About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कथा: अभागी माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 19, 2009

लेखन मेरो रुचिको विषय हो। मलाई विशेष गरी कथा लेख्न मन पर्छ। लेखेका केही कथाहरु कहिलेकाँहि माईसंसार डटकम मार्फत पाठक सामु पुर्याउने गर्छु। खासमा मा‌ईसंसारमा लेख प्रकासित गर्दा राम्रा र नराम्रा सवै किसिमका प्रतिक्रियाहरु पाईन्छन् जसले लेखनलाई सुधार्न मद्धत गर्दछ। त्यसैले मैले लेखेका हरेक नयाँ लेखहरूमा मेरो प्रस्तुती राम्रो हुँदै गरेको महसुस गर्छु म।
धेरै समयको अन्तराल पछि अभागी माझघरे भन्ने कथा पठाएको थिएँ। खासमा यो कथा मैले ६ महिना अगि लेखेको थिएँ। तर मैले केही समय लेखलाई माझ्ने काम गरें। लेख लेख्नु ठूलो कुरा हैन तर राम्रो लेख लेख्नु भनेको ठुलो कुरा हो। यसकारण मैंले कथालेखे पछि साथिहरुलाई पढ्न लगाएँ र उनीहरुको सुझाव लिएँ। मुक्ताले राम्रो सुझाव दिएकी थिइन्। यस्ता सुझावहरुले गर्दा मैले लेखमा त्रुटिहरु अरु पाठक सामु नपुगि हटाएँ। फलस्वरुप मेरो यो कथामा प्राविधिक त्रुटि पहिलेका लेखहरुको तुलनामा कम छन्।

असंतोषम् परम् सुखम्

Posted by Nobal Niraula ( नोवल निरौला )

नेपाली टेलिभिजनमा आउने धेरै कार्यक्रमहरुमध्ये तितो सत्य, जिरे खुर्सानी र मेरी वास्सै प्राय: छुटाउँदिन म।क्यानडा नेपाल डट कममा गएर हेर्ने वानी परिसकेको छ। कहिलेकाँही हेर्ने कार्यक्रम चाँही खोज: युवा नेत्रित्वको भन्ने हो । सुरुमा कस्तो कस्तो लागे पनि हेर्दै जाँदा रमाईलो लाग्न थालेको छ।

कुरा त्यही 'खोज: युवा नेत्रित्वको' भन्ने कार्यक्रम हेर्दाको हो। युवराज घिमिरे, निर्णायक मण्डली मध्येका एक, ले अरु कसैको भनाई दोहोर्याउँदै थिए: "संतोषम् परम् सुखम्" हैन "असंतोषम् परम् सुखम्" हो रे। किनरे भने जव मान्छे संतुष्ट हुन्छ उसले नयाँकुरा, तरिका आदिको खोजि गर्दैन रे। अर्को किसिमले भन्दा असन्तोषी मान्छेले संतोष पाउन काम गर्ने, सोच्ने गर्छ रे। त्यही भएर समाजले नयाँ नयाँ कुरा पाउँछ रे। त्यसकारण असंतोषम् परम् सुखम् चाँही ठिक हो रे।
मलाई पनि मन पर्यो यो कुरा। त्यसकुराले आवस्यकता नै आविस्कारको जननी हो भन्ने कुरालाई ईगित गर्छ। त्यसैले म पनि भन्छु: असंतोषम् परम् सुखम् !

विचार: भागबन्डा

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 18, 2009

यतिबेला देशमा संघियताको कुरा चर्किएको छ। देशलाई आफ्ना आफ्ना हिसाबले भाग लाउदैछन् दलहरु । दुई छोराहरुमा त भागबन्डाको कुरा मिल्दैन, २५ हुँदा के मिल्नु ! १० वर्ष समय दिएपनि कुरा मिल्दैन। नेपालमा धेरै प्रदेश हैन बरु समाबेसी र अधिकार विकेन्द्रिकरणको जरुरत हो भन्ने मेरो ठम्याई हो। अझ जातको आधारमा विभाजन गरियो भने त अभिसाप नै हुनेछ ।

कुरा: आमा भनेको आमा नै हुन्छ

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 13, 2009

Spyros को PhD डिफेन्सको दिन थियो, 9 December, 2009 मा। मेरो उमेरको मान्छेले PhD सकाएको, कति छिटो पढ्न सकेको हो। हुन त पढाई मात्रै गर्ने हो र जागिर नगर्ने हो भने, यो उमेरमा सकाउनु नौलो पनि हैन। उ ग्रिक। उसको र मेरो अफिस एउटै। मान्छे मज्जाको, अग्लो।

INRIA-MicroSoft Research Building मा भएको उसको डिफेन्सपछि हामी अफिसमा फर्कियौं। ओहो, फर्किंदा त उसको वुवा, ममी र गलफ्रेन्डले सजाएर, पार्टि पो आयोजना गरेको रहेछ। तिनीहरु सार्है भलाद्मी। वाउ अग्लो Charles Darwin जस्तो अनुहार परेको, सायद दार्हीले तेस्तो देखायो। Physics को प्रोफेसर रहेछ, Athens को। उसको ममिसँग पनि कुरा गरें। अंग्रेजि वोल्ने रैछिन् राम्रैसँग। क्या ज्ञानी मान्छे, कस्तो भलाद्मी, आफ्नै आमासँग कुरा गरेजस्तो लाग्ने। मैले आफ्नै हातले वनाएर ल्याएको छु ग्रिसवाट यो चकलेट- उनी भन्दै थिईन। छोराले PhD सकाएको खुसि उनमा पनि देखिन्थ्यो।

गनथन: एक खल्लो दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 11, 2009

December 9 मा मेरो office-mate को PhD Defense को दिन थियो। त्यसैले मनमा एक किसिमको खुसि छाएको थियो। तर office आउनसाथ बिहानै नराम्रो खबर सुन्नुपर्यो। उहाँको बुबाले संसार छोड्नु भएको खबरले मलाई स्तब्ध तुल्यायो। दिनभरि जसो मेरो दिमाखमा त्यही कुरा खेली रह्यो। घरको सबैजना बाहिर रहेको यो अवस्थामा उहाँको बुबाले संसार छोड्दा, बुबा भनेर बोलाइदिने कोइ थियो, न त बुढा भनेर नै। सम्झिन्दै आँङ्ग सिरिङ्ग भएर आउँछ।


जन्मेपछी मर्नु त पर्छ नै। त्यसैले मरणलाई साधारण रुपमा लिइनुपर्ने हो। तर जव आफ्नै मित्र र आफैमा त्यो परिस्थिति आइपुग्छ, अझ अकालमा मृत्यु हुन्छ, स्थिति दर्दनाक भइदिन्छ। जे भए पनि रोएर कराएर नहुने, दैबको लिला न पर्यो। यस दर्दनाक परिस्थितिमा अर्चना दिदी र उहाँको परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस, अनि मृतात्माले शान्ति पाओस, यहि मेरो कामना !
---------------------------------

गीत: मैना ए मैना | माईती घर तिम्रो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 6, 2009

क) मैना ए मैना
सानोकोवेला गाउँमा रेडियो सुन्दा धेरै पटक वजेको यो गित नेपाली चलचित्रको गित हो। यो गीतलाई उदित नारायन झाले गाउनु भएको हो। मलाई अझै पनि निकै मन पर्छ। सुन्नुस तपाईलाई पनि मन पर्ला।
ख) माईती घर तिम्रो हैन पराईघर जाउ

दिवाकरलाल जोसी ज्युले गाउनु भएको यो गित निकै चर्चित हो। वावुले छोरीलाई वरको घर जाउ अनि वेलावेलामा माईत घर आउ भन्ने कुरा गर्दछन्। हुन पनि वर्षौं विताएको माईतघर छोड्दा छोरी चेलीलाई नरमाईलो लाग्छ, त्यै भएर वावुले संझाउनु पर्छ नै :) । लौ सुन्नुस है गित।

विचार: सम्मान

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 5, 2009

चौरमा चुरोटको धुवाँ उडाउँदै छ, कोहि। टाढा परेर हो वा चस्माको पावर घटेर, नजिकै नपुगी ठम्याउन गार्है पर्ने। उसले टाढा हुँदै हात उठायो, मैले नि उठाएँ। नजिकिंदै जाँदा अनुहार प्रस्टिदै गयो। ए, उ पो रहेछ। कपाल फुल्दै गरेको वुढो, एक महान व्यक्तित्व।

"हाम्रो अफिसमा तिमी पहिलो नेपाली"-वर्ष दिन अघि उसले भनेको उसको कुरा हो यो। समयक्रममा वुझियो कि उ निकै सफल व्यक्तित्व रहेछ। उ रानी माहुरी जस्तो, प्राय: मान्छेहरुले घेरिने। मन्त्रीहरु वा प्रधानमन्त्री जस्तो। वरु प्रधानमन्त्री र मन्त्रीको पदावधी सकिएपछी झुन्ड घट्ला तर यो अनुसन्धानकर्ता, प्रोफेसरको कुनै घट्ने संभावना छैन।

"वोजुँ" -मैले टाढैवाट वोलें।
"वोँजुँ । के छ तिम्रो खवर" - नजिकिँदै जाँदा उसले सोध्यो।
"ठिकै छ, तपाईको के छ, 'सर' ?"
"ठिकै छ। प्लिज मलाइ 'सर' नभन। मेरो नाम लिएर वोलाउ।"
"तर मलाई भन्न आउँछ, मेरो समाजमा यस्तै चलन छ।"
"हो म बुझ्छु, तर तिमी तिम्रो समाजमा छैनौ अहिले।"
"ओ के"-म केहिवेर नाजवाफ रहन्छु।

वस, कुरा साधारण नै हो, तर वुझ्ने हो भने गहिरो। हाम्रो समाजमा ठूलावढा र गुरुलाई देवता समान मान्नुपर्छ भन्ने चलन छ। हुनपनि जसले ज्ञानगुणका कुरा सिकाउँछ, उसलाई सम्मान दिनु पर्ने नै हो। आफू गुरुहुँदा विध्यार्थीवर्गवाट सम्मान पाउनुपर्छ भन्ने म र मेरा साथीहरु विचमा भएका छलफल एकातर्फ झल्झली याद आउँछ। यदि कोही विध्यार्थीले गुरुको नाम लिएर संवोधन गर्ने हो भने हाम्रो समाजमा अपमानित भएको महसुस गरिन्छ। गुरु, सर जस्ता आदरार्थी शव्द प्रयोग नगर्नु हेला गर्नु सरह हुन्छ। जस्तै "भरत सर मैले यो कुरा वुझीन" भन्नुको सट्टा "भरत मैले यो कुरा वुझिन" भन्दा हामीलाई एकदम अफ्ठेरो महसुस पक्कै हुन्छ। तर यो समाज निकै फरक समाज। त्यस्ता शव्दहरुको प्रयोगलाई सहज ठान्दैन ।

गुरु वर्ग र विध्यार्थी विचको खाडल हाम्रो समाजमा निकै धेरै छ यताको तुलनामा। गुरुले भनको मानेन भने वा कुरा काट्यो भने हाम्रो समाजले राम्रो मान्दैन। प्रोफेसरले भनेको कुरालाई काट्न नखोज्ने चलन छ हाम्रो समाजमा। तर यो समाज त्यस्तो छैन। विध्यार्थी र प्रोफेसर विचमा साथी जस्तो सम्वन्ध देखिन्छ। प्रोफेसरसँग कुरा गर्दा आफ्नो साथिसँग कुरा गरे जस्तो महसुस हुन्छ। यसले गर्दा मनमा लागेका सवैकुरा भन्ने सहज वातावरणको निर्माण हुन्छ। नत्र प्रोफेसर रिसाउने हो कि भन्ने भावना मनमै रहन्छ जस्ले गर्दा छलफल पछिपन विध्यार्थिमा संतुष्ठी हुन्न किनकी उसका मनका कुरा मनमै रहन्छन्। के थाहा ति मनमै रहेका कुरा राम्रा पनि त हुन सक्छन् नि। अर्को तर्फ प्रोफेसरले हाफ-पाईन्टमा आएर पढाउने यो ठाउँको चलन हाम्रो समाजले पचाउँदैन। प्रोफेसर भन्ने वित्तिकै टाई लगाएको, गम्भिर, किताव वोकेर हिड्ने :) आदि गुणले भरिभराउ भएको मान्छेको कल्पना मेरो मस्तिष्कवाट हट्दै गएको छ।

भन्न खोजेको कुरा गुरुलाई सम्मान गर्न छोडौं, हाफ-पाईन्ट लाएर पढाउन जाउँ भन्ने कदापी हैन :)। हाम्रो समाजको सम्मान दिने चलन निकै राम्रो हो, अरुले जे भने पनि। तर सम्मानले गर्दा बन्ने गुरु र चेला विचको खाडलले आपसी छलफललाई असर गरिनुहुन्न। गुरुले भनेको सवै ठिक भनेर चुपलाग्ने हाम्रो समाजको चलन चाँही पक्कै नै हटाउनु पर्छ।गुरुवर्गले पनि यो कुरा बुझ्नु पर्छ कि कुनै विध्यार्थिले तेरो कुरा ठिक लाग्दैन भन्दा कान रातो पार्नु पक्कै हुन्न वरु छलफल गर्ने राम्रो अवसरको रुपमा लिनुपर्छ। अनि, पदमा पुग्ने वित्तिकै, राम्रो ड्रेस लाउने वित्तिकै सम्मान पाउनुपर्छ, दिईनुपर्छ भन्ने मानसिकता हटाई र ज्ञान र देनको आधारमा दिने वानी वसाल्न जान्नुपर्छ। त्यसकारण "कोही व्यक्ति मन्त्रिपदमा पुग्ने वित्तिकै उसलाई सम्माननिय, माननिय भन्न छोडौं भन्ने नेपाल एफ एमको विज्ञापन एकदम सहि छ" किनभने हामीले देखिसकेका छौ कि मन्त्रिहरु कति तल्लोस्तरको क्रियाकलाप गर्न सक्छन भन्नेकुरा । त्यसैले सम्मान पद र पोसाकले गर्दा हैन, वरु ज्ञान र देनको आधारमा दिने वानी वसालौ।

गीत: हे फूल चुँडेर लाने हो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 15, 2009

अर्को मनछुने गित। शव्दहरुको वयान म कसरि गरौं? जव यी शव्दहरु उस्तै मिठास पूर्ण संगित र स्वरमा भरिन्छन्, तव त झनै वयान गर्ने शव्द नै भेटिन्दैनन् ।

छोटकरी:
--------------------------------
नेपाली गीति नाटक: "अनि देउराली रुन्छ"
रचनाकार : मान बहादुर मुखिया
गायक : कुमार सुब्बा (दार्जिलिंग)

शव्दहरु:
-------------------------------
{
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?
खुसी मिलन मनाउने हो, यहाँ विछोड भएको देख्यौ कि?
}2
हे फूल
***
{ माईती घर साथी सँगी, सवैलाई संझी } 2
{ डोली चढ्दा दुलही रुन्छे }2, घुम्टो भित्र लुकी
हे फूल
***
{ पंक्षि सवै उडे पछि, गुड रित्तै हुन्छ }2
{ यो माटोलाई छोडि गए }2, देउराली यहाँ रुन्छ
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ की?
खुसी मिलन मनाउँने हो, यहाँ विछोड भएको देख्यौ की?
हे फूल
***

हाँसो ठट्टा: मुसी र मुसो

Posted by Nobal Niraula ( नोवल निरौला )

घरवेटिले ढोकामा सुचना टाँसेका रहेछन् । सुचना यस्तो थियो: "आज देखी हाम्रो घरमा विरालो आएको छ, झ्याल र ढोका वन्द गर्नुहोला नत्र यो त्यहाँवाट निस्केर अन्तै जान्छ। ..."। घरवेटी न परे, जसको हातमा सुन, उसले वनाउँछ कानुन (Translation of Golden Rule)। मान्नै पर्यो नि।

सुरुका दिनमा केहि डर लागे पनि आजकल यो विरालोको माया लाग्न थालेको छ। कस्तो राम्रो छ। कोठामा आएर लडिवडि गर्छ। विरालो देखि डरलाग्नै छोड्यो।

खासमा विरालो ल्याउनुको कारण चाहिँ घरवेटिले राती मुसो कराएको सुने रे । रमाईलो कुरा चाँहि के भने विरालोको नाम "मुसी" रहेछ। जव मैले त्यो थाहा पाएँ, मलाई मनमनै हाँसो उठ्यो। "मुसी"ले कसरी मुसा मार्ला । :) । तर यो फ्रान्समा "मुसी" भनेको "पोथि मुसो" भन्ने के थाहा र । त्यसैले "मुसी"ले मुसा मार्छ भन्ने आशा गर्न सकिन्छ :D :))))

गीत: झरना भै झर्दै आउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 13, 2009

एक उत्क्रिष्ट नेपाली गित: "झरना भै झर्दै आउ, मनको लहरमा। तारा भै झिल्मिलाउ, मनको सगरमा"। रामक्रिष्ण ढकालले गाएको हो यो गितलाई। मायै मायाले भरिएको छ यो। राम्रा शव्दहरु, मिठो संगित अनि उस्तै भिडियो पनि ।

गीत: केही आधुनिक गीतहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, November 11, 2009

अनवरत गित सुन्ने क्रममा सुनेका यि आधुनिक गीत निकै राम्रा छन् :

  1. उठ उठ, उठेनौ भने अरुले कुल्चि दिन्छ
  2. सडकको छेउमा वसी रुँदै छु म एउटा,
    मलाई पनि देखि देउन सव्लाई दैख्ने देउता
अनि निकै नै राम्रो गित चाँहि यहाँ:
गित "सिरियस" भएपनि यस्को संगित, भाका अनि शव्द सवैपक्ष राम्रा छन्भावनालाई यस्ता शव्दहरुमा ढाल्न सक्ने मान्छेको खुविको प्रसंसा गर्नैपर्छ। यस्तो लेख्न सक्ने दिन कहिले आउने हो कुन्नि ;)
----------------------------------------
{
(तिमी फूल्यौ कतै, म फूलें कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
} २

{
जसलाई म चाहें, त्यो पाउन सकिन;
जसलाई म पाएँ, त्यो चाहना हैन
} २
(जिउन जीवनसँग संझौता गर्दा) २,
(नचाहेनी विष पिउनु पर्दोरहेछ) २
(तिमी झर्यौ कतै, म झरें कतै) २
(जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ)२
तिमी फूल्यौ कतै, म फूलें कतै
जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ

{
संगै जिउने मर्ने संकल्प थियो,
खै कल्ले हो हाम्लाई दुईकिनारा वनायो
} २
(अतितलाई संझी, नरोईरनु तिमी) २
(जति रोएनी भुल्नु त पर्दो रहेछ) २

(तिमी रोयौ कतै, म रोएँ पनि कतै) २
(जहाँ रोएपनि, हाम्रो आँशु त मिल्दो रहेछ) २
(तिमी फूल्यौ कतै, म फूले कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
----------------------------------------

विचार: एक मार्मीक लेख

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, November 10, 2009

जव म एउटा English Article (यहाँ उपलव्ध छ) पढ्दै थिएँ, मलाई वेस्मारी हाँसो उठ्यो, केही वेर हाँसे पनि। लेखमा भनिएको छ: When a student was asked what was taught in the class, he replied: “Chapter 4.”। अर्थात एक विध्यार्थीलाई "कक्षामा के पढ्यौ वावु" ? भनेर सोध्धा "पाठ चार" भनेछ । विचरा निर्दोष उ, जे पढ्यो त्यही भन्यो । जे भन्यो सही भन्यो।

केही वेरको हाँसो पछि मैले त्यो लेख पढेर सकाएँ। वास्तवमा त्यो लेख एक प्रकासित लेखको वारेमा दिईएको विचार रहेछ। मैले त्यो लेख पनि पढें। लेखमा एक वच्चाले उसकी आमालाई आफ्ना चाहना व्यक्त गरेको छ। लेख निकै नै मार्मीक छ। लेखले मलाई केही छाप छोडेको छ नै। फूर्सद भएको दिन म यसवारे आफ्नो विचार राख्ने नै छु। फूर्सदमा यो लेख पढ्दा लाभ नै होला जस्तो लाग्छ।

गित: केही नेपाली गीतहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 31, 2009

थाहा छैन कसले लेखेको हो, कसले गाएको हो, नेपाली एफ एममा वजेका केही रमाईला नेपाली आधुनिक गितका हरफहरु:
"अपुरो छु म आधा कविता, हेरी वस्छु आफ्नै रमिता" - "आवो आवो यादहरु हो, आवो; म निदाएको छैन, कोट्ले फेर्दै छु"

अपडेट: आज (May 1, 2010) यो गीत फेला पर्यो :)
Song: Aao Yaad Haru
Singer: Jagdish Samal
Audio: Times Music
Lyrics: Eknaryan Bhandari
Composer: Suresh Adhikari
Direction: Navaraj Acharya


"कोहिले 'चाँदि' राम्रो भन्छन्, कोहिले 'सुन' राम्रो भन्छन्। {तिम्रो मुहार नदेख्नेले मात्रै}२, 'जून' राम्रो भन्छन्, आहा 'जून' राम्रो भन्छन्। कोहिले 'चाँदि' राम्रो भन्छन्।"

"जिन्दगी खोला जस्तै वगिरहेछ"


(जिन्दगी खोला जस्तै वगिरहेछ) २
अत्रिप्त प्यास लिई,
पुग्ने कुनै ठाउँ छैन,
वासको आश लिइ,
यो,,, चुपचाप,
वगिरहेछ, वगिरहेछ, वगिरहेछ ।
जिन्दगी खोला जस्तै वगिरहेछ ।

जो रात भरि, विहानीको, आशमा वग्यो,
वालुवाको, गर्भ भित्र, प्यासमा वग्यो,
हतारमा वग्यो, यो,,, जोसमा वग्यो,
(चट्टानमा, ठोकिएर, होसमा वग्यो) २
जिन्दगी खोला जस्तै वगिरहेछ ।

यो धारमा, भेलमा, वाढीमा वग्यो
विषलाग्ने, काँडामा, झाडिमा वग्यो;
विरहमा वग्यो, यो,,, तरङ्गमा वग्यो
(मरुभूमिको तापको सँगमा वग्यो)२
(जिन्दगी खोला जस्तै वगिरहेछ)२,
अत्रिप्त प्यास लिई,
पुग्ने कुनै ठाउँ छैन।
वासको, आश लिइ, यो,,, चुपचाप,
वगिरहेछ, वगिरहेछ, वगिरहेछ।
जिन्दगी खोला जस्तै वगिरहेछ) २
***

संझना: खल्लो तिहार - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 15, 2009

जति जति भाइटिकाको दिन नजिकिन्छ उती उती यो मनमा खल्लो पनको आभास आउँछ। स्वदेशमै भएका वा विदेसिएका दाजुभाई जसले आफ्ना दिदीबहिनीहरुसँग टिका लगाउन पाउँदैनन्, तिनीहरुले पनि यस्तै महसुस गरिरहेका होलान्....। अर्को तर्फ दिदी-बहिनीहरु जो आफ्ना दाजुभाईहरुसँग टाढिएका छन् , तिनीहरुलाई पनि यो तिहार खल्लो नै लाग्दैछ भन्ने मेरो ठम्याई छ। एकै ड्याँङका हामीहरुको व्यथा यो कबिता मार्फत ...

खल्लो तिहार - २००९
--------------------------------------------------
मखमली फूल्दा मार्सिधान झुल्दा --[This line is copied froom a nepali song...]
दिदीहरु आए होलान्,
घरभरी दाजु-भाई नदेख्दा
आँशु बहाउँदै होलान्

ओखर दाना, मखमली माला
संझिँदै वस्दैछु,
रँगिन टिका विनाको निधार
कल्पिँदै रुँदै छु

के गर्नु दिदी कर्मको लेखा
यस्तै नै रहेछ,
यो वर्ष तिम्ले
नेको माला
यत्तै कै सुक्ने छ

नरोई वस भाईटिका आउँदा,
खुसी भै विताउ,
एकसाल त कसो नफिर्लान भनि
आशामै रमाउ,
एकसाल त कसो नआउलान भनि
मनलाई बुझाउ !!
--------------------------------------------------

यात्रा: London मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, October 9, 2009

यि शब्दहरु Type गरिरहँदा म Westfield Shopping Center, लण्डनको Apple Show Room मा छु । Amit Joshi दाइलाइ भेट्ने योजना छ, यहाँ। मेरो लण्डन भ्रमण रमाइलो हुदै छ। मैले London कुन बेला घुमेको थिए भनेर सम्झिन पनि सजिलो हुने भएको छ किनकि London को train station बाहिर निस्किनासाथ Lite भन्ने Free newspaper मा American President Barak Obama लाइ 2009 को Nobel Peace Prize दिने घोसणा गरेको खबर पढेको छु। म आफैलाई पनि अनौठो लाग्दैछ ...।

लण्डन आएको २ दिन भएको छ। Museum हरु नै घुमे अहिलेसम्म। Science Museum मा आजको दिन पुरै बिताएँ - कस्तो रमाइलो लागिरहेको छ। सबै अनुभब त अहिलेको छोटो समयमा लेख्न सक्दिन। यो blog ले मलाई मेरो पहिलो लण्डन भ्रमणको सम्झना दिलाउने छ भनेर नै यो लेख लेखेको हुँ ।आजलाई बिदा ।

संझना: दशैं - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 29, 2009

फ्रान्स आएको २ बर्ष १ महिना भएपनि दशैं भने ३ ओटा आईसकेछन् । पहिलो दशैं अर्थात दशैं-२००७ मा भरत सर र म मात्र नेपाली थियौं। आएको लगत्तै दशैं परेको हुनाले र यहाँका नेपालीहरुसंगको चिनापरिचय हुन नसकेकोले हाम्रो दशैं केवल एक साधारण दिन जसरी वितेको थियो। मैंले टिका त लगाउनु हुन्थेन त्यो वेला, तर पनि रमझम गर्न पनि पाईएन। त्यो दिन साधारण दिन भएपनि विर्षन नसक्नुको थियो किनकि फ्रान्समा भएको ट्रेनको हड्ताल र निकोलास साकोर्जी (फ्रेन्च प्रेसिडेन्ट) को पारपाचुके कान्डले त्यो समयमा तहल्का मच्चाएको थियो। त्यही हड्तालको कारणले गर्दा हाम्रो नेपालीहरुसंग मिलेर दशैं मनाउने सपना चकनाचुर भएको थियो। यो वेलाको रोचक घटना यहाँ पढ्न सकिन्छ

२००८ को दशैंमा म लगायत २ जना नेपाली भाईहरु (सिद्दार्थ र जगदिस) थियौं। त्यो पालीको दशैं निकै रमाईलो भयो । नेपालीहरुको कार्यक्रममा गएर गित गाएपछि (यहाँ हेर्न सकिन्छ) भने हाम्रो उनीहरुसँगको संवन्ध वढेको थियो। विशेस कुरा त हामीले टिका लगाएका थियौं । यस्तो टिका जहाँ भाईहरुका व्याचका AIT का साथिहरु Adisorn, Sophea र Chan ले पनि टिका लगाएका थिए। निकै रमाईलो भएको थियो।

हिजो २८ सेप्टेम्वर २००९ सोमवार, दशमीको दिन। यहि दिनमा अफिसको एक महत्वपूर्ण काम सकाउनु थियो। फलस्वरुप २६ सेप्टेम्वर शनिवार भएपनि काम गरियो अनि त्यसको वेलुका भाई-वहिनी (शिर्षा र श्रध्दा) वसेको ठाउँमा (Evry) मा गईयो अनि बहिनीहरुले पकाएको डिनरमा खाईयो (धेरै धेरै धन्यवाद) । मेरा पुराना ईन्डियन सँगीहरुको (जानकी र रमिया) हरुसँग साटासाट गरेर खाएको डिनरले साँच्चै नै दशैंको भोजको तिर्सना केही हद सम्म भएपनि मेटेको थियो । २७ सेप्टेम्वरमा रविन्द्र दाई (Evry मा नेपाली रेस्टुरेन्ट चलाउने दाई) हरुको मा हामी पाँच जना नै गएका थियौ। रविन्द्र दाई, सपना भाउजु, कमल दाई, मुना दिदीलगायतकाहरुसँग रमाईयो। पुराना, नयाँ, नेपाली, हिन्दी गीत गायौं। वहिनीहरुले पनि डान्स गरेका थिए।

हिजो दशमिको दिन विहान ८ वजे सम्ममा हामीले टिका लगाईसकेका थियौं। खासमा नेपालको साईत समय पनि त्यही विचमा पर्दछ । साईतमा पार्न नभइ मलाई हतार भएका कारण यो संजोग परेको थियो। भाइहरु U3 मा वस्ने भएकोले बहिनीहरु पनि त्यतै आए। म त सव से ठूलो मान्छे परेछु। सवलाई टिका लगाईदिएँ। निकै रमाईलो महसुस भयो। समग्रमा यो दशैं पनि रमाईलो नै भयो। हामी ५ नेपाली वाहेक Namal, Fon, Adisorn पनि सामेल भएका थिए। यसरि यो दशैंपनि अन्तराष्टि्य दशैं वन्न पुग्यो । मलाई थाहा छ, अर्को वर्षको दशै निकै भिन्नै किसिमको हुने छ किनकि हामीको को कहाँ पुगेका हुनेछौ। जे होस व्यस्तताका वावजुद पनि यो पालीको दशैं रमाईलो नै गरि मनाईयो। फेरी पनि सवैजनालाई विजया दशमीको हार्दिक शुभ-कामना । अहिलेलाई भने दशैं-२००९ का केही झलकहरु:

तस्विर: टिका लगाएर पछि प्रसाद खान जाने क्रममा :)

तस्विर: माईलो, कान्छो र जेठो

सम्झना: September 6 2007 को

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, September 6, 2009

आज September 6 2009 ठिक 2 वर्ष अघाडीको सम्झना आइरहेको छ ( त्यो दिनको विवरण यहाँ ) हामीहरु 5 जना Classmate हरु लगायत हाराहारीमा 10 जनाको समूह Thailand बाट France को लागि 6 तारिख को दिन Etihad Airlines बाट Paris सहरमा आएका थियौ Asian Institute of Technology बाट छानिएर आएका हामीहरुमा छुट्टै जोस, आशा अनि उत्सुक्ताहरु थिए

देश छोडेको तीन वर्ष भै सकेको छ र यी तीन बर्ष मध्ये 67 % समय France मा बितिसकेको छ उसो त Thailand को 1 बर्से बसाई कम रमाइलो थिएन, तर यहाँ पनि नरमाइलो भने छैन पक्कैहो आफ्ना आफ्ना गुण र दोषहरु त भै जान्छन नि तर जता बस्यो उतै को माया लाग्ने प्राकितिक नियम नै मेरो लागि पनि लागु हुदै छ जस्तो महसुस हुदै छ

2008 मा Jagadish Ghimire र Shiddartha Bhandari लगायतका Juniors हरुको आगमन पश्चात रमाइलो माथि झन रमाइलो थपिदियो र भर्खरै आएका Sirsha Bhattarai Sraddha Adikari लगायतका Juniors हरुपनि उतिकै रमाइला होलान भन्ने आशा गर्न सकिन्छ

मेरा क्लासका 6 जना साथीहरु मध्ये 3 जना यहीं नै छौ 2 जना PhD गर्दैछन् बाँकि तीन जना मध्ये 1 जना Canada मा PhD गर्दै , अर्का 1 जना Singapore मा job गर्दै र अर्को एक जना Thailand मा Job गर्दै छन् यसरि हेर्दा कोइ पनि आफ्नो देशमा फर्केर कम गरेको देखिन्दैन

जे सुकै होस् September 6 2007 ले हामीहरु सबैलाई एक किसिमको ढोका खोलिदिएको छ French Government ले Full scholarship दिएर हामीलाई यो अवसर दिएकोमा मुरी मुरी धन्यवाद !

हाँसो ठट्टा : हाम्रा बिशेषता

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, September 3, 2009

दु:खि कुरा - भन्नेले 1A भन्यो। सुन्नेले 2A सुन्यो अनि 3A पारेर अर्कोलाई सुनायो। सुन्नेले 4A सुन्यो, 5A पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र केहि छिन मै उसैको कानमा 10A आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। नराम्रो कुरालाई बढाउने त हाम्रो एक पहिचान पो रहेछ :)

सुखी कुरा - भन्नेले A भन्यो। सुन्नेले A/2 सुन्यो अनि A/3 पारेर अर्कोलाई सुनायो। सुन्नेले A/4 सुन्यो, A/5 पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र धेरै दिन पछि आज उसैको कानमा A/10 आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। राम्रो कुरा, प्रशंसा गर्ने कुरालाई लुकाई दिने त हाम्रो एक पहिचान पो रहेछ :).

निस्कर्ष: हाम्रो समाजमा तिता कुराहरुको गति तिव्र र प्रभाब व्यापक हुने र मिठा कुराहरु को गति सुस्त र प्रभाव सिमित हुने गर्दछ। यिनै हाम्रा प्रमुख बिशेषताहरु हुन् । :D

आधुनिक गीत: के भूल भयो प्रिया

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 28, 2009

मलाई नेपाली आधुनिक गीत निकै मनपर्छ। खोज्दै जाँदा सानो हुँदा देखि नै सुन्दै आएको यो गीत फेला परेको छ । एकदमै चर्चित गीत भएको हुनाले तपाईंहरुले पनि सुनिसकेको हुनुपर्छ । यसको वोल: "के भूल भयो प्रिया मसँग वोल्दिनौ" भन्ने हो। नरेन्द्र प्यासी ज्यूले गाउनु भएको यो गीतका शव्दहरु पनि उत्तिकै मार्मिक छन् ।

परिवेश:

पियार पियारीको मायामा एकदमै डुवेको देखिन्छ। पियारीले एक्कासी वोल्न नै छोड्छिन् पियारसँग। कारण अनेक हुन सक्छन्। पियारलाई कुन कारणले भन्ने कुरा नै थाहा छैन। त्यै भएर पियार किन नवोलेकी तिमी भनेर गीत मार्फत सोध्छन् , यसरी:
***
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ } 2
{ उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ }
{ म सँग बोल्दिनौ }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ }
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
{ अँध्यारो देख्छु मुहार तिम्रो वादल छाए झैं }
{ सुस्केरा सुन्छु चैतमा आँधिवेहेरी आए झैं }
{ एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि }
{ वसन्त नआई जीवनमा तिम्रो वर्सात आयो कि }
{ तुँवालो छायो कि }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ }
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
{ रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाउँदा } 2
{ अन्धकार छाउँछ जसरी राती जून नआउँदा }
{ रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज }
{ मायाको कुरा न फक्रि झर्छ टाढिन नखोज }
{ अरुलाई नरोज }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ } 2
{ उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ }
{ म सँग बोल्दिनौ }
{ के भूल भयो प्रिया}
***

उकुसमुकुस विचारहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, August 27, 2009

जम्बो जेटमा उकुसमुकुस भै थिचिरहेका विचारहरु उसको अवतरणको मैदान कुर्दै भौतारीरहेका छन् । सायद राडार बिग्रियो होला, हवाईमैदानको कन्ट्रोलरको सिग्नल विचमै हराएजस्तो छ । चालक BEACON सिग्नल हेरेरै अवतरण गर्ने तयारी गर्दैछ । बेलाबेलामा सुनिन्छ रोजर रोजर । बिचारहरु आशाको सास लिदै कोल्टे फेरछन् ।

आई एम गोईन्ग टु सल्यान -- ज भिआँ द्यू नेपाल

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 15, 2009

समयले कसैलाई पर्खिदैन, न त यसलाई रोक्न नै सकिन्छ। यो त हिडिरहन्छ निरन्तर। यसरी चलयमान समयमा धेरै घटना घट्छन् , कतिपय सम्झिन सकिन्छ त कतिपय सकिन्न। आज कुरा गर्नलागेको घटना म सायदै भुल्छु होला।

मामाघर सेर्ना (ओखलढुङ्गा) जानलाई मेरो घर सल्यान (सोलुखुम्वु) वाट हिड्नेलाई ५ - ६ घन्टाको वाटो होला। प्राय: चाढपर्वमा मावल गईन्थ्यो। मामाघर जान भने पछि हुरुक्कै हुन्थ्यौं हामीहरु। मिठो मिठो खान पाईने र भान्जा भान्जीलाई टिका लगाएर पैसा दिने चलनले पनि मामाघर जान हानाथाप हुन्थ्यो दाइ दिदीहरु विच। कान्छो परेको कारणले होला मैले भने धेरै पटक मौका पाउँथें ।

एक पटक म वुवा आमाको साथमा मावल जान पाएको थिएँ। मेरो मावली वेसीमा परेकोले जाँदा नेचा डाँडाको शिरवाट सेर्नाको पुच्छारसम्मको ओरालो जानुपर्छ। विचमा आउँछ मगर गाउँ। आउँदा भने उही मगर गाउँसहितको उकालो । त्यही उकालोमा विसाउने कैयन चौतारीहरु छन् । दशैमा त अझ लिंग्गे पिङ् हाल्छन् त्यो गाउँमा । आहा कत्ति रमाईलो हुन्थ्यो। मावलवाट उकालो सुरुगर्दा मगरगाउँ आउनु अघि देविथान माथि एक वरको रुख सहितको चौतारी छ। हो त्यो विसौनीमा केहीवेर विसाएर थप उकालो सुरु गर्नासाथ वुवाले सुरु गर्नुभएको थियो, अँग्रेजीमा प्रश्नहरु गर्न:

प्र: ह्वाट ईज योर नेम ?

उ: माई नेम ईज नोवल ।

प्र: हाउ ओल्ड आर यु ?

उ: आई एम 'नायन' (९) यर्स ओल्ड ।

.......

प्र: ह्वेर आर यु गोईन्ग नाउ?

उ: आएन वुवा ।

....

म कक्षा ४ कक्षा पढ्थें ९ वर्षको हुँदा। सरकारी स्कूलमा अंग्रेजी विषय ४ क्लासवाट सुरु गरिन्छ । त्यही भएर म बुवाका सवै प्रश्नहरुको जवाफ दिन सकिरहेको थिईन। फेरी हाम्रो अंग्रेजी विषयको पढाईमा स्पिकिङ्लाई महत्व दिईन्न। त्यो मैले नजानेको प्रश्नको उत्तर वुवाले यसरी दिनु भएको याद छ: "आई एम गोईन्ग टु सल्यान" ।

यसरी मेरो अंग्रेजी भाषासँगको लुकामारी १७ वर्ष अघि सुरु भएको थियो । समयको उतारचढावसँगै म फ्रान्स आएको पनि २ वर्ष पुग्नै लागेको छ । केही फ्रेन्च भाषा सिकेको त छु, तर पनि गार्ह्रो महसुस हुन्छ विशेष गरी शव्द उच्चारणमा। ए आई टी ( थाईल्यान्ड ) मा म्याडम जिनेटसँग फ्रेन्च सिकेको थिएँ। उ वेला म्याडमले प्रश्न गर्नु हुन्थ्यो:

प्र: भू भू जापले कम ? (What is your name ?)

उ: जमापेल नोवाल ।

प्र: भू ज्याभिते उ? (Where do you live ?)

उ: ज्याभित आलाईते ।

प्र: द्यू एत् भू ? (Where are you from?)

उ: ज भे ओ नेपाल ।

हा हा हा हा म्याडम हाँस्नु भयो । मेरो उत्तर त "म नेपाल जादै छु" भन्ने पो परेछ । खासमा म दुईवटा वाक्यहरुमा झुक्केको थिएँ।

१) ज भे ओ नेपाल

२) ज भिआँ द्यू नेपाल ।

अरु साथीहरु पनि यि वाक्यहरुसँग झुक्किएकोले म्याडमले नयाँ आईडिया निकालेर नझूक्किने गरि सिकाउँनु भएको थियो। उहाँ वाक्यसँगै हातको ईसाराले नाँच्नु भएको थियो। "ज भे ओ नेपाल" भन्दा हात शरीर भन्दा पर लैजाने र "ज भियाँ द्यु नेपाल" भन्दा हात परवाट शरीर तिर ल्याउने किसिमको नाँच । अनि त कहाँवाट झुक्किनु नि हा हा हा ।

कपाल फूलेका फ्रेन्चहरुले समेत मेरो अफिस नजिकैको कोठामा अंग्रेजी भाषा सिकेको देख्दा झन रमाईलो लागेर आउँछ। होला मलाई अझै केहि वर्ष लाग्ला फ्रेन्चमा बोल्न तर तिनीहरुको उमेर भन्दा त निकै अघाडि नै आउलानी भन्ने आशा गर्दै मेरा प्रयासहरु अघि वढ्दै छन् । भाषा सिक्नु सुरुमा वाध्यता लागे पनि अहिले रहर वनेर उर्लेको छ। जे होस यिनै दुई वाक्यहरु ( "आई एम गोईन्ग टु सल्यान" र "ज भिआँ दु नेपाल") मेरा अंग्रेजी र फ्रेन्च भाषासँग लुकामारी खेल्दाका कोषेढूङ्गा बनेर वसिरहेका छन्, रमणिय भूतको याद दिलाउँदै ।

हाँसो ठट्टा : 'रकेट'

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 14, 2009

स्थान उही अफिस। २ जना साथीहरु (फँस्वा र मोहम्मद) कुरा गरिरहेका थिए। दुवै जना फ्रेन्चमा पोख्त परे। उनीहरु कुनै रिसर्चको कुरा गरिरहेका थिए, म भने आफ्नै काममा मग्न थिएँ।

म उनीहरुको वातचित हल्का रुपमा सुन्दै पनि थिएँ, किनकी फ्रेन्च सिक्ने यो पनि एउटा तरिका हो। उनीहरुको वातचितको क्रममा मैले धेरै पटक एउटा शव्द सुनिरहें ‘रकेट’। खासमा उनीहरुले गरिरहेको रिसर्चको कुरा मलाई पनि थाहा थियो। त्यै भएर पनि उनीहरुको कुरा केहि हदसम्म म बुझिरहेको थिएँ। तर पटकपटक सुनेको ‘रकेट’ शव्दले मेरो ध्यान तान्यो। यिनीहरुले यो रिसर्चको कुरा छोडेर कतै अन्तरिक्षमा पठाउने ‘रकेट’को त कुरा गर्न थालेनन्? - म सोच्दै थिएँ। तर अहँ, पक्कै हैन, कुरा त उही रिसर्चको नै भैराको थियो अझ पनि।

‘रकेट’ शव्द अरु दिन पनि नसुनेको हैन तर यसपटक भने निकै पटक दोहोरिसकेको थियो । यसरी प्रयोगमा आईरहने शव्द सुनेर मात्रै वस्नु ठीक हैन भन्ठानेर सोध्ने निर्णय गरें र सोधें पनि। आहा, ‘रकेट’ हा हा हा, त्यो पो रहेछ ‘रकेट’ भनेको त, हा हा हा - मैले हल्का हाँसो छाडे। “किन हाँसेको ?” - उसले सोध्धै थियो। “त्यतिकै” - मैले टारें।

हो, मैले सुनेको ‘रकेट’ त “requête" अर्थात अंग्रेजीको “request”, पो रहेछ जुन शव्दसँग त म परिचित नै थिएँ। शव्द थाहा पाएपछि उच्चारण विचार गरें। उनीहरुले ‘हकेट’ भनेको हुनुपर्छ तर मेरा कानले ‘रकेट’ नै सुनेथे :)। कुरा यै त हो, जानेको शव्द पनि उच्चारण थाहा नहुँदा नजानेको झै हुन्छ फ्रेन्चमा। उहिवेला मनमनै एक गीत वज्न सुरु भैसकेको थियो: “स्वामीजीले भन्नुभयो अँग्रेजीमा ‘वाटर’, नबुझेर मैले दिएँ काँचो ‘कटर’ ” - भलै म त्यस्तो परिस्थितिमा भने अझै पुगिसकेको थिईन :)
***

सन्दर्भ Pique-Nique को

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 8, 2009

28 June, 2009 दिन विशेष थियो किनकी Pique-Nique मा जानु थियो। Picnic र वनभोजको अनुभव वटुलेको भए पनि Pique-Nique को भने अनुभव थिएन। अर्थात, पहिलो पल्ट French Pique-Nique (En: Picnic) जानु थियो, त्यो पनि पेरिसमा भएका नेपालीहरुसँग। उसो त 2008 यो यही समयमा पनि Pique-Nique आयोजना गरिएको रहेछ, तर चिनजानको अभावमा सामेल हुन पाइएको थिएन। जर्मनी भ्रमणवाट फर्केको १ दिन पछि यो पिकनिक भएपनि जोस भने वाँकि नै थियो। मेरा प्यारा भाइहरु (माईलो र कान्छो) ले नजाने निर्णय गरे पस्चात केही अप्ठेरो महसुस त भएकै थियो, तर केही चिनजानका साथीहरु जाने भएको कारणले रमाईलो हुने आशामा मैले सामेल हुने निर्णय गरेको थिएँ।

NRNA-NCC France को आयोजीत यो पिकनिकमा जानेको संख्या मैले अनुमान गरे भन्दा निकै धेरै थियो। पहिले लाग्थ्यो पेरिसमा नेपालीहरु कमै छन्। यो पटक त्यो संख्यामा उपस्थित नेपालीहरु देखे पछि त्यो सोचाई भ्रममा परिणत भयो। हो, ११० जनाको नेपाली टोली २ वटा रिजर्भ गरेको वसमा हुँईकिएका थियौं Honfleur को 'बिच' (En: Beach) तिर । Honfleur पेरिसवाट सवसे नजिक पर्ने समुन्द्र भएको ठाउँ हो। यो समुन्द्रले France र UK लाई छुट्याउँछ। यसलाई English Channel भनेर समेत चिनिन्छ । यो Normandi को एकदम नजिक छ।

तस्विर: Pique-Nique स्थल

रमाईलोको कुरै नगरौं। वसमा भएको दोहोरी त उत्क्रिष्ट नै थियो। मेरो अनुभवमा यो नै सवसे लामो दोहोरी कार्यक्रम थियो। म केहि क्षणमा दोहोरीका अंशहरु राख्ने नै छु। वसको ड्राईभर नजिकैको माईकले पनि निकै ठूलो सहयोग गर्यो मान्छेहरु र तिनीहरुको कलाको पहिचानमा किनकी हाम्रो वसको हरेक ब्यक्तिले आफ्नो परिचयको साथमा आफूमा भएको कला प्रस्तुत गर्नुपर्ने वाध्यात्मक परिस्थिति थियो। "कला भए प्रस्तुत गर्ने नभए पनि प्रस्तुत गर्ने " - निर्मलदाइले हसाउँदै हुनुहुन्थ्यो। यसै क्रममा हो नि नारायण भाइले पस्चिमे गित गाएका। जसको वोल "तिम्रो नासो फिर्ता लिन आउ" भन्ने थियो जसको भाका मन पर्यो :)। यो गित तलको भिडियो मा पनि सुन्न सकिन्छ। मेरो कला त के नै थियो र :)। एउटा फेसवुकमा पढेको जोक सुनाएको थिएँ, हा हा हा । तर फर्कने क्रममा मोवाईल फोनमा रहेका रेकर्डेड कथा र कविता सुनाएर स्रोतागणलाई केहि बेर भएपनि मनोरंजन प्रदान गरेको थिएँ :-P।

दुवै वसमा दोहोरी खेलिएको थियो। अर्को वसको अनुभव त मसँग छैन, तर म चढेको वसमा भने निकै रमाईलो थियो। सायद त्यो हल्ला फैलिएछ क्यारे, पिकनिक सकेर फर्किदा अर्को वसमा रहेका चर्चित दोहोरी गायक राजेन्द्र लम्सालले पनि हाम्रो वसको सिट लिएर वसेका थिए। उनलाई लिन अर्को वसका मान्छे आएका थिए तर उनले यो वस छोडेनन् । त्यै भएर पनि फर्किने क्रममा निकै नै मज्जा आएको थियो।


भिडियो: मेरो क्यामेराले कैद गरेका दोहोरीका अंशहरु

पिकनिक स्थल टाढा भएकोले वाटोमा केहीवेर विसाएर ब्रेकफास्ट खाईयो । केही तस्विरहरु पनि खिचियो । पिकनिक स्थलमा पुगेपछि लन्च खाएर Beach तिर लागियो। वालुवाको Beach थियो तर पानी भने त्यति सफा थिएन। म भने डुवुल्कीमार्ने सुरमा थिएन। तर कति नेपाली साथीहरुको त पहिलो पटक समुद्र देखेको अवसर परेको रहेछ, निकै रमाउनु भएको थियो। हामी केही साथीहरु भने Beach मा गफगाफ गर्दै निकै टाढा सम्म पुगेका थियौ। गजवको कुरा त के भने, पहेलो लुगालगाउने साथिहरुलाई त्यहाँका किराहरुले आक्रमण गरेका थिए, सायद फूल सम्झेर होला । रातो टिसर्ट एक हिसावले फाईदा जनक नै भएको थियो ।

अहिलेलाई भने पिकनिकका केही तस्विरहरु राख्दै छु:


तस्विर: वसमा हामीहरु रमाइलो गर्दै

तस्विर: वसवाट जाँदा वाटोका देखिएका मकैका विरुवा

तस्विर: लामो वाटो भएकोले विसौनीमा नास्ता खाँदै

तस्विर: विचको एक द्रिष्य

तस्विर: Beach को एक द्रिष्य

तस्विर: पहेलो कपडालगाउनेलाई किराले हैरान पारे

तस्विर: धमीलो पानीमा पनि मज्जा लिंदै


तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु

तस्विर: Beach को अर्को पट्टिको सुन्दर जंगल

तस्विर: मेरा दौंतरीहरु Beach को लामो हिडाई पछि थकाई मार्दै

तस्विर: म

यसरी, पेरिस सहरमा रहेका नेपालीहरुसँग रहेर Pique-Nique को मज्जा पनि लिईयो । दिनभर एक शव्द पनि फ्रेन्च वोल्नु परेन। नेपालीहरुसँगको उक्त रमाईलोले म विदेशमा हैन वरु नेपालको कुनै ठाउँमा छु भन्ने महसुस गराएको थियो। मेरा लागि Beach महत्वपूर्ण थिएन किनकी मैंले Thailand र Venice का सुन्दर Beach हरुसंग लुकामारी खेलिसकेको थिएँ। महत्वपूर्ण थियो त नेपालीहरुसँगको चिनजान अनि भलाकुसारी- जुन यो Pique-Nique ले पुरा गरिदियो । अलि खट्किएको कुरा के भने, सायद हामीले वसमा धेरै समय विताएर पिकनिक स्थलमा कम समय दियौं कि। जे होस आयोजकलाई धेरै धेरै धन्यवाद, आउँने वर्षमा यस्ता कमजोरीहरु सुधार्ने जानुहोस भन्ने सुझाव समेत दिन चाहन्छु ।

सहिद बिर्खबहादुर

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, July 11, 2009

नेपाली ईतिहासको यो कालखण्डमा सहिद शव्दको अर्थ फरक पर्न लागेको देखिन्छ। सडक दुर्घटनामा परेर जिवन गुमाउनेहरु, कुटपिटका घटनामा ज्यान गुमाउनेहरुलाई सडक नै रोकेर सहिद घोषणा गर्न दवाव दिने प्रवित्ति वढेको देखिन्छ। त्यसै भएर होला शहीद घोषणाको माग गर्नेहरु प्रहरी खोरमा जस्ता समाचारहरु आउन थालेका छन्। वास्तवमा सहिद भन्ने कुरा त घटना सुन्दै आफसेआफ महसुस हुनु पर्ने हो। जो देसको लागि हाँसिहाँसि ज्यानदिन्छ उ पो सहिदको हकदार हुन्छ त। सहिद घोषणा गर भनेर भन्नुपर्ने स्थिती त नआउनु पर्ने हो । यस्तो स्थिति किन आयो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। सुविधा पाईने भएकोले साधारण घटनामा ज्यान जाने मानिसहरुलाई पनि सहिद घोषणा गर्न दवाव दिने प्रवित्तिको वढेको देखिन्छ।यस्तो प्रवित्तिले हाम्रा तमाम सहिद प्रति खिल्ली उडाउने डर वढेर गएको महसुस यो ज्यानलाई लागेको छ।

यस्ता कैयन घटना पस्चात एक लेख लेख्न मन लाग्यो जसमा मैले राजनितिक तरलतालाई कसरि अपराधिहरुले दुरुपयोग गर्न सक्छन् भन्ने पाठ दिनु थियो। यसै बमोजिम 'सहिद बिर्खबहादुर' भन्ने लेखको जन्म भएको हो। यस कथामा दैनिक ज्याला गरेर गुजारा गर्ने विर्खवहादुरलाई अपराधीहरुले राजनितिक दलको वन्दको दिन सहिद कसरी वनाएका छन् भनेर देखाइएको छ। के राजनितिक प्रसयमा सहिद वनाईने चलन राम्रो हो त? यो प्रश्न पाठक माझ तेर्साउने मेरो धेय थियो। यसै वमोजिम यो लेख धेरै अघाडि माईसंसारमा पठाएको थिएँ जुन आज प्रकासित भएछ। मैले दिन चाहेको उद्देश्य सवै पाठकहरु समक्ष पुग्न नसकेको महसुस यो लेखमा आएका प्रतिक्रियावाट वुझ्न सक्छु। आगामी लेखमा प्रस्तुतीलाई थप खार्न प्रयास गर्ने छु ।

माइसंसारमा हेर्ने भए यहाँ क्लिक गर्नुहोस।

-----------------------------------------------

नोवल निरौला / फ्रान्स

शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो।

जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, कतै नभए पनि टिभी र रेडियोहरुमा । छ्यापछ्याप्ति खुलेका टिभी रेडियोहरुका लागि यस्ता दिन त दशैं जस्तै हुन्छन्, सय जनाको समूहले नारा लगाउन नपाउँदै सम्पूर्ण सहरलाई त्यसको समाचार सुनाएर हजारौँ जनाको उपस्थिति भएको समाचार सुनाउँदै जनतालाई “साँचो सूचना” को अधिकार दिलाउन तत्पर देखिने गर्छन् समाचार माध्यमहरु। जनता र सरकार त्यही “साँचो सूचना” लाई आधार मानेर आन्दोलन व्यापक चर्केको लख काट्दै थिए।

जता-जता धुँवा निस्कन्थ्यो प्रहरीहरु तत्कालै सक्रिय भै हाल्थे, आधाघन्टा नबित्दै ती स्थलहरुमा पुगेर। यसरी छरिएको प्रहरी बलले सहरमा उनीहरुको उपस्थिति बाक्लो पारेको थियो र सरकार भनिरहेको थियो प्रहरीहरुलाई संयमित भएर काम गर्ने निर्देशन दिइएको छ - यस्तो लाग्छ अरु बेला संयमित नभई काम गरे पनि हुन्छ भन्ने निर्देशन दिइएको हुन्थ्यो। नत्र यो कुरा फलाक्नुको कारण बुझ्न सकिन्नथ्यो।

दिन ढल्कदै साँझ पर्न लाग्दा आन्दोलनकारीहरुको उपस्थिति मुख्य चोकतिर बढ्दै गयो। सरकारले निषेधित क्षेत्र घोषणा गरेका कारण प्रहरीबलहरु परिस्थितिलाई नियन्त्रणमा लिन निकै तम्तयार भएर बसेका देखिन्थे। झमक्क रात पर्न लागेको के थियो एक्कासी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा बर्साउन थालिहाले। सडकका बारहरु सदाको बन्दमा झै भाँचिन थाले। प्रदर्शनकारीले प्रहरीबललाई केही पछि हट्न बाध्य तुल्याए। यसबाट प्रदर्शनकारी झन् हौसिए र प्रहरीमाथि अझ प्रहार गर्न लागे। पटक-पटकको बन्दको अनुभव बटुलेका प्रहरीहरु पनि के कम, उत्तेजित प्रदर्शनकारीलाई अश्रुग्याँसले प्रहार गर्न थाले, हवाई फायर गर्न थाले । यसपछि त्यहाँ भागाभागको स्थिति बन्यो। कसैका चपल कसैका जुत्ता यत्रतत्र छरिएका देखिन्थे।

भोलि बिहानै १ दिने बन्दको समिक्षा गर्न र जनताको व्यापक समर्थन एवं सहभागिता भएको कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो। अबदेखि बन्द, आन्दोलन र हडताल नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेकोले गरेको यो पार्टीले यो ‘१ दिने छोटो बन्द’ आयोजना गरेर प्रतिवद्धतामा केही भएपनि अडिग रहेको भान जनतालाई दिइएको बताइने अपेक्षा गरिरहँदा हिजो रातिको प्रहरी दमनमा आफ्नो १ जना सक्रिय, निस्ठावान कार्यकर्ताको ज्यान गएको घटनाको विरोधस्वरुप उक्त व्यक्तिलाई सहिद घोषणा नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको कुराले फेरि पनि सहरवासीलाई दुःखी तुल्यायो। आज पनि सहरले उस्तै सास्ति भोग्नु पर्ने भयो। के थाहा, भोलि पनि यस्तै हुने हो कि, सबै जना माखो मार्दै र सिन्को भाँच्दै घरैमा बस्न बाध्य भए।

बन्द खुलाउन अनुभवी सरकारले समस्या समाधानको लागि दिउँसो नै एक समिति गठन गरी आन्दोलनकारीहरुलाई वार्तामा बोलायो। करिब २ घन्टाको वार्तापछि अबदेखि प्रहरी दमन नगर्ने प्रतिवद्धता जनायो साथै मृतक बिर्खबहादुरलाई सहिद घोषणा गरी आश्रित परिवारलाई १० लाख दिने घोषणा गर्‍यो । यसका साथै आन्दोलनकारीले तत्काल लागू हुने गरी बन्द फिर्ता लिने सम्झौता भएको पनि घोषणा गरियो।

बन्द खुलेको घोषणा पस्चात खुसी सहरवासीहरु बजारतिर किनमेल गर्न लागे। शनिबारको आधा दिन नै भएपनि पसल, व्यापार, रेस्टुरेन्ट आदि खोल्न थाले। यसैबीच ७ - ८ जनाको समूह एक रेस्टुरेन्टमा छिर्‍यो। उनीहरु सानो स्वरमा गफ गर्दै थिए:

“यार, तैंले पार्टी दिनुपर्छ आज”

“किन पार्टी दिनु नि ?”

“पार्टी त दिनै पर्छ नि । धन्य भोलिपल्ट बन्द थियो र बिहीबार राति तेरो कारले किचिएको त्यो ‘कुत्ता’लाई सहिद बनाएर सम्मानित गर्न पाइयो। नत्र ज्यानमारा भएर कति वर्ष जेलमा बस्नुपर्थ्यो। अनि तैंले पार्टी नदिए कस्ले दिन्छ त ?”

“त्यो त हो यार। अलिक ओभर पिइएछ त्यो रात। पार्टी त दिन्छु जसरी पनि। तिमीहरुलाई थ्याँक्स है, धन्न बचियो यो ‘केस’बाट।”

“वाइ द वे, त्यो कुत्ता भाग्यमानी रै छ। कहिल्यै पनि सोचेका थिएनन् होला भरियाका सन्तानले दश लाख हातमा आउँछ भनेर। ऊ आफै पनि सहिदको नामले कहलिने भो । भाग्यमा लेखेरै आएको रै’छ” - चुरोटको ठूटो सल्काउँदै कसैले भन्दै थियो।

“केटा हो, आज पनि ओभर दिने कि ?”

“हुन्न यार, अब त चेतिनु पर्छ। फेरि भोलि बन्द छैन यार, नत्र त…”

“हा हा हा….”

यसरी बिर्खबहादुर सहिद भएपश्चात् इतिहासले उसको पानामा एक नयाँ सहिद थप्यो, पार्टीले बाँकी दिन आधा झन्डा झुकायो र (केही) जनताले रेस्टुरेन्टमा खुसियाली मनाए। उता दैनिक काम गरेर जिविका गर्ने ‘सहिद बिर्खबहादुर’को परिवार ‘जलिरहेको-मनको-राप’मा निरन्तर बगिरहेको ‘आँसुरुपी-पानी’को सहायताले पाक्दै गरेको ‘सम्झनाको-च्याँख्ला’ छड्किएको आवाज मुखहरुबाट निकाल्दै थियो: ‘क्वाँ-क्वाँ’ र ‘सुँक्क-सुँक्क’ को तरङ्गमा।


*** समाप्त ***

एउटा मानिस खोजिरहेछु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 5, 2009

माइसंसारमा हेर्ने भए यहाँ क्लिक गर्नुहोस ।
-------------------------------------------------------------
****
"नानी तिम्रो छोराले फोन गर्यो?"- हर्केकी आमाले कवितासँग पानी लिन जाने क्रममा सोधिन्।

"अस्ति शुक्रवारको दिन गरेको थियो" - कविताले छोटो जवाफ दिईन।

"गएको शुक्रवार हर्केले फोन नै गरेन त्यै भएर सोधेको नि। के छ रे खवर?"

"सन्चै छ रे । एकदम गर्मी वढेको छ रे । ४०-५० डिग्रि छ आमा भन्दै थियो काले"

"कसरी काम गर्दा हुन् है कविता। हामी त त्यस्तो गर्मी त खप्न सकिन्न होला है? हर्केको खवर पनि सोध्यौ कि? "

"हेर्नुन म अलिक हतारमा छु भनेर गयो काले। सोध्नै पाईन। एकै शहर भएपनि काम गर्ने ठाउँ फरक होला फेरी" ।

"काममा व्यस्त भए पनि होला। अर्को शुक्रवार कहिले आउछ भनेर कुर्दैछु। वोल्न मन लागिरहेको छ हर्केसँग। असारको १५ पनि गयो। जति जति चाढपर्व आउछन् उति उति छोराछोरीको याद आउने रहेछ कविता"

कविताले कुनै प्रतिक्रिया जनाईनन्।

"हर्केकी आमा, मैँले अँगेनामा चिया वसालेकी थिएँ, निकाल्न भुसुक्क विर्सेछु। पानी लिएर आउँदासम्म त भाँडो पनि पग्लिएला। म घर फर्केर आउँछु, तिमी पानी लिन जाँदै गर्नु, नपर्खिनु है" - कविताले भनिन्।

"ल ल पछि कुरा गरौला"

यसरी कविता हर्केकी आमासँग एक वाहना वनाएर छुट्टिईन्। उनलाई एकदम असहज वातावरणवाट मुक्त भएको भान भयो। एक दिन त सुनाउनु नै पर्छ हर्केको प्राण पखेरु उडेको खवर, तर कसरी ? कविता चिन्तित हुँदै थिईन्। कविताको मनमा उनको छोराले फोनमा वताएको कुरा फेरी दोहोरियो: "आमा असारको १५ हामी नेपालीको जमघट थियो। हर्के पनि आएको थियो। रमाईलो नै भयो। गीत पनि गायो उसले, निकै भावुक गीत गायो त्यो दिन, क्रिष्णभक्त राईले गाएको गीत:

नमुछे आमा दहिमा टिका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

मखमली फूल्दा, मार्सि धान झुल्दा, वहिनी आउनेछिन्
दैलाको तस्विर छातिमा टाँसि, आँशू वगाउने छिन्
नझारे आमा आँशुका ढिका मूलवाटो हेरेर
जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर

झोलुंगावाट उठेर छोरी, खै वावा भन्ने छिन्
विउँझेर मेरी मुर्छिदै फेरी, दाँतै पो वाउने छिन्
नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर
(स्रोत: [१])



सवैजनाका आँखा रसाएका थिए उसले गाएको यो गित सुनेर। उसलाई खाडिको ५० डिग्रिको निसासिने गर्मीमा पसिना चुहाएर वस्ने ईच्छा पटक्कै थिएन। कहिले विदेश आउँदाको र वैनिको विहे गर्दा लिएको रिन तिर्न सक्छु भनेर महिना गनिरहन्थ्यो। सायद उसलाई भाउजू र छोरीको यादले सताईरहेको थियो आमा।

असारको १६ को दिन उसको पानीजहाजको ड्युटि थियो। दुर्भाग्यवस उसको जहाज डुव्यो। १२ नेपालीसँगै उसले पनि धर्ति छोडेछ आमा। कस्तो संजोग, उसले अगिल्लो दिन गाएको गीत त उसैको आफ्नै कथा रहेछ आमा”- कालेले डाँको छोड्दै यथार्थ वतायो।

काले र उसकी आमा फोनमा निकैवेर रोए। कविता भन्दै थिईन् : “काले तँ तुरुन्त आईज वावु। कमसेकम आफ्नै देशमा भैयो भने अन्तिम ढुकढुकी छाम्न त पाईन्छ । विदेशको गर्मिमा हड्डि खियाउँदै कमाएको धनले म हाँस्न सक्दिन काले.........”।

यो फोनको कुराकानी संझेर कविताका आँखावाट आँशुका धारा वगिरहेका थिए। उनले कालेलाई तुरुन्त फर्किन भनेको कुरा संझिन। उनले अस्तव्यस्त देश संझिन। राजनितिक दलको नाराजुलुसमा कुटपिट भै मर्दा शहिद घोषणा गर्ने हप्तौ वन्द गर्ने र यो घटनामा चुपचाप वस्ने दलहरु र नेताहरु संझिन। लाखौं नेपालीलाई देशमा काम गर्न अवसर नदिई विदेशिन वाध्य पार्ने निकम्मा नेता र दललाई धिक्कार्नु धिक्कारिन् ।

कमसेकम आफ्नै देशमा सडक, भवन, पूल, नहर आदि वनाउँदा मरेका भएपनि हर्केकी आमा जस्ताले चित्त वुझाउने वाटो हुन सक्थ्यो किनकी नेपाली आमाको मुहार हसाउँन लागिपर्दा भएको एक क्षति त हुन्थ्यो । विदेशी भूमीमा स्वदेशी रगत र पसिना पोखाउन वाध्य पार्ने यी छुद्र जनावरहरुलाई नलगि निर्दोष मानिसलाई लगेकोमा कालसँग आक्रोसित छु म। अनि शिशिर योगीसँगै गाइरहेको छु विस्वनाथ वराल 'प्रेम' ले लेखेको यो गीत:


"छाडेर काम सारा एक काम रोजिरहेछु,
यो देशमा म एउँटा मानिस खोजि रहेछु"
...............
...............

(स्रोत: [२])


म यस्तो मान्छे खोजिरहेछु, जसले निस्वार्थ देशको लागि काम गरोस, हर्के र काले जस्ताको पसिना देशमै प्रयोग गर्न सकोस। "म त्यही महान मानवको मार्ग खोपिरहेछु, म त्यही मानव खोजिरहेछु। यो देशमा म एउटा मानिस खोजिरहेछु…..'' ।

***
नोट:
क) संयुक्त अरव इमिरेट्को दुबईबाट दोहा जाने क्रममा पानीजहाज दुर्घटनामा ज्यान गुमाउने म्रितात्माहरुको चिर शान्तिको कामना। साथै शोकाकुल परिवारहजनहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस, यही कामना !

ख) दुर्घटनाको प्रसंग पारेर लेखिएको यो लेख एक नितान्त काल्पनिक कथा हो, कसैसंग मेलखाएमा संयोग मात्र हुनेछ।

वधाई: सुवास देवकोटा र विनोद चौधरीलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 2, 2009

भर्खरै वैवाहिक जिवनमा प्रवेश गरेका हाम्रा घनिष्ठ मित्र श्री विनोद चौधरी उर्फ 'थुरीभाइ' लाई धेरै धेरै वधाई एवं शुभकामना। पुल्चोक क्याम्पस सिभिल (२०५८ समूह) र AIT Environment (2008) वाट शिक्षा हासिल गरेका 'थुरीभाइ' भलिवलका भेटरान खेलाडि पनि हुन।


तस्विर: विनोद चौधरीको जोडि


यसै गरी भर्खरै वैवाहिक जिवनमा प्रवेश गर्ने हाम्रा अर्का घनिष्ट मित्र श्री सुवास देवकोटा उर्फ 'चस्मा' लाई पनि हार्दिक वधाई एवं शूभकामना । पुल्चोक क्याम्पस कम्प्युटर (२०५८ समूह) मा अध्यायन गरेका 'चस्मा' एक मेधावी व्यक्तित्व मानिन्छन्।

तस्विर: सुवास देवकोटाको जोडि

जर्मनीमा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 26, 2009

यि शव्दहरु लेखिरहँदा म वर्लिनको एक होस्टलमा छु। यो यस्तो ऐतिहासिक भूमी जहाँ हिटलरले लाखौं जुजहरुको हत्या गरेको ठाँउ हो। दोस्रो विस्वयुद्दको कुरुक्षेत्र नै रै छ यो सहर। धेरै छन् यहाँका अनुभवहरु । आज राति म पेरिसको लागि फ्लाईट लिँदैछु र त्यहाँ पुगे पछि सारा अनुभवहरु लेख्ने नै छु। 

म वर्लिनमा रहेको रात माईकल ज्याक्सन मरेको खवर यहाँ टेलिभिजनले देखाईरहेको छ। त्यसैले मेरो वर्लिन भ्रमण कुन वेला भएको थियो भनेर संझिन पनि सजिलो हुने भएको छ।

लौ वर्लिनवाट विदा

हार्दिक वधाई | Congratulation | Félicitations

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 21, 2009

ठिक १ वर्ष अघि अर्थात २२ मे २००८, वत्तिहरु चम्कीरहेका थिए AIT मा :


तस्विर १: २२ मे २००८ को एक झलक 

दाईदिदीहरुसँग रमाइरहेका थिए भाइवहिनीहरु:


तस्विर २: भाइवहिनीहरुसँग रमाएका दाइदिदीहरु

आज समयले नेटो काटेको छ, २००९ को मे महिना को २१ पनि कटि सकेको छ। तस्विर १ मा देखाएको चक्र घुमेर सत्ता परिवर्तन गरिसकेको छ। हो सत्ता, किनकी सत्तामा मान्छे फेरिन्छन् तर  कुर्सि उहि  पद उहि। हिजो दाइदिदीहरु वसेका थिए ति कुर्सिहरुमा, आज हिजोका भाइवहिनीहरु। उस्तै कुर्सिहरु, उस्तै वातावरण तर फरक समय। 

"दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो" [१] । आज प्यारा भाइवहिनीहरुको Graduation को समय आएको छ । [१] मा भनिए जस्तै  टाई, वुटमा सजिएर गाउन लगाउँदै छाति फुलाउदै हिड्ने दिन आएको छतिनीहरुको। थाईल्याण्डको प्रचन्ड गर्मिको पर्वाह नगरी शिर देखि पुछार ढाक्ने कालो गाउन लगाएर AIT को छहारीमा सैनिकको टुकडि जस्तै देखिने गरि हिड्ने समय आएको छ उनीहरुको । अझ आफन्तहरुको उपस्थितिले सुनमा सुगन्ध थप्न थालिसकेको हुनुपर्दछ। 

"त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुका, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ………………………." [१] ।

यस्तो दु:ख सकाएर आएको यो खुसियालीको उपलक्ष्यमा मेरो धेरै धेरै वधाइ साथै  सफल अनि उज्वल भविस्यको अग्रिम शुभकामना !!

References:

[१] Plulbari Blog. Retrieved on 21 May 2009 from http://phulbari.blogspot.com/2008/06/graduation-day.html 

पेरिसमा भलिवल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 17, 2009

१७ मे २००९

धेरै समय पस्चात भलिवल खेल्ने मौका मिल्यो। AIT मा २००७ मा खेलेको भलिवल पछिको खेल  थियो यो। १६ मे को दिन Complexe Sportif Jean Guimier, Rue Chabrol - Courneuve मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्स (Association des Nepalais et des Personnes d'Origine Nepalaise Residant en France) ले सो प्रतियोगिता आयोजना गरेको थियो।

१ बजे वाट सुरु हुने भएकोले त्यही समयमा पुग्ने गरि हिडेको थिएँ। Stade de France हुँदै RER B La courneue-Auber Villiers मा रोकिए पस्चात २४९ को वस लिएर Station Jean Mermoz-Henri Barbusse मा पुगियो। त्यसपछि निर्मल अर्याल दाइको सहयोगमा हलमा पुगियो।

समयसँगै निकै जना को जमघट भयो। भलिवल खेल्ने टिमको वनाईएको घोषणा पनि भयो।म पनि एउटा टिममा परेछु :)। को कस्तो खेल्छ, केहि थाहा नहुँदै वनेको हाम्रो टिम गजवकै थियो :)।जम्मा ६ टिम वनेका थिए। यसरी हेर्दा ३६ जना त खेलाडि मात्र थिए त्यहाँ। सवैजनाको गन्ति गर्ने हो भने  करिव ८० - ९० जनाको सहभागिता थियो। धेरै समय पछि नेपालीहरु बिच घुलमिल गर्न पाउँदा रमाईलो भै रहेको थियो।

  1. नेपाली एकता समाज टिम
  2. नेपाली फ्रेन्च आर्मी टिम
  3. साउदि अरव आर्मी टिम
  4. Courneuve टिम
  5. हाम्रो वेनामे टिम
  6. अर्को एक टिम

पहिलो खेल हाम्रो टिम र साउदि अरव आर्मी टिम को पर्यो। पहिलो खेल उनिहरुले जिते (15 -17 ),दोस्रो खेल हामीले (१५ - ५ ) र अन्तिम खेल उनीहरुले (१५ - १७ )। खेल नेपाली चलन अनुसार (जुन टिटि काउन्ट जस्तो न भई, १५ मा हुने गर्छ) मा खेलिएको थियो। जे होस हारे पनि निकै गार्हो गरी जितेका थिए जित्ने ले। तेस्रो गेममा हाम्रो ११ हुँदा उनिहरुको ४ थियो, तर हाम्रो दुर्भाग्य, उनिहरुले हराए । नक आउट खेल भएकोले हारसंगै हामी वाहिरीयौ।

दोस्रो गेम नेपाली फ्रेन्च आर्मी (नेपाली जो फ्रेन्च आर्मी हुन) र नेपाली एकता समाज को टिम रहेको थियो। यि दुई टिम विचको खेल अत्यन्त रोचको थियो। यस्तो लाग्थ्यो यो खेल फाईनल खेल हो। मलाई के लाग्छ भने यो दुई मध्ये जस्ले जित्छ उसले उपाधि हात पार्छ। जे होस हेर्नेको लागि पनि यो खेल एकदम रोचक थियो । आर्मीका खेलाडि हरु हेर्दै ज्यान परेका र छरिता थिए भने नेपाली एकता समाजको टिम धेरै पहिले देखी तयारी गरिरहेको तथा राम्रो थियो। गुरूंगहरुको टिम हो यो, कोही भनिरहेका थिए ।

तेस्रो खेल Courneuve टिम र वाँकिरहेको अर्को टिमको थियो । यो खेल रोचक थिएन।  Courneuve टिम, हाम्रो हाराहारीको होला, ले अर्को नाममात्रको टिमलाई १-१५ र ४ -१५ को सोझो खेलमा हराएको थियो।

१७ तारिखमा हुने खेलवाट माथिका तीन विजयि टिम मध्ये एकले उपाधि हात पार्ने छ। खेल हो जे पनि हुन सक्छ, तर नेपाली एकता टिम उपाधिको दावेदार ठानेको छु।

यसरी पेरिसमा पहिलो पाली भलिवल खेलियो। खेलमा हारजित हुन्छ नै, यो एक हारजितको लागि भन्दा पनि नेपालीहरको जमघट एवं एकताको लागी आयोजित खेल थियो।  खेलका केही तस्विरहरु तल छन्:

तस्विर: Courneuve की कोही ठूली मान्छे उद्घाटन गर्दै, साथमा निर्मलदाइ

तस्विर: NRNA

तस्विर: होमनाथ अर्याल र NRNA का अध्यक्ष

तस्विर:  खेलको नियमको जानकारी गराउँदै

तस्विर: नियमलाई ध्यानपुर्वक सुन्दै :)

तस्विर:  हाम्रो Ad Hoc Team

तस्विर:  हामीलाई हराउने साउदी अरव आर्मिका दाईहरु (कोर्टवाहिर)

तस्विर:  नेपाली एकता समाजका खेलाडिहरु (उपाधीका दावेदार, दायाँ)

तस्विर:  नेपाली फ्रेन्च आर्मीको टिम राम्रो खेल वावजुद नेपाली एकता टिमसँग पराजित

तस्विर:  Courneuve को टिम जसलाई हामीले Trial Game मा हराएका थियौं (सर्माजीको टिम)

तस्विर: Courneuve को टिम सँग भिड्दै अर्को टिम

तस्विर: के भयो हँ?

तस्विर: खेलाडि तथा दर्शक

तस्विर: दर्शक महिलाहरु

गीत: पागल वनाईदेउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 15, 2009

१५ मे २००९ | © नोवल

पागल वनाईदेउ
--------------------
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क खोल्न सक्छु॥

म रुन सक्छु त्यतिखेर,
जव वल्छन् मान्छे झैं दाउरा
म कराउन सक्छु त्यतिखेर,
जव वन्छन् लासका खटिया
संभव छ जीउन यसरी,
जव वन्नेछु म पागल
तव मात्र हुन्छ मेरो यो
जलेको मन शीतल॥

भुक्दछन् कुकुरहरु यहाँ
न्यानो खाटमा वसी,
मुठार्छन् जुँगा म्याउँहरु
छत आँगनीमा रमी, 
तर पाउँदैन मान्छे यहाँ,
पेटी रातको शिरानी
पागल वनाईदेउ
मानवता वुझ्न सक्छु,
भरिएको गुजी जालो
मनवाट फाल्न सक्छु॥

म चाहन्न वस्न कसैपनि,
वनी अन्धो आँखा देख्तै,
म चाहन्न वाँच्न कसैगरि,
वनी वैरो कान सुन्दै
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क वक्न सक्छु 
सुनेका सारा कुरा,
निर्धक्क खोल्न सक्छु
पागल वनाईदेउ,
मानवता वुझ्न सक्छु
पागल वनाईदेउ॥

***

यात्रा: भेनिसको संझना

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 1, 2009

भन्छन् "जिन्दगी एक यात्रा" हो। फेरी "जिन्दगी भित्र पनि यात्राहरु" हुन्छन्। त्यसैले "यात्रा भित्र धेरै यात्राहरु"  हुन्छन् तर सवै यात्राहरुको संझना भने हुँदैन। आज कुरा गर्नलागेको यात्रा एक त्यस्तो यात्रा जुन सायदै भुलिएला जिन्दगी भर।

कुरा गत वर्षको हो । हामी ईटाली भ्रमणमा निस्केका थियौं। हुनपनि हामीले ईटालीको सिर देखी पुछार सम्मका चर्चित सहरहरुलाई समेटेका थियौं।  Milan, Rome, Pisa, र Venice  घुमेका थियौ।  

व्यक्तिगत रुपमा  भन्नु पर्दा Rome र Venice जति Milan र Pisa  राम्रो लागेन। हेर्ने नजर आ-आफ्ना हुन नि कसो?। संझिन पनि सजिलो छ Venice घुमेको दिन। अझ त्यो २००७ को अन्तिम रात त विर्षन लायकको छैन। नयाँवर्षको सुरुवात त झन के विर्षनु, ... , संझनाको पोको समयसँगै फूक्दै जानेछ :) । आज भने  भेनिसको संझना स्वरुप यो नोट लेख्दैछु। 

भेनिसको वारेमा, Wikipedia वा अरु कुनै ठाउँमा लामा लामा लेखहरु नै हुन्छन्। सारांसमा भन्नु पर्दा भेनिस एउटा Archipelago हो जुन 18 islands मिलेर बनेको छ (रे)। यो Canal को लागि पनि प्रख्यात छ। त्यहाँ  झन्डै 150 canals छन् (रे) । 

यातायातको कुरा गर्नु पर्दा  Waterbus र Gondola कुरा नगरी रहन सकिन्न। हामीले Gondola भने चढेनौ महँगो थियो क्यारे। पेरिसमा रहँदा Metro (Sub-way) को Map  हेरिन्थ्यो भने त्यहाँ Waterbus को - एक छुट्टै अनुभव थियो हामीहरुलाई। Thailand को जस्तो Sandy Beach भने थिएनन् त्यहाँ वरु समुद्र र क्यानलवाट सिंधै उठेका घरहरु। त्यसैले पनि Venice र थाईल्यान्डका Islands हरुमा प्रिथकता थियो।

Islands का रंगिन घरहरु हेर्दै र पोज पोजमा फोटो खिच्दै दिनभर जलयात्रामा हामी रमायौ। यो ठाउँमा त "यो हिन्दि फ्लिमको सुटिंग भएको, हामी पनि खिच्चौन ....." - साथीहरु भन्दै थिए। साँच्चै नै भेनिस एक रमणिय ठाउँ  रहेछ भन्ने कुरा अनुभववाट थाहा पाईयो।   केही झलकहरु यहाँ राखेको छु।

तस्विर: Grand Canal सायद



तस्विर: पख है, म ईटालीको झन्डा समाउछु

तस्विर: ३ देशमा रहेका ४ जनाको हाम्रो दलवल

तस्विर: Prajwalan र Abha

तस्विर: Islands का रंगिन घरहरु अघाडि तस्विर खिचाउँदै भरत सर

तस्विर: Prajwalan र म

तस्विर: Abha & Bharat

तस्विर: तस्विर आँफै वोल्छ

तस्विर: धेरै पोज मध्येको एक पोज :)

तस्विर: Canal माथिको एक पुल

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

Blog Archive

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors