09/09/2007,
INT, Evry, France
INT, Evry, France
Juniors लाई स्वागत गरेको दिन (5th September, 2007) करीव २१:१५ बजे म ICT-TC Department वाट मेरो कोठा फर्कें (कार्यक्रम छोडेर) किनकी मैले सामान प्याकिंग गर्न बाँकि नै थियो। Student Exchange Program for Dual Degree अन्तर्गत हामी ६ जना: Nobal (Nepal, ICT), Bharat (Nepal, ICT), Linn (Myamar, ICT), Sivasothy (Srilanka, ICT), Vijayalan (Srilanka, ICT), Tayyab( Pakistan, TC) INT, Evry France को लागी Select भएका थियौं। तर Tayyab को Visa आईनसकेकोले हामी ५ जना मात्र जाँदै थियौं।
मेरा AIT मा छोड्ने सामानहरु संगिता दिदीकोमा राख्नु थियो। ललिता, मुक्ता र संगिता Welcome सकिएपछी करिव २२:३० बजे आउनुभयो। यतिकैमा सलोनी र भिष्नु-दाई पनि आउनु भयो। वास्तवमा भिष्नु-दाईको पुरानो कोठा थियो म बसेको जहाँ उहाँले करिव १ बर्ष बिताउनु भयेको थियो। मैले यो भन्नुमा केही दम छ। F-38 को ढोका अलिक सारो छ, भिष्नुदाईले सजिलै संग खोल्नु भयो, अरु भएको भए छऊ भनेर वोलाउँथे। संगिता दिदीहरुले मेरा AIT मा छोड्ने सामानहरु लैजानु भयो। मेरो AIT को F-38 कोठा अब खालि सरह भयो किनभने Luggage मात्र थियो। यस्तो लाग्थ्यो म भर्खर AIT आएको छु।
दिदीहरु (सुनज, उर्मिला, अनुभुति, प्रतिक, विष्णु, प्रिना) भरत सरकोमा हुनु हुन्थ्यो। म पनि गएँ। कुराकानी भयो। फर्किदा करिव ०:०० भएको थियो क्यारे। प्रिना र म चाँही निस्कियौं किनकी हाम्रो Dorm नजिकै थियो। जुनियर्सहरु (सुजाता,सपना,क्रिति) हरु रहेछन्, 108 पसलमा। Thu, Myanmar को साथी, पनि रै छ। जुसहरु खाईयो, गफ गरियो। करिव १ बजेको थियो क्यारे छुट्टिदा। मलाई एक्कासि संजिल दाइको याद आयो। प्रिनाले फोन लगाइ। दाई अफिसमै हुनु हुदो रैछ यति राति पनि। “म आउदैछु त्यतै”, संजिलदाईले भन्नुभयो। केही छिनमै सुनज, भरत, उर्मिला दिदी अनि विष्नु आइपुगे। गफगाफ गरेर छुट्टिदा झन्डै बिहानको २ बजेको थियो होला। चार वजे हिड्नु पर्ने , नसुति बिताउँ रात कि जस्तो लाग्यो तर १ घन्टा जति सुते पनि केही लाभ होला भनेर मा सुतें।
बिहानको ३:२० मा घडि करायो, म उठें। बाँकि सामान प्याक गरें। संगिता दिदीले फोन गर्नु भएको थियो करीब बिहानको ३:३० तिर। सुनज र प्रतिक-दाई सामान गाडिसम्म पुर्याउन मेरो कोठामा आउनुभयो। म १०८ पसलको अघि पुग्दा सबै साथीहरु आईसकेका रैछन्। दिदीहरु, निपेन्द्र पनि रैछन्। बिहानको ४:१० मा AIT को गाडि गुड्य Suvarnabhumi Airport को लागी। छुटिनु पर्दा सारै नरमाईलो लाग्यो।

1. Suvarnabhumi -to- Abu Dhabi
6th September, 2007 को दिन Suvarnabhumi Airport मा
हामी AIT का एउटै क्लासका साथिहरु
हामी AIT का एउटै क्लासका साथिहरु
फोटोमा ५ जना साथिहरु देखिन्छौ। वास्तवमा जम्मा ६ जनाले Scholarship पाएका थियौ। तर पाकिस्तानी साथी (Tayyab) को Visa समयमा नआएकोले हामी ५ जना मात्र आयौं त्यो दिन। Tayyab Telecom को Student हो। यसरी हेर्दा हामी ICT का साथीहरु मात्र छौ यो तस्बिरमा।
केही समय पछिको पर्खाईपछी हामी Etihad Airline, United Arab Emirates (UAE) को राष्ट्रिय ध्वजावहक प्लेन, चढेर हामी Abu Dhabi तर्फ उड्यौ। प्लेनमा धेरै सुबिधा रैछन् जस्तै फोन गर्न, इन्टरनेट चलाउन, हरेक सिटमा भिडियो हेर्न पाईने आदि-आदि। प्लेनमा 9 सिट रैछन्,निकै ठुलो। करीव ६ घण्टा लाग्ने रहेछ, Abu Dhabi पुग्न। म करीब ३ घण्टा निदाएँ होला।

पछिल्लो सिटमा भरत र लिन, अघिल्लोमा म र सोत्ति
(Suvarnabhumi-to- Abu Dhabi), 6th September, 2007
(Suvarnabhumi-to- Abu Dhabi), 6th September, 2007
आकाशवाट हेरेको आधारमा भन्नु पर्दा Abu Dhabi मरुभुमि जस्तो देखिने। म संझन्छु..धेरै नेपालीहरु काम गर्न आउछन् यहाँ। कसरी काम गर्छन् होला, मैले ईराकमा मरेका नेपाली सँझे, ..। तलको चित्रले बोल्छन् मेरा कुरा।
Abu Dhabi प्लेनवाट। समथर रहेछ, समुद्र नजिकै भएपनि धप-धप बलेको जस्तो देखेँ।
6th September, 2007
Abu Dhabi Airport मा फोटो खिचाउँदै।बायाँबाट लिन, सोत्ति र म।
6th September, 2007
6th September, 2007
करिब २ घन्टाको Transit थियो Abu Dhabi मा। Abu Dhabi को Airport निकै सानो रै छ। सायद Suvarnabhumi Airport देखेर होला यो सानोलागेको। सानो भएपनि नौलो लाग्यो मलाई। किनभने यो Airport Football को जस्तो Pattern मा रैछ। माथीको चित्रमा देखिन्छ नि हैन Hexagon. Abu Dhabi Airport मा Free Internet रै छ। हामीले करिव १० मिनेट चलाउन पायौं। ललिता, ऋचा संग च्याट गरें त्यो समयमा। रमाईलो लाग्यो, ईन्टरनेट चलाउँदा। सार्है भोक लाग्यो, Airport मा। खाना हेर्यौ अनि पैसा पनि। पैसा साट्ने ठाउँमा गएर डलरमा हेरेको त सार्है महँगो रै छ। भरत सरले दालमोठ निकाल्नु भयो। खाईयो। तर….सार्है पिरो। पानी त खानु नै पर्यो। Linn पानी किन्न गयो, किनकी ऊ संग खुद्रा डलर रैछ। पानी ल्यायो। पैसा कति थाहा छ?...अम्..१ डलर, जसलाई १० भाट पर्छ थाईल्याण्डमा। पिरो मेटाउन अली-अली मात्र खायौं,घाटी भिजायौं।
२. Abu Dhabi –to-Paris
Etihad Airlines कै प्लेन चढीयो यो पाली पनि। यो प्लेन अलि सानो रैछ पहिलेको भन्दा, जम्मा सिटहरु ७ Rows भएको तर Video Screen निकै राम्रो Quality को। Air hostess (परिचारीका) ले सुरुमै हामीहरुलाई हँसाई। निकै रोमान्टिक रैछन् सबै। थाइल्यान्डवाट उडेको प्लेन भन्दा निकै कम मान्छे। सिटहरु पनि निकै खाली। मुख्यकुरा के भने Air hostess हरु सवैजस्तो खैरे, एउटिलाई सोत्तिले सोधिहाल्यो, Australian रै छे। धेरै Response गर्ने। मागेको कुरा (खानेकुरा, कपडा) तुरुन्तै ल्याईदिने। थाइल्यान्डबाट आएको प्लेनका परिचारीकाले तेत्ति राम्रो Response नगरेको Feeling केटाहरुले बताए।
करीब ६ घण्टा पछी हामी Charles de Gulle Airport, Paris मा पुग्यौं। फोटो क्लिक् क्लिक्…
करीब ६ घण्टा पछी हामी Charles de Gulle Airport, Paris मा पुग्यौं। फोटो क्लिक् क्लिक्…
Charles de Gulle Airport मा हामी फोटो खिचाउँदै
वायाँबाट क्रमश: Thirapon, Vijaya, Sothy, Bharat, Nobal
6th September, 2007
Charles de Gulle Airport,Paris बाहिर हामी फोटि खिचाउँदै
बाँयावाट क्रमश: Sothy, Linn, Thirapon, Nobal
6th September, 2007
बाँयावाट क्रमश: Sothy, Linn, Thirapon, Nobal
6th September, 2007
रमाईलो कुरा सुनाउँ। जव हामी Charles de Gulle Airport, Paris को वाहिर निस्कयौं, भरत सर ले Centre National des Euvres Universitaires et Scholaires ( CNOUS ) को झन्डालिएर बसेकी आइमाईलाई बोन्जु (शुभदिन फ्रेन्चमा) भन्नुभयो, किनकी हामीलाई लिन CNOUS को मान्छे आउँछ भनिएको थियो। त्यसपछी त्यो आईमाईले भरतसरसँग कुरा गर्न थाली। म पनि कुरा सुन्न गएँ। ओ, त्यसले त फे्न्चमा पो कुरा गरेकी रैछ। भरत सर अलमल्ल पो परिराख्नु भएको रै छ। सायद भरतसरले बोन्जु भनेकोले उसले फ्रेन्च बोल्न थालेकी हो। मैले “ज पाख्ले अ पु फँसे” भनेपछी मात्र बल्ल अँग्रजि बोल्न थाली। थोरै जान्नुनि कहिले काँही …खै के उखान छ नि, मैंले त्यही सम्झें। बाहिर जाडो भयो त्यही भएर हामी भ्यानमा चढ्यौ । थाईल्याण्डमा वाहिर गर्मी, Taxi भित्र चिसो हुन्छ। यो नै पहिलो फरक पायौं, हामीले। Management का Student हरू अर्कै भ्यानमा चडे किनकी तिनिहरुको कलेज छुट्टै थियो,हामीहरु छुट्टियौं। भ्यान Institute National des Telecommunication (INT) तिर जाँदै थियो मैले एक प्रश्न सोधें Linn लाई: हामी करीव १२ घण्टा उड्यौं तर पनि जहिल्यै उज्यालोमात्र देख्यौं, किन? उसले उत्तर दिन सकेन, मैले पनि उत्तर दिईन, सोच्नलाई भनें।
यसरी हाम्रो यात्रा सकियो। नयाँ ठाउँमा आइएको छ, नयाँ अनुभव पाईएको छ। यो तर्फहेर्ने हो भने रमाईलो लाग्छ। तर साथी-सँगीलाई छोडेर आउँदा नरमाईलो लागेको छ। यात्राको क्रममा चौतारीमा भेटेका मान्छेलाई छोड्नु परे जस्तै मैले घनिष्ट मित्रहरुलाई छोडेर आएको छु, मेरो नयाँकोठामा गीत वजिरहेको छ: “यात्रा रहेछ जीन्दगी….”. साच्चिकै म यात्री……...।
1. Click here or go to https://www.blogger.com/language.g
2. Select English
3. Save Setting by clicking Save Button, then go to the post and try to comment again.
If you are getting problem again, please inform me
0 comments