Spyros को PhD डिफेन्सको दिन थियो, 9 December, 2009 मा। मेरो उमेरको मान्छेले PhD सकाएको, कति छिटो पढ्न सकेको हो। हुन त पढाई मात्रै गर्ने हो र जागिर नगर्ने हो भने, यो उमेरमा सकाउनु नौलो पनि हैन। उ ग्रिक। उसको र मेरो अफिस एउटै। मान्छे मज्जाको, अग्लो।
INRIA-MicroSoft Research Building मा भएको उसको डिफेन्सपछि हामी अफिसमा फर्कियौं। ओहो, फर्किंदा त उसको वुवा, ममी र गलफ्रेन्डले सजाएर, पार्टि पो आयोजना गरेको रहेछ। तिनीहरु सार्है भलाद्मी। वाउ अग्लो Charles Darwin जस्तो अनुहार परेको, सायद दार्हीले तेस्तो देखायो। Physics को प्रोफेसर रहेछ, Athens को। उसको ममिसँग पनि कुरा गरें। अंग्रेजि वोल्ने रैछिन् राम्रैसँग। क्या ज्ञानी मान्छे, कस्तो भलाद्मी, आफ्नै आमासँग कुरा गरेजस्तो लाग्ने। मैले आफ्नै हातले वनाएर ल्याएको छु ग्रिसवाट यो चकलेट- उनी भन्दै थिईन। छोराले PhD सकाएको खुसि उनमा पनि देखिन्थ्यो।
म कल्पिदै थिएँ। म पनि PhD गरौला, मेरी आमा आउलिन् यस्तै गरी। पार्टी गर्लिन। आफ्नै हातले वनाएको नेपाली चिज खुवाउलिन। अनि कुरा गर्लीन मेरा सँगीहरुसँग, अँग्रेजीमा । हा हा हा - कल्पना न हो, गर्न त पाईयो नि। PhD सुरुगर्ने कुन वेला हो, कुन वेला सकाउने हो, अत्तो पत्तो छैन। यता मान्छे कल्पिन भने छोड्दैन :) । सायद यसैमा छ विस्वको प्रगति। कल्पिनु ईच्छा जाहेर गर्नु हो। त्यही अनुरुप काम गरे कल्पना विपनामा परिणत हुन्छ। अनि त्यही वेला संसारले नयाँ चीज पाउँछ। अनि फेरि अर्को कल्पना सुरु हुन्छ अनि फेरि विपना छाउँछ । भलै सवैका सवै कल्पना विपना नै नहोलान् रे, केहिका केहि कल्पना त हुन्छन् नै पक्कै।
उसकी आमा वास्तवमै भलादमी, ज्ञानी आमा। उनले Spyros लाई भन्दै थिईन रे, तेरो साथी निकै भलाद्मी, ज्ञानी रहेछ भनेर :)। उनी मँ सँग कुरा गर्ने क्रममा भन्दै थिइन् - "आमा भनेको आमा नै हुन्छ" । उनले यसो भनि रहँदा मेरो मस्तिष्कमा मेरी आमाले कुनै दिन भनेको उही वाक्य वझ्दै थियो : "आमा भनेको आमा नै हुन्छ"।

simple, sweet and true..