About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

दशैं २००८ ( वि सं २०६५ ) का भिडियोहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 19, 2008

यो पालिको दशैं पनि पेरिस सहरमा नै वित्यो। गत साल फ्रान्समा भएको रेलको हडतालले छुटेको भएपनि यो पालि भने त्यस्तरी छुटेन। २ भाइहरु (जगदिश र सिद्दार्थ) सहित हाम्रो तिनजनाको टोली पहिलो पल्ट कुनै नेपाली कार्यक्रमको लागि जाने योजना वनाउँदै थियो। भाइहरु नयाँ भएकोले दिउँसो घुमेर वेलुका जमघटहुने स्थल नजिकै (पेरिसको एक हल) मा मलाइ कुर्ने र म चाँही दिनका दिन पेरिस जाने भएकोले वेलुका त्यो वेलामा मात्रै जाने सरसल्लाह भएको थियो। भाइहरु पुगेछन्, म नआएको देखेर हल खोज्न थालेछन्। म त ढुक्कले म्याप नलिई भेट्ने सल्लाह गरेको ठाउँमा पुगें। १० मिनेट भो छैन, १५ भो छैन देख्दिन मोराहरुलाई। फोन गरेको उठाउँदैनन्, न त फोन नै आउँछ। व्याड लक, मैले रुमको नंवर पो डायल गरिरहेको रहेछु मोवाईलको सट्टा अनि जगदिसको मोवाईमा पैसा सकेर मलाइ फोन नै नगर्ने स्थितिमा रै छ। धन्न थाईकान्छो (एडिसन) संग कुरा गरेर सवै कुरो मिल्यो।

जिवनमा पहिलो पल्ट पेरिसमा यति धेरै नेपालीसंग भेटघाट गर्न पाउँदा खुसिको सिमा थिएन। ३ महिनासम्म एक्लो नेपाली भएर विताईरहेको थिएँ। यस्तो जमघटले त म खुसिले पागल भएको थिएँ। जिवन सर र निता दिदीहरुसंग (काउन्सिलर, नेपाली दुतावास) चिनजान भयो। जम्मा एक हप्ता अघि आउनु भएको रहेछ उहाँहरु। छोरीहरु प्रतिभावान, गायन र न्रित्य दुवैमा। दिदी आफैंमा एक कवियत्री अनि राम्रो नाच्नुहुदो रहेछ (भिडियो भाग ३ मा हेर्न सकिन्छ)।

साँच्चि मेट्रोदेखि हलसम्म जाने क्रममा "भु जेड नेपाली?" भनेर २ जना युवतीले सोधे हामीहरुलाई। "उई-उई" (हो हो) भनेर हाम्लेनि उत्तर फर्कायौं। पछि थाहा पाईयो तिनिहरु पनि त्यही कार्यक्रममा पो जाँदै रहेछन, नेपाली चेलिहरु। यसरी जिवनमा पेरिस सहरमा नेपालीहरुले नेपालीहरुसंग फ्रेन्चमा चिनजान गरेको अनुभव पनि वटुलियो।

अर्को रमाईलो कुरो थाहा पाईयो। साउदी अरवको राजाको दरवार त संसारभर रहेछन। अमेरिका, फ्रान्स ... उन्को देशमा त हुने नै भो। तेल दिएको उपलक्षमा उपहार पाएको रे। यति धनि छ रे कि कुरै नगरौ। रमाइलो कुरा त त्यो दरवारहरुको रक्षा गर्ने जवानहरु त नेपाली पो रहेछन्। उनिहरुलाई दरवार भएको हरेक देशको भिषा हुने रै छ र हरेक ३ महिनामा पालो पालो गरी ठाउँ सर्नु पर्ने रहेछ। जस्तो कि ३ महिना अमेरिकाको दरवारको रक्षा गर्यो , वाकि अर्को ३ महिना फ्रान्स, आदि आदि। यो दशैको वेला चाहि उहाँहरुको ड्युटी पेरिसमा परेछ। रमाईलो भो भेटघाटमा। खाडिमुलुक सवै घुमिसकेका रहेछन। "भाई फ्रान्सको आर्मीमा भर्ति लिदो रहेछनी, ट्राई गर्नुस। आखिर जहाँ गएपनि नेपालीको काम उही सलाम ठोक्ने त हो। यहाँ त पैसा नि राम्रो नै हुने रहेछ........." त्यही ग्रुपको एक जना नेपाली दाइले भन्दै थिए। हेर्नुस् दाइ नेपालीहरुले धेरै काम गर्न सक्छन, जस्तो कि म लाहुरे नभई पनि जागिर खादै छु त, त्यस्तो सानो नसम्झिनु नेपालीलाई............" भनेर संझाउने विचार जागेर आयो, तर मैले त्यसो गरिन मौन रहें।

दश युरोको टिकट काटेपछि कार्यक्रम सुरू भयो। मादल देखैं, गितार वाला (लामा) नि रै छन। शिद्दार्थलाई गित वनाउन भने र कपि दिएँ। ३० मिनेटको तयारी पछि हामीले गायौ, वजायौ। यो भिडियो हाम्रो कान्छो जगदिसले लिएछ। अहिले रमाईलो लाग्छ हेर्दा।

वुढी आमा (नाम थाहा छैन) ले जमरा सहितको टिका पनि लगाईदिनु भयो। गुन्दुक , खसिको मासु, अचार, आहा,..........नमस्केको भएपनि ढिंडो खाईयो। सानामा धेरै खाएकोले होला मलाइ ढिंढो मन पर्दैन। उसमाथी नमस्केको ढिंढो चम्चाले खाँदा अप्ठेरो लागिरहेको थियो.

जे होस नयाँ ठाउँमा नयाँ किसिमले जमघट गरेर २०६५ सालको (सन् २००८) को दशैं मनाईयो, रमाईलो भयो। भिडियोका अंशहरु तल राखेको छु:

दशैं भाग १: परिचय


दशैं भाग २: लामो भाग




दशैं भाग ३: छोटो, मिठो भाग

कथा-गणतन्त्र

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 6, 2008

यो कथा प्रज्ञा दिदीको रचना हो। मैले त मात्र स्वर भरेको छु। सुन्नुहोस यो कथा:

के सोच्दा हुन यि वुढा वा

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, December 4, 2008

मेरो विचारमा ति माईसंसारका वुढा (क्लिक क्लिक) यस्तो सोच्दै होलान्:

---------------------------------------------------------
ठूलो मान्छे हुँ भन्दै,
आफ्नो रवाफ देखाउनेहरुलाई
पदमोहले उन्मुक्त भई,
देशको पहिचान फाल्नेहरुलाई
विदेशीलाई खुसी पार्न,
हालीमुहाली गर्नेहरुलाई
जनतालाई ढाँटि ढाँटि,
राष्टियतामा धावा बोल्नेहरुलाई

राम्ररी चिनेको छु,
पढेर पत्रिकाहरुमा
सुस्त सुस्त गरि गरी
सुनेको छु रेडियोहरुमा
आँखा धमिलै भएपनि,
ठम्याएको छु टिभिहरुमा
देखेको छु नाँगो आँखाले,
विगतका ईतिहासहरुमा

त्यसैले,
श्राप मेरो सधैं,
नाटक गर्ने पापिष्ट दुष्टहरुलाई
चिरा पार्न खोज्ने धमिराहरुलाई
ढुकुटि रित्याउने भ्रष्ट राक्षसलाई
वैमानी राष्ट्रघाती फाँसिष्टहरुलाई

तर,
आशिर्वाद छ मेरो,
तातो गोली खाँदा हाँस्ने ति शहिदहरुप्रति
भोकानाँगा हुँदासम्म चिनारी राख्ने गरीवहरुप्रति
देश वनाउन कम्मर कसेका, कर्मठ पौरखी हातहरुप्रति
कुना कुनामा रहेर पनि, देशको माटो चिन्नेहरुप्रति


जीवन निभ्न लाग्दा सम्म,
पुर्खाले सुम्पेको चिनारी,
कहिल्यै मैले भुलेको छैन
शिरको टोपी भुँईमा,
कहिल्यै मैले झारेको छैन
टाल्नुपर्ने हुँदा सम्म,
दौरा मैले फालेको छैन
आफ्नो पहिचान गुमाएर,
शत्रुमाझ घुँडा टेकेको छैन
नेपाल आमाको मुहार फेर्ने,
आशा अझै मारेको छैन !
नेपाल आमाको हाँसो हेर्ने,
आशा अझै मरेको छैन !!

---------------------------------------------------------

अजम्वरी गित- दाई त मेरो लाहुर जाने

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, November 17, 2008

मैले धेरै दिन देखि सुन्न खोजेको गित बल्ल आज फेला परेको छ।
युक्त गुरुंग र सावित्रि साहको आवाजमा रहेको यो गित जति सुने पनि सुनौं सुनौं लाग्छ।



dai ta mero lahura ja.MP3 - sabitri shaha,yukta gurung

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनि त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला हो, संझि संझि मैं चीठी पठौला

वैनी:
{ दशैं आउला तिहार आउला, निधारमा को टिका लगाउँला } 2
{ मखमली फूलको थुंगा टिपि, माला गाँसि मै रोईरहुँला } 2

दाई:
{ दशैं आउँदा तिहार आउदाँ, घर सम्झि मै फर्की आउँला }2
{ वैनी तिम्लाई वुट्टे सारी माथि, मखमली चोलिया ल्याईदिउँला }2

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनी त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला, संझि संझि मै चिठी पठौला

वैनि:
{ थाली भए अक्षता ली, वुढा वावा वसेर पिंडिमा }2
{ आईपुगेन छोरो मेरो भन्दैई, झुल्केघाममा मुलवाटो हेर्नेछन् }2

दाइ:
{ वर्ष दिनको आशिष थाप्न, लाहुरवाट म घर आउने छु}2
{ फूलपाती ढाका टोपि ओडि, वावा आमा दुवैलाई ढोग्ने छु}2

वैनी:
दाइ त मेरो लाहुर जाने, म वैनि त संझेरै रोईरने

दाइ:
आफ्नै घर फर्केर आउँला हो, संझी संझी मै चीठी पठौला
संझि संझि मै चीठी पठौला

वैनी:
म वैनि त संझेरै रोईरने- सुक्क सुक्क

दाइ:
संझि संझि मै चीठी पठौला

मेरो अर्को कविता ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 16, 2008

यो कविता यो फोटो को लागी लेखेको हुँ जहाँ गाउँवाट घुम्न आएकि एक वुढी महिला स्वयम्भुवाट दुरविनले हेर्दै छिन।

माईसंसारमा - फोटो
--------------------------------------------------


कति वोक्छौ डोको आमा, कति खन्छौ वारी
गर्छौ कति मेलापात, दु:ख गरी गरी
फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला
लाग्दो होला आसा कति, लाग्दा वुढेस काल

यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले
घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले
हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने
त्यै भएर हिडेंकी म, एक हप्ता पहिले

छोरो मेरो पाउरदारी, जागिर नि राम्रो
त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो
यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो
यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो

घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे
आएँ म त काठमान्डु, छोडि वुढो मैले
अस्ति घुमें पशुपति, हिजो नारानथान
आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान

छोरो भन्छ कति राम्रो, आहा काठमान्डु
आँखा मेरो कमजोर भो, के भन्नु भन्नु
छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि
पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन

कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती
यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती
कति अग्लो धरहरा, देखें घन्टा-घर
यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग

अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन
निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन
यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने
निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने

वुढो भने धान काट्न, लाग्ने भर आनन्
यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन्
छोरो होस्त काले जस्तो, धेरै माया गर्ने
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!

***

प्रश्न आधिकारिकताको

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, November 3, 2008

- नोवल निरौला, फ्रान्स
मेरो संसारमा हेर्ने ? यहाँ क्लिक गर्नुस

मानव जिवनमा Internet एक अंगको रुपमा परिणत हुँदैछ। प्रयोगका हिसावले सुचना आदान प्रदान देखि किनमेलसम्म अनि पहुँचका हिसावले विकसित देखि विकासोन्मुख देशसम्म यसको प्रयोग हुन्छ। हातमा खेलाउने मोवाईलमा समेत चलाउन मिल्ने भएकोले यसको प्रयोग व्यापक रुपमा हुने गरेको पाईन्छ। वाजुरामा वसेर वैंककका समाचार अनि न्युरोडमा वसेर न्युयोर्कका उतार चढाव नियाल्न ईन्टरनेटको प्रयोगले सहज वनाईदिन्छ।

यो वेला Internet ईमेलको लागि मात्र हैन साथिभाईहरुसंग चिना परिचय राख्न पनि प्रयोग गर्ने गरिन्छ। त्यस्तै सुविधा दिन लागिपरेको एउटा नाम हो फेस वुक (Facebook) र यसको वेव ठेगाना हो (www.facebook.com)। Internet को प्रयोग गर्नेहरुले यसको नाम पक्कै सुनेको हुनुपर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो वारेमा अरुलाई जानकारी दिन र आफूलाई मनपरेकाहरुसंग कुराहरु आदनप्रदान गर्न सघाउँछ। फोटाहरुलाई राख्न, भिडियोहरुलाई राख्न अनि लेख तथा रचनाहरु राख्न, जन्मदिनको सुचना, आदि आदि राख्न मिल्छ। सवैकुराहरुलाई एकै थलोमा वसेर चलाउन पाउनु यसको विषेशता नै हो। अझ, आफू अहिले के गर्दैछु भनेर पल पलको विवरण नि राख्न मिल्छ। जस्तो कि म अहिले खाना पकाउन गएको छु, म घुम्न गएँको छु, म पढ्दै छु, आदि आदि । यसमा पुराना साथीहरुको पूनर्मिलन गराउन देखी, नयाँ साथी खोज्न पनि मिल्छ। त्यसैले यस्ता वेवसाईटहरु अहिले एकदम चर्चामा छन्।

कुरा भर्खरैको हो। एकजना साथिले फेसवुक मार्फत साथि वनाउ भनेर अनुरोध गरेका रहेछन्। खासै ठुलो कुरा कहाँ हो र हैन? लाग्न सक्छ कसैले साथी वनाउ भनेर लेख्दैमा के भो र, मन परे साथी वन नत्र के को टेन्सन् नि हैन? अहँ, म अलिक असहमत छु अनि गम्भिर पनि। मलाई साथीको अनुरोध पठाउने व्यक्तै उनै हाम्रा प्रधानमंत्री हुन् अर्थात पुष्पकमल दाहाल 'प्रचन्ड'। प्रधानमंत्रीले मलाई साथी वनाउन, अनुरोध गरेको? असंभव झै लाग्छ। असंभव नहुन पनि सक्छ- अहिलेका नेताहरुले ईंटरनेटलाई प्रयोग गरेर आफ्ना भावनाहरु, आफ्ना आदर्शहरुलाई वाढ्न खोज्नु कुनै अनौठो कुरा होईन। मैले अनुरोधकर्ताको फोटो हेरेँ, हो, उनै प्रधानमंत्री नै हुन्। म एक कदम अघाडि वढें र प्रधानमंत्री भनाउँदाका साथिहरुलाई हेरें। यो लेख लेख्दासम्म मैले उनका ५ जना साथीहरु देखें र म यहाँ नाम खुलाउन चाहन्न उनका मित्रहरुको। कुरा के भने, उनका साथीहरुमा कोही पनि राजनितिज्ञ छैनन्। म सोच्न थालें, के 'प्रचन्डले वावुराम भट्टराईलाई साथी नवनाई, उनका मन्त्रिमण्डलका सदस्यहरुलाई साथी नवनाई एक अपरिचित नेपालीलाई म तिम्रो साथी बन्न चाहन्छु भनेर अनुरोध पठाउँछन् ? यो असंभवकुरा त हैन, तर क्षिण संभावना भएको कुरा हो। त्यसैले यो अनुरोध कसैवाट उनको उपमा राखेर निर्मित भ्रमपूर्ण अनुरोध हो भनेर म निस्चित प्राय: भएँ। प्रमाण स्वरुप मैले उनको अनुरोधलाई तलको तस्विरमा देखाएको छु।

तस्विर: के यी प्रयोगकर्ताहरु वास्वविक प्रयोगकर्ता नै हुन त ?

कुरा प्रचन्डको मात्र हैन, ३ महिना अगि वावुराम भट्टराईलाई साथी वनाउ भनेर मलाइ मेरो एकजना साथिको अनुरोध पनि आएको हो। तर मैले यसलाई अझ सम्म पनि मानेको छैन। यसको प्रमाण पनि यहि माथिको तस्विरमा देख्न सकिन्छ।

कुरा साधारण लागे पनि यो एकदम ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ। दुरुपयोग गर्नेहरुले यसलाई नराम्ररी प्रयोग गर्न सक्छन्। मैले माथि उल्लेखित गरे झैं यदि यि 'प्रचन्ड' को नामलिई मलाई अनुरोध गर्नेले यस्तो पनि लेखिदिन सक्छन्: Prachanda is going to marry Indian politician …. वा, Prachanda is buying AK4 ... आदि आदि। यि त केही उदाहरणहरु भए, तर यस्ता कैयन उदाहरणहरु हुन सक्छन् र निकट भविस्यमा यि नघट्लान भन्न सकिन्न।

गिरिजाप्रसाद, माधवकुमार, प्रचन्ड, वावुराम जस्ता राजनितिक नेताहरु; राजेस हमाल, निरुता सिंह जस्ता नायक नायिकाहरु; रामक्रिष्ण ढकाल, लोचन भट्टराई जस्ता गायक गायिकाहरु आदि आदि देशका चर्चित मान्छेहरुले Facebook जस्ता ईंटरनेटमा उपलब्ध Application हरु चलाउनै हुन्न भन्ने हैन। तर, विना अनुमती तिनीहरुको नाम कसैले प्रयोग गरेर गम्भिर षडयन्त्र नरच्लान् भन्न सकिन्न। अंतमा संपूर्ण पाठक वर्गमा विना आधिकारिकता कसैलाई पनि विस्वास नगर्न एवं समाज र देशमा नाम कमाएकाहरुको नामको दुरुपयोग गर्नेहरुलाई भविष्यमा हुन सक्ने गंभिर घटनाहरुप्रति अग्रिम सचेत हुन यो लेखले सहायता गर्ने छ भन्ने कुरा मैले आशा लिएको छु। साथै, माथि उल्लेखित मानिसहरु Facebook का वास्वविक प्रयोग कर्ता हुन् या हैनन् भन्ने कुरा सम्वन्धित पक्षसंग सोधपुछ गरी थप प्रष्ट गरिदिन माईसंसार युनिटलाई आग्रह पनि गर्दछु।

***

म पनि कवि ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 23, 2008

न त साहित्यमा खप्पिस परियो, न त गहिरो अध्ययन नै छ। तै पनि मेरा यि हातहरु प्रयास गर्दैछन् लेखहरु लेख्न। माईसंसारको एक फोटोको लागी मैले कविता लेखें। फोटोमा केहि जवानहरु होडिंग वोर्ड वनाउन खम्वाहरुमा चढेका देखिन्छन्। त्यही तस्विरलाई मध्यनजर राखेर मैले यो कविता वनाएँ।

कविताको परिभाषा राम्ररी थाहा छैन। तर मेरो मगजमा कविता वारे जे थाहा छ , त्यस अनुरुप यो लेख कविता नै हो। के थाहा वास्वविक परिभाषाले यसलाई कविता नठराउन पनि सक्छ।

*******************************
तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, हँसाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर

गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो
खियो मेरो शरिर, सुक्को हात नलागी
विते मेरा रातहरु, खुल्ला आकाश मुनी

देखें मैले विदेश, भोगे कैयौं ती सास्ती
लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती
आछ शान्ती देशमा, छैन जस्तो पुरानो
भछ आज सहज, पाउनलाई कामराम्रो

वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा
झारें मैले पसिना, सिन्चाउन पाटोमा
टिपें मैले कलम, लेख्न आफ्नै पनमा
चढें मैले टावर, राख्न 'शान्ति' भूमीमा

लिन्छु म त जोखीम, चम्काउन नेपाल !
लिन्छु म त जोखीम, वनाउन नेपाल !!
लिन्छु म त जोखीम, हँसाउन नेपाल !!!
लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!

*******************************

माईलीको गजल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 5, 2008

-प्रज्ञा वराल, नोवल निरौला
OCT 5 2008.

"लौ अव माईलीको पालो, लु आईज"- वुढाले टिका लगाउँदै मन्त्र पढे:

ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||

ठूलो निधारमा कति पनि खालीठाउँ नराखी टिकाले भरिदिए वुढाले। "माईली तेरा संतानले डाँडा काँडा छाउन, दिर्धायु हुनु,…."-वुढाले यस्तै यस्तै धेरै आसिक दिए माईलीलाई।

समय न हो, उसको विहे भयो अनि धेरै संतानहरु पनि। आधा दर्जन वढी कि आमा हुँदा पनि किंचित झन्जट थिएन माईलीलाई। सुरुमा त माईली झर्को मान्थी झ्याउझ्याउँ कराई रहने छोराछोरीहरु देख्दा। साना साना कुरामा पनि लुछालुछ गरेको देख्दा। तर वानी त रै छ, माईलीलाई विस्तारै यी झ्याउझ्याउँ लाग्ने आवाज संगीत बन्न थाले। कुनै दिन झगडा गरेनन् छोराछोरीले भने अचम्म मान्थिन उनी।


समय वित्दै गयो, छोराछोरी वढ्दै गए। कस्तो समय आउने रहेछ जिवनमा। १६ बर्ष कट्यो कि छोरो घर छोडेर हिड्ने अनि छोरी पनि उसैको घर जाने ढोका खुल्दो रहेछ। एक जनाले घर छोड्दा केही भएन, तर एक एक गरेर जाँदा जाँदै आज माईली एक्लिएकी छिन। आज माईलीका संतान प्रिथ्विका कुना कुना पुगेर डाँडा-काँडा ढाकेका छन् यस्तो लाग्छ वुढाले दिएको आसिक जस्ताको तस्तै लागेको छ माईलीलाई।

अरु समयमा त मन थाम्न सक्छिन, तर जव जव चाढ पर्व आउछन् तव तव माईलीको गह आँशुले भरिन्छ। अघि चाढ पर्वमा खुसीहुने मन अहिले रुन्छ। भड्डु भरि खानापकाएर सवैलाई खानदिंदा कति आनन्दित हुन्थ्यो उनको मन। आज चारो खाने संतान सम्म छैनन् उनका सामु। "मेरो छोराले ल्याईदिएको यो सारी अनि मेरी छोरीले ल्याईदिइछे यो चुरा"-भनेर गाउँका आईमाईले भनेको सुन्दा कान अर्को दिशामा फर्काउनु बाहेको केही उपाय छैन माईलीलाई। मान्छेका छोरा छोरी भटाभट घरमा फर्किदा माईलीभने भक्कानिएर वस्छिन। "उसका २ जना छोराछोरीमा दुवै जना आएका छन, नानी मेरा आधा दर्जन वढी हुँदा आज आमा भन्ने कोही छैनन्"-माईली गाउँमा कसैका छोराछोरी आएको खवर सुन्दा यस्तो प्रतिक्रिया दिन्छिन् अनि सुक्क सुक्क गर्छिन।

माईलीका लागि आमा भन्ने सहारा नै छैन। वरु चाढपर्व नै नआवोस जस्तो लाग्छ। वुढाकोमा गएर आसिक फिर्ता लिउँ जस्तो लाग्छ माईलीलाई तर के गर्नु न त ति वुढा नै छन् अहिले; वुढा भए कै भए पनि न त पनि माईली हिडेर नै पुग्ने अवस्थामा नै छिन अहिले। केवल माईलीसंग छ त एक गजल:

घरमा कालो खसी काट्दा खुसी हुने कोही छैनन्
दर्जि दाइले लुगा सिउँदा फूर्कि लाउने कोही छैनन्

बजाउँदा दर्जी दाइले आँगनमा मंगल धुन
मन रुँदा आमा भनी वोलाउने कोही छैनन्

सन्तान् संझी गनिरँदा जेठो माईलो साइलो
कान्छो भनी बोलाउँदा हजुर भन्ने कोही छैनन्

थालभरि अक्षता र जमराले सजाउँदा
साईतमा टिका थाप्ने छोराछोरी कोही छैनन्

पिङ खेल्ने कोही छैनन् खल्लो लाग्यो यो दशैं त
सबै संझी रोइरदा आमा भन्ने कोही छैनन् ।

जति जति दशैं नजिकिन्छ उति उति उनी गुनगुनाई रहेकी हुन्छिन त्यही गजल। माईलीको गजल सुनिदिने स्रोता खोज्दै अघि वढ्न खोजिरहेछ, बुझाईदिनेको खोजिमा बढ्न खोजिरहेछ तर सुख्खा हावाको अवरोधमा कतै हराइरहेको छ उनका संतानहरुका डाँडाकाँडा सम्म नपुगी…….।

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors