About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label गित. Show all posts
Showing posts with label गित. Show all posts

नआउ जून कोठामा राती मसँग लाडिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, August 4, 2011

आज एक मनछुने गीत राख्दैछु। मलाई अर्थ वोक्ने शव्दहरु भएका गीत मन पर्दछन् ।  ति गीतहरु संयोग र वियोग दुवैका हुन्छन।

सन्दर्भ: अत्यन्त सुन्दर जून राती कोठामा आएर माया गर भन्दछिन् । तर अरु कसैलाई दिईसकेको मन सुन्दर जूनलाई यो गीत सुनाउँछ :

गायक: माणिकरत्न


शव्दहरु:
नआउ जून कोठामा राती मसँग लाडिन
कसैको भैसकेको मन सक्दैन वाँडिन

सुकेली राम्री सुकोमारी छौ, तिमीमा छ जवानी
तर दिउँ कसरी कसैको नासो म्वाईको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पच्छ्याउन छोडेर
नजीक सर्दै-सर्दै नआउ मँसँग टाँसिन

उजेली वन्दै अधेरी वन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
म स्वास पनि उनकै फेर्छु विउझँदा निदाउँदा 
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जून कोठामा राती मसँग लाडिन
***



- समाप्त -

जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 8, 2011

शव्दहरु तिनै हुन् जो गाली गर्न प्रयोग गरिन्छन्। शव्दहरु तिनै हुन जो माया प्रकट गर्न प्रयोग गरिन्छन्। त्यसैले शव्द आफैमा मिठो नमिठो हुनै सक्दैन। वरु तिनीहरुको संरचना नै मीठो नमीठो हुने हो। गीतकार राजन राईले सुनेकै शव्दहरुको संरचना मिलाएर एक मार्मीक आधुनिक गीत लेखेका छन्। गायिका अन्जु पन्तको मिठो स्वरले ती संरचना वाचन गर्दा हामी स्रोताहरु ताली वजाउँछौ ।

०००
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २
फक्रिने र ओइलाउने टुङ्गो हुँदैन
फूलको थुङ्गो हुँदैन
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २

( रोक्दा रोक्दै आँशुहरु कतै पोखिन्छ ) २
(हिड्दा हिड्दै जिन्दगानी कतै ठोकिन्छ)२
जिन्दगी यो सधैँ घामको झुल्को हुँदैन
झुल्किने र अस्ताउने ( टुङ्गो हुँदैन )
 जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन 

कहिलेकाँहि अचानोमा टुक्र्याईन्छ मन
( कहिले हाँस्दै हतकेलामा चढाईन्छ जीवन ) २
(जिन्दगानी सोचेजस्तो मीठो हुँदैन) २
सवै घाउ छाती भित्र (निको हुँदैन) २
 जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन 
०००

- समाप्त -

सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 31, 2010

भक्तराज आचार्य (Bhakta Raj Acharya ) ले गाएको "सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म" (Sabai behosi nasha piyera, bina piyerai behos chhu ma ) भन्ने गीत मलाई मन पर्ने गीतहरु मै पर्छ। कुनै पनि  गितका शव्दहरु अनौठा हुन्नन् तर यी शव्दहरुलाई खेलाउन सक्नेले मात्र यस्ता गीतहरु लेख्न सक्छन्। यहि कलालाई त सिर्जना भनेको होला।



***
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २

( सपना फुटेर आँशु वनेछ, त्यो आँशु फेरी व्यथा वनेछ )
आँशुका थोपा मोती वनेर, ( उदास मनको कथा भनेछ ) २ 
सवै वेहोसी नसा पिएर

( सुनसान वगरमा आँधी चलेछ, फैलेर आँधी चाहना वनेछ )  २
नअँटेर माया अन्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) २

( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
***

- समाप्त -

उड्दै छौ कि वस्यौ कतै डालीडालीमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 18, 2010


०००
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: खोज्दै छौ कि कहाँ होला यो मिलनको गाउँ
(धर्ती हो कि आकाश होला जुनी मिल्ने ठाउँ ) २
केटी: सक्दै छौ कि सुख-दु:ख साथमा के होला
(विर्सौ कि त प्रिति फूल्ने एउटै छ यो चोला) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: जति हेर्यो दुनियाँ यो नौलो नौलो झनझन्
(यही घडिमा हरउँछ त्यसै त्यसै तनमन) २
केटी: सकिदैन छुटाउन वरपिपल छायाँ
(अन्जानैमा वस्दो रै छ नसोचेको माया) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
०००
- समाप्त -

वहारसँगै उड्यो मन, किन थाम्दैन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 21, 2010


(वहारसँगै उड्यो मन किन थाम्दैन) २
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

चाँदनी रातमा जुनको किरणमा तिमी आई
न्यानो स्पर्स देउ
संगीतको मधुरो सरगम वनी
जीवनमा राग नयाँ सजाउ
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?

सागर झैं गहिरो नदि झैं कलकल तिम्रो माया
वग्यो प्रित वनी
हरियाली मौसम रिमझीम वर्षा भै आयो
वसन्त रितु वनी
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
***

- समाप्त -

मेरी वसन्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 24, 2010

स्वरुपराज आचार्यले गाएको वसन्ती फिल्मको गीत :





मेरी वसन्ती, प्यारी वसन्ती - २
तिम्रो न्यानो अँगालोमा - २
सधैं सधैं सधैं भरी
वाँधिएर सहन्छु वाँच्न
मेरी वसन्ती, प्यारी वसन्ती - २

{यो चोखोचोखो वन्धनको
यो तातोतातो स्पन्दनको}२
म सधैं दासिदासि तिम्रो रुपको - २
मेरी वसन्ती, प्यारी वसन्ती - २

{ तिमी साथ हुँदाको वेहोसी
तिमी नहुँदाको उदासी } - २
म सँधै प्यासी प्यासी तिम्रो प्यारको - २
मेरी वसन्ती, प्यारी वसन्ती - २
तिम्रो न्यानो अँगालोमा - २
सधैं सधैं सधैं भरी
वाँधिएर सहन्छु वाँच्न
मेरी वसन्ती, प्यारी वसन्ती - २ 
***
- समाप्त -

गीत: वल गरेर त्यो मन यता

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 28, 2010

आजकल निकै चलेको गित "वल गरेर त्यो मन यता" ( Bal garera tyo maan yeta) भन्ने गीत मलाई पनि मन पर्छ। स्वरुपराज आचार्यले यसलाई निकै राम्रोसँग गाएका छन् :

Lyrics
------------------------------------------------------------
(बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छ्यौ था'छ मलाई छोड भन्दिन म ) २
तर,
खुसी अन्तै मिल्छ भने, तिमीलाई धेरै २
मैंसङ्ग नाता, जोड भन्दिन म २
म त माया गर्छु तिमीलाई २

म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने २
तिम्ले आफ्नो आफन्तलाई होला सोध्नुपर्ने
रित्याई त्यो जन्मघर छोडि के गर्छौ तिमी
जन्मघरसँगको नाता तोड भन्दिन म
पराईको पच्छौरी त्यो ओड भन्दिन म
तर
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैंसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

वाटो सवै सजिलो त कहाँ हुन्छ हिड्न
मन पराई एउटालाई यात्रा नहोस भिन्न
गाह्रो हुन्छ कहिले काँहि साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारी फोड भन्दिन म
फल नदिने व्रिक्षलाई गोड भन्दिन म
तर
खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैंसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छ्यौ था'छ मलाई छोड भन्दिन म
तर,
खुसी अन्तै मिल्छ भने, तिमीलाई धेरै २
मैंसङ्ग नाता, जोड भन्दिन म २
म त माया गर्छु तिमीलाई २
***

- समाप्त -

साउनको झरी वनी तिमी आउन

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 10, 2010

नारायण गोपालले गाएको यो गित निकै मार्मिक छ र सान्दर्भिक पनि छ यो साउनको महिनामा। ईन्टरनेटमा यो गितका शव्दहरु कतै फेला नपरेकोले सुन्दै लेख्दै गरेको छु। सवै सहि रुपमा उत्रेको नहुन सक्छ :


साउनको झरी वनी तिमी आउन, 
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी

हो, हो, (वाँतिएर आज हिमाल किन रोएछ)२
कता-कता मन भित्र घाउ दु:खेछ
विहानीभो किरणसँगै तिमी आउन
छातिभित्र मुटु वोल्छ - तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी

हो, हो, (निसासेको पारी पाखा कति धुमैलो)२
निसासेको पारी पाखा कति धुमैलो
डुव्दै जाने घामले हो कि डँडेलो लागेको
भन्ज्याङ अनि पाखा भन्छ- तिमी आउन
फूलहरु रोई भन्छ- तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी वनी
***

- समाप्त -

गजल: यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

डा. क्रिष्णहरी वरालको अर्को चर्चित गजल:


यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ -३
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई -३
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता ।

भोलिका सन्ततिको आधार खोज्दै छु म -३
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता


- समाप्त -

गीत- चिठ्ठी आएन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 16, 2010

चलचित्र ट्रक ड्राईभर को चिठ्ठी आएन भन्ने गीत 14 May को Voice of Teen भन्ने कार्यक्रममा हेर्न पाउँदा त्यो फिल्म हेरेको संझना आयो ...। Voice of Teen नेपाल टेलिभिजनवाट प्रसारण हुने मलाई मन पर्ने एक कार्यक्रम हो।


***
**
*
{ चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन } २
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन 

{ घर छोड्दा चिठ्ठी लेख्ने वाचा वन्धन थियो
खवर केही नपाउँदामा यो मन रुने भयो  } २
साथीभाइको चिठ्ठी आउछ, मेरो आएन
 चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

जरुरी थियो, मनको कुरा, मनमै रह्यो
प्रिय तिमीलाई संझदा खेरी आँशु नै छुट्यो मेरो 
आँशु नै छुट्यो
हुलाकी वाटो हेर्न मैंले छोडिन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

{ हिजो राती सपनीमा उनीलाई देखें
सपनीकै आधारम एउटा चिठ्ठी लेखें } २
संचो विसंचो कस्तो छ है, थाहै भएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन 
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
*
**
***
- समाप्त -

गीत: कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 14, 2010

विमला राइले गाएको यो "कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ" भन्ने आधुनिक गीत मलाई मन पर्ने गीतहरुमा पर्छ।


कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ -२
दुवै आँखा चिम्मगरी, मन भरि रोई दिएँ -२
कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

मिठो रंग अनुहारको दंग परी तिमी आँउथ्यौ --२
वर्ष भरि झरी हुरी, न्यानो न्यानो मुस्कान ल्याउँथौ
....


- समाप्त -

मानव र गल्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 28, 2010

नारायण गोपालले गाएको "गल्ति हजार हुन्छन् यहाँ होस हराएको वेला" भन्ने निकै चर्चित गीत हो । गीतमा भने अनुसार होश हराएको वेला हजार गल्ति हुन्छन । त्यसमा कुनै दुविधा छैन । तर होसमा हुँदा पनि गल्ती हुन्छन् यहाँ। त्यसैले त भनिएको होला "To err is human, to forgive divine"। यसको अर्थ - सवै मानिसले गल्ति गर्छन् त्यही भएर कसैले गल्ति गरेको छ भने माफ गरिदिनु राम्रो। आईन्सटाईन भन्छन् - "Anyone who has never made a mistake has never tried anything new"। अर्थात कोहीले गल्ति गरेको छैन भन्छ भने उसले नयाँ कुरा गर्न प्रयास नै गरेको छैन भनेर वुझ्नुपर्छ। गल्ति सम्वन्धि थप केहि रमाईला भनाईहरु:

Experience is the name everyone gives to their mistakes.
If you live long enough, you'll make mistakes. But if you learn from them, you'll  be a better person~Bill Clinton
Never interrupt your enemy when he is making a mistake~Napoleon Bonaparte

नेपोलियन वोनापार्टको कुरा रमाईलो लाग्यो। शत्रुले गल्ति गर्दै छ भने उसलाई नरोक्नु रे। आखिर नेपोलियन फ्रान्सका चर्चित कुसल लडाकु नेता न परे। उनको भनाईको अर्थलाई केलाउदा यो निष्कर्ष निकाल्न सकिन्छ: कोहि सत्रुले तँ गल्ति गर्दैछस भनेर सम्झाउँछ भने उ वुद्धिहिन शत्रु हो। र यो कुरा वुझेको कसैले तैंले गल्ति गर्दैछस् भन्छ भने उ सच्चा साथी हो।   


गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

मेरा यी हातहरुले कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पापपनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

कहीं धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाहेक अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो यौवन कही मन् पराईदिन्छ
रक्षक मलाई नसम्झ राक्षस भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला
***

- समाप्त -

गित: खुसी छु म आज

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, March 31, 2010

चलचित्र प्रिथ्वीको यो गित मलाई निकै मन पर्ने गितमा पर्छ। शव्द र संगित दुवै राम्रो छ।
शब्द - दिनेस अधिकारी
स्वर - बिनोद राठोड
संगीत - शक्तिबल्लभ
चलचित्र - पृथिवी


शव्दहरु:
{ (खुसी छु म आज तिमी भन्दा धेरै)
 (तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै)२ }२

(हिजोसम्म लाग्थ्यो कतातिर जाउँ
कोसँग म हिडौं कोसँग रमाउँ) २
(तिमीलाई भेट्दा हरायो विरानी) २
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ
(खुसी छु म आज तिमी भन्दा धेरै)
(तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै) २

(जति छन् सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ) २
(तिमी अर्चना हौ मेरो जिन्दगीको) २
म चाहन्छु प्रीति तिमी मै समेटुँ
(खुसी छु म आज तिमी भन्दा धेरै)
(तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै) २



- समाप्त -

ईलामे शहर चियावारी राम्रो

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 15, 2010

कताकतावाट यो गित सुन्न पुगें। मेरो १२-१५ बर्ष अघिको वसोवासको याद दिलायो। गाउँमा हुँदा रेडियो नेपाल मात्रै थियो सुन्नलाई। अनि त्यहीवाट यो गित प्राय वज्ने गर्थ्यो। अझकल एफएमहरु टन्न भएपनि यो गित वजेको पाईंदैन। पूर्वेली भाकामा रहेको यो गित र गाउने कलाकारहरुद्वय संगितकार वुलुमुकारुङ्ग र कुन्तिमोक्तान हुनुहुन्छ। भिडियो पनि निकै पहिले वनाएको झै देखिन्छ।


***
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटी: {हिमालैचुली, त्यो पल्लापट्टी, घर छायो परालले}२
हाँसखेल गर्न, सक्दैनौ हामी {माईतीको डरले}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटा: {धुर्विसेमुनी, त्यो साउने खोला, गाईभैंसी चर्ने वन}२
तारेभिर भए, रसाउने थियो {निष्ठुरी तिम्रो मन}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटी: हो हो त्यै पर्यो घर हाम्रो
केटा: हो हो लैजाने आँट हाम्रो
***

- समाप्त -

के फूल फूल्यो खोली तिरैमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 26, 2010

हरिदेवी कोईरालाको यो गीत मलाई मनपर्छ । गितको भाका अनि मादलुको ताल निक्कै राम्रो छ ।


Lyrics:

{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२

के सन्देश वोकि ल्यायौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 16, 2010

मलाई मन पर्ने अर्को एक गित: के सन्देश वोकि ल्यायौ, हे वादल, आकाश छोपी । लाहुरेको भूमिकामा रहेर कुमार सानुले गाएका छन यो गित। एक लाहुरेले घरमा के भईरहेको होला भनेर कल्पना गर्दै गाएको गित हो यो। आफू लाहुरे नभएपनि कथाहरु, ब्यथाहरु मिल्छन्। शव्दहरु, संगित र स्वर निकै राम्रा छन्।

YouTube भिडियो यहाँ:



Lyrics:
----------------
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

फर्फराउँछ आँखा आज, चर्चराउँछ छाती
माया मार्यो लाहुरेले भन्दा होलान् साथी
हो हो हो हो हो हो हो हो हो
गुराँसको थुँगा जस्ति मेरी मनकी रानी
रुँदैछिन कि पधेरीमा हुँदै पानी पानी
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

(ओछ्यानै पो परिन् कि त दमकी रोगी आमा
वावा छन् कि विपत्तिमा आँङमा छैन घाम) 2
हो हो हो हो हो हो हो हो हो
भद्रकाली, दक्षिणकाली, मनकामना माई
रक्षा गर्नु सधैं भरी छोराछोरीलाई
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी


- समाप्त -

गीत: मैना ए मैना | माईती घर तिम्रो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 6, 2009

क) मैना ए मैना
सानोकोवेला गाउँमा रेडियो सुन्दा धेरै पटक वजेको यो गित नेपाली चलचित्रको गित हो। यो गीतलाई उदित नारायन झाले गाउनु भएको हो। मलाई अझै पनि निकै मन पर्छ। सुन्नुस तपाईलाई पनि मन पर्ला।
ख) माईती घर तिम्रो हैन पराईघर जाउ

दिवाकरलाल जोसी ज्युले गाउनु भएको यो गित निकै चर्चित हो। वावुले छोरीलाई वरको घर जाउ अनि वेलावेलामा माईत घर आउ भन्ने कुरा गर्दछन्। हुन पनि वर्षौं विताएको माईतघर छोड्दा छोरी चेलीलाई नरमाईलो लाग्छ, त्यै भएर वावुले संझाउनु पर्छ नै :) । लौ सुन्नुस है गित।

गीत: हे फूल चुँडेर लाने हो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 15, 2009

अर्को मनछुने गित। शव्दहरुको वयान म कसरि गरौं? जव यी शव्दहरु उस्तै मिठास पूर्ण संगित र स्वरमा भरिन्छन्, तव त झनै वयान गर्ने शव्द नै भेटिन्दैनन् ।

छोटकरी:
--------------------------------
नेपाली गीति नाटक: "अनि देउराली रुन्छ"
रचनाकार : मान बहादुर मुखिया
गायक : कुमार सुब्बा (दार्जिलिंग)

शव्दहरु:
-------------------------------
{
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?
खुसी मिलन मनाउने हो, यहाँ विछोड भएको देख्यौ कि?
}2
हे फूल
***
{ माईती घर साथी सँगी, सवैलाई संझी } 2
{ डोली चढ्दा दुलही रुन्छे }2, घुम्टो भित्र लुकी
हे फूल
***
{ पंक्षि सवै उडे पछि, गुड रित्तै हुन्छ }2
{ यो माटोलाई छोडि गए }2, देउराली यहाँ रुन्छ
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ की?
खुसी मिलन मनाउँने हो, यहाँ विछोड भएको देख्यौ की?
हे फूल
***

गीत: झरना भै झर्दै आउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 13, 2009

एक उत्क्रिष्ट नेपाली गित: "झरना भै झर्दै आउ, मनको लहरमा। तारा भै झिल्मिलाउ, मनको सगरमा"। रामक्रिष्ण ढकालले गाएको हो यो गितलाई। मायै मायाले भरिएको छ यो। राम्रा शव्दहरु, मिठो संगित अनि उस्तै भिडियो पनि ।

गीत: केही आधुनिक गीतहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, November 11, 2009

अनवरत गित सुन्ने क्रममा सुनेका यि आधुनिक गीत निकै राम्रा छन् :

  1. उठ उठ, उठेनौ भने अरुले कुल्चि दिन्छ
  2. सडकको छेउमा वसी रुँदै छु म एउटा,
    मलाई पनि देखि देउन सव्लाई दैख्ने देउता
अनि निकै नै राम्रो गित चाँहि यहाँ:
गित "सिरियस" भएपनि यस्को संगित, भाका अनि शव्द सवैपक्ष राम्रा छन्भावनालाई यस्ता शव्दहरुमा ढाल्न सक्ने मान्छेको खुविको प्रसंसा गर्नैपर्छ। यस्तो लेख्न सक्ने दिन कहिले आउने हो कुन्नि ;)
----------------------------------------
{
(तिमी फूल्यौ कतै, म फूलें कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
} २

{
जसलाई म चाहें, त्यो पाउन सकिन;
जसलाई म पाएँ, त्यो चाहना हैन
} २
(जिउन जीवनसँग संझौता गर्दा) २,
(नचाहेनी विष पिउनु पर्दोरहेछ) २
(तिमी झर्यौ कतै, म झरें कतै) २
(जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ)२
तिमी फूल्यौ कतै, म फूलें कतै
जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ

{
संगै जिउने मर्ने संकल्प थियो,
खै कल्ले हो हाम्लाई दुईकिनारा वनायो
} २
(अतितलाई संझी, नरोईरनु तिमी) २
(जति रोएनी भुल्नु त पर्दो रहेछ) २

(तिमी रोयौ कतै, म रोएँ पनि कतै) २
(जहाँ रोएपनि, हाम्रो आँशु त मिल्दो रहेछ) २
(तिमी फूल्यौ कतै, म फूले कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
----------------------------------------

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors