- नोवल निरौला, फ्रान्स
मेरो संसारमा हेर्ने ? यहाँ क्लिक गर्नुस मानव जिवनमा Internet एक अंगको रुपमा परिणत हुँदैछ। प्रयोगका हिसावले सुचना आदान प्रदान देखि किनमेलसम्म अनि पहुँचका हिसावले विकसित देखि विकासोन्मुख देशसम्म यसको प्रयोग हुन्छ। हातमा खेलाउने मोवाईलमा समेत चलाउन मिल्ने भएकोले यसको प्रयोग व्यापक रुपमा हुने गरेको पाईन्छ। वाजुरामा वसेर वैंककका समाचार अनि न्युरोडमा वसेर न्युयोर्कका उतार चढाव नियाल्न ईन्टरनेटको प्रयोगले सहज वनाईदिन्छ।
यो वेला Internet ईमेलको लागि मात्र हैन साथिभाईहरुसंग चिना परिचय राख्न पनि प्रयोग गर्ने गरिन्छ। त्यस्तै सुविधा दिन लागिपरेको एउटा नाम हो फेस वुक (Facebook) र यसको वेव ठेगाना हो (www.facebook.com)। Internet को प्रयोग गर्नेहरुले यसको नाम पक्कै सुनेको हुनुपर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो वारेमा अरुलाई जानकारी दिन र आफूलाई मनपरेकाहरुसंग कुराहरु आदनप्रदान गर्न सघाउँछ। फोटाहरुलाई राख्न, भिडियोहरुलाई राख्न अनि लेख तथा रचनाहरु राख्न, जन्मदिनको सुचना, आदि आदि राख्न मिल्छ। सवैकुराहरुलाई एकै थलोमा वसेर चलाउन पाउनु यसको विषेशता नै हो। अझ, आफू अहिले के गर्दैछु भनेर पल पलको विवरण नि राख्न मिल्छ। जस्तो कि म अहिले खाना पकाउन गएको छु, म घुम्न गएँको छु, म पढ्दै छु, आदि आदि । यसमा पुराना साथीहरुको पूनर्मिलन गराउन देखी, नयाँ साथी खोज्न पनि मिल्छ। त्यसैले यस्ता वेवसाईटहरु अहिले एकदम चर्चामा छन्।
कुरा भर्खरैको हो। एकजना साथिले फेसवुक मार्फत साथि वनाउ भनेर अनुरोध गरेका रहेछन्। खासै ठुलो कुरा कहाँ हो र हैन? लाग्न सक्छ कसैले साथी वनाउ भनेर लेख्दैमा के भो र, मन परे साथी वन नत्र के को टेन्सन् नि हैन? अहँ, म अलिक असहमत छु अनि गम्भिर पनि। मलाई साथीको अनुरोध पठाउने व्यक्तै उनै हाम्रा प्रधानमंत्री हुन् अर्थात पुष्पकमल दाहाल 'प्रचन्ड'। प्रधानमंत्रीले मलाई साथी वनाउन, अनुरोध गरेको? असंभव झै लाग्छ। असंभव नहुन पनि सक्छ- अहिलेका नेताहरुले ईंटरनेटलाई प्रयोग गरेर आफ्ना भावनाहरु, आफ्ना आदर्शहरुलाई वाढ्न खोज्नु कुनै अनौठो कुरा होईन। मैले अनुरोधकर्ताको फोटो हेरेँ, हो, उनै प्रधानमंत्री नै हुन्। म एक कदम अघाडि वढें र प्रधानमंत्री भनाउँदाका साथिहरुलाई हेरें। यो लेख लेख्दासम्म मैले उनका ५ जना साथीहरु देखें र म यहाँ नाम खुलाउन चाहन्न उनका मित्रहरुको। कुरा के भने, उनका साथीहरुमा कोही पनि राजनितिज्ञ छैनन्। म सोच्न थालें, के 'प्रचन्डले वावुराम भट्टराईलाई साथी नवनाई, उनका मन्त्रिमण्डलका सदस्यहरुलाई साथी नवनाई एक अपरिचित नेपालीलाई म तिम्रो साथी बन्न चाहन्छु भनेर अनुरोध पठाउँछन् ? यो असंभवकुरा त हैन, तर क्षिण संभावना भएको कुरा हो। त्यसैले यो अनुरोध कसैवाट उनको उपमा राखेर निर्मित भ्रमपूर्ण अनुरोध हो भनेर म निस्चित प्राय: भएँ। प्रमाण स्वरुप मैले उनको अनुरोधलाई तलको तस्विरमा देखाएको छु।
कुरा प्रचन्डको मात्र हैन, ३ महिना अगि वावुराम भट्टराईलाई साथी वनाउ भनेर मलाइ मेरो एकजना साथिको अनुरोध पनि आएको हो। तर मैले यसलाई अझ सम्म पनि मानेको छैन। यसको प्रमाण पनि यहि माथिको तस्विरमा देख्न सकिन्छ।
कुरा साधारण लागे पनि यो एकदम ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ। दुरुपयोग गर्नेहरुले यसलाई नराम्ररी प्रयोग गर्न सक्छन्। मैले माथि उल्लेखित गरे झैं यदि यि 'प्रचन्ड' को नामलिई मलाई अनुरोध गर्नेले यस्तो पनि लेखिदिन सक्छन्: Prachanda is going to marry Indian politician …. वा, Prachanda is buying AK4 ... आदि आदि। यि त केही उदाहरणहरु भए, तर यस्ता कैयन उदाहरणहरु हुन सक्छन् र निकट भविस्यमा यि नघट्लान भन्न सकिन्न।
गिरिजाप्रसाद, माधवकुमार, प्रचन्ड, वावुराम जस्ता राजनितिक नेताहरु; राजेस हमाल, निरुता सिंह जस्ता नायक नायिकाहरु; रामक्रिष्ण ढकाल, लोचन भट्टराई जस्ता गायक गायिकाहरु आदि आदि देशका चर्चित मान्छेहरुले Facebook जस्ता ईंटरनेटमा उपलब्ध Application हरु चलाउनै हुन्न भन्ने हैन। तर, विना अनुमती तिनीहरुको नाम कसैले प्रयोग गरेर गम्भिर षडयन्त्र नरच्लान् भन्न सकिन्न। अंतमा संपूर्ण पाठक वर्गमा विना आधिकारिकता कसैलाई पनि विस्वास नगर्न एवं समाज र देशमा नाम कमाएकाहरुको नामको दुरुपयोग गर्नेहरुलाई भविष्यमा हुन सक्ने गंभिर घटनाहरुप्रति अग्रिम सचेत हुन यो लेखले सहायता गर्ने छ भन्ने कुरा मैले आशा लिएको छु। साथै, माथि उल्लेखित मानिसहरु Facebook का वास्वविक प्रयोग कर्ता हुन् या हैनन् भन्ने कुरा सम्वन्धित पक्षसंग सोधपुछ गरी थप प्रष्ट गरिदिन माईसंसार युनिटलाई आग्रह पनि गर्दछु।

***
0 comments