यो पालिको दशैं पनि पेरिस सहरमा नै वित्यो। गत साल फ्रान्समा भएको रेलको हडतालले छुटेको भएपनि यो पालि भने त्यस्तरी छुटेन। २ भाइहरु (जगदिश र सिद्दार्थ) सहित हाम्रो तिनजनाको टोली पहिलो पल्ट कुनै नेपाली कार्यक्रमको लागि जाने योजना वनाउँदै थियो। भाइहरु नयाँ भएकोले दिउँसो घुमेर वेलुका जमघटहुने स्थल नजिकै (पेरिसको एक हल) मा मलाइ कुर्ने र म चाँही दिनका दिन पेरिस जाने भएकोले वेलुका त्यो वेलामा मात्रै जाने सरसल्लाह भएको थियो। भाइहरु पुगेछन्, म नआएको देखेर हल खोज्न थालेछन्। म त ढुक्कले म्याप नलिई भेट्ने सल्लाह गरेको ठाउँमा पुगें। १० मिनेट भो छैन, १५ भो छैन देख्दिन मोराहरुलाई। फोन गरेको उठाउँदैनन्, न त फोन नै आउँछ। व्याड लक, मैले रुमको नंवर पो डायल गरिरहेको रहेछु मोवाईलको सट्टा अनि जगदिसको मोवाईमा पैसा सकेर मलाइ फोन नै नगर्ने स्थितिमा रै छ। धन्न थाईकान्छो (एडिसन) संग कुरा गरेर सवै कुरो मिल्यो।
जिवनमा पहिलो पल्ट पेरिसमा यति धेरै नेपालीसंग भेटघाट गर्न पाउँदा खुसिको सिमा थिएन। ३ महिनासम्म एक्लो नेपाली भएर विताईरहेको थिएँ। यस्तो जमघटले त म खुसिले पागल भएको थिएँ। जिवन सर र निता दिदीहरुसंग (काउन्सिलर, नेपाली दुतावास) चिनजान भयो। जम्मा एक हप्ता अघि आउनु भएको रहेछ उहाँहरु। छोरीहरु प्रतिभावान, गायन र न्रित्य दुवैमा। दिदी आफैंमा एक कवियत्री अनि राम्रो नाच्नुहुदो रहेछ (भिडियो भाग ३ मा हेर्न सकिन्छ)।
साँच्चि मेट्रोदेखि हलसम्म जाने क्रममा "भु जेड नेपाली?" भनेर २ जना युवतीले सोधे हामीहरुलाई। "उई-उई" (हो हो) भनेर हाम्लेनि उत्तर फर्कायौं। पछि थाहा पाईयो तिनिहरु पनि त्यही कार्यक्रममा पो जाँदै रहेछन, नेपाली चेलिहरु। यसरी जिवनमा पेरिस सहरमा नेपालीहरुले नेपालीहरुसंग फ्रेन्चमा चिनजान गरेको अनुभव पनि वटुलियो।
अर्को रमाईलो कुरो थाहा पाईयो। साउदी अरवको राजाको दरवार त संसारभर रहेछन। अमेरिका, फ्रान्स ... उन्को देशमा त हुने नै भो। तेल दिएको उपलक्षमा उपहार पाएको रे। यति धनि छ रे कि कुरै नगरौ। रमाइलो कुरा त त्यो दरवारहरुको रक्षा गर्ने जवानहरु त नेपाली पो रहेछन्। उनिहरुलाई दरवार भएको हरेक देशको भिषा हुने रै छ र हरेक ३ महिनामा पालो पालो गरी ठाउँ सर्नु पर्ने रहेछ। जस्तो कि ३ महिना अमेरिकाको दरवारको रक्षा गर्यो , वाकि अर्को ३ महिना फ्रान्स, आदि आदि। यो दशैको वेला चाहि उहाँहरुको ड्युटी पेरिसमा परेछ। रमाईलो भो भेटघाटमा। खाडिमुलुक सवै घुमिसकेका रहेछन। "भाई फ्रान्सको आर्मीमा भर्ति लिदो रहेछनी, ट्राई गर्नुस। आखिर जहाँ गएपनि नेपालीको काम उही सलाम ठोक्ने त हो। यहाँ त पैसा नि राम्रो नै हुने रहेछ........." त्यही ग्रुपको एक जना नेपाली दाइले भन्दै थिए। हेर्नुस् दाइ नेपालीहरुले धेरै काम गर्न सक्छन, जस्तो कि म लाहुरे नभई पनि जागिर खादै छु त, त्यस्तो सानो नसम्झिनु नेपालीलाई............" भनेर संझाउने विचार जागेर आयो, तर मैले त्यसो गरिन मौन रहें।
दश युरोको टिकट काटेपछि कार्यक्रम सुरू भयो। मादल देखैं, गितार वाला (लामा) नि रै छन। शिद्दार्थलाई गित वनाउन भने र कपि दिएँ। ३० मिनेटको तयारी पछि हामीले गायौ, वजायौ। यो भिडियो हाम्रो कान्छो जगदिसले लिएछ। अहिले रमाईलो लाग्छ हेर्दा।
वुढी आमा (नाम थाहा छैन) ले जमरा सहितको टिका पनि लगाईदिनु भयो। गुन्दुक , खसिको मासु, अचार, आहा,..........नमस्केको भएपनि ढिंडो खाईयो। सानामा धेरै खाएकोले होला मलाइ ढिंढो मन पर्दैन। उसमाथी नमस्केको ढिंढो चम्चाले खाँदा अप्ठेरो लागिरहेको थियो.
जे होस नयाँ ठाउँमा नयाँ किसिमले जमघट गरेर २०६५ सालको (सन् २००८) को दशैं मनाईयो, रमाईलो भयो। भिडियोका अंशहरु तल राखेको छु:

दशैं भाग १: परिचय
दशैं भाग २: लामो भाग
दशैं भाग ३: छोटो, मिठो भाग
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR