साभार - सेयरवजार
०००
एउटा मुसा निकै बुद्धिमानी रहेछ । उसले आफ्नी छोरी निकै राम्री भएको घमण्डले मुसासँग बिहे नगराई सबैभन्दा शक्तिशालीसँग बिहे गराउने निश्चय गरेछ । उसले संसारका जिवात्माहरुमा को ठुलो भन्ने खोज्दै जाँदा जनावरहरुभन्दा नि माथी सुर्यलाई ठुलो मानेर उसलाई आफ्नो छोरीसँग बिवाह गर्ने प्रस्ताव लगेछ । सूर्यले भनेछ- 'म ठुलो त हुँ तर के गर्नु मलाई पनि पहाडले छेकिदिन्छ' ।
त्यसपछि मुसाले पहाडकहाँ छोरीको बिहे प्रस्ताव लिएर गएछ। पहाडले मुसालाई भनेछ- 'हुन त म सुर्यभन्दा ठुलो हुँ तर के गर्नु मलाई पनि मुसाले छेडिदिन्छ' । पहाडको यस्तो कुराले मुसोलाई सवैभन्दा ठूलो त मुसा नै रहेछ भन्ने थाहा भएछ। अन्तमा मुसाले आफ्नी छोरीलाई मुसैसँग विहे गरिदिने विचार गरेछ।
०००
कथा त सकियो। पढ्नेलाई फूलको माला सुन्नेलाई सुनको माला । यो कथा ईन्टरनेटभरी जाला अनि लोकहरुलाई हामी आफुभित्र भएको शक्ति र क्षमतालाई चिन्न सिकाउला :)
- समाप्त -
0 comments