आज 'सपनाको साबिति' नाम गरेको नाटक गुरुकूलमा गएर हेरियो। पुरानो वानेस्वरमा रहेछ गुरुकुल। रेडियो र पत्रिकाहरुमा सुनिरहने भएपनि मैंले गुरुकुलमा गएर नाटक यस अघि कहिल्यै हेरेको थिईन। यस अर्थमा पनि यो विशेष रह्यो। अझ मेरा प्यारा भान्जाभान्जी र वहिनीहरुपनि साथै रहँदा अर्कै किसिमको रमाईलो भयो।
पहिलो पल्ट टिभि हेर्दा मलाई अनौठो अनुभव भएको थियो। त्यो टिभिमा पर्दाहरु परिवर्तन भएको कुरा म वुझ्थिन। किन सट्टसट्ट नयाँनयाँ द्रिष्य आएको होला भनेर म अल्मलिन्थें नवुझुन्जेलसम्म। सानैदेखि टिभि हेरेको मानिसले यो अनुभव लिन सकेका हुन्न रहेछन्। आज यो नाटक हेर्दा पनि यस्तै अनौठो महसुस भयो। टिभिमा जस्तो सट्ट पर्दा परिवर्तन हुन्न नाटकमा। फिल्म सुटिङ्ग हुँदा जस्तो पटकपटक अभिनय गर्न मिल्दैन नाटकमा। त्यसैले नाटकमा अभिनय गर्न सक्नु एकदम गार्हो काम हो। यो अनुभव हेर्न भएपनि हामीहरु गुरुकुलमा एकपल्ट जानुपर्छ जस्तो लाग्छ ।
गुरुकुलमा विध्यार्थीलाई रु ४० र अरुलाई रु १०० लाग्ने रहेछ। पैंलेटी कसेर हेर्न मिल्ने पनि रहेछ । त्यसको लागि जुत्ता चप्पल वाहिरै फूकालेर जानुपर्ने रहेछ। सिटमा वस्नेहरु भने केही नगरी जानुपर्ने रहेछ। पैंलेटी कसेर वस्नेहरु पर्दाको नजीकै वस्ने हुनाले राम्रो देख्ने रहेछन् तर लामो समयसम्म पैंलेटीकस्दा भने दु:ख्छ होला।
सपनाको साबिति सि. के. लालको नाटक रहेछ। सि.के. लालको नाम विविसि नेपाली सेवामा राजनितिक विश्लेषकको रुपमा मात्र सुनेको थिएँ। उनी नाटककार पनि रहेछन् भन्ने कुरा थाहा थिएन। नेपाली र अंग्रेजीमा राम्रो लेख्न सक्ने खुवी भएका मान्छे रहेछन् सि. के. लाल। उनको यो नाटकमा सपना नाम गरेकी एक ट्राफिक पुलिसको कथा प्रस्तुत गरेको पाईयो। उनको जिवन भोगाईको प्रत्यक्षदर्शि र साक्षि द्रष्टाले उनको कथा प्रस्तुत गर्छ। द्वन्दकालको परिवेसमा सपना नाम गरेकी एक नारीको जीवन कसरी वित्यो र उनी ट्राफिक पुलिस वन्न पुगिन भन्ने कुरा प्रस्तुत गरिएको छ। मार्मिक छ सपनाको कथा।
अन्तमा मलाई थाईल्यान्डका सोहरुको याद आयो। त्यहाँका शोहरुपनि एक किसिमका नाटक नै थिए। त्यहाँको प्रविधि यो गुरुकुलको नाटकमापनि प्रयोग गर्न सकिने भयो भने निकै राम्रो हुन्छ।भविस्यमा गुरुकुलले यो कुरा ख्याल गरे सुनमाथि सुगन्ध नै हुन्छ।
0 comments