About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label हाँसो ठट्टा. Show all posts
Showing posts with label हाँसो ठट्टा. Show all posts

मन्त्रीज्यू नसके नेपालीमा वोल्नुन, यो त अति भएन र ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 14, 2011

स्वास्थ्य राज्यमन्त्री धर्मसिला चापागाँईले सम्युक्त राष्ट्रसंघको  High Level Meeting on AIDS, 94th plenary meeting New York, 8-10 June 2011 मा दिएको भाषणको भिडियो हो यो। अन्तिम चरणमा भाषण परिवर्तन गर्नुभयो कि के हो, अङ्ग्रेजी वोल्न गार्हो भएको प्रस्टै देखिन्छ मन्त्रीज्यूलाई । नसके अनुवादक राखेर नेपालीमा वोल्देको भए के जान्थ्यो र। अंग्रेजी मै राम्रो वोल्न मन भए, अंग्रेजीको उच्चारण नेपालीमै लेखेर वोले पनि केही हुन्थेन होला वरु। सकिन नसकी पनि अङ्ग्रेजीमा नै गरेको वोल्ने प्रयासलाई त मान्नु नै पर्ने हो तर यो आफ्नै देशमा गरेको भए उत्तम हुने थियो, UN मा पर्यो, अलिक हजम नहुने के सुन्दा पनि ... :))

नोट: भिडियो वजाउन 2/3 पाली प्रयास गर्नुहोस, पहिलो पाली नै नखुल्न सक्छ....

अनुरोध: हामी नेपालीहरुको यस्तो वेईज्यती पटकपटक हुनवाट रोक्न यो भिडियोलाई  धेरै भन्दा धेरै नेपालीहरुसामु पुर्याउन ...



- समाप्त -

डु यु स्पिक ईंलिस ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 28, 2010

कुनैताका विश्वेस्वरप्रसाद कोईरालाको  आत्माव्रित्तान्त सुनेको थिएँ। वालककालमा उनीले वनारसमा अध्यायन गरेका थिए रे। उनी पढाईमा र वहसमा निकै राम्रा थिए रे। वनारसमा अध्यायन गर्दा एक महानुभावले प्रश्न गरेछन् - "तिमीलाई अँग्रेजी वोल्न आउँछ (डु यु स्पिक ईंलिस) " ? जवाफमा विपिले  "मलाई अरु अङ्ग्रेजी आउँदैन वनारसको अङ्ग्रेजी मात्र आउँछ" भनेका थिए रे। महानुभावले हाँस्दै भनेका थिए रे - "अँग्रेजी जहाँको भएपनि एउटै त हो"। विपिले यो सन्दर्भ आफ्नो आत्माव्रित्तान्तमा राखेर रमाईलो वनाउन खोजेका देखिन्छन् । सवैवालक जस्तै आफूपनि सानासाना कुराहरुपनि ख्याल नगरेर निस्वार्थ रुपमा जवाफ दिएको थिएँ भनेर देखाउन खोजेका होलान्। उनले अँग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले वनारसी होस या वेलायती एउटै हो भन्ने महानुभावको कुरालाई स्विकारेको देखिन्छ।

अमेरिकी वातावरणमा घुलमिल हुन यहाँ आउने कोहिपनि नवजनलाई केही समयसम्म  सघर्ष गर्नु नै पर्दछ। सङ्घर्षको क्रममा नौला, रोचक घटना घट्ने गर्दछन् । यो यस्तै रोचक कथा हो। हाम्रो आफ्नै कथा हो :) । एक पटक एउटा अफिसमा फोन गर्दाको कुरा हो। एक महिलाले फोन उठाईन। हामीले उक्त अफिसलाई आफ्नो समस्या प्रस्तुत गर्यौं। उनले केहि वेर पस्चात - " Do you speak English ? In which language are you comfortable with ? I can ask for translator...." (तिमीहरु अँग्रेजी वोल्न सक्छौ ? तिमीहरु कुन भाषामा दख्खल छौ ? म अनुवादक वोलाउँछु) भनेर सुनाउँदा हामीले फोन राखेर मरिमरी हाँसेका थियौ।

हाम्रो अँग्रेजी उसले नवुझेकोमा नरमाईलोपनि लागिरहेको थियो। हाम्रो दक्षिण-एसियाको लवज विशेष खालको छ। सायद उ हामीले वोल्ने अँग्रेजी लवजसँग परिचित थिईन।  त्यो वेला विपिले सानामा दिएको उत्तर नै सहि थियो जस्तो लागेको थियो। वनारसमा वोल्ने अँग्रेजी  दक्षिण-एसियालीले वोल्ने अँग्रेजीको प्रतिनिधि उदाहरण नै हो। वालककालमा उनले वनारसी अँग्रेजी मात्र आउँछ भनेर उनले जे भनेका थिए वास्तवमा उनले सही भनेका थिए तर उनले त्यो यथार्थलाई राम्ररी नकेलाई अँग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले सवैतिर एकै हो भन्ने कुरालाई स्विकारेको देखिन्छ।

हालसालैको कुरा हो। साथीको मोवाईमा भुलवस एकमान्छेले फोन गरेछ। के के भन्दो रहेछ उनले वुझ्न सकेनछन् र मलाई फोन हस्तान्तरण गरे । मैले वुझ्ने प्रयास गरें।  वुझेका केही शव्दले उसको कुरा अनुमानमात्र लगाउन सकें। तर गाँठीकुरा मैले पनि वुझ्न सकिन र फोन साथीलाई फिर्ता दिएँ। साथीले उसलाई प्रतिप्रश्न गरे।  उनको प्रश्न यस्तो थियो : "डु यु स्पिक ईंलिस ?" :D :D हा हा हा। हत्तपत्त उसले फोन राख्यो। साटो फेरेकोमा हामीलाई भने एक किसिमको खुसी भनौ या आत्मासन्तुस्टि मिलीरहेको थियो  :)))))))

- समाप्त -

ठमेलमा एक पर्यटक

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 17, 2010

ठमेलको एक Gift पसलमा पसे लगत्तै उसले भन्यो - "हेल्लो सर, गुड आफ्टरनुन्"। यसपाली मैंले नेपालीमा वोल्ने चेष्टा गरिन र भनें - "गुड आफ्टरनुन्"। अगिल्लो पसलमा पनि यसैगरी अंग्रजीमा भन्दा मैंले म नेपाली हो भाई भनेर सुरुमै वताएको थिएँ। तर यसपाली केही वेर झुक्याउँ भनेर मैंले उसलाई अंग्रेजी मै वोलेको थिएँ। मेरा आँखा नजीकैका वुद्धको मुर्ति तिर वढिरहँदा उसले भनेको थियो - "दिस इज लाफिङ्ग वुद्द सर "। "ओ या, बट ईट ईज डर्टि ...."- मैंले यसै गरि जवाफ दिएँ। "नो सर, ईट ईज विकाउज अफ डस्ट। आई विल क्लिन ईन फ्रन्ट अफ यु, ईट विल साईन..." - उसले भन्यो। "ओ के"- मैंले जवाफ दिएँ। उसले केही वेर धुलो पुछेपछि मैंले सोधें - "हाउ मच ?" । "जस्ट २००० सर"- उसले जवाफ दियो। यसैगरि उसँग भलाकुसारी हुँदै गयो अनि विचमा मैंले उसलाई भने - "भाइ म नेपाली हो ... :) "। उ पनि मरिमरि हाँस्न लाग्यो र म पनि। "अग्लोअग्लो अनि गोरो देखेर नेपाली हैन भन्ठाने दाइ सरी ..."- उ भन्दै थियो। मैंले पनि उसलाई झुक्कउन यसो गरेको भनेर भनें - उ अझै हाँस्दै थियो।

यसरी ठमेलमा म पर्यटक वन्न पुगें । हुन त म एक पर्यटक नै थिएँ - आन्तरिक पर्यटक। तर भाषा भने अँग्रेजी परेकोले अलिक अप्ठेरो लाग्यो मलाई । म सोच्छु कतै म वास्तविक विदेशी पर्यटक त वन्दै छुईन ? म झस्कन्छु, अनि सोच्दछु अहँ, म त्यस्तो वन्न चाहन्न...।

- समाप्त -

कन्जुस अङ्कल !

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, August 8, 2010

साउन महिनाको आठघन्टे लोडसेडिङ् को वावजुद यो कहानी नलेखि रहन सकिन म :D
---
भर्खर कै कुरा हो यो। म भेटघाटको सिलसिलामा एक साथीको घरमा वस्न गएको थिएँ। उसकी ७ बर्षकी भतिजी रहिछिन्। त्यसैले उनी मेरी पनि भतिजी नै परिन। सानीसानी चन्चले, केटाकेटीको त्यस्तै त हुन।

केटाकेटीहरुसँग कुरागर्न मलाई मन निकै मनपर्छ। उसमाथि यी भतिजी आँफै कुरा गर्न तम्सिने खालकी मज्जाकी रहिछिन। "अङ्कल जस्तै हुनुहुँदो रहेछ अङ्कलको साथी पनि" - उनले लोडसेडिङ्ग भएको बेलामा पुग्दा यही भनिन् :)। हुन त केटाकेटीका आँखा तिखै हुन्छन् त्यसैले यार्सागुम्वा टिप्न केटाकेटीलाई लगिन्छ ता कि उनीहरुले सजिलै देख्दछन्। मैंले यसैगरी सोचें उ वेला तर पक्कै पनि अङ्कल र अङ्कलको साथी उस्तै थिएनन्। त्यसैले सानी भतिजीले पहिले पनि भन्दै आएको कुरा सुनाए झैं लाग्यो।

विहानै भतिजीका वास्तविक अङ्कल प्रविण (परिवर्तित नाम :D) वाहिर गएको वेला पारेर सानी भतिजी कोठामा पसिन। उनले मलाई पनि अँकल भन्न थालिसकेकी थिईन यो वेलासम्म। उनले मलाई वाचा वधाईन यसरी: "अङ्कल तपाईंसँग म एक कुरा गर्न आएकी तर मेरो प्रविण अङ्कललाई नभन्नु है त ?"। मैले सहमति जनाएँ। अनि उनले सुरु गरिन गोप्य कुरा सुनाउन:

प्रविणकी भतिजी - अङ्कलको वर्थ डे मा अङ्कलले कति ठूलो केक ल्याउँछु भन्नु भ'को थियो तर थाहा छ के भो?।
- छैन भन न के भयो?
प्रविणकी भतिजी - वर्थडेको दिन त अंकले चोकोफन ल्याएर त्यहि काट्नु भयो।
- हो र ?
प्रविणकी भतिजी- हो नि । अङ्कल कस्तो कन्जुस हुनुहुन्छ। मेरो वर्थडेमा कत्रो केक काटेको उहाँकोमा त तेस्तो। पैसा नभएर हैन के, अङ्कल सार्है कन्जुस हुनुहुन्छ.........।
- हाहाहाहाहाहा :))))))))))))))))))))))))))))))))))) :D:D:D:D:D:D:D:D

म यति सुनेपछि हाँस्न थालेँ। पेट मिचिमिची हाँसे। भन्छन् वच्चाहरु निस्चल हुन्छन रे अनि जे छ त्यही नलुकाई भन्छन् रे । सायद यी भतिजीले पनि प्रविण अङ्कलको रामकहानी जस्ताको तस्तै सुनाईन् :D । प्रविण अङ्कलको आगमन पस्चात मैंले उनलाई यो कुरा सुनाएँ। हामी मरीमरी हाँस्यौ। मैंले भतिजीसँग गरेको प्रविण अङ्कललाई नभन्नु भन्ने वाचा तोडेँ :(. त्यसैले आई एम सरी भतिजी ! आज तिमीले माफ नदिए पनि तिमी ठूली वुझ्न सक्ने भएपछि यो व्लग देख्यौ भने तिमीले मलाई माफ गरिदिने छौ भन्ने आश छ। हुन त मैंले भतिजीलाई तिम्रो अङ्कललाई सुनाएँ भनेर प्रविण अङ्कल भएकै वखतमा सुनाएको थिएँ। उनले के भो त भएकै कुरा भनेको भनेर सुनाउँदा हामी अझ मरीमरी हास्यौं।

विचरा भतिजीमात्र यस्ती हैनन्। मलाई मेरो वाल्यकालको यस्तै कहानी वुवाआमाले मलाई सुनाउँदाको क्षणको याद आयो। यी भतिजीले त के नै गरिन र मेरो कहानी सम्झिल्याउँदा अझ वढि हाँस्न मन लाग्छ आजसम्म पनि। म त यो वेलापनि सुनाउँन सक्दिन मेरो त्यो कहानी, सार्है नै विजोक पारेको रहेछु मेरा आमा वुवालाई। त्यसैले ढिलै भए पनि मेरा वुवा आमालाई त्यो वेला पारेको अप्ठेरोको लागि 'आई एम सरी' भन्न चाहन्छु :)))))

- समाप्त -

टेन-टु-फाईभ

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 3, 2010

सरकारी कार्यालयहरुमा चाहिने भन्दा वढी मान्छे राख्ने गरेको आरोप लाग्ने गरेको पाइन्छ। राजनीतिक नियुक्ति र अस्थिर सरकार यसो हुनुका प्रमुख कारणहरुमा पर्दछन। सरकारी  तथा अर्धसरकारी संस्थामा काम गर्ने साथीहरुले पनि खुलस्तरुपमा यो कुरा स्विकारे।काम धेरै गर्नु नपर्ने तर सुरक्षित हुने हुनाले सरकारी जागिर पाउँन मेहेनत भने निकै गर्नुपर्दछ।

अफिस समय त टेन-टु-फाईभ (१०-५) हो सरकारी अफिसको। तर टेन भन्नाले टेनमा घरवाट हिड्ने हो र फाईभ भन्नाले फाईभमा घर पुग्ने हो भनेर साथीहरुले कुरा गर्दा हामीहरु हाँसिरहेका थियौ। अर्को तर्फ 'सरकारी काम कहिले जाला घाम' भन्ने उखान अहिले पनि सहि रहिरहेको देख्दा कताकता नरमाईलो लागिरहेको थियो ...। स्रोत, मानव र साधनको उपयोग गर्न सके विकास हुन सक्छ भन्ने कुरा मान्छेहरुले वुझेपनि किन वुझपचाएर वस्छन्, सोध्न मन लागेको छ। भगवान पशुपतिनाथले सवैलाई यो कुरा मनन गर्न सिकाउन :))

- समाप्त -

सेतेते ...

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 19, 2010

विगतका केही बर्षहरुमा मैंले सिकेको एक कुरा हो भाषाको महत्व। नयाँ भाषा सिक्नु एक ठूलो काम रहेछ। तर भाषा सिक्ने काम सजिलो पक्कै छैन। जति सानो उमेरमा भाषा सिक्यो उति राम्रो हुने रहेछ। त्यसैले भविष्यमा मेरा छोराछोरीलाई सानैदेखि नयाँ भाषा पक्कै पनि सिकाउने हो :)))

नेपाल भन्दा सार्कोजी वाठा !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 8, 2010

French and American presidents' couplesअमेरिकन र युरोपियन भन्ने वित्तिकै खैरे अनि अग्ला भन्ने कुरा दिमाखमा आउँथ्यो। समय अनुसार सुचनाको पहुँच वढ्दै जाँदा कुराहरु वुझिंदै, भोगिँदै, र देखिदै गईयो। आखिर मान्छे न हुन् अग्लो होचो काले गोरे सवै किसिमका मान्छे जहाँ पनि हुन्छन भन्ने कुरा थाहा पाइयो ।

केहि समय अघि हाम्रा वर्तमान प्रधानमन्त्री माधव नेपालको टोली अमेरिकामा गएको थियो । त्यो वेला खिचेको फोटो देख्दा हाम्रा प्रधानमन्त्री जोडिको उचाई निकै कम रहेछ जस्तो लागेको थियो। फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी पनि होचा नै रहेछन् ओवामाको अगाडि। उनको उचाई ५ फिट ५ ईन्च रहेछ। हाम्रा प्रधानमन्त्री मन्त्रीनी भन्दा अग्ला नै देखिन्छन् तर फ्रान्सका राष्ट्रपति भने उनकी श्रीमती कार्ला व्रुनी भन्दा होचा रहेछन्। कार्ला व्रुनी भुतपुर्व मोडेल हुन् र सार्कोजी राष्ट्रपति भएपछि उनीहरुको विवाह भएको हो।उनको उचाई ५ फिट १० ईन्च रहेछ।

थेसिस! थेसिस!! थेसिस!!!

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 4, 2010

प्रसंग किनमेलको हो। भन्छन् नि  पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।

थेसिस
तस्विर: थेसिस बिक्रीमा (स्रोत: फेसवुक )
हा हा हा हा हा।फेसवुकमा यो तस्विर देखापर्दा मलाई निकै हाँस उठ्यो र यहाँ व्गमा राख्ने विचार गरें। ८ महिना घुँडा धसेर मरीमरी थेसिस गरेको संझिन पुग्छु म। उफ ति दु:खका दिन संझिल्याउँदा त किन्न पाए हुन्थ्यो जस्तो नि लाग्छ एक हिसावले हा हा हा । तर दु:खवस यो विज्ञापनमा ईंजिनियरिङ्ग रैन रहेछ नत्र त किन्थें पनि होला हा हा हा।

विदेशी मुक्का

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 15, 2010

सदा झैं १३ जनवरी २०१० को ९ बजे म कोठावाट निस्केर अफिस हिडेको थिएँ। हप्तादिन अगि परेको हिउँ अझपनि विलिनसकेको हुनाले वाटोमा हिड्न पनि मुस्किल भैरहेको थियो। चिप्लिइएला भनेर म वाटोमा ख्यालगरेर हिड्दै थिएँ।

१ मिनेट पनि भएको थिएन कोठावाट हिडेको। एक्कासी मेरो ध्यान कुनै फ्रेन्च आवाजले खिच्यो। तिर आउँदै गरेको मान्छेले केही ठूलो स्वरमा मलाई केही भन्दै थियो। जव हामीहरु नजिकियौं उसले फेरी केही वोल्यो। मैले वुझ्न नसकेकोले 'पाखदों' भने। उसले मुक्का पो तेर्सायो ! एक्कासी आएको झिंगा धपाउन हात आँफै चलेजस्तै मेरा हात उसको मुक्कासँग प्रतिकार गर्ने आफसेआफ अघिसरे। उसको साधारण मुक्का प्रहार मेरो हातले मात्र हल्का अनुभव गर्न पायो। म वाटोमा सरासर अगि वढें, उ उसको वाटो लाग्यो।

हाँसो ठट्टा: मुसी र मुसो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 15, 2009

घरवेटिले ढोकामा सुचना टाँसेका रहेछन् । सुचना यस्तो थियो: "आज देखी हाम्रो घरमा विरालो आएको छ, झ्याल र ढोका वन्द गर्नुहोला नत्र यो त्यहाँवाट निस्केर अन्तै जान्छ। ..."। घरवेटी न परे, जसको हातमा सुन, उसले वनाउँछ कानुन (Translation of Golden Rule)। मान्नै पर्यो नि।

सुरुका दिनमा केहि डर लागे पनि आजकल यो विरालोको माया लाग्न थालेको छ। कस्तो राम्रो छ। कोठामा आएर लडिवडि गर्छ। विरालो देखि डरलाग्नै छोड्यो।

खासमा विरालो ल्याउनुको कारण चाहिँ घरवेटिले राती मुसो कराएको सुने रे । रमाईलो कुरा चाँहि के भने विरालोको नाम "मुसी" रहेछ। जव मैले त्यो थाहा पाएँ, मलाई मनमनै हाँसो उठ्यो। "मुसी"ले कसरी मुसा मार्ला । :) । तर यो फ्रान्समा "मुसी" भनेको "पोथि मुसो" भन्ने के थाहा र । त्यसैले "मुसी"ले मुसा मार्छ भन्ने आशा गर्न सकिन्छ :D :))))

हाँसो ठट्टा : हाम्रा बिशेषता

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, September 3, 2009

दु:खि कुरा - भन्नेले 1A भन्यो। सुन्नेले 2A सुन्यो अनि 3A पारेर अर्कोलाई सुनायो। सुन्नेले 4A सुन्यो, 5A पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र केहि छिन मै उसैको कानमा 10A आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। नराम्रो कुरालाई बढाउने त हाम्रो एक पहिचान पो रहेछ :)

सुखी कुरा - भन्नेले A भन्यो। सुन्नेले A/2 सुन्यो अनि A/3 पारेर अर्कोलाई सुनायो। सुन्नेले A/4 सुन्यो, A/5 पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र धेरै दिन पछि आज उसैको कानमा A/10 आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। राम्रो कुरा, प्रशंसा गर्ने कुरालाई लुकाई दिने त हाम्रो एक पहिचान पो रहेछ :).

निस्कर्ष: हाम्रो समाजमा तिता कुराहरुको गति तिव्र र प्रभाब व्यापक हुने र मिठा कुराहरु को गति सुस्त र प्रभाव सिमित हुने गर्दछ। यिनै हाम्रा प्रमुख बिशेषताहरु हुन् । :D

आई एम गोईन्ग टु सल्यान -- ज भिआँ द्यू नेपाल

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 15, 2009

समयले कसैलाई पर्खिदैन, न त यसलाई रोक्न नै सकिन्छ। यो त हिडिरहन्छ निरन्तर। यसरी चलयमान समयमा धेरै घटना घट्छन् , कतिपय सम्झिन सकिन्छ त कतिपय सकिन्न। आज कुरा गर्नलागेको घटना म सायदै भुल्छु होला।

मामाघर सेर्ना (ओखलढुङ्गा) जानलाई मेरो घर सल्यान (सोलुखुम्वु) वाट हिड्नेलाई ५ - ६ घन्टाको वाटो होला। प्राय: चाढपर्वमा मावल गईन्थ्यो। मामाघर जान भने पछि हुरुक्कै हुन्थ्यौं हामीहरु। मिठो मिठो खान पाईने र भान्जा भान्जीलाई टिका लगाएर पैसा दिने चलनले पनि मामाघर जान हानाथाप हुन्थ्यो दाइ दिदीहरु विच। कान्छो परेको कारणले होला मैले भने धेरै पटक मौका पाउँथें ।

एक पटक म वुवा आमाको साथमा मावल जान पाएको थिएँ। मेरो मावली वेसीमा परेकोले जाँदा नेचा डाँडाको शिरवाट सेर्नाको पुच्छारसम्मको ओरालो जानुपर्छ। विचमा आउँछ मगर गाउँ। आउँदा भने उही मगर गाउँसहितको उकालो । त्यही उकालोमा विसाउने कैयन चौतारीहरु छन् । दशैमा त अझ लिंग्गे पिङ् हाल्छन् त्यो गाउँमा । आहा कत्ति रमाईलो हुन्थ्यो। मावलवाट उकालो सुरुगर्दा मगरगाउँ आउनु अघि देविथान माथि एक वरको रुख सहितको चौतारी छ। हो त्यो विसौनीमा केहीवेर विसाएर थप उकालो सुरु गर्नासाथ वुवाले सुरु गर्नुभएको थियो, अँग्रेजीमा प्रश्नहरु गर्न:

प्र: ह्वाट ईज योर नेम ?

उ: माई नेम ईज नोवल ।

प्र: हाउ ओल्ड आर यु ?

उ: आई एम 'नायन' (९) यर्स ओल्ड ।

.......

प्र: ह्वेर आर यु गोईन्ग नाउ?

उ: आएन वुवा ।

....

म कक्षा ४ कक्षा पढ्थें ९ वर्षको हुँदा। सरकारी स्कूलमा अंग्रेजी विषय ४ क्लासवाट सुरु गरिन्छ । त्यही भएर म बुवाका सवै प्रश्नहरुको जवाफ दिन सकिरहेको थिईन। फेरी हाम्रो अंग्रेजी विषयको पढाईमा स्पिकिङ्लाई महत्व दिईन्न। त्यो मैले नजानेको प्रश्नको उत्तर वुवाले यसरी दिनु भएको याद छ: "आई एम गोईन्ग टु सल्यान" ।

यसरी मेरो अंग्रेजी भाषासँगको लुकामारी १७ वर्ष अघि सुरु भएको थियो । समयको उतारचढावसँगै म फ्रान्स आएको पनि २ वर्ष पुग्नै लागेको छ । केही फ्रेन्च भाषा सिकेको त छु, तर पनि गार्ह्रो महसुस हुन्छ विशेष गरी शव्द उच्चारणमा। ए आई टी ( थाईल्यान्ड ) मा म्याडम जिनेटसँग फ्रेन्च सिकेको थिएँ। उ वेला म्याडमले प्रश्न गर्नु हुन्थ्यो:

प्र: भू भू जापले कम ? (What is your name ?)

उ: जमापेल नोवाल ।

प्र: भू ज्याभिते उ? (Where do you live ?)

उ: ज्याभित आलाईते ।

प्र: द्यू एत् भू ? (Where are you from?)

उ: ज भे ओ नेपाल ।

हा हा हा हा म्याडम हाँस्नु भयो । मेरो उत्तर त "म नेपाल जादै छु" भन्ने पो परेछ । खासमा म दुईवटा वाक्यहरुमा झुक्केको थिएँ।

१) ज भे ओ नेपाल

२) ज भिआँ द्यू नेपाल ।

अरु साथीहरु पनि यि वाक्यहरुसँग झुक्किएकोले म्याडमले नयाँ आईडिया निकालेर नझूक्किने गरि सिकाउँनु भएको थियो। उहाँ वाक्यसँगै हातको ईसाराले नाँच्नु भएको थियो। "ज भे ओ नेपाल" भन्दा हात शरीर भन्दा पर लैजाने र "ज भियाँ द्यु नेपाल" भन्दा हात परवाट शरीर तिर ल्याउने किसिमको नाँच । अनि त कहाँवाट झुक्किनु नि हा हा हा ।

कपाल फूलेका फ्रेन्चहरुले समेत मेरो अफिस नजिकैको कोठामा अंग्रेजी भाषा सिकेको देख्दा झन रमाईलो लागेर आउँछ। होला मलाई अझै केहि वर्ष लाग्ला फ्रेन्चमा बोल्न तर तिनीहरुको उमेर भन्दा त निकै अघाडि नै आउलानी भन्ने आशा गर्दै मेरा प्रयासहरु अघि वढ्दै छन् । भाषा सिक्नु सुरुमा वाध्यता लागे पनि अहिले रहर वनेर उर्लेको छ। जे होस यिनै दुई वाक्यहरु ( "आई एम गोईन्ग टु सल्यान" र "ज भिआँ दु नेपाल") मेरा अंग्रेजी र फ्रेन्च भाषासँग लुकामारी खेल्दाका कोषेढूङ्गा बनेर वसिरहेका छन्, रमणिय भूतको याद दिलाउँदै ।

हाँसो ठट्टा : 'रकेट'

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 14, 2009

स्थान उही अफिस। २ जना साथीहरु (फँस्वा र मोहम्मद) कुरा गरिरहेका थिए। दुवै जना फ्रेन्चमा पोख्त परे। उनीहरु कुनै रिसर्चको कुरा गरिरहेका थिए, म भने आफ्नै काममा मग्न थिएँ।

म उनीहरुको वातचित हल्का रुपमा सुन्दै पनि थिएँ, किनकी फ्रेन्च सिक्ने यो पनि एउटा तरिका हो। उनीहरुको वातचितको क्रममा मैले धेरै पटक एउटा शव्द सुनिरहें ‘रकेट’। खासमा उनीहरुले गरिरहेको रिसर्चको कुरा मलाई पनि थाहा थियो। त्यै भएर पनि उनीहरुको कुरा केहि हदसम्म म बुझिरहेको थिएँ। तर पटकपटक सुनेको ‘रकेट’ शव्दले मेरो ध्यान तान्यो। यिनीहरुले यो रिसर्चको कुरा छोडेर कतै अन्तरिक्षमा पठाउने ‘रकेट’को त कुरा गर्न थालेनन्? - म सोच्दै थिएँ। तर अहँ, पक्कै हैन, कुरा त उही रिसर्चको नै भैराको थियो अझ पनि।

‘रकेट’ शव्द अरु दिन पनि नसुनेको हैन तर यसपटक भने निकै पटक दोहोरिसकेको थियो । यसरी प्रयोगमा आईरहने शव्द सुनेर मात्रै वस्नु ठीक हैन भन्ठानेर सोध्ने निर्णय गरें र सोधें पनि। आहा, ‘रकेट’ हा हा हा, त्यो पो रहेछ ‘रकेट’ भनेको त, हा हा हा - मैले हल्का हाँसो छाडे। “किन हाँसेको ?” - उसले सोध्धै थियो। “त्यतिकै” - मैले टारें।

हो, मैले सुनेको ‘रकेट’ त “requête" अर्थात अंग्रेजीको “request”, पो रहेछ जुन शव्दसँग त म परिचित नै थिएँ। शव्द थाहा पाएपछि उच्चारण विचार गरें। उनीहरुले ‘हकेट’ भनेको हुनुपर्छ तर मेरा कानले ‘रकेट’ नै सुनेथे :)। कुरा यै त हो, जानेको शव्द पनि उच्चारण थाहा नहुँदा नजानेको झै हुन्छ फ्रेन्चमा। उहिवेला मनमनै एक गीत वज्न सुरु भैसकेको थियो: “स्वामीजीले भन्नुभयो अँग्रेजीमा ‘वाटर’, नबुझेर मैले दिएँ काँचो ‘कटर’ ” - भलै म त्यस्तो परिस्थितिमा भने अझै पुगिसकेको थिईन :)
***

हाँसो ठट्टा: गलत ऐकिक नियम

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 4, 2009

स्कूल पढ्दा नै जानेको कुरा हो अंक गणित (Arithmetic) को ऐकिक नियम (Unitary Method). "१ दर्जन कलमको मोल रु १२ भए १ कलमको मोल कति?" जस्ता प्रश्नहरुको समाधान ऐकिक नियमको प्रयोग गरेर समाधान गरिन्थ्यो। खप्पिस नै थिईयो लौ हिसाव गर्न चाहिँ - मनमनै सोचेरै उत्तर भनिन्थ्यो उ बेला।

आज उस्तै एउटा समस्यालाई हल गर्नु थियो। प्रश्न साधारण: "३ जना मान्छेलाई ३ गिलास चामल लाग्छ भने १ जनालाई कति लाग्छ?"। यो हिसाव गर्नु थियो मलाई, किनकी २ जना भाइहरु छैनन् आजकल।

उही पुरानो दिमाखले मनमनै हल गरेर उत्तर यस्तो निकाल्यो: "१ गिलास"। यसैवमोजिम खाना तयार गरियो। उहि चामल, उही गिलास, उही भाँडो, तर पनि १ जनालाई १ गिलासले त भ्याउँदै भ्याएन नि। त्यसैले ऐकिक नियम फेल खायो यहाँ । जे होस, मान्छे(हरु)ले राम्रैसँग डाईटिङ् गरेका रैछन् भन्ने कुराको आभास चाहिँ राम्ररी नै भयो आज। भोलि भने ऐकिक नियम लगाउँदिन बा.... :D.

Applying Murphy's Law

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 14, 2009

दिन त्यहि १३ फेव्रुवरी २००९ को शुक्रवारको हो। सदा झैं समयमा नै अफिस जान निस्केको के मात्र थिएँ, चकित परें। रात भरि हिउँ पो परेको रहेछ। हिउँले वाटो सेताम्मे पारेको थियो। तै पनि म विस्तार विस्तार अफिस लागें सदा झै।

पहिलो पालि हिउँ पर्दा कस्तो रमाईलो लागेको थियो। क्या सुन्दर वातावरण झैं लाग्थ्यो। हिउँलाई लात्तले हिर्काउँदै अघिवढ्दा निकै रमाईलो लागेको थियो। पेरिस सहरको विरलै आउँने हिउँमा रम्न पाउँनु पनि एक अवसर हो भन्छन्। त्यै भएर पनि म रमाईलो मानिरहेको थिएँ उ वेला। मलाई याद छ, गत साल जम्मा १ रात हिउँ परेको थियो, त्यै पनि धेरै पातलो। धेरै अनुभव गर्न पाईएको थिएन। तर यो वर्षको हिउँ पराईमा यो हिउँ पराई तेस्रो थियो। त्यसैले म मा त्यती कौतुहलता अनि उत्सुकता थिएन वरु किन वेकार परेछ भन्ने भावना आईरहेको थियो।

मेरो यात्रा Evry, Juvisy, Massy Palaesieu, हुँदै Orsay सम्म विना अवरोध पुग्यो। तर त्यहाँ वस थिएन। हिउँ पर्दाको सिधा असर वसमा नै पर्छ। वस नलिईकन हिडेर जाँदा त्यहै १५ मिनेट को समय हो। तर हिड्दा मैले एक पहाड काट्नु पर्छ, भयानक उकालो। दोस्रो पालिको हिउँ परेको समयमा एक साथी (Wile;Tunisian) सँग जाँदा, वाटोमा उ चिप्लिएको कुरा मैले भुल्न सकिन। उकालो पनि यस्तो उकालो छ , अझ हिउँ परे पछि को कुरै नगरौ। त्यसैले मैले वस कुर्ने विचार गरें।

मेरो अफिस अगाडि रोकिने वस आउने छाटकाँट गरेन। मैले अलि नजिक हुँदै जाने वस लिने निर्णय गरें। सवै वस नचलेको हुनाले यात्रीहरुको भिड थियो। ड्राईभरले अघाडिको मात्र ढोका खोल्नु पर्ने हो, तर आज पछाडि को ढोका खोलेर उस्ले भिडलाई घटाउन चाह्यो। उसलाइ आज पैसा कमाउनु छैन बरु छ त हिउपेरेर अलपत्रिएका यात्रिहरुको उध्दार। म पनि चढें पछाडिको ढोकावाट। उहि वस नंवर भएपनि (262.02) फरको वाटो गरि जान्थ्यो यो वस। तर केही नजिक हुन्थ्यो अफिस वाट (जम्मा ५ मिनेट मात्र हिड्नु पर्थ्यो)।

वस अगि वढ्धै थियो। मैले सोचे जस्तो गरि यो वस रोकिएन। आज त्यो ५ मिनेट नजिकको स्टेसनमा रोकिएन। वढिरह्यो अगाडि अगाडि। मैले ड्राईभरलाई सोध्ने मौका छैन किनकि बसमा पाईला राख्न सम्म पाएको छु। मरोस कतै त रोक्लानी मैले चुपचाप रहनु वेस ठाने। आखिरिमा यो एक ठाउँमा त रोकियो तर ठाउँको अत्तो पत्तो छैन। म के अनुमान लाउन सक्छु भने यो वस मेरो अफिसको १० मिनेटको हारा हारिमा हुनु पर्छ। त्यही सोचेर म उत्रिएँ एक अपिरचित ठाउँमा।

म दोधारमा परें, बरु फेरि विपरित दिशामा जाने वस लिएर फेरी पुरानै वस स्टेसनमा जाने कि सोध्दै अगाडि वढ्ने। मलाई यो अफिसमा यही समयमा पुग्नु पर्छ भन्ने कुनै वाध्यता छैन। त्यसैले मैले दोस्रो उपाए लिएँ। वस वाट उत्रिना साथ कोहि मान्छेलाई सोधें, उसले यतावाट जाउँ, अलिक टाढा नै छ भनेर भन्यो। आज मैले मेरो फ्रेन्चको परीक्षा जस्तो लागि रहेको थियो जसलाई प्रयोग गरेर मैले मेरो अफिस खोज्नु थियो। वास्तवमा अफिस पत्ता लगाउनु ठुलो कुरा हैन यदि Map थियो भने। तर म जहिल्यै उहि वाटो हिड्ने हुनाले त्यो वोकेको थिईन। त्यसैले यो मेरो लागि एक परीक्षा नै थियो।

वस स्टेसनमा पो केहि मान्छेहरु थिए र सोधें तर दोवाटो निर पुग्दा त कोही पनि नभेटिने। कमै मात्र मान्छेहरु हिड्छन वाटोमा अझ हिउँ परेको वेला को निस्किओस वाहिर ? यसैले गर्दा मेरो परीक्षा जटिल वन्दै गईरहेको थियो। दोवाटोमा मान्छेहरुलाई कुर्नु र सोध्नु नै एक मात्र विकल्प थियो। फेरी सवै भेटिएका मान्छेहरुले मैले जाने ठाउँ नचिन्ने। परीक्षा थप जटिल वन्यो।

मेरो फ्रेन्चले त काम गर्यो तर पनि हिउँले गर्दा गार्हो वनायो। मेरा अफिस नजिकका Landmark हरु पनि आज त्यस्ता थिएनन्। जताततै हिउँ नै हिउँ, जे पनि सेतो। त्यसैले Landmark हरु आज काम गरिरहेका थिएनन्। वाटोको चोकमा राखेका Information हरुलाई पनि हिउँले ढपक्क ढाकेको थियो, सवै छोपिएको थियो।

एक दोवाटोमा ५ मिनेट सम्म पनि कोहि नदेख्दा मैले आफै एक वाटो रोज्ने निर्णय लिएँ। तर पछि मैले कोहि भेटेर सोध्दा त्यो गलत वाटो परेछ। रोकिई सकेको हिउँमा म पेन्डुलम जस्तो बनेर हिड्दा अलिकति ग्लानी त भयो तर मज्जा पनि आईरहेको थियो। हिउँपरेको वातावरणले म मा चिसो जगाईदिएको थिएन। म तातो ज्याकेट, गम्छा, टोपी, पञ्जामा सजिएको थिएँ। वरु हल्का गर्मी पो अनुभव गरेको थिएँ। समस्या चाँहि खुटाको थियो। जुत्ता भित्र हिउँ पसे जस्तो महसुस गरिरहेको थिएँ।

मेरा पाईला अगाडि वढ्दै थिए। ति वाटोमा भेटिने मान्छेका हातहरु मेरा लागि कम्पास थिए। जे होस म मेरो लक्षमा विस्तारै भए पनि अगाडि वढिरहेको थिएँ, कुनै ढरको भावना थिएन। वरु वरिपरिका द्रिष्यले मन रमाईरहेको थियो। म जंगलको विचवाट एक्लो यात्री अगाडि वढिरहेको थिएँ। शिशिरका ति रुखहरुमा वास्तविक पातहरु थिएनन् तर हिउँले गर्दा हरेक रुखमा सेता नयाँ पात पलाएका झैं देखिन्थे। क्या सुन्दर द्रिष्य वा! मैले यि द्रिष्यलाई आँखामा मात्र राख्न सकें किनकी साथमा आज क्यामेरा थिएन। यस्तो हुन्छ भन्ने थियो भने त म लिएर आउँथे नि...।

म रम्दै अगाडि वढिरहेको थिएँ। कसैले नहिडेको हिउँमा हिड्दाको मज्जा वेल्लै भयो। मेरा पाईलाहरुले डोवहरु वनाईउँदै हिडे। म सदा भन्दा ३० मिनेट ढिला अफिस पुगे। १५ मिनेट हिडेर पुग्ने ठाउँमा वस लिएर ३० मिनेट हिड्नु पर्दा पनि किंचित लाज लागेको थिएन किनकि मैले ति मनोरम द्रिष्यलाई आँखामा कैद गर्न पाएको थिएँ, अनि लटरपटरको फ्रेन्चलाई प्रयोग गरेर म मेरो लक्षमा पुग्न सफल भएको थिएँ।

अफिसमा गएर सदा झै विविसि हेरें, आज त १३ ( नराम्रो नंवर मान्ने रहेछन् पस्चिमा मुलुकमा) तारिखको दिन अझ शुक्रवार परे पछि त झनै नराम्रो हुन्छ रे। आज मेरो लागि यहि भएको हो त? तर म यसलाई नराम्रो भन्दा पनि राम्रो भन्न रुचाउँछु। विविसि सुनेको के थिएँ Murphy Law को घोषणा भएको आज ६० औं वर्ष हो भन्ने थाहा पाएँ। Murphy Law ले भन्छ: "Anything that can go wrong, will go wrong." अर्थात कुनै कुरा नराम्रो हुने संभावना छ भने त्यो हुन्छ नै। आजको मेरो अनुभवलाई मैले Murphy Law मा यसरि मिलाएँ: हिउँ परेपछि वस नआउने संभावना छ भने त्यो आउँदैन। वस नआए पछिका घटनाहरुमा मज्जा आए पनि आज मेरोलागि Murphy Law लागु भएको नै थियो; मेरो वस आएको थिएन। आज Murphy जिउँदै थियो भने म भन्ने थिएँ तिम्रो Law सहि रहेछ :) !!!!!!!!!

Who is Who

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 24, 2007

जिन्दगिमा कति परिक्षा दिईयो कति गनेर साध्य छैन। बर्ष नै गन्ने भएपनि १० बर्षको स्कुल, २ बर्षको I. Sc, ४ बर्षको B. E. 2 बर्षको M.E., कति कति। अझ Entrance देखि Dual degree का परिक्षाहरु अनि Semester System मा भएका परिक्षाहरु गन्ने हो भने सयौं पुग्छन्। हरेक परिक्षामा पास र फेलको कुरा हुन्थ्यो। तर आज यस्तो परीक्षाको घडि आएको छ, जुन प्रिथक छ, जहाँ पास र फेल नहोला, तर पनि उत्तर मिलेन भने फेल भए बरावरको पिडा हुन सक्छ। त्यसैले त मैले मैले मन दरिलो बनाएर बसेको छु ता कि उत्तर नै मिलेन भने पनि चित्त बुझोस।

B. E. को तेस्रो बर्ष ताका प्रज्ञा दिदिको बिहे भएको झलझलति याद छ, जनकपुरको बिवाह मण्डपमा। B.E. सकिए लगत्तै प्रज्ञा दिदी, भिनाजु अनि रिता दिदीसंग बसियो सानेपामा। त्यसको केहि समय पछि रिता दिदिको धुमधाम बिवाह भएको पनि याद छ, पशुपति क्षेत्रको बनकालीमा।
समय यसरी नै अघि बढ्दै थियो, AIT जाने भईयो। १ बर्षको AIT यात्राको विचैमा INT जाने भईयो। यहि समयमा मेरा दुई भान्जा वढे: प्रज्ञा दिदीबाट अनि त्यसको केहि समय पछि रिता दिदीवाट। दु:ख बस भन्नु पर्छ, मैले मेरा भान्जाहरुको नामै बिर्सैं। जे होस, एक जना भान्जा JPअर्को भान्जा BR भनेर नामांकरण गरेको छु। लैंगिक अधिकार बराबर हुनुपर्छ भन्नेहरुलाई पनि चित्त वुझ्छ यो नाम। JP भनेको Janak + Pragya. अनि BR भनेको Bhojraj+Rita। लाग्ला JP को ठाउँमा PJ किन भएन, अनि BR साट्टो किन RB भएन? के गर्नु एउटा त लेख्नै पर्यो क्यारे। यो मुद्दा प्रमुख हैन आजको विषयवस्तुमा।
आज बल्ल फुच्चेहरुको फोटो हेर्न पाएको छु। निकै रमाईलो अनुभुति भै रहेछ।
फोटो: मेरा दुई भान्जा (भान्जा JPअर्को भान्जा BR तर कुन, कुन हो थाहा छैन)
प्रश्न: दुबै जना भान्जाको फोटो दिईएको छ (माथि हेर्नुस)। छुट्याउ: Who is Who?
उतर:
यो यस्तो प्रश्न हो, जसको उत्तर दिने समय सिमा घन्टामा छैन अरु परिक्षामा भए जस्तो जस्त ैकि ३ घन्टा, १ घन्टा आदि-आदि। तर पक्कै पनि जति चाँढो उत्तर मिलायो उति दामी नि।

मामा प्रज्ञा अंटिको वावु त तपाईं जस्तै ह्यान्डम छ- एक दिन सिल्पाले भन्दै थिइन। यो राम्रो हिन्ट हुन सक्छ। सिल्पाले मलाई १ बर्ष अघि जस्तो देखेकी थिइन म त्यै बेलाको को विचार गर्दैछु। म उहि जस्ताको तस्तै, न त मेरो रंग बदलिएको छ, न उ उचाई, बिल्कुल उहि। म फेरि प्रश्न तिर हेर्छु (फोटो तिर), कुन चाहिं म जस्तै ह्यान्डम छ र? फोटोमा दुबैजना ह्यान्डम देखिन्छन्: को भन्दा को कम जस्तरी। त्यसैले यो हिन्टले काम गरेन।

म संग अर्को पनि हिन्ट छ: भान्जा JP २ महिना जतिले जेठो हो "भान्जा BR" भन्दा। मैले यो हिन्ट राम्ररि केलाउनु पर्छ। कुन चाँही कलिलो देखिन्छ त? अँ…..वायाँ (left) को केहि कलिलो देखिन्छ कि झै लाग्यो। फेरि सोचें यो पनि गतिलो हिन्ट हुन सक्छ। १ , २ महिनाको फरक छुट्याउन निकै गार्हो हुन्छ। १ बर्षको फरको को बच्चा भए सजिलै भन्न सकिन्थ्यो। त्यसैले अरु हिन्टहरु केलाउन मन लाग्यो।

प्रश्न जटिल बनाईएको छ, दुबै जनालाई एउटै खालको कपडा लगाई दिएर। नत्र कुन दिदीको मन पर्ने रंग कुन हो भनेर उत्तरको नजिकै जान पाईन्थ्यो। यो कपडाको रंगले पनि काम गरेन। छालाको रंग केलाउन मन लाग्यो। यस अर्थमा "भान्जा BR" दायाँ (Right) तिरको हुन सक्छ। फेरी कता कता पढेको संझे सात पुस्ता देखिको गुण आउछ रे हरेक जना मान्छेमा। आमा तिरको ७ पुस्ता अनि बुवा तिरको ७ गर्दा १४ पुस्ताको गुण के थाहा मलाई। त्यसैले यो हिन्टलाई मैले मानिन।

यदि फररर बोलेको आवाज थियो भने म छुट्याउन सक्थें होला बोलीवाट। किनभने भान्जा JP” ले पुर्वेलि आवाज निकाल्न सक्थे भने "भान्जा BR" ले पस्चिमको। यो पनि संभव भएन।

फोटोलाई फेरी हेरें एक जनाको हात अर्कोको जिउमा। पक्कै पनि सानोहरु छुच्चो हुन्छन्: दि हाल्छन् प्याट्ट, प्याट्ट। यस अर्थमा भान्जा BR left को हुनुपर्छ। यो पनि ठिक भएन। राम्ररी चेतना नआएको वेला को फुच्चे को ठुलो, हान्छन् यत्र तत्र। मेरो यो सोचाईले काम गर्न सक्दैन।

आमा बुवाको अनुहारसँग बच्चाको अनुहार मिलाउन खोज्दैछु। यो नै हुनुपर्छ गतिलो हिन्ट। तर पनि त्यति सजिलो छैन मलाई।

अन्तमा उत्तर त दिनै पर्यो क्यारे मिलोस नमिलोस। माथिका सवैकुरा बिचार गर्छु: शिल्पाको कुरा संझिन्छु, १ महिना नै भए पनि जेठो जेठो हो भन्ने कुरा संझिन्छु, अनि वुवा आमाको अनुहारलाई बच्चासंग मिलाउने कुरा पनि संझिन्छु। सवैकुरा मिलाउँदा दायाँको (Right) को भान्जा JP’ र वायाँ(Left) को भान्जा BR’ हो भन्ने निर्णयमा पुगेको छु।
उत्तर मिलिहालेछ भने म क्या वाठो, नत्र पनि वाठो कसरी? किनभने म डाक्टर हैन ईँजिनियर हो भनौला J। दुवै हातमा लड्डु!! त्यसैले मैले उत्तर पठाउने विचार गरें।

चुटकिला १

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, December 28, 2006

खचाखच भरिएको एउटा साझाबस काठमाडौंबाट धुलिखेल हुइँकिँदै थियो । बीच बाटोमा एकजना महिला पनि धुलिखेल जान उक्त बस चढिन् । बसमा सवार मानिसहरु अलि अभद्र भै हल्ला गरिरहेको देखेर महिला यात्रुले भनिन् ।
महिला यात्रुः हैन, यो सार्वजनिक बस हो कि जङ्गली जनावरहरुको चिडियाखाना ?महिला रिसाएको थाहा पाएर एक यात्रु पछाडिबाटैः ठीक भन्नुभयो, यो जङ्गली जनावरहरुकै चिडियाखाना हो । एक बाँदर्नीको कमी थियो, तपाई चढेपछि पूरा भयो ।

स्रोत: नेपाल जापान डट कम।

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors