हरिदेवी कोईरालाको यो गीत मलाई मनपर्छ । गितको भाका अनि मादलुको ताल निक्कै राम्रो छ ।
Lyrics:
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
वाँसुरी वाजा हरिषचन्द्रराजा, तप गर्थे सीताको
कैलेमा पनि नैनपुग्ने रैछ, यो मनले चिताको
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
वेसीमा फूल्यो यो लालुपाते, लेकैमा फूल्यो टुनी
रुँदामा रुँदा वितन लाग्यो, एकुन वारको जुनी
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
औसीमा हुने अँधेरी रात, पूर्णिमा झलमल
जुरुक्कै उठी जाउँ भने काँजाउँ, म पर्यो अलमल
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
उर्लदै आयो चेपेर मादी, हेरन मर्स्यांग्दी
संधैको मलाई रुनको रुन, पिरपर्यो मनमा ज्यादी
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
फनक्कै घुम्यो नर्सिंगे वाजा, तालदिने ढोलाकी,
यो छाती भित्र दन्केको आगो, एतिकै होला कि
{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२
- समाप्त -
0 comments