About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

नरमाईलो 'दशैं २०६४'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 21, 2007

21 Oct. 2007 (Evry,France)
विहानै उठेको छु, आकाशमा अध्यारो नै देखिन्छ ८ बजे पनि। यसो संझे, गतबर्ष म के गर्दै थिए यो समयमा भनेर। ओ हो म त टिका थाप्दै पो थिएँ है। कहाँको त्यो समय कहाँको यो अन्धकारमय विहानी तुलना गर्नै सकिन्न। दुताबासले दशैंको लागि नबोलाएको पनि हैन। तल छ नि जस्ताको तस्तै ईमेल:
-------------------------------------------------------------------------------------------
On the occasion of Dashain, your are invited to a reception hosted by Mr Arun Prasad DHITAL, Chargé d'Affaires a.i. of the Embassy, in the honour of Hon'ble Pradip NEPAL, Minister of Education and Sports of Nepal, on Friday 19th October from 7.00 hrs p.m. at BUDHA restaurant, 9 boulevard du Montparnasse, 75006 Paris.

Embassy of Nepal
Paris
-------------------------------------------------------------------------------------------
अक्टोवर १८ को दिन यसरी ईमेल लेख्नु पर्यो:

We heard that the strike on transportation systems e.g. Train, Metro and Bus in Paris will continue on 19th Oct, too. Since we are on Evry and we don't have private vehicles, we can not attend the program. Therefore, if the news is correct and the program is postponed, please let us know.

With Best Regards,
Nobal
Evry
------------------------------------------------------------------------------------------------
हो नि, Paris मा पनि हड्ताल हुने रै छ। युरोपमा यस्तो होला भन्ने सोचेको पनि थिईन, तर यो चलन त यिनिहरुले पो सिकाएका हुन कि के हो हामीलाई, सबै अरुको चलन पछ्याउने बानि छ हाम्रो तिर। पेन्सन पाउन अझ धेरै समय काम गर्नुपर्ने नियम वनाएकाले हडताल गरेका रै छन् । यिनिहरुलाई दशैंको मुखमा के हडताल गर्नु परेको नि। पापै लाग्ने भो। ए साँच्चि यिनिहरु त दशैं मनाउनन्नि है, म पनि…. । अक्टोबर १८ मा हडताल गरे ठिकै थियो, १९ मा चाँहि किन लम्व्याउन परेको नि। म त पिटिदिन्थें, सक्ने भा। अक्टोबर १९ मा Rugby म्याच थियो फ्रान्सको (Semi-Final), त्यहि भएर हल्का Train चलाए। हामीलाई Risk लिन मन लागेन। जान त जाँउला, तर फर्किन पाईएन भने (राती ९-१० बजे फर्किनु पर्ने हुन्थ्यो)। मरोस् , छोडिदऊ भनेर गैएन। पछि फल थाहा पाईयो, फ्रान्सले हारे छ, Argentina संग। खुच्चिंग भनौ कि जस्तो लागेको थियो, तर सोचें यो १९ त हामी नेपालीको लागि नरमाईलो दिन हो नि । संझनुस् त माघ १९ ? त्यसैले मैले खुच्चिङ्ग भनिन।
२० अक्टोबरमा २००७ मा के भयो?
पढ्नुस सानो अंश, काफि अंश (बिबिसी वाट):-“French trains resume after strike”
सेट, हुनु भयो नि। यो बन्द त हामीलाई पो रै छ। नेपाल बन्द गर्नु पर्ला जस्तो छ, बिरोध स्वरुप।
२१ अक्टोबर २००७ मा के भयो?
हो, आज २१ अक्टोबर २००७, टिका थाप्ने दिन। लेख्दै गर्दा ८: १५ भएको छ बिहानको। ७:३५ ( १२:३५ थाई टाईम) मा संगिता दिदिलाई फोन लगाएको थिएँ। किनभने, यो समयमा गत बर्ष टिका थाप्दै थियौं हामी। यसपाली पनि त्यस्तै होला भनेको, फोनले जहिले पनि घ्यार घ्यार आवाज निकालेको ले सोध्नै पाईन। हुन त म टिका लगाउँदिन थिएँ यो पालि, त्यहाँ भएको भए पनि। तर रमाईलो गुमाईयो।
जाँदा-जाँदै
यो हामीलाई मात्रैको पिडा हैन, साथ दिए फ्रान्सका राष्ट्रप्रति निकोलस साकोर्जिले। लऊ, कसरी राष्ट्रप्रतिले साथ दिए यो दशैंमा ? जान्ने हो? ल पढ्नुस विविसिको हेडलाईन:
“French president and wife divorce” - 18 October 2007
French President Nicolas Sarkozy and his wife of 11 years, Cecilia, have divorced "by mutual consent", according to a statement from the Elysee Palace.

११ बर्ष पछिको दाम्पत्य जीवनमा यसरी टुक्रियो। सकेजति प्रयास गरेका थिए रे नछुट्टिन। छोरा समेत रहेछ। विचरा President, तिम्लाई त्यत्रो पिर पर्यो हामीलाई पनि पिर। फ्रान्समा तिमी पहिरो राष्ट्रप्रति रहेछौ नि जसले राष्ट्रप्रतिकालमा बिछोडको पिडा भोग्नु परेछ। आऊ साटौं दुख:, तर संझिनु न म ह्विस्कि चाँहि खान्ननि। के थाहा, तिमीले रेलमा भएको हडताललाई Headline हुनवाट रोक्नलाई यो समयमा छोडपत्र त गरेको हैनउ? हाम्रा राजनेता भनाउदाहरु जस्ता चतुर त छैनौ होला। मैले यो दशैं राम्रोसंग मनाउन पाईन तिम्रो देशमा। कुनै रौनक छर्न दिएनौ यार। त्यसैले तिमिलाई हल्का सजाय यसरी :

तस्विर(स्रोत: विविसी): President साप, तिम्रो जोडि फुट्यो, साथ छुट्यो। मेरो दशैं छुट्यो, नरमाईलो गरि बित्यो् । आऊ साटौं पिर संगै। कि म नै आउँ तिम्रो अफिसमा? किनकी रेल चलेको छ नि आज भोलि। संझेऊ हैन? म ह्विस्कि खान्न नि- Cheers गरौँला कोकको ग्लासले नै भएपनि।

म गेस गर्न सक्छु प्रेसिडेन्ट, यो तिम्रो पिडा मेरो भन्दा पनि गहिरो छ। त्यसैले मैले फिर्ता लिन्छु यो सजाय। तर बिचार गर्नु, यो देशमा यस्तो हड्ताल नहोस फेरी फेरी। तिम्रो कार्यकाल सफल होस। मेरो दशैं त अर्को पाली पनि आउछ, तर तिम्री Cecilia? अहँ छाटकाट छैन। नरुनु यस्तै हो। तिमी पनि खोज अर्कि कुनै, न्युयोर्कवाली। हिम्मत हार्नु हुन्न नि। लौ त Au revoir.

| edit post

3 comments

  1. Anonymous Says:
  2. Dashain is all about understanding the value of our family, our friends and also our enemies. I believe it that auspicious time when we turn our enemies into friends. Yesterday I had a dashain party, it was wonderful, but I was missing my family a lot. Though my family was not with me, I was quiet happy because I knew I had their love, support and blessing with me. I then figured out Dashain is definitely not about parties and lavish expenses. If I have love, support and wishes of my family with me, then all of my Dashain’s are wonderful, no matter where I am and whether my family is physically with me or not.

     
  3. Yes, Prajawalan. I fully agree with your idea. That is why I could able to phone my parents, family after 3 months in this Dashain and found more love,support and wishes than that I had before... I want to add one sentence in your comment. "Dashain is also a time to make friends and share wishes among seniors/juniors (by their age) without seeing their cast, color and location".
    -----
    Nobal

     
  4. Anonymous Says:
  5. Yea I also support this idea. It is because in our country dashain has not only religious impact but social impact as well. That party we missed in paris was not actually a party for us. It was an apportunity for the strength of nepali community in paris specially for us here in evry. We (Bharat and Nobal) have not met any nepali since we came last september.

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors