28 June, 2009 दिन विशेष थियो किनकी Pique-Nique मा जानु थियो। Picnic र वनभोजको अनुभव वटुलेको भए पनि Pique-Nique को भने अनुभव थिएन। अर्थात, पहिलो पल्ट French Pique-Nique (En: Picnic) जानु थियो, त्यो पनि पेरिसमा भएका नेपालीहरुसँग। उसो त 2008 यो यही समयमा पनि Pique-Nique आयोजना गरिएको रहेछ, तर चिनजानको अभावमा सामेल हुन पाइएको थिएन। जर्मनी भ्रमणवाट फर्केको १ दिन पछि यो पिकनिक भएपनि जोस भने वाँकि नै थियो। मेरा प्यारा भाइहरु (माईलो र कान्छो) ले नजाने निर्णय गरे पस्चात केही अप्ठेरो महसुस त भएकै थियो, तर केही चिनजानका साथीहरु जाने भएको कारणले रमाईलो हुने आशामा मैले सामेल हुने निर्णय गरेको थिएँ।
NRNA-NCC France को आयोजीत यो पिकनिकमा जानेको संख्या मैले अनुमान गरे भन्दा निकै धेरै थियो। पहिले लाग्थ्यो पेरिसमा नेपालीहरु कमै छन्। यो पटक त्यो संख्यामा उपस्थित नेपालीहरु देखे पछि त्यो सोचाई भ्रममा परिणत भयो। हो, ११० जनाको नेपाली टोली २ वटा रिजर्भ गरेको वसमा हुँईकिएका थियौं Honfleur को 'बिच' (En: Beach) तिर । Honfleur पेरिसवाट सवसे नजिक पर्ने समुन्द्र भएको ठाउँ हो। यो समुन्द्रले France र UK लाई छुट्याउँछ। यसलाई English Channel भनेर समेत चिनिन्छ । यो Normandi को एकदम नजिक छ।
तस्विर: Pique-Nique स्थल
रमाईलोको कुरै नगरौं। वसमा भएको दोहोरी त उत्क्रिष्ट नै थियो। मेरो अनुभवमा यो नै सवसे लामो दोहोरी कार्यक्रम थियो। म केहि क्षणमा दोहोरीका अंशहरु राख्ने नै छु। वसको ड्राईभर नजिकैको माईकले पनि निकै ठूलो सहयोग गर्यो मान्छेहरु र तिनीहरुको कलाको पहिचानमा किनकी हाम्रो वसको हरेक ब्यक्तिले आफ्नो परिचयको साथमा आफूमा भएको कला प्रस्तुत गर्नुपर्ने वाध्यात्मक परिस्थिति थियो। "कला भए प्रस्तुत गर्ने नभए पनि प्रस्तुत गर्ने " - निर्मलदाइले हसाउँदै हुनुहुन्थ्यो। यसै क्रममा हो नि नारायण भाइले पस्चिमे गित गाएका। जसको वोल "तिम्रो नासो फिर्ता लिन आउ" भन्ने थियो जसको भाका मन पर्यो :)। यो गित तलको भिडियो मा पनि सुन्न सकिन्छ। मेरो कला त के नै थियो र :)। एउटा फेसवुकमा पढेको जोक सुनाएको थिएँ, हा हा हा । तर फर्कने क्रममा मोवाईल फोनमा रहेका रेकर्डेड कथा र कविता सुनाएर स्रोतागणलाई केहि बेर भएपनि मनोरंजन प्रदान गरेको थिएँ :-P।
दुवै वसमा दोहोरी खेलिएको थियो। अर्को वसको अनुभव त मसँग छैन, तर म चढेको वसमा भने निकै रमाईलो थियो। सायद त्यो हल्ला फैलिएछ क्यारे, पिकनिक सकेर फर्किदा अर्को वसमा रहेका चर्चित दोहोरी गायक राजेन्द्र लम्सालले पनि हाम्रो वसको सिट लिएर वसेका थिए। उनलाई लिन अर्को वसका मान्छे आएका थिए तर उनले यो वस छोडेनन् । त्यै भएर पनि फर्किने क्रममा निकै नै मज्जा आएको थियो।
भिडियो: मेरो क्यामेराले कैद गरेका दोहोरीका अंशहरु

तस्विर: वसवाट जाँदा वाटोका देखिएका मकैका विरुवा

तस्विर: लामो वाटो भएकोले विसौनीमा नास्ता खाँदै

तस्विर: विचको एक द्रिष्य

तस्विर: Beach को एक द्रिष्य

तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु

तस्विर: Beach को अर्को पट्टिको सुन्दर जंगल

तस्विर: मेरा दौंतरीहरु Beach को लामो हिडाई पछि थकाई मार्दै

तस्विर: म
पिकनिक स्थल टाढा भएकोले वाटोमा केहीवेर विसाएर ब्रेकफास्ट खाईयो । केही तस्विरहरु पनि खिचियो । पिकनिक स्थलमा पुगेपछि लन्च खाएर Beach तिर लागियो। वालुवाको Beach थियो तर पानी भने त्यति सफा थिएन। म भने डुवुल्कीमार्ने सुरमा थिएन। तर कति नेपाली साथीहरुको त पहिलो पटक समुद्र देखेको अवसर परेको रहेछ, निकै रमाउनु भएको थियो। हामी केही साथीहरु भने Beach मा गफगाफ गर्दै निकै टाढा सम्म पुगेका थियौ। गजवको कुरा त के भने, पहेलो लुगालगाउने साथिहरुलाई त्यहाँका किराहरुले आक्रमण गरेका थिए, सायद फूल सम्झेर होला । रातो टिसर्ट एक हिसावले फाईदा जनक नै भएको थियो ।
अहिलेलाई भने पिकनिकका केही तस्विरहरु राख्दै छु:
तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु
यसरी, पेरिस सहरमा रहेका नेपालीहरुसँग रहेर Pique-Nique को मज्जा पनि लिईयो । दिनभर एक शव्द पनि फ्रेन्च वोल्नु परेन। नेपालीहरुसँगको उक्त रमाईलोले म विदेशमा हैन वरु नेपालको कुनै ठाउँमा छु भन्ने महसुस गराएको थियो। मेरा लागि Beach महत्वपूर्ण थिएन किनकी मैंले Thailand र Venice का सुन्दर Beach हरुसंग लुकामारी खेलिसकेको थिएँ। महत्वपूर्ण थियो त नेपालीहरुसँगको चिनजान अनि भलाकुसारी- जुन यो Pique-Nique ले पुरा गरिदियो । अलि खट्किएको कुरा के भने, सायद हामीले वसमा धेरै समय विताएर पिकनिक स्थलमा कम समय दियौं कि। जे होस आयोजकलाई धेरै धेरै धन्यवाद, आउँने वर्षमा यस्ता कमजोरीहरु सुधार्ने जानुहोस भन्ने सुझाव समेत दिन चाहन्छु ।
ramailo lagyo padhera...