About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

विशेष ट्यांकर

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 19, 2011

तल देखाएको ट्यांकर एक विशेष ट्यांकर हो। यो तस्विर हैन वरु किवोर्डवाट लेख्नमिल्ने अक्षरहरुको संगालोलाई मिलाएको मात्र हो।
……(\_/)
……( ‘_’)
…./”"”"”"”"”"”"\======░ ▒▓▓█D
/”"”"”"”"”"”"”"”"”"”\
\_@_@_@_@_@_



माथिको ट्यांकर वनाउन  ७७ वटा अक्षरहरुको प्रयोग भएको छ। प्रयोग भएका अक्षरहरुलाई लहरै राख्दा तलको जस्तो देखिन्छ :

……(\_/)……( ‘_’)…./”"”"”"”"”"”"\======░ ▒▓▓█D/”"”"”"”"”"”"”"”"”"”\\_@_@_@_@_@_

- समाप्त -

मनोरञ्जन: पाल्सीमा नोट

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 11, 2009

नोट: यो लेख पाल्सिमा लेखिएको छ :D.

नासोमा ईदी नई आदिरहुगंस साल्पिमा लोवेको दाय काओ हछ। लैमे सिर्विएकी तस्जो गालेको छ, तरनपि हम रप्यरास दर्गैछु। यो नै रेमो साल्पिमा खेलेको हपिलो टोन हो।

जाअ रेधै छपि म टोन खेल्दैछु। जिहोजाअ किनै माक अभेर लोहा, लैमे खेल्न पनाएको। रेफी नुक माक नुक मयसमा नर्गुछर्प नन्भेरुको त लैमे झुवेको नै नुछी :)।

छन्भन् यनाँसर्व गाल्नै गालेको हछ। रत लमाई यनाँ नुकै नौरक नैछ। नुहत यो सिवेदमा सवेर नपि सेदको वसै वुसिधा र जम्मा निल जोख्नु कुत गंसत दुँहैन तर नपि गिवतका मराईला णक्षरहुको द्यात नाउने छैर। रेफी लमाई दिदिले नन्भुदुहैईथोकि योलापिको सदैंनपि किनै घआडि रछे। हेजोस लैमे योलापि यनाँसर्व नई रउ ढाचवर्परहुको जम्मा निल पनाउने सिन्तित र्याप हछ।

तन्यमा वसै फाअन्त, थासीआभी नई थासी गैसि रहुआली रेधै रेधै वुशामाकना निद हाचन्छु। यनाँसर्वले विजनमा रेधै रेधै रहियली आलिईदोस तैह!

कसियो !
वोनल

दशैं २००८ ( वि सं २०६५ ) का भिडियोहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 19, 2008

यो पालिको दशैं पनि पेरिस सहरमा नै वित्यो। गत साल फ्रान्समा भएको रेलको हडतालले छुटेको भएपनि यो पालि भने त्यस्तरी छुटेन। २ भाइहरु (जगदिश र सिद्दार्थ) सहित हाम्रो तिनजनाको टोली पहिलो पल्ट कुनै नेपाली कार्यक्रमको लागि जाने योजना वनाउँदै थियो। भाइहरु नयाँ भएकोले दिउँसो घुमेर वेलुका जमघटहुने स्थल नजिकै (पेरिसको एक हल) मा मलाइ कुर्ने र म चाँही दिनका दिन पेरिस जाने भएकोले वेलुका त्यो वेलामा मात्रै जाने सरसल्लाह भएको थियो। भाइहरु पुगेछन्, म नआएको देखेर हल खोज्न थालेछन्। म त ढुक्कले म्याप नलिई भेट्ने सल्लाह गरेको ठाउँमा पुगें। १० मिनेट भो छैन, १५ भो छैन देख्दिन मोराहरुलाई। फोन गरेको उठाउँदैनन्, न त फोन नै आउँछ। व्याड लक, मैले रुमको नंवर पो डायल गरिरहेको रहेछु मोवाईलको सट्टा अनि जगदिसको मोवाईमा पैसा सकेर मलाइ फोन नै नगर्ने स्थितिमा रै छ। धन्न थाईकान्छो (एडिसन) संग कुरा गरेर सवै कुरो मिल्यो।

जिवनमा पहिलो पल्ट पेरिसमा यति धेरै नेपालीसंग भेटघाट गर्न पाउँदा खुसिको सिमा थिएन। ३ महिनासम्म एक्लो नेपाली भएर विताईरहेको थिएँ। यस्तो जमघटले त म खुसिले पागल भएको थिएँ। जिवन सर र निता दिदीहरुसंग (काउन्सिलर, नेपाली दुतावास) चिनजान भयो। जम्मा एक हप्ता अघि आउनु भएको रहेछ उहाँहरु। छोरीहरु प्रतिभावान, गायन र न्रित्य दुवैमा। दिदी आफैंमा एक कवियत्री अनि राम्रो नाच्नुहुदो रहेछ (भिडियो भाग ३ मा हेर्न सकिन्छ)।

साँच्चि मेट्रोदेखि हलसम्म जाने क्रममा "भु जेड नेपाली?" भनेर २ जना युवतीले सोधे हामीहरुलाई। "उई-उई" (हो हो) भनेर हाम्लेनि उत्तर फर्कायौं। पछि थाहा पाईयो तिनिहरु पनि त्यही कार्यक्रममा पो जाँदै रहेछन, नेपाली चेलिहरु। यसरी जिवनमा पेरिस सहरमा नेपालीहरुले नेपालीहरुसंग फ्रेन्चमा चिनजान गरेको अनुभव पनि वटुलियो।

अर्को रमाईलो कुरो थाहा पाईयो। साउदी अरवको राजाको दरवार त संसारभर रहेछन। अमेरिका, फ्रान्स ... उन्को देशमा त हुने नै भो। तेल दिएको उपलक्षमा उपहार पाएको रे। यति धनि छ रे कि कुरै नगरौ। रमाइलो कुरा त त्यो दरवारहरुको रक्षा गर्ने जवानहरु त नेपाली पो रहेछन्। उनिहरुलाई दरवार भएको हरेक देशको भिषा हुने रै छ र हरेक ३ महिनामा पालो पालो गरी ठाउँ सर्नु पर्ने रहेछ। जस्तो कि ३ महिना अमेरिकाको दरवारको रक्षा गर्यो , वाकि अर्को ३ महिना फ्रान्स, आदि आदि। यो दशैको वेला चाहि उहाँहरुको ड्युटी पेरिसमा परेछ। रमाईलो भो भेटघाटमा। खाडिमुलुक सवै घुमिसकेका रहेछन। "भाई फ्रान्सको आर्मीमा भर्ति लिदो रहेछनी, ट्राई गर्नुस। आखिर जहाँ गएपनि नेपालीको काम उही सलाम ठोक्ने त हो। यहाँ त पैसा नि राम्रो नै हुने रहेछ........." त्यही ग्रुपको एक जना नेपाली दाइले भन्दै थिए। हेर्नुस् दाइ नेपालीहरुले धेरै काम गर्न सक्छन, जस्तो कि म लाहुरे नभई पनि जागिर खादै छु त, त्यस्तो सानो नसम्झिनु नेपालीलाई............" भनेर संझाउने विचार जागेर आयो, तर मैले त्यसो गरिन मौन रहें।

दश युरोको टिकट काटेपछि कार्यक्रम सुरू भयो। मादल देखैं, गितार वाला (लामा) नि रै छन। शिद्दार्थलाई गित वनाउन भने र कपि दिएँ। ३० मिनेटको तयारी पछि हामीले गायौ, वजायौ। यो भिडियो हाम्रो कान्छो जगदिसले लिएछ। अहिले रमाईलो लाग्छ हेर्दा।

वुढी आमा (नाम थाहा छैन) ले जमरा सहितको टिका पनि लगाईदिनु भयो। गुन्दुक , खसिको मासु, अचार, आहा,..........नमस्केको भएपनि ढिंडो खाईयो। सानामा धेरै खाएकोले होला मलाइ ढिंढो मन पर्दैन। उसमाथी नमस्केको ढिंढो चम्चाले खाँदा अप्ठेरो लागिरहेको थियो.

जे होस नयाँ ठाउँमा नयाँ किसिमले जमघट गरेर २०६५ सालको (सन् २००८) को दशैं मनाईयो, रमाईलो भयो। भिडियोका अंशहरु तल राखेको छु:

दशैं भाग १: परिचय


दशैं भाग २: लामो भाग




दशैं भाग ३: छोटो, मिठो भाग

बिश्वेशर प्रसाद कोईराला

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, September 1, 2008

भनिन्छ मान्छे एक्लो कहिले पनि हुन्न जवसम्म उसको हातमा एक पुस्तक हुन्छ। किनकि पुस्तकमा मान्छेले संसार देख्छ, अरु कोहिसंग भलाकुसारी गर्छ। जस्तो कि तपाई अहिले कोहिसंग हुनुहुन्न, यो मेरा अक्षरहरु पढ्दै हुनुहुन्छ। म केहि भनिरहेको छु, तपाई त्यसलाई सुन्दै हुनुहुन्छ। त्यहि भएर म आफ्नो केही समय कसैसंग भलाकुसारि गर्न उसको जीवनी सुन्न अनि उसका भावना वुझ्न उसका क्रितिहरु खोतन्ने गर्छु, विताउने गर्छु। त्यहिक्रममा मैले BP को आत्मकथा सुन्ने मौका पाएँ। मलाई यस अर्थमा पनि रमाईलो लाग्यो कि उनको म्रित्यु भएको बर्ष नै म जन्मिएको रहेछु। मेरा यि आँखाहरुले उनलाई त देख्नपाएनन्, तर उनका क्रितिहरुमार्फत उनले चिन्ने प्रयत्न गर्दैछु।


उनी साहित्यकार मात्र हैन, राजनितिज्ञ पनि थिए। कोहिले त महामानव को उपनाम पनि दिएका थिए उनीलाई। उनि उही विश्विश्वर प्रसाद कोईराला हुन जो नेपालका पहिला निर्वाचित प्रधानमंन्त्री पनि हुन। उनको जन्म सन् 1914 र मरण सन् 1982 मा भएको रहेछ।


उनको जिवनको धेरै समय निर्वासित अवस्थामा र जेलमा नै वित्यो। उनले १८ महिना सम्म प्रधानमंत्रिको कार्यकाल पनि सम्हालेका थिए। हालसालै मैले खगेन्द्र नेपालीको आवाजमा उनको आत्मव्रित्तान्त सुन्ने अवसर पाएँ। एकदम रमाईलो अनि प्रेरणादाई पाएँ। गान्धिवादी रहेछन्। गान्धिलाई मारिनु एक दिन अघि उनले भेटेका रहेछन्, नेपालमा वम पठाउन…..। निकै रोमान्चक ढंगले प्रस्तुत गरेका छन उनले आफ्नो जिवनीलाई।


उनका साहित्यक क्रितिहरुमा: दोषि चस्मा, सुम्निमा, तीन घुम्ति, नरेन्द्रदाई, मोदिनि, हिटलर र यहुदि, वावु-आमा-र-छोरा" पर्दछन्। उनि राजनितिज्ञ भएपनि विस्लेषकहरुले उनको लेखाईमा राजनितिको 'र' सम्मको प्रभाव देख्दैनन् । त्यसैले विश्लेषहरुको विचारमा उनि जिवनमा दुई भिन्न भिन्न विधामा पाईला राखेर अघाडि वढ्ने एक कुसल व्यक्ति हुन्। उनी रसियन लेखक एन्टन चेकोभ (Anton Chekov) वाट प्रभावित थिए रे। उनले लक्ष्मी प्रसाद देवकोटा र वालक्रिष्ण समलाई नेपालका खराट साहित्यकार, लेखकका रुपमा लिएका रहेछन्।


उनको आत्मव्रित्तान्तलाई मैले संकलन गरेको छु। यदि कसैले सुनेको, पढेको छैन उनको जिवनी भने, मैले संकलन गरेको लिंक क्लिक गरेर सुने हुन्छ। मलाई लाग्छ, उनको जिवनी सुनेपछि जिवनमा केही परिवर्तन भएको महसुस हुनेछ।



तस्विर: ताजमहल अघाडि विपि

स्रोत: nepalicongress.org



विपिको आत्मकथा सुन्ने? क्लिक गर्नुहोस तलका वटनहरु:

स्रोत: dcnepal.net


---------------------------

-----------------------

-----------------------

-------------

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors