About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

के सन्देश वोकि ल्यायौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 16, 2010

मलाई मन पर्ने अर्को एक गित: के सन्देश वोकि ल्यायौ, हे वादल, आकाश छोपी । लाहुरेको भूमिकामा रहेर कुमार सानुले गाएका छन यो गित। एक लाहुरेले घरमा के भईरहेको होला भनेर कल्पना गर्दै गाएको गित हो यो। आफू लाहुरे नभएपनि कथाहरु, ब्यथाहरु मिल्छन्। शव्दहरु, संगित र स्वर निकै राम्रा छन्।

YouTube भिडियो यहाँ:



Lyrics:
----------------
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

फर्फराउँछ आँखा आज, चर्चराउँछ छाती
माया मार्यो लाहुरेले भन्दा होलान् साथी
हो हो हो हो हो हो हो हो हो
गुराँसको थुँगा जस्ति मेरी मनकी रानी
रुँदैछिन कि पधेरीमा हुँदै पानी पानी
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

(ओछ्यानै पो परिन् कि त दमकी रोगी आमा
वावा छन् कि विपत्तिमा आँङमा छैन घाम) 2
हो हो हो हो हो हो हो हो हो
भद्रकाली, दक्षिणकाली, मनकामना माई
रक्षा गर्नु सधैं भरी छोराछोरीलाई
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी


- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors