Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.
Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.
Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.
mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.
"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय
हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।
अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ। मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।
- समाप्त -
२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।
यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।
सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।
गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !
थाहा छैन कहिले भेट हुने हो, कहाँ भेट हुने हो, कस्तो रुपमा भेट हुने हो...। उसलाई वाई गर्नु केही समय अघिदेखि मनमा चलचित्र फास्ट फर्वाड गरेर हेरे जस्तो Pulchowk, AIT, र Telecom SudParis को वसाईको ७ वर्षलामो दोस्ती आँखा अघि चलिरह्यो। दु:खमासमेत साथ दिने घनिष्ठ साथीलाई "वाई" गर्नुपर्दा आउने तरङ्गलाई रोक्न नसकेको जानकारी आँखाका पर्दाले मस्तष्कलाई गराउँदै थिए ...।यहाँवाट AIT, Thailand हुँदै नतसालाई लिएर नेपालमा गएर विहेगरेपछि PhD गर्न जाँदैछ उ। उनीहरुलाई सफल दाम्पत्य जीवन र उज्ज्वल भविस्यको कामना।
विदाइका झलकहरु:
- समाप्त -
देश छोडेको तीन वर्ष भै सकेको छ र यी तीन बर्ष मध्ये 67 % समय France मा बितिसकेको छ। उसो त Thailand को 1 बर्से बसाई कम रमाइलो थिएन, तर यहाँ पनि नरमाइलो भने छैन पक्कै। हो आफ्ना आफ्ना गुण र दोषहरु त भै जान्छन नि। तर जता बस्यो उतै को माया लाग्ने प्राकितिक नियम नै मेरो लागि पनि लागु हुदै छ जस्तो महसुस हुदै छ।
2008 मा Jagadish Ghimire र Shiddartha Bhandari लगायतका Juniors हरुको आगमन पश्चात रमाइलो माथि झन रमाइलो थपिदियो र भर्खरै आएका Sirsha Bhattarai र Sraddha Adikari लगायतका Juniors हरुपनि उतिकै रमाइला होलान भन्ने आशा गर्न सकिन्छ।
मेरा क्लासका 6 जना साथीहरु मध्ये 3 जना यहीं नै छौ। 2 जना PhD गर्दैछन् । बाँकि तीन जना मध्ये 1 जना Canada मा PhD गर्दै , अर्का 1 जना Singapore मा job गर्दै र अर्को एक जना Thailand मा Job गर्दै छन्। यसरि हेर्दा कोइ पनि आफ्नो देशमा फर्केर कम गरेको देखिन्दैन ।
जे सुकै होस् September 6 2007 ले हामीहरु सबैलाई एक किसिमको ढोका खोलिदिएको छ। French Government ले Full scholarship दिएर हामीलाई यो अवसर दिएकोमा मुरी मुरी धन्यवाद !
आई एम गोईन्ग टु सल्यान -- ज भिआँ द्यू नेपाल
समयले कसैलाई पर्खिदैन, न त यसलाई रोक्न नै सकिन्छ। यो त हिडिरहन्छ निरन्तर। यसरी चलयमान समयमा धेरै घटना घट्छन् , कतिपय सम्झिन सकिन्छ त कतिपय सकिन्न। आज कुरा गर्नलागेको घटना म सायदै भुल्छु होला।
मामाघर सेर्ना (ओखलढुङ्गा) जानलाई मेरो घर सल्यान (सोलुखुम्वु) वाट हिड्नेलाई ५ - ६ घन्टाको वाटो होला। प्राय: चाढपर्वमा मावल गईन्थ्यो। मामाघर जान भने पछि हुरुक्कै हुन्थ्यौं हामीहरु। मिठो मिठो खान पाईने र भान्जा भान्जीलाई टिका लगाएर पैसा दिने चलनले पनि मामाघर जान हानाथाप हुन्थ्यो दाइ दिदीहरु विच। कान्छो परेको कारणले होला मैले भने धेरै पटक मौका पाउँथें ।
एक पटक म वुवा आमाको साथमा मावल जान पाएको थिएँ। मेरो मावली वेसीमा परेकोले जाँदा नेचा डाँडाको शिरवाट सेर्नाको पुच्छारसम्मको ओरालो जानुपर्छ। विचमा आउँछ मगर गाउँ। आउँदा भने उही मगर गाउँसहितको उकालो । त्यही उकालोमा विसाउने कैयन चौतारीहरु छन् । दशैमा त अझ लिंग्गे पिङ् हाल्छन् त्यो गाउँमा । आहा कत्ति रमाईलो हुन्थ्यो। मावलवाट उकालो सुरुगर्दा मगरगाउँ आउनु अघि देविथान माथि एक वरको रुख सहितको चौतारी छ। हो त्यो विसौनीमा केहीवेर विसाएर थप उकालो सुरु गर्नासाथ वुवाले सुरु गर्नुभएको थियो, अँग्रेजीमा प्रश्नहरु गर्न:
प्र: ह्वाट ईज योर नेम ?
उ: माई नेम ईज नोवल ।
प्र: हाउ ओल्ड आर यु ?
उ: आई एम 'नायन' (९) यर्स ओल्ड ।
.......
प्र: ह्वेर आर यु गोईन्ग नाउ?
उ: आएन वुवा ।
....
म कक्षा ४ कक्षा पढ्थें ९ वर्षको हुँदा। सरकारी स्कूलमा अंग्रेजी विषय ४ क्लासवाट सुरु गरिन्छ । त्यही भएर म बुवाका सवै प्रश्नहरुको जवाफ दिन सकिरहेको थिईन। फेरी हाम्रो अंग्रेजी विषयको पढाईमा स्पिकिङ्लाई महत्व दिईन्न। त्यो मैले नजानेको प्रश्नको उत्तर वुवाले यसरी दिनु भएको याद छ: "आई एम गोईन्ग टु सल्यान" ।
यसरी मेरो अंग्रेजी भाषासँगको लुकामारी १७ वर्ष अघि सुरु भएको थियो । समयको उतारचढावसँगै म फ्रान्स आएको पनि २ वर्ष पुग्नै लागेको छ । केही फ्रेन्च भाषा सिकेको त छु, तर पनि गार्ह्रो महसुस हुन्छ विशेष गरी शव्द उच्चारणमा। ए आई टी ( थाईल्यान्ड ) मा म्याडम जिनेटसँग फ्रेन्च सिकेको थिएँ। उ वेला म्याडमले प्रश्न गर्नु हुन्थ्यो:
प्र: भू भू जापले कम ? (What is your name ?)
उ: जमापेल नोवाल ।
प्र: भू ज्याभिते उ? (Where do you live ?)
उ: ज्याभित आलाईते ।
प्र: द्यू एत् भू ? (Where are you from?)
उ: ज भे ओ नेपाल ।
हा हा हा हा म्याडम हाँस्नु भयो । मेरो उत्तर त "म नेपाल जादै छु" भन्ने पो परेछ । खासमा म दुईवटा वाक्यहरुमा झुक्केको थिएँ।
१) ज भे ओ नेपाल
र
२) ज भिआँ द्यू नेपाल ।
अरु साथीहरु पनि यि वाक्यहरुसँग झुक्किएकोले म्याडमले नयाँ आईडिया निकालेर नझूक्किने गरि सिकाउँनु भएको थियो। उहाँ वाक्यसँगै हातको ईसाराले नाँच्नु भएको थियो। "ज भे ओ नेपाल" भन्दा हात शरीर भन्दा पर लैजाने र "ज भियाँ द्यु नेपाल" भन्दा हात परवाट शरीर तिर ल्याउने किसिमको नाँच । अनि त कहाँवाट झुक्किनु नि हा हा हा ।
कपाल फूलेका फ्रेन्चहरुले समेत मेरो अफिस नजिकैको कोठामा अंग्रेजी भाषा सिकेको देख्दा झन रमाईलो लागेर आउँछ। होला मलाई अझै केहि वर्ष लाग्ला फ्रेन्चमा बोल्न तर तिनीहरुको उमेर भन्दा त निकै अघाडि नै आउलानी भन्ने आशा गर्दै मेरा प्रयासहरु अघि वढ्दै छन् । भाषा सिक्नु सुरुमा वाध्यता लागे पनि अहिले रहर वनेर उर्लेको छ। जे होस यिनै दुई वाक्यहरु ( "आई एम गोईन्ग टु सल्यान" र "ज भिआँ दु नेपाल") मेरा अंग्रेजी र फ्रेन्च भाषासँग लुकामारी खेल्दाका कोषेढूङ्गा बनेर वसिरहेका छन्, रमणिय भूतको याद दिलाउँदै ।
तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु
यि शव्दहरु लेखिरहँदा म वर्लिनको एक होस्टलमा छु। यो यस्तो ऐतिहासिक भूमी जहाँ हिटलरले लाखौं जुजहरुको हत्या गरेको ठाँउ हो। दोस्रो विस्वयुद्दको कुरुक्षेत्र नै रै छ यो सहर। धेरै छन् यहाँका अनुभवहरु । आज राति म पेरिसको लागि फ्लाईट लिँदैछु र त्यहाँ पुगे पछि सारा अनुभवहरु लेख्ने नै छु।
म वर्लिनमा रहेको रात माईकल ज्याक्सन मरेको खवर यहाँ टेलिभिजनले देखाईरहेको छ। त्यसैले मेरो वर्लिन भ्रमण कुन वेला भएको थियो भनेर संझिन पनि सजिलो हुने भएको छ।
लौ वर्लिनवाट विदा
हार्दिक वधाई | Congratulation | Félicitations
ठिक १ वर्ष अघि अर्थात २२ मे २००८, वत्तिहरु चम्कीरहेका थिए AIT मा :
तस्विर १: २२ मे २००८ को एक झलक
दाईदिदीहरुसँग रमाइरहेका थिए भाइवहिनीहरु:
तस्विर २: भाइवहिनीहरुसँग रमाएका दाइदिदीहरु
आज समयले नेटो काटेको छ, २००९ को मे महिना को २१ पनि कटि सकेको छ। तस्विर १ मा देखाएको चक्र घुमेर सत्ता परिवर्तन गरिसकेको छ। हो सत्ता, किनकी सत्तामा मान्छे फेरिन्छन् तर कुर्सि उहि पद उहि। हिजो दाइदिदीहरु वसेका थिए ति कुर्सिहरुमा, आज हिजोका भाइवहिनीहरु। उस्तै कुर्सिहरु, उस्तै वातावरण तर फरक समय।
"दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो" [१] । आज प्यारा भाइवहिनीहरुको Graduation को समय आएको छ । [१] मा भनिए जस्तै टाई, वुटमा सजिएर गाउन लगाउँदै छाति फुलाउदै हिड्ने दिन आएको छतिनीहरुको। थाईल्याण्डको प्रचन्ड गर्मिको पर्वाह नगरी शिर देखि पुछार ढाक्ने कालो गाउन लगाएर AIT को छहारीमा सैनिकको टुकडि जस्तै देखिने गरि हिड्ने समय आएको छ उनीहरुको । अझ आफन्तहरुको उपस्थितिले सुनमा सुगन्ध थप्न थालिसकेको हुनुपर्दछ।
"त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुका, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ………………………." [१] ।
यस्तो दु:ख सकाएर आएको यो खुसियालीको उपलक्ष्यमा मेरो धेरै धेरै वधाइ साथै सफल अनि उज्वल भविस्यको अग्रिम शुभकामना !!
References:
[१] Plulbari Blog. Retrieved on 21 May 2009 from http://phulbari.blogspot.com/2008/06/graduation-day.html
भन्छन् "जिन्दगी एक यात्रा" हो। फेरी "जिन्दगी भित्र पनि यात्राहरु" हुन्छन्। त्यसैले "यात्रा भित्र धेरै यात्राहरु" हुन्छन् तर सवै यात्राहरुको संझना भने हुँदैन। आज कुरा गर्नलागेको यात्रा एक त्यस्तो यात्रा जुन सायदै भुलिएला जिन्दगी भर।
कुरा गत वर्षको हो । हामी ईटाली भ्रमणमा निस्केका थियौं। हुनपनि हामीले ईटालीको सिर देखी पुछार सम्मका चर्चित सहरहरुलाई समेटेका थियौं। Milan, Rome, Pisa, र Venice घुमेका थियौ।
व्यक्तिगत रुपमा भन्नु पर्दा Rome र Venice जति Milan र Pisa राम्रो लागेन। हेर्ने नजर आ-आफ्ना हुन नि कसो?। संझिन पनि सजिलो छ Venice घुमेको दिन। अझ त्यो २००७ को अन्तिम रात त विर्षन लायकको छैन। नयाँवर्षको सुरुवात त झन के विर्षनु, ... , संझनाको पोको समयसँगै फूक्दै जानेछ :) । आज भने भेनिसको संझना स्वरुप यो नोट लेख्दैछु।
भेनिसको वारेमा, Wikipedia वा अरु कुनै ठाउँमा लामा लामा लेखहरु नै हुन्छन्। सारांसमा भन्नु पर्दा भेनिस एउटा Archipelago हो जुन 18 islands मिलेर बनेको छ (रे)। यो Canal को लागि पनि प्रख्यात छ। त्यहाँ झन्डै 150 canals छन् (रे) ।
यातायातको कुरा गर्नु पर्दा Waterbus र Gondola कुरा नगरी रहन सकिन्न। हामीले Gondola भने चढेनौ महँगो थियो क्यारे। पेरिसमा रहँदा Metro (Sub-way) को Map हेरिन्थ्यो भने त्यहाँ Waterbus को - एक छुट्टै अनुभव थियो हामीहरुलाई। Thailand को जस्तो Sandy Beach भने थिएनन् त्यहाँ वरु समुद्र र क्यानलवाट सिंधै उठेका घरहरु। त्यसैले पनि Venice र थाईल्यान्डका Islands हरुमा प्रिथकता थियो।
Islands का रंगिन घरहरु हेर्दै र पोज पोजमा फोटो खिच्दै दिनभर जलयात्रामा हामी रमायौ। यो ठाउँमा त "यो हिन्दि फ्लिमको सुटिंग भएको, हामी पनि खिच्चौन ....." - साथीहरु भन्दै थिए। साँच्चै नै भेनिस एक रमणिय ठाउँ रहेछ भन्ने कुरा अनुभववाट थाहा पाईयो। केही झलकहरु यहाँ राखेको छु।
तस्विर: Grand Canal सायद
तस्विर: पख है, म ईटालीको झन्डा समाउछु
तस्विर: ३ देशमा रहेका ४ जनाको हाम्रो दलवल
तस्विर: Prajwalan र Abha
तस्विर: Islands का रंगिन घरहरु अघाडि तस्विर खिचाउँदै भरत सर
तस्विर: Prajwalan र म
तस्विर: Abha & Bharat
तस्विर: तस्विर आँफै वोल्छ
तस्विर: धेरै पोज मध्येको एक पोज :)
तस्विर: Canal माथिको एक पुल
तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर
तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर
AIT Special (6): KHUN SUE को त्यो दिन
AIT मा रहँदा प्राय: गईरहने रेस्टुरेन्टको नाम हो KHUN SUE । शुरुमा त KHUNSUE एकै शव्द झै लागेको थियो, तर पछि थाहा पाईयो कि यो त खुन र शु मिलेर पो वनेको रहेछ। AIT का शुरुका दिनहरुमा त्यति गैईन्थेन बरु पछि विस्तारै विस्तारै जाने क्रम वढेको थियो। एक पटक नेपाली समाजको पार्टीवाट उभ्रेको वासी भात खुवाएको निउँमा 'छ भाई' को ईंडियनवालाको रेस्टुरेन्टमा काम गर्ने नेपाली मूलकी म्यानमारकी दिदीसंग झगडा पर्यो। त्यसपछि हामी त्यसको रेस्टुरेन्टमा जानै छोडेका थियौ। पछि त नगई सुख नै थिएन। तर पनि सुनजको रिस निकै लामो समय सम्म रहिरह्यो। यसको कारणले गर्दा पनि KHUN SUE मा जाने क्रम वढेको थियो। उसो त नेपाली नयाँ वर्षको पार्टिको दिन खून शु मा 'केक' छ्यापाछ्याप पछिको भागाभागको स्थिती आएको दिन भूल्न त कहाँ सकिन्छ र, तर आज कुरा गर्न लागेको दिन चाँहि अलिक भिन्नै किसिमको दिन को हो।
शायद, शनिवारको दिन थियो त्यो। त्यसैले खुन शु मा गएर खानु पर्छ भन्ने सल्लाह भयो। यस वमोजिम हामी करिव रातको ८-९ बजे तिर साईकल हल्लाउँदै हिड्यौ (शैलेश दाइको चुईकिने साईकल Ha ha ha). मेरो टर्वोको पछि विष्णु वसेको थियो। वैक, भियतनामी रेस्टुरेन्ट, अनि त्यसपछिको अँध्यारोवाटो, पुल हुँदै हामी खुन शु मा पुगेका थियौ।
उसै त लामखुट्टेको विगविगी भएको AIT उसमाथि पानी नजिकैको रेस्टुरेन्ट भएकाले लामखुट्टेहरु मित लगाउन थालिसकेका थिए। खुन शु को पंखाले उनीहरुलाई मितेरी लगाउन केही वाधा पुर्याईरहेको थियो। टि भि मा फूटवल आईरहेको थियो। मैले कुन म्याच थियो भन्ने त भुले, तर हाम्रो नजर त्यो रोचक खेलमा परिरहेको थियो ।
सदाझैं तोमयम सुप, कोकोनट सुप, भात, माछा, कोकाकोला आदि अडर भएको थियो। खेलेर होला सवैजना साथिहरु थकित देखिन्थे। हामीले फूटबल हेर्दै खाना खाएका थियौ।
फर्किने वेला भईसकेको थियो। सुनजले खुन शू की मोटिसंग विल माग्दै थियो। "ओ, आज यती धेरै ?" उसले छक्कपर्दे सोधेको थियो।
" भाईहरु LAOS को हो ? " -उसले सोधेकी थिई।
" हैन, किन र ? LAOS को जस्तै लाग्छ र ?"-सुनजले भन्यो।
"त्यसो त हैन, तर आज तिमीहरु LAOS को झै लाग्यो" - उसले वोली।
" हैन हामी LAOS को, हामी त नेपाली हौ। तर तपाईले कसरी LAOS को भनेर भन्नुभएको ?" -सुनज वोल्दै थियो।
"LAOS का हरुले धेरै भात खान्छन्, आज तिमीहरुले उनीहरुको भन्दा पनि धेरै खायौ "-उसले हाँस्दै भनी।
"हा हा हा हा हा, ए केटा हो आज कति खाईएछ यार...."- सुनजले भन्यो।
हामी पनि पेट सुम्सुम्याउँदै, हाँस्दै निस्कियौ।
रेस्टुरेन्टवालाहरुले धेरै खाने ग्राहक पाउनु त गर्वको कुरा हो। त्यसैले तिनीहरुले नै 'कति खाएको' ? भन्नु पक्कै पनि सामान्य घटना थिएन। सधै गईराख्ने भएकोले उसले हाम्रो अनुहार सजिलै चिन्थी। यो घटना पस्चात जव जव हामी उसकोमा जान्थौ, तव तव उ हामीलाई देखेर ङिँच्च हाँस्थी। उसको हाँसो पस्चात हामी संझन्थ्यौं त्यही क्षण: " हामी LAOS को हैनौ, नेपाली हौ" । सायद उसले सोची होली LAOS वाट आउनेले भन्दा वढी त नेपालीहरुले खाने रहेछन्। तर उसलाई के थाहा हामी कति भोकाएका थियौ त्यो दिन भनेर, कसो शैलेश दाई ;) ?
यो काल पनि कस्तो हुने रहेछ, न त रोल नै कुर्ने न त मर्ने दिन नै थाहा दिने। जन्मिने मर्ने एक नियमित प्रक्रिया भएपनि आफ्नोमा शोक पर्दा आफूलाई मात्रै परेको हो कि जस्तो लाग्ने रहेछ। म अनुभव गर्न सक्छु दाइ दिदीहरुलाई परेको चोटको। सानिमालाई चिरआत्माको कामना अनि हार्दिक श्रद्दान्जली ! दाइहरु र दिदीहरु तपाइहरुलाई पनि धैर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना!!
जाँदा जाँदै :
---------------------------------------------------------------
भाका , भुल , दया , क्षमा र ममता - सन्तोष जान्दैन त्यो
थुप्रोमा उधिनी मिठो र नमिठो - रोजेर छान्दैन त्यो ।
ईन्द्रै बिन्ती गरुन झुकेर पदमा - त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो - टारेर टर्दैन त्यो ।।
---------------------------------------------------------------
दशैं २००८ ( वि सं २०६५ ) का भिडियोहरु
जिवनमा पहिलो पल्ट पेरिसमा यति धेरै नेपालीसंग भेटघाट गर्न पाउँदा खुसिको सिमा थिएन। ३ महिनासम्म एक्लो नेपाली भएर विताईरहेको थिएँ। यस्तो जमघटले त म खुसिले पागल भएको थिएँ। जिवन सर र निता दिदीहरुसंग (काउन्सिलर, नेपाली दुतावास) चिनजान भयो। जम्मा एक हप्ता अघि आउनु भएको रहेछ उहाँहरु। छोरीहरु प्रतिभावान, गायन र न्रित्य दुवैमा। दिदी आफैंमा एक कवियत्री अनि राम्रो नाच्नुहुदो रहेछ (भिडियो भाग ३ मा हेर्न सकिन्छ)।
साँच्चि मेट्रोदेखि हलसम्म जाने क्रममा "भु जेड नेपाली?" भनेर २ जना युवतीले सोधे हामीहरुलाई। "उई-उई" (हो हो) भनेर हाम्लेनि उत्तर फर्कायौं। पछि थाहा पाईयो तिनिहरु पनि त्यही कार्यक्रममा पो जाँदै रहेछन, नेपाली चेलिहरु। यसरी जिवनमा पेरिस सहरमा नेपालीहरुले नेपालीहरुसंग फ्रेन्चमा चिनजान गरेको अनुभव पनि वटुलियो।
अर्को रमाईलो कुरो थाहा पाईयो। साउदी अरवको राजाको दरवार त संसारभर रहेछन। अमेरिका, फ्रान्स ... उन्को देशमा त हुने नै भो। तेल दिएको उपलक्षमा उपहार पाएको रे। यति धनि छ रे कि कुरै नगरौ। रमाइलो कुरा त त्यो दरवारहरुको रक्षा गर्ने जवानहरु त नेपाली पो रहेछन्। उनिहरुलाई दरवार भएको हरेक देशको भिषा हुने रै छ र हरेक ३ महिनामा पालो पालो गरी ठाउँ सर्नु पर्ने रहेछ। जस्तो कि ३ महिना अमेरिकाको दरवारको रक्षा गर्यो , वाकि अर्को ३ महिना फ्रान्स, आदि आदि। यो दशैको वेला चाहि उहाँहरुको ड्युटी पेरिसमा परेछ। रमाईलो भो भेटघाटमा। खाडिमुलुक सवै घुमिसकेका रहेछन। "भाई फ्रान्सको आर्मीमा भर्ति लिदो रहेछनी, ट्राई गर्नुस। आखिर जहाँ गएपनि नेपालीको काम उही सलाम ठोक्ने त हो। यहाँ त पैसा नि राम्रो नै हुने रहेछ........." त्यही ग्रुपको एक जना नेपाली दाइले भन्दै थिए। हेर्नुस् दाइ नेपालीहरुले धेरै काम गर्न सक्छन, जस्तो कि म लाहुरे नभई पनि जागिर खादै छु त, त्यस्तो सानो नसम्झिनु नेपालीलाई............" भनेर संझाउने विचार जागेर आयो, तर मैले त्यसो गरिन मौन रहें।
दश युरोको टिकट काटेपछि कार्यक्रम सुरू भयो। मादल देखैं, गितार वाला (लामा) नि रै छन। शिद्दार्थलाई गित वनाउन भने र कपि दिएँ। ३० मिनेटको तयारी पछि हामीले गायौ, वजायौ। यो भिडियो हाम्रो कान्छो जगदिसले लिएछ। अहिले रमाईलो लाग्छ हेर्दा।
वुढी आमा (नाम थाहा छैन) ले जमरा सहितको टिका पनि लगाईदिनु भयो। गुन्दुक , खसिको मासु, अचार, आहा,..........नमस्केको भएपनि ढिंडो खाईयो। सानामा धेरै खाएकोले होला मलाइ ढिंढो मन पर्दैन। उसमाथी नमस्केको ढिंढो चम्चाले खाँदा अप्ठेरो लागिरहेको थियो.
जे होस नयाँ ठाउँमा नयाँ किसिमले जमघट गरेर २०६५ सालको (सन् २००८) को दशैं मनाईयो, रमाईलो भयो। भिडियोका अंशहरु तल राखेको छु:
दशैं भाग १: परिचय
दशैं भाग २: लामो भाग
दशैं भाग ३: छोटो, मिठो भाग
- Sept 5, 2008. INT Evry, France.
अगिल्लो बर्षको यहि दिन क्या गजवको थियो। त्यसदिनको बर्णन त मैले 2007 को September को व्लगमा नै उल्लेख गरेको छु। मलाई झलझलती याद आईरहेको छ। त्यो परिचित ठाउँलाई छोड्दै नयाँ अपरिचित ठाउँमा प्रस्थान गर्ने अगिल्लो दिन हर्ष अनि विस्मतमा चुर्लुम्विएको थिएँ म। समय न हो, वर्ष दिन पछि त्यहि समयको त्यही अनुभवको लागि कोही छानिएका छन्। उनीहरुका पनि मेरा जस्तै अनुभवहरु पक्कै छन्। हो त मेरा जुनियर्सहरु आएका छन् आज। ५ जना रहेछन्: Mr. Jagadish (Nepalese), Mr. Siddartha (Nepalese), Miss Sophia (Cambodian), Mr. A (Thai), Mr. Jean (Vietnamese).
गतसाल हामीहरु ६ जना थियौं जसमा ५ जना ICT र १ जना TC को। तर यसपाली २ जना Computer Science का रैछन्। गत साल ६ जना नै केटा, यो पाली ४ जना केटा। अगिल्लो बर्ष आएकाहरु मध्ये हामी ३ जना अहिले सम्म पनि यहाँ नै छौ, वाँकी Asia मा: सिंगापूर (Mr. Linn), थाईल्याण्ड (Mr. Bharat), श्रीलंका (Vijaya) । यि त संख्यात्मक तुलनाहरु हुन्। गुणात्मक हिसावले त त्यहि समय पार गरेर आउने जुनियर्सहरु सिनियर्सहरु भन्दा राम्रा नै हुन्छन् जस्तो लाग्छ मलाई त।
गतसाल हामी आउँदा १ जना सिनियर्स थिए, यसो मुख देखाएर गायव भएका थिए। तर यसपाली हाम्रा जुनियर्सहरु भाग्यमानी परेछन्। हामी ४ जना (Wikum, Tayyab, Siva सहित) ले त्यस्तो एक्लो महसुस गर्न दिएनौ पहिलो दिन। बरु आलु चाम्रे पकाएर खान दियौं। तैयवले रमजानको व्रत लिईरहेको छ यो बेला। सायद उसलाई हतार थियो क्यारे, अलि काँचै निकाल्यो। तै पनि मिठै थियो। Wikum र Siva ले पनि खानेकुरा ल्याएर वातावरणलाई रोमान्चक वनाएका थिए।
रमझम परेको AIT को वातावरण यहाँ छँदै छैन। केही किन्न पाँईदैन भनेर जुनियर्सले सोध्दा ११ बजिसकेको थियो रातको। यहाँका पसलहरु साँझ ६, ७ बजे नै बन्द हुन्छन् जवकि AIT मा २४ घन्टा नै खुला हुन्छन् केही पसलहरु। जुनियर्सहरुले "पाईन्न किन्न" भनेको सुन्दा अचम्म माने होलान्। समय वित्दैजाँदा यस्ता धेरै अचम्महरु देख्नेछन् यो ठाउँमा। AIT वस्दा AIT त्यति राम्रो नलागेको हुन सक्छ कसैलाई, तर जति जति तिनीहरु यहाँ वस्दै जानेछन्, उति उति AIT क्या दामी भन्दै जानेछन्। यसो भनेर मैले यहाँ सार्है झुर भनेको हुँदै हैन। यहाँ यस्ता धेरै कुराहरु छन् जुन AIT संग छैनन्। त्यही भएर यहाँ आउनेहरुले दुवै तिरको भिन्न अनुभवहरु वटुल्छन्, जुन भविस्यको लागि महत्वपूर्ण कुरा हुन जानेछ।


