सदा झैं १३ जनवरी २०१० को ९ बजे म कोठावाट निस्केर अफिस हिडेको थिएँ। हप्तादिन अगि परेको हिउँ अझपनि विलिनसकेको हुनाले वाटोमा हिड्न पनि मुस्किल भैरहेको थियो। चिप्लिइएला भनेर म वाटोमा ख्यालगरेर हिड्दै थिएँ।
१ मिनेट पनि भएको थिएन कोठावाट हिडेको। एक्कासी मेरो ध्यान कुनै फ्रेन्च आवाजले खिच्यो। तिर आउँदै गरेको मान्छेले केही ठूलो स्वरमा मलाई केही भन्दै थियो। जव हामीहरु नजिकियौं उसले फेरी केही वोल्यो। मैले वुझ्न नसकेकोले 'पाखदों' भने। उसले मुक्का पो तेर्सायो ! एक्कासी आएको झिंगा धपाउन हात आँफै चलेजस्तै मेरा हात उसको मुक्कासँग प्रतिकार गर्ने आफसेआफ अघिसरे। उसको साधारण मुक्का प्रहार मेरो हातले मात्र हल्का अनुभव गर्न पायो। म वाटोमा सरासर अगि वढें, उ उसको वाटो लाग्यो।
हाँस उठ्यो। वच्चालाई 'पा' गरेजस्तो मुक्का। हा हा हा। तर जति जति म हिड्दै गएँ उति-उति मेरो हाँसो विलाउँदै गयो। मनमा धेरै कुराहरु खेले। उसले साँच्ची गतिलो मुक्का हानेको भए म के गर्थे ? आखिरि किन उसले मुक्का हानेको ? उसले के भनेको थियो होला ? के उ वौलाएको हो ? के फेरि वेलुका पनि मेरो जम्काभेट हुन्छ ? यदि मैले मुक्का खाएको थिएँ भने म के भन्थे होला ? ऐया आमा, मलाई गुन्डाले तेत्तिकै हिर्कायो ? गुहार, मलाई कुट्यो? अहँ कसैले सुन्थेन। मेरो भाषा यहाँ के वुझ्नु। फ्रेन्चमा ? अहँ म सक्दिन कसरि भन्ने यस्ता कुरा। अङ्ग्रेजीमा ? भन्थे हुँला तर यहाँ जो तेहीले वुझ्दैनन्। त्यसैले मुक्का हानेको नै भए सहारा पाउन गार्है थियो जवसम्म पुलिस वा अरु मान्छेले आएर वचाउथ्यो। धत् कस्तो अवस्था ! जति-जति अफिसतिर लम्किरहें उति उति ममा डरको भावना जाग्यो।
२ दिनपछि आज अफिसवाट फर्किदा उही मान्छेलाई ट्रेन स्टेसनमा यता उता हल्लिरहेको देखें। त्यो मान्छेको दिमाख खुस्किएको रै छ जस्तो लागेको छ। आशागरौं भविस्यमा मेरो हातको विदेशी मुक्का उसले र उसको हातको विदेशी मुक्का मैले खान नपरोस !
0 comments