आज फेरी आमाको मुखहेर्ने दिन आएको छ। सुचनाप्रविधिको यो युगमा संसारको जुनै कुनामा वसेपनि कुराकानी गर्न गार्हो नहुने ईन्टरनेट, फोन र मोवाईल जस्ता प्रविधिका विकास भएका छन्। तर म जस्ता धेरै नेपालीहरु अझपनि यस्तो सुविधा उपयोग गर्नवाट वन्चित नै छौं। गाउँकी मेरी आमालाई जन्मदिएको, हुर्काएको, र वढाएपढाएवापत यो दिनमा धन्यवाद दिन नपाउँदा नमिठो अनुभव भैरहेछ। यो हाम्रो दुर्भाग्य हो। दोषकसैलाई दिन चाहन्न।
मेरी आमासँग फोनमा वोलेर धन्यवाद दिने भाग्य यो वर्षपनि मिलेन। त्यसैले यी शव्दहरु मेरी आमा जसले मलाई यो धर्तिमा जन्मदिएर यो परिस्थितिसम्म पुग्नसक्ने वनाएकी छिन, प्रति समर्पण गर्दछु र भन्न चाहन्छु तिमी एक महान आमा हौ जसले आफू पढ्न नजानेपनि यसको महत्व वुझेर सन्तानहरुलाई पढाएकी छौ, आफू नखाएरपनि सन्तानहरुलाई खुवाएकी छौ। वोल्न नपाएपनि मलाई थाहा छ आजको दिन तिमीले गर्व गर्नसक्ने छोराछोरी वनुन भनेर आशिर्वाद दिईरहेकी छौ। म त्यसैको लागि यो राजमार्गमा दौडिदै छु र तिम्रो आशिर्वाद लाग्छ भन्ने आशामा छु। पढ्ने अवसर पाएपनि तिम्रालागि लेखेको यो लेख तिमी पढ्न सक्दिनौ। तर म कुनै दिन पढेर सुनाउने छु। पर्खिवस... ♥ you mum !
- समाप्त -
0 comments