About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

संझना: दशैं - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 29, 2009

फ्रान्स आएको २ बर्ष १ महिना भएपनि दशैं भने ३ ओटा आईसकेछन् । पहिलो दशैं अर्थात दशैं-२००७ मा भरत सर र म मात्र नेपाली थियौं। आएको लगत्तै दशैं परेको हुनाले र यहाँका नेपालीहरुसंगको चिनापरिचय हुन नसकेकोले हाम्रो दशैं केवल एक साधारण दिन जसरी वितेको थियो। मैंले टिका त लगाउनु हुन्थेन त्यो वेला, तर पनि रमझम गर्न पनि पाईएन। त्यो दिन साधारण दिन भएपनि विर्षन नसक्नुको थियो किनकि फ्रान्समा भएको ट्रेनको हड्ताल र निकोलास साकोर्जी (फ्रेन्च प्रेसिडेन्ट) को पारपाचुके कान्डले त्यो समयमा तहल्का मच्चाएको थियो। त्यही हड्तालको कारणले गर्दा हाम्रो नेपालीहरुसंग मिलेर दशैं मनाउने सपना चकनाचुर भएको थियो। यो वेलाको रोचक घटना यहाँ पढ्न सकिन्छ

२००८ को दशैंमा म लगायत २ जना नेपाली भाईहरु (सिद्दार्थ र जगदिस) थियौं। त्यो पालीको दशैं निकै रमाईलो भयो । नेपालीहरुको कार्यक्रममा गएर गित गाएपछि (यहाँ हेर्न सकिन्छ) भने हाम्रो उनीहरुसँगको संवन्ध वढेको थियो। विशेस कुरा त हामीले टिका लगाएका थियौं । यस्तो टिका जहाँ भाईहरुका व्याचका AIT का साथिहरु Adisorn, Sophea र Chan ले पनि टिका लगाएका थिए। निकै रमाईलो भएको थियो।

हिजो २८ सेप्टेम्वर २००९ सोमवार, दशमीको दिन। यहि दिनमा अफिसको एक महत्वपूर्ण काम सकाउनु थियो। फलस्वरुप २६ सेप्टेम्वर शनिवार भएपनि काम गरियो अनि त्यसको वेलुका भाई-वहिनी (शिर्षा र श्रध्दा) वसेको ठाउँमा (Evry) मा गईयो अनि बहिनीहरुले पकाएको डिनरमा खाईयो (धेरै धेरै धन्यवाद) । मेरा पुराना ईन्डियन सँगीहरुको (जानकी र रमिया) हरुसँग साटासाट गरेर खाएको डिनरले साँच्चै नै दशैंको भोजको तिर्सना केही हद सम्म भएपनि मेटेको थियो । २७ सेप्टेम्वरमा रविन्द्र दाई (Evry मा नेपाली रेस्टुरेन्ट चलाउने दाई) हरुको मा हामी पाँच जना नै गएका थियौ। रविन्द्र दाई, सपना भाउजु, कमल दाई, मुना दिदीलगायतकाहरुसँग रमाईयो। पुराना, नयाँ, नेपाली, हिन्दी गीत गायौं। वहिनीहरुले पनि डान्स गरेका थिए।

हिजो दशमिको दिन विहान ८ वजे सम्ममा हामीले टिका लगाईसकेका थियौं। खासमा नेपालको साईत समय पनि त्यही विचमा पर्दछ । साईतमा पार्न नभइ मलाई हतार भएका कारण यो संजोग परेको थियो। भाइहरु U3 मा वस्ने भएकोले बहिनीहरु पनि त्यतै आए। म त सव से ठूलो मान्छे परेछु। सवलाई टिका लगाईदिएँ। निकै रमाईलो महसुस भयो। समग्रमा यो दशैं पनि रमाईलो नै भयो। हामी ५ नेपाली वाहेक Namal, Fon, Adisorn पनि सामेल भएका थिए। यसरि यो दशैंपनि अन्तराष्टि्य दशैं वन्न पुग्यो । मलाई थाहा छ, अर्को वर्षको दशै निकै भिन्नै किसिमको हुने छ किनकि हामीको को कहाँ पुगेका हुनेछौ। जे होस व्यस्तताका वावजुद पनि यो पालीको दशैं रमाईलो नै गरि मनाईयो। फेरी पनि सवैजनालाई विजया दशमीको हार्दिक शुभ-कामना । अहिलेलाई भने दशैं-२००९ का केही झलकहरु:

तस्विर: टिका लगाएर पछि प्रसाद खान जाने क्रममा :)

तस्विर: माईलो, कान्छो र जेठो

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors