२००९ को अन्तिम दिन (Dec 31, 2009) काभ्रेपलान्चोक जिल्ला, ठोकर्पा गाविसको शिद्दार्थ भन्डारी प्यारिसवाट क्यानाडा प्रस्थान गर्यो। चिनजान पुल्चोक पढ्दा देखिको भएपनि AIT गएदेखि घनिष्ठता वढेको थियो। उसमाथि Telecom SudParis, France मा आएदेखि मित्रता झाँगियो।२००८ सालको सेप्टेम्वर देखि २००९ सालको डिसेम्वर सम्मको France वसाईमा निकै हाँसियो, खेलियो अनि दू:ख सु:खका कुरा गरियो। उस्तै उस्तै ईतिहास भएकोले पनि होला हाम्रो धेरैकुराहरुमा समानता थियो। धेरै के भनौं उ एक हँसिलो मान्छे, रमाईलो मान्छे, सवैसँग मिल्नसक्ने सोझो मान्छे।
विदाईका केही झलकहरु:

तस्विर: Farewell Party to Siddu, Telecom SudParis, Evry, FR
(Sirsha, Sraddha, Muhamed, Nobal, Jagadish, Kamal Dai, Namal, Adisorn, Joy
Sengly, Ramya, Siva, SIDDU, Srigit, Fon)
तस्विर: म, सिद्दु र कमलदाइ (घुम्ने क्रममा पहिलो पल्ट पेरिस आउँदा)
अर्को पल्ट कुन वेला यसरी खुवाउन पाउने होला तिमीलाई ?
तस्विर: जेठो, कान्छो र माईलो
@Telecom SudParis, Evry, France
तस्विर: Bon voyage, Siddu.
@Charles de Gaulle Airport, Paris, FR
तस्विर: Bon voyage, Siddu.
@Charles de Gaulle Airport, Paris, FR
यसरी उ हामीलाई छोडेर PhD गर्न Montreal, Canada हिड्यो। नयाँ वर्षमा नयाँ ठाउँमा नयाँ कामको सुरुवात गर्न गएको छ। उसको सफलताको कामना सहित अरुणा लामाले गाएको यो गितका केही शव्द उसलाई: "भेटिनु छुटिनु त के हो र, जीवनको रीत हो; नसम्झ तिमी यो मेरो, विदाको गीत हो"





हो दाई
सिद्दु हिड्यो
एउटा रिक्तता छ
उसलाई सफलताको सुभकामना
we will always miss him