About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कथा: अभागी माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 19, 2009

लेखन मेरो रुचिको विषय हो। मलाई विशेष गरी कथा लेख्न मन पर्छ। लेखेका केही कथाहरु कहिलेकाँहि माईसंसार डटकम मार्फत पाठक सामु पुर्याउने गर्छु। खासमा मा‌ईसंसारमा लेख प्रकासित गर्दा राम्रा र नराम्रा सवै किसिमका प्रतिक्रियाहरु पाईन्छन् जसले लेखनलाई सुधार्न मद्धत गर्दछ। त्यसैले मैले लेखेका हरेक नयाँ लेखहरूमा मेरो प्रस्तुती राम्रो हुँदै गरेको महसुस गर्छु म।
धेरै समयको अन्तराल पछि अभागी माझघरे भन्ने कथा पठाएको थिएँ। खासमा यो कथा मैले ६ महिना अगि लेखेको थिएँ। तर मैले केही समय लेखलाई माझ्ने काम गरें। लेख लेख्नु ठूलो कुरा हैन तर राम्रो लेख लेख्नु भनेको ठुलो कुरा हो। यसकारण मैंले कथालेखे पछि साथिहरुलाई पढ्न लगाएँ र उनीहरुको सुझाव लिएँ। मुक्ताले राम्रो सुझाव दिएकी थिइन्। यस्ता सुझावहरुले गर्दा मैले लेखमा त्रुटिहरु अरु पाठक सामु नपुगि हटाएँ। फलस्वरुप मेरो यो कथामा प्राविधिक त्रुटि पहिलेका लेखहरुको तुलनामा कम छन्।
राजनितिक लेख भन्दा साहित्यक लेख पढ्ने पाठक कम हुनु स्वाभाविक नै हो। लेखमा आएका प्रतिक्रिया हेर्दा सवैले थप यस्तै लेखहरु लेख्न प्रोत्साहन दिएको देखिन्छ। कति दाइ-दिदी, भाई-वैनी, साथी-सङ्गिले च्याट मार्फत पनि प्रतिक्रियाहरु दिएर मलाई हौसाउनु भएको छ। मेरा शुभ-चिन्तकहरुलाई नयाँ लेख पस्किन्छु नै। तर हतार गरेर अर्को पस्कनु भन्दा खारिएको लेख पस्कने मेरो धेय छ। आसा गरौं म नयाँ कथामा नयाँ संदेशका साथ पुन आउनेछु। अन्तमा सवै पाठकहरुलाई धेरै धेरै धन्यवाद !

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors