About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

थ्याङ्क्यू !

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 24, 2010

नवोल्नै सकें नआवाज सुनें जन्माईदिनेको
संचारकोयुग आ'कोछ भन्दा खिल्लि झै लागेको
मुटुले वुझ्यो ढुकढुकी वढ्यो ठडायो एन्टिना
ममतारुपी तरङ्ग उड्यो वजाउन फोनरिङ्ग

मुस्काई भनिन् आशीर्वाद मेरो छोरालाई लागोस
वावाको पनि आशिर्वाद छ रे चम्कियोस भविष्य
सुन्न नै छोडें आवाज उनको, सिग्नल छैन कि
झस्किई हेर्दा टोलाको रैछु कल्पेर मातारी

देख्दामा म्यासेज साथी र भाइको पर्खालमाथिको
लाग्दछ मेरो रेडियस वढ्यो साथी र मित्रको
धन्यवाद सवै साथी र सङ्गी म यही भन्दछु
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !!
***

- समाप्त -

सुन्छौ भने म भन्छु रातको कथा छ एउटा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 13, 2010

हरेक मान्छेका आफ्ना-आफ्ना कथा हुन्छन। तर सवैका कथाले मेरो मन छुँदैन। कसैकसैको जीवन कहानी सुन्दा भने निकै भावुक वन्छु म। सायद दु:ख देखेभोगेको भएर होला म वुझ्न सक्छु ती कथा-व्यथाहरुलाई। आज त्यस्तै एक कथा हेर्न पुगें । 

खोजी प्रतिभाको भन्ने कार्यक्रममा उत्क्रिष्ठ ४० मा छानिन पुगेका गायक सुमन सरगमको कथा प्रस्तुत गरिएको छ यो भिडियोमा।  कार्यक्रम प्रस्तोता दिनेश डिसीले एउटा कविता मार्फत सुरु गर्छन् सुमनको कथा। उनैले लेखेको हो वा अरु कसैले थाहा छैन तर मलाई यो कविता पनि निकै मार्मीक लाग्यो :
***
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने, घातको कथा छ एउटा

म अल्नो-अल्नो मनको, यस्तो सितनसँग वाँचे
हस्त रेखा मेटिएको, हातको कथा छ एउटा
चुमेर म्व्वाई मिठा, फक्रन्छ भन्थे दिलमा
कुल्चेर जाने निर्मम, लातको कथा छ एउटा
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने घातको कथा छ एउटा
***


उकालो चढ्ने यात्रीहरुले कति उकालो काट्न वाँकि छ भनेर माथि डाँडा तिर हेर्नुहुन्न रे। वरु कति उकालो सकाएँ भनेर तलतिर हेर्नुपर्छ रे। अनि मैंले यत्रो उकालो काटीसकेंछु भन्नुपर्छ रे। यसको एउटै मात्र उदेश्य भनेको हरेस खानवाट जोगाउनु र आत्मविस्वास वढाउनु नै हो। त्यस्तै गरी आज मलाई भन्न मन लागेको छ - दु:खलाई खप्न र दु:खमा नहड्वडाउन आफू भन्दा झन दु:ख परेकाहरुलाई संझिनुपर्छ। सुमनको यो कथा त्यस्तै संझिनलायक एक कथाहरुमा पक्कै पनि पर्छ। उनलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना !

- समाप्त -

उ आएको छ

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, April 13, 2010

हो उ आएको छ,
वोतल लिएका हुलहरुको,
हुर्हुर र साईसुई आवाजहरुसँगै
फुसफुसे वास्नादार लाग्ने,
चुरोटे धुवाँहरुसँगै
मस्किँदै, उड्दै र घुम्दै,
हाँस्दै, नाँच्दै र गाउँदै
आएको छ उ।

हो उ आएको छ,
रेडियो र टिभिका तरङ्गहरुमा
झ्याली पिट्दै र पिटाउँदै,
पत्रिका र व्लगका पन्नाहरुमा,
लेखिंदै, पोखिंदै र उम्लिदै
फेसवुकका स्ट्याटसहरुमा,
लाईक र कमेन्टका प्रतिक्षाहरुगर्दै
फोन र मोवाईल सञ्जालहरुका,
एसएमएस र कलहरुमा लठ्ठिदै
महल र शहरका कुनाकुनामा
पार्टि र भोजका निमन्त्रणा साट्दै
पटेका र वेलुनहरुका,
आवाजहरुमा गर्झिंदै
थरिथरिका ईमेलका
ईनवक्सहरुमा भरिंदै
आएको छ उ।

आउनु पर्दथ्यो उ,
झुपडिका टुकिहरुमापनि
छाउनु पर्दथ्यो उ,
भोकाएको पेटहरुमापनि,
पुग्नु पर्दथ्यो उ,
डाँडाकाँडा र खोचहरुमापनि
नाँच्नु पर्दथ्यो उ,
सुस्ताएका खोलाहरुमापनि
आउनु पर्दथ्यो उ,
अईठने उकालाहरुमापनि
झुल्कनु पर्दथ्यो उ,
चहराहेका घाउहरुमापनि

'नआउनु भन्दा आएको ठिक'
'आएको भन्दा नआएको ठिक'
'आएर के नै गर्छ र खै ?'
कतै आशाको दियो वालेको छ
कतै निरासाको डोव खोपेको छ
कतै अविस्वासको जरा गडेकै छ
अरुले जे सुकै भनुन्,
मेरोमा उ आएको छ
आशाको किरण ल्याएको छ
अनि भन्न मन लागेको छ
नयाँ बर्ष २०६७ को शुभकामना !
नयाँ बर्ष २०६७ को शुभकामना !!
Happy New Year 2067 !!!
***
- समाप्त -

संझना: खल्लो तिहार - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 15, 2009

जति जति भाइटिकाको दिन नजिकिन्छ उती उती यो मनमा खल्लो पनको आभास आउँछ। स्वदेशमै भएका वा विदेसिएका दाजुभाई जसले आफ्ना दिदीबहिनीहरुसँग टिका लगाउन पाउँदैनन्, तिनीहरुले पनि यस्तै महसुस गरिरहेका होलान्....। अर्को तर्फ दिदी-बहिनीहरु जो आफ्ना दाजुभाईहरुसँग टाढिएका छन् , तिनीहरुलाई पनि यो तिहार खल्लो नै लाग्दैछ भन्ने मेरो ठम्याई छ। एकै ड्याँङका हामीहरुको व्यथा यो कबिता मार्फत ...

खल्लो तिहार - २००९
--------------------------------------------------
मखमली फूल्दा मार्सिधान झुल्दा --[This line is copied froom a nepali song...]
दिदीहरु आए होलान्,
घरभरी दाजु-भाई नदेख्दा
आँशु बहाउँदै होलान्

ओखर दाना, मखमली माला
संझिँदै वस्दैछु,
रँगिन टिका विनाको निधार
कल्पिँदै रुँदै छु

के गर्नु दिदी कर्मको लेखा
यस्तै नै रहेछ,
यो वर्ष तिम्ले
नेको माला
यत्तै कै सुक्ने छ

नरोई वस भाईटिका आउँदा,
खुसी भै विताउ,
एकसाल त कसो नफिर्लान भनि
आशामै रमाउ,
एकसाल त कसो नआउलान भनि
मनलाई बुझाउ !!
--------------------------------------------------

गीत: पागल वनाईदेउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 15, 2009

१५ मे २००९ | © नोवल

पागल वनाईदेउ
--------------------
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क खोल्न सक्छु॥

म रुन सक्छु त्यतिखेर,
जव वल्छन् मान्छे झैं दाउरा
म कराउन सक्छु त्यतिखेर,
जव वन्छन् लासका खटिया
संभव छ जीउन यसरी,
जव वन्नेछु म पागल
तव मात्र हुन्छ मेरो यो
जलेको मन शीतल॥

भुक्दछन् कुकुरहरु यहाँ
न्यानो खाटमा वसी,
मुठार्छन् जुँगा म्याउँहरु
छत आँगनीमा रमी, 
तर पाउँदैन मान्छे यहाँ,
पेटी रातको शिरानी
पागल वनाईदेउ
मानवता वुझ्न सक्छु,
भरिएको गुजी जालो
मनवाट फाल्न सक्छु॥

म चाहन्न वस्न कसैपनि,
वनी अन्धो आँखा देख्तै,
म चाहन्न वाँच्न कसैगरि,
वनी वैरो कान सुन्दै
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क वक्न सक्छु 
सुनेका सारा कुरा,
निर्धक्क खोल्न सक्छु
पागल वनाईदेउ,
मानवता वुझ्न सक्छु
पागल वनाईदेउ॥

***

फर्किएको खुशी

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, March 25, 2009

माईसंसारको एक फोटोको लागि रचिएको हो यो कविता। फोटोमा एकजोडि परेवा चुच्चो मिलाउँदै रमेको देखिन्छ।

"फर्किएको खुशी"
———————————
है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?

तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी !

शान्ति!
नफर्किने गरी
पोईलागई भन्नेहरु
जिव्रो टोक्दैछन् आज !
गौतमवुद्धको देशलाई
मारकाटको देश भनेर
गिल्ला गर्नेहरु
फर्किदैको शान्ति देखेर
छट्पटाईरहेछन् !

है पियार !
गुणहरुवाट लखेटिएको
मुटुमा छुरा डविएको
अपहरण र कुद्रिष्टि मौलाएको
वाझ र शिकारीहरुसँग जुधेको
हिजो झै लागिरहेछ !
धन्न यो भूमीमा
तिम्रो र हाम्रो पुकारले
फेरीपनि शान्तिको ध्वनी
गुन्जिनै लागेको छ।

युद्दको धङधङी वाकी नै भएपनि
हल्काफूल्का घटना घटेतापनि
जानुपर्छ नाच्न, दोहोरी खेल्न
पहिलेका रोदिघरहरुमा ।
रम्नुपर्छ आफ्नै घर आँगनीमा
अतितका प्रतिशोधहरु विर्षिएर ।
भुलाउनुपर्छ विगतका पिडाहरु
भाईचाराको गीत गाएर ।
वसिरहन्छ तव पो
आउँदै गरेको शान्ती
युगौ युग सम्म
आफ्नै मात्रीभूमीमा !

काले!
मेरा पियार!
किन लजाउँछौ हो अझै?
मुस्काईदेउन उसैगरि,
जसरी मुस्काउथ्यौ उवेला ।
मर्काईदेउन कम्मर उसैगरि,
जसरी मर्काउथ्यौ उवेला ।
गाऔन गीत उसैगरी,
जसरी गाउँथ्यौं उवेला ।
देउ तिम्रो चुच्चो !
लेउ मेरो चुच्चो !
लौ भन त,
पहिलो पल्ट,
तिम्रो र मेरो आँखा
जुधेको कुन ठाउँ ?

काली!
मेरी पियारी !
उही पशुपतिमा
धन्य पशुपति !
आज फेरी
शान्तिका साथ
उही गुडँमा फर्केर
उही आँगनीमा रम्दै
मेरी पियारीसंग
मिलाउँदैछु चुच्चो
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
***

के सोच्दा हुन यि वुढा वा

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, December 4, 2008

मेरो विचारमा ति माईसंसारका वुढा (क्लिक क्लिक) यस्तो सोच्दै होलान्:

---------------------------------------------------------
ठूलो मान्छे हुँ भन्दै,
आफ्नो रवाफ देखाउनेहरुलाई
पदमोहले उन्मुक्त भई,
देशको पहिचान फाल्नेहरुलाई
विदेशीलाई खुसी पार्न,
हालीमुहाली गर्नेहरुलाई
जनतालाई ढाँटि ढाँटि,
राष्टियतामा धावा बोल्नेहरुलाई

राम्ररी चिनेको छु,
पढेर पत्रिकाहरुमा
सुस्त सुस्त गरि गरी
सुनेको छु रेडियोहरुमा
आँखा धमिलै भएपनि,
ठम्याएको छु टिभिहरुमा
देखेको छु नाँगो आँखाले,
विगतका ईतिहासहरुमा

त्यसैले,
श्राप मेरो सधैं,
नाटक गर्ने पापिष्ट दुष्टहरुलाई
चिरा पार्न खोज्ने धमिराहरुलाई
ढुकुटि रित्याउने भ्रष्ट राक्षसलाई
वैमानी राष्ट्रघाती फाँसिष्टहरुलाई

तर,
आशिर्वाद छ मेरो,
तातो गोली खाँदा हाँस्ने ति शहिदहरुप्रति
भोकानाँगा हुँदासम्म चिनारी राख्ने गरीवहरुप्रति
देश वनाउन कम्मर कसेका, कर्मठ पौरखी हातहरुप्रति
कुना कुनामा रहेर पनि, देशको माटो चिन्नेहरुप्रति


जीवन निभ्न लाग्दा सम्म,
पुर्खाले सुम्पेको चिनारी,
कहिल्यै मैले भुलेको छैन
शिरको टोपी भुँईमा,
कहिल्यै मैले झारेको छैन
टाल्नुपर्ने हुँदा सम्म,
दौरा मैले फालेको छैन
आफ्नो पहिचान गुमाएर,
शत्रुमाझ घुँडा टेकेको छैन
नेपाल आमाको मुहार फेर्ने,
आशा अझै मारेको छैन !
नेपाल आमाको हाँसो हेर्ने,
आशा अझै मरेको छैन !!

---------------------------------------------------------

मेरो अर्को कविता ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 16, 2008

यो कविता यो फोटो को लागी लेखेको हुँ जहाँ गाउँवाट घुम्न आएकि एक वुढी महिला स्वयम्भुवाट दुरविनले हेर्दै छिन।

माईसंसारमा - फोटो
--------------------------------------------------


कति वोक्छौ डोको आमा, कति खन्छौ वारी
गर्छौ कति मेलापात, दु:ख गरी गरी
फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला
लाग्दो होला आसा कति, लाग्दा वुढेस काल

यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले
घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले
हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने
त्यै भएर हिडेंकी म, एक हप्ता पहिले

छोरो मेरो पाउरदारी, जागिर नि राम्रो
त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो
यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो
यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो

घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे
आएँ म त काठमान्डु, छोडि वुढो मैले
अस्ति घुमें पशुपति, हिजो नारानथान
आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान

छोरो भन्छ कति राम्रो, आहा काठमान्डु
आँखा मेरो कमजोर भो, के भन्नु भन्नु
छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि
पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन

कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती
यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती
कति अग्लो धरहरा, देखें घन्टा-घर
यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग

अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन
निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन
यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने
निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने

वुढो भने धान काट्न, लाग्ने भर आनन्
यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन्
छोरो होस्त काले जस्तो, धेरै माया गर्ने
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!
भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!

***

म पनि कवि ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 23, 2008

न त साहित्यमा खप्पिस परियो, न त गहिरो अध्ययन नै छ। तै पनि मेरा यि हातहरु प्रयास गर्दैछन् लेखहरु लेख्न। माईसंसारको एक फोटोको लागी मैले कविता लेखें। फोटोमा केहि जवानहरु होडिंग वोर्ड वनाउन खम्वाहरुमा चढेका देखिन्छन्। त्यही तस्विरलाई मध्यनजर राखेर मैले यो कविता वनाएँ।

कविताको परिभाषा राम्ररी थाहा छैन। तर मेरो मगजमा कविता वारे जे थाहा छ , त्यस अनुरुप यो लेख कविता नै हो। के थाहा वास्वविक परिभाषाले यसलाई कविता नठराउन पनि सक्छ।

*******************************
तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, हँसाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर

गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो
खियो मेरो शरिर, सुक्को हात नलागी
विते मेरा रातहरु, खुल्ला आकाश मुनी

देखें मैले विदेश, भोगे कैयौं ती सास्ती
लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती
आछ शान्ती देशमा, छैन जस्तो पुरानो
भछ आज सहज, पाउनलाई कामराम्रो

वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा
झारें मैले पसिना, सिन्चाउन पाटोमा
टिपें मैले कलम, लेख्न आफ्नै पनमा
चढें मैले टावर, राख्न 'शान्ति' भूमीमा

लिन्छु म त जोखीम, चम्काउन नेपाल !
लिन्छु म त जोखीम, वनाउन नेपाल !!
लिन्छु म त जोखीम, हँसाउन नेपाल !!!
लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!

*******************************

नेपाल आमाको चिन्ता

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, August 18, 2008

बर्तमानमा केही सहजता छाएपनि, विगतमा नेपाल आमा धुरुधुरु रोएकी नै हुन्। आफ्ना संतानले पतिको दिर्घायुको कामना गरेर तिजको व्रत वसिरहँदा, उनको लास आँगनमै पुगेको पनि नेपाल आमाले नियालेकी नै हुन्। आफ्ना संतानसंगै गलामा गला मिसाउँदै छाती पिटिपिटि रोएकी नै हुन् । रुँदा-रुँदा फुलेका आँखाका नानीहरु, जिंग्रिङ परेको जिउ यसका प्रमाण स्वरुप वसिरहेछन्। अझै पनि कहिले कहिले यिनको छातिमा तरंग पैदा हुन्छ, मुटुमा सोला हान्छ जव आफ्नै नेपाली भाईले अर्को नेपालीलाई छिनाउछन्। त्यसैले उनको आँशु रोकिएको लागेपनि मन भने कुँडिएकै छ। मात्र उनले दिनदिनै रुनु पर्दैन, तर रुनु भने परिरहेको छ अझै पनि।

वैरिहरुको आक्रमणलाई आफ्ना संततिले निस्तेज पार्ने क्रममा दिएका बलिदान उनले कहाँ भुल्न सक्छिन् र। उनी हर्षित छिन् ति वलिदान दिने संततिहरुप्रति। तर आफ्नै भूमीमा आफ्नै संतानहरु काटाकाट र मारामार गरेको देख्दा, उनको मुटु छियाछिया भएको छ ।


यस्तै यस्तै भाव समेटिएर लेखिएको कविता आज राखेको छु। 'नेपाल आमाको चिन्ता' मार्फत कवियित्रिले नेपाल आमाको बोलीलाई जस्ताको तस्तै सुनाएकी छिन् । लौ सुनौन त नेपाल आमाले के भन्दिरहिछन्, के सोच्दिरहिछन्, कवियत्रि कै आवाजमा।


-अनन्ता खनाल


वीरहरुले विस्वसामु परिचित मेरा संतानहरु

विस्वकै सामुमा कलंकित कहलिन लागे

शान्तिको नाममा क्रान्तिको ज्वाला वोकी

भाई-भाईमा सल्किन थाले

कहिल्यै पिपिरा हाल्न नसक्ने गरी

डडेलाको ज्वालामा परेको रूख जस्तै।


कति आनन्दित हुन्थें म

मेरा छातिवाट बहने

निस्चल निर्झल झरनाको संगितमा

न्याउली कोयलीको गुंजाईमा

सिमसिम वर्सात रवि किरणको सप्तरंगि पर्दामा

डाँफे मयुर म्रिगहरु छमछमाईरहँदा,

साथमा थाम्न नसकि

पिपिरी र सुसेलीको धुनमा

गोठाले सन्ततिले तालदिंदा

कति आलादित हुँन्थे म।


मेरा हिमालहरु,

जस्तै परिस्थितिमा पनि

सिंचित सुन्दरभाव बोकी

सदा मुस्काईरहँदा

मेरा नदि नालाहरु

जस्तै विपत्तिहरुलाई पनि सामना गर्दै

निर्भिक रुपमा अठोट नछोडि दौडिरहँदा

अनि मेरा फाँटहरु

मेरै सन्ततीका निम्ति

हरदम झुलीरहँदा

कति आलादित हुँन्थे म।


सहिरहन्थे,

सहनसक्थें म

कैयन मेरा संततिहरु

छिमेकीका दासी हुँदा पनि

न कि त्यो त उनीहरुको वाध्यता हो,

गरिविको वाध्यता,

उचित स्थान र कर्म नपाउँनुको वाध्यता


हाँसिरहन्थे म,

म हाँस्न सक्थें

कालापानीमा जस्तो संतानको म्रित्यूमा

सत्रुलाई परास्त गर्दै

माटो पचापको निम्ति दिएको वलिदानमा


तर,

सक्दिन म हेर्न,

सक्दिन हेर्न म

नदि र झरनाको ठाउँमा

रगत वहिरहेको

हिमालले शिर झुकाईरहेको

न्याउली कोयली मयुर म्रिगहरुसाथ

गोठालेहरु प्राक्रितिक संगितमा रम्न छोडेको

फाँट नपुंसक बनेको,

संतानहरु असुर जस्तै

एक आपसमा लडि

रक्त पिपासू बनिरहेको

मेरै छातीलाई मेरै संतानहरुले

रणभूमि वनाईरहेको

मेरै छातीलाई मेरै संतानहरुले

रणभूमि वनाईरहेको

सहन सक्दिन म,

कदापि !!







फर्क-अव-फर्क

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 28, 2008

पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए




५ दिन देखि देशमा आगो वलिरहेको छ। सामाजिक सद्बाव विगार्न मुर्कुटाहरु लागिरहेका छन्। आगो दन्किदै जाँदा, मेरो रगत तात्दै जान्छ। त्यसैले त आजभोलि राष्ट्रको माया अझ प्रगाड भएर गहिरहेको छ मेरो मुटुमा, मेरो मस्तिस्कमा। यस्तो अवस्थामा म केहि नलेखी रहनै सकिन। फलस्वरुप अति नै व्यस्त जिवनमा नखाई- नखाई मनका भावनाहरु पो पोख्न मनलाग्यो मलाई त।


घाँस काट्ने घाँसीहरु हो,

फर्क भारी नपुगेकै भएपनि

हरियो घाँस देखाएर,

गाई लान आँटिसके।


माग्न निस्केका मगन्तेहरु हो

फर्क जति मागेको भएपनि,

छोरोको एकसरो दौरा तानी,

तुना चूँडाउन लागिसके।


सिक्न निस्किएका विध्यार्थिहरु हो

फर्क जति सिकेको भएपनि,

उल्टो उल्टो सिकाएर,

वैरिहरु मौलाईरहे।


कमाउन विदेशिएका गरीवहरु हो,

फर्क जति कमाएकै भएपनि,

जुवा खेलाउँदै, च्याँखे थाप्दै,

भकारी रित्याउन लागिसके।


फर्क आमाका संतानहरु हो,

मार्न ढाडिएका उडुसहरुलाई,

पड्काउन फुलेका जुम्राहरुलाई,

भुट्न रंगफेर्ने चूर्नाहरुलाई,

छदाउन चुस्ने जुकाहरुलाई,

लखेट्न गाई चोर्नेहरुलाई,

निमोठ्न दौरा च्यात्नेहरुलाई,

पिल्स्याउन उल्टो सिकाउनेहरुलाई,

टुप्पि-उखेल्न जुवाडेहरुलाई।


सच्चा देशभक्त ठान्छौ भने,

आमालाई वचाउन मन छ भने,

फर्क नै पर्छ सवैले,

नेपाली भई वाँच्नु छ भनें।

नेपाली भई मर्नु छ भनें॥

***


संततिको ताप

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 10, 2008

विशेष कारणले गर्दा ब्लगमा पोष्ट गर्न ढिला भयो यो पाली। यो अघिको पोष्टिंग २२ जुनमा , आज ९ जुलाई। लगभग १५-२० दिन जस्तो कुनै पनि लेख, रचना, संकलन नपाउँदा खिन्न हुने विशेष गरी अमेरिकामा रहेका साथीहरु एवं थाईल्याण्डमा रहेका मित्रहरुलाई पस्किदै छु। आशा छ राम्रो नै लाग्ने छ।


गत महिनाको पहिलो व्लग जस्तै यो महिना पनि दिदीको कवितावाट पोष्ट गर्न शुरु गरेको छु। 'भ्रुणको आवाज' नामको पहिलो कविता धेरै साथिहरुले मनपराउनु भएको थियो, संततिको ताप नामको कविता पनि कम चाहिँ छैन नि।


यो कविताले शहरमा पढ्ने, पढाईमा मतलव नदिने वालवालिकालाई झटारो हानेको छ। एकातिर घन्टौं हिडेर विध्यालय पुग्नुपर्ने गाउँघरको अवस्था छ, अर्को तिर घरैवाट वस चढेर पुगिने शहरको सुविधा पनि छ। तर किन किन धेरैजस्तो शहरका नानीहरुले आफ्नो वानी पढाईमा भन्दा अन्य कुरामा लगाएर वावु आमाको लगानीलाई खेर फालि उनिहरुको सपनालाई चकनाचुर पार्ने खोजेका होलान भनेर कवियित्री चिन्तित देखिन्छिन् यो कवितामा। त्यसैले त उनि भन्छिन:


कहिं पाउनु छैन कलम किताव स्कुल धरि

कहिं पाए पनि मतलव छैन हरि हरि!!


जहाँ कुनै कुराको अभाव छैन जस्तो कि खान, लाउन, स्कुल, कपि, कलम, किताव, नोट, गाईड, तै पनि किन किन पढ्नै मान्दैनन् वा शहरका नानीहरु! कतै यो कविता सुने सप्रिन्थे कि ? ;)

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors