भक्तराज आचार्य (Bhakta Raj Acharya ) ले गाएको "सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म" (Sabai behosi nasha piyera, bina piyerai behos chhu ma ) भन्ने गीत मलाई मन पर्ने गीतहरु मै पर्छ। कुनै पनि गितका शव्दहरु अनौठा हुन्नन् तर यी शव्दहरुलाई खेलाउन सक्नेले मात्र यस्ता गीतहरु लेख्न सक्छन्। यहि कलालाई त सिर्जना भनेको होला।
***
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
( सपना फुटेर आँशु वनेछ, त्यो आँशु फेरी व्यथा वनेछ )
आँशुका थोपा मोती वनेर, ( उदास मनको कथा भनेछ ) २
सवै वेहोसी नसा पिएर
( सुनसान वगरमा आँधी चलेछ, फैलेर आँधी चाहना वनेछ ) २
नअँटेर माया अन्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) २
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
***
- समाप्त -
0 comments