About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

विचार: सम्मान

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 5, 2009

चौरमा चुरोटको धुवाँ उडाउँदै छ, कोहि। टाढा परेर हो वा चस्माको पावर घटेर, नजिकै नपुगी ठम्याउन गार्है पर्ने। उसले टाढा हुँदै हात उठायो, मैले नि उठाएँ। नजिकिंदै जाँदा अनुहार प्रस्टिदै गयो। ए, उ पो रहेछ। कपाल फुल्दै गरेको वुढो, एक महान व्यक्तित्व।

"हाम्रो अफिसमा तिमी पहिलो नेपाली"-वर्ष दिन अघि उसले भनेको उसको कुरा हो यो। समयक्रममा वुझियो कि उ निकै सफल व्यक्तित्व रहेछ। उ रानी माहुरी जस्तो, प्राय: मान्छेहरुले घेरिने। मन्त्रीहरु वा प्रधानमन्त्री जस्तो। वरु प्रधानमन्त्री र मन्त्रीको पदावधी सकिएपछी झुन्ड घट्ला तर यो अनुसन्धानकर्ता, प्रोफेसरको कुनै घट्ने संभावना छैन।

"वोजुँ" -मैले टाढैवाट वोलें।
"वोँजुँ । के छ तिम्रो खवर" - नजिकिँदै जाँदा उसले सोध्यो।
"ठिकै छ, तपाईको के छ, 'सर' ?"
"ठिकै छ। प्लिज मलाइ 'सर' नभन। मेरो नाम लिएर वोलाउ।"
"तर मलाई भन्न आउँछ, मेरो समाजमा यस्तै चलन छ।"
"हो म बुझ्छु, तर तिमी तिम्रो समाजमा छैनौ अहिले।"
"ओ के"-म केहिवेर नाजवाफ रहन्छु।

वस, कुरा साधारण नै हो, तर वुझ्ने हो भने गहिरो। हाम्रो समाजमा ठूलावढा र गुरुलाई देवता समान मान्नुपर्छ भन्ने चलन छ। हुनपनि जसले ज्ञानगुणका कुरा सिकाउँछ, उसलाई सम्मान दिनु पर्ने नै हो। आफू गुरुहुँदा विध्यार्थीवर्गवाट सम्मान पाउनुपर्छ भन्ने म र मेरा साथीहरु विचमा भएका छलफल एकातर्फ झल्झली याद आउँछ। यदि कोही विध्यार्थीले गुरुको नाम लिएर संवोधन गर्ने हो भने हाम्रो समाजमा अपमानित भएको महसुस गरिन्छ। गुरु, सर जस्ता आदरार्थी शव्द प्रयोग नगर्नु हेला गर्नु सरह हुन्छ। जस्तै "भरत सर मैले यो कुरा वुझीन" भन्नुको सट्टा "भरत मैले यो कुरा वुझिन" भन्दा हामीलाई एकदम अफ्ठेरो महसुस पक्कै हुन्छ। तर यो समाज निकै फरक समाज। त्यस्ता शव्दहरुको प्रयोगलाई सहज ठान्दैन ।

गुरु वर्ग र विध्यार्थी विचको खाडल हाम्रो समाजमा निकै धेरै छ यताको तुलनामा। गुरुले भनको मानेन भने वा कुरा काट्यो भने हाम्रो समाजले राम्रो मान्दैन। प्रोफेसरले भनेको कुरालाई काट्न नखोज्ने चलन छ हाम्रो समाजमा। तर यो समाज त्यस्तो छैन। विध्यार्थी र प्रोफेसर विचमा साथी जस्तो सम्वन्ध देखिन्छ। प्रोफेसरसँग कुरा गर्दा आफ्नो साथिसँग कुरा गरे जस्तो महसुस हुन्छ। यसले गर्दा मनमा लागेका सवैकुरा भन्ने सहज वातावरणको निर्माण हुन्छ। नत्र प्रोफेसर रिसाउने हो कि भन्ने भावना मनमै रहन्छ जस्ले गर्दा छलफल पछिपन विध्यार्थिमा संतुष्ठी हुन्न किनकी उसका मनका कुरा मनमै रहन्छन्। के थाहा ति मनमै रहेका कुरा राम्रा पनि त हुन सक्छन् नि। अर्को तर्फ प्रोफेसरले हाफ-पाईन्टमा आएर पढाउने यो ठाउँको चलन हाम्रो समाजले पचाउँदैन। प्रोफेसर भन्ने वित्तिकै टाई लगाएको, गम्भिर, किताव वोकेर हिड्ने :) आदि गुणले भरिभराउ भएको मान्छेको कल्पना मेरो मस्तिष्कवाट हट्दै गएको छ।

भन्न खोजेको कुरा गुरुलाई सम्मान गर्न छोडौं, हाफ-पाईन्ट लाएर पढाउन जाउँ भन्ने कदापी हैन :)। हाम्रो समाजको सम्मान दिने चलन निकै राम्रो हो, अरुले जे भने पनि। तर सम्मानले गर्दा बन्ने गुरु र चेला विचको खाडलले आपसी छलफललाई असर गरिनुहुन्न। गुरुले भनेको सवै ठिक भनेर चुपलाग्ने हाम्रो समाजको चलन चाँही पक्कै नै हटाउनु पर्छ।गुरुवर्गले पनि यो कुरा बुझ्नु पर्छ कि कुनै विध्यार्थिले तेरो कुरा ठिक लाग्दैन भन्दा कान रातो पार्नु पक्कै हुन्न वरु छलफल गर्ने राम्रो अवसरको रुपमा लिनुपर्छ। अनि, पदमा पुग्ने वित्तिकै, राम्रो ड्रेस लाउने वित्तिकै सम्मान पाउनुपर्छ, दिईनुपर्छ भन्ने मानसिकता हटाई र ज्ञान र देनको आधारमा दिने वानी वसाल्न जान्नुपर्छ। त्यसकारण "कोही व्यक्ति मन्त्रिपदमा पुग्ने वित्तिकै उसलाई सम्माननिय, माननिय भन्न छोडौं भन्ने नेपाल एफ एमको विज्ञापन एकदम सहि छ" किनभने हामीले देखिसकेका छौ कि मन्त्रिहरु कति तल्लोस्तरको क्रियाकलाप गर्न सक्छन भन्नेकुरा । त्यसैले सम्मान पद र पोसाकले गर्दा हैन, वरु ज्ञान र देनको आधारमा दिने वानी वसालौ।

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors