोमा टुक्र्याईन्छ मन
( कहिले हाँस्दै हतकेलामा चढाईन्छ जीवन ) २
(जिन्दगानी सोचेजस्तो मीठो हुँदैन) २
सवै घाउ छाती भित्र (निको हुँदैन) २
 जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन 
०००

- समाप्त -

अँग्रेजी नयाँवर्ष २०११ को हार्दिक शुभकामना

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 1, 2011

आज अंग्रेजी नयाँवर्ष २०११ को पहिलो दिन हो। यतिवेला विहानको ८:५२ बजेको छ यहाँ। संसारभरि यो नयाँवर्ष मनाएको कुरा समाचार माध्यम र साथीहरुले फेसवुकमा पोस्टगरेका तस्विरहरुवाट प्रमाणीत हुन्छ। विविसिले धेरै ठाउँका तस्विर राखेको छ। तर मलाई मनपरेको तस्विर भने ओपेराहाउस, सिड्नी, अस्ट्रेलियाको तलको
तस्विर हो।


Picture: The Australian city of Sydney marks the passing of 2010 with its traditional display of fireworks above its most famous landmarks. Source bbc.co.uk

जाँदाजाँदै सवै साथीभाई र ईष्टमित्रमा नयाँवर्षको २०११ को हार्दिक शभकामना !

- समाप्त -

Blog Archive

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors