About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

गनथन: एक खल्लो दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 11, 2009

December 9 मा मेरो office-mate को PhD Defense को दिन थियो। त्यसैले मनमा एक किसिमको खुसि छाएको थियो। तर office आउनसाथ बिहानै नराम्रो खबर सुन्नुपर्यो। उहाँको बुबाले संसार छोड्नु भएको खबरले मलाई स्तब्ध तुल्यायो। दिनभरि जसो मेरो दिमाखमा त्यही कुरा खेली रह्यो। घरको सबैजना बाहिर रहेको यो अवस्थामा उहाँको बुबाले संसार छोड्दा, बुबा भनेर बोलाइदिने कोइ थियो, न त बुढा भनेर नै। सम्झिन्दै आँङ्ग सिरिङ्ग भएर आउँछ।


जन्मेपछी मर्नु त पर्छ नै। त्यसैले मरणलाई साधारण रुपमा लिइनुपर्ने हो। तर जव आफ्नै मित्र र आफैमा त्यो परिस्थिति आइपुग्छ, अझ अकालमा मृत्यु हुन्छ, स्थिति दर्दनाक भइदिन्छ। जे भए पनि रोएर कराएर नहुने, दैबको लिला न पर्यो। यस दर्दनाक परिस्थितिमा अर्चना दिदी र उहाँको परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस, अनि मृतात्माले शान्ति पाओस, यहि मेरो कामना !
---------------------------------
कान्तिपूरमा प्रकासित तलको समाचारमा केहि कुरा गलत भएपनि दिदिको वुवा वित्नु भएको कुरा गलत हैन। दिक्क लाग्ने समाचार... :(
***
काठमाडौ, २०६६ मंसिर २४ - त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन बाबुराम भट्टराईको बुधवार निधन भएको छ । हृदयाघात भएपछि उपचारार्थ पाटन अस्पताल भर्ना गरिएका उनको विहान निधन भएको हो ।

सहप्राध्यापक चउन्न वषिर्य भट्टराईका दुई छोराछोरी मध्ये छोरा चीनमा एमबीबीएस अध्ययनरत छन् । छोरी सपरिवार अमेरिका बस्दै आएकी छन् । श्रीमती केही दिन अघि नातिनी हेर्न अमेरिका गएकी छन् । परिवारका सदस्य नभएकाले उनको शव पाटन अस्पतालमै राखिएको छ । इन्जिनियरिङ संस्थानले उनको निधनप्रति शोक व्यक्त गरेको छ ।

***

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors