मेरो विचारमा ति माईसंसारका वुढा (क्लिक क्लिक) यस्तो सोच्दै होलान्:
---------------------------------------------------------
ठूलो मान्छे हुँ भन्दै,
आफ्नो रवाफ देखाउनेहरुलाई
पदमोहले उन्मुक्त भई,
देशको पहिचान फाल्नेहरुलाई
विदेशीलाई खुसी पार्न,
हालीमुहाली गर्नेहरुलाई
जनतालाई ढाँटि ढाँटि,
राष्टियतामा धावा बोल्नेहरुलाई
राम्ररी चिनेको छु,
पढेर पत्रिकाहरुमा
सुस्त सुस्त गरि गरी
सुनेको छु रेडियोहरुमा
आँखा धमिलै भएपनि,
ठम्याएको छु टिभिहरुमा
देखेको छु नाँगो आँखाले,
विगतका ईतिहासहरुमा
त्यसैले,
श्राप मेरो सधैं,
नाटक गर्ने पापिष्ट दुष्टहरुलाई
चिरा पार्न खोज्ने धमिराहरुलाई
ढुकुटि रित्याउने भ्रष्ट राक्षसलाई
वैमानी राष्ट्रघाती फाँसिष्टहरुलाई
तर,
आशिर्वाद छ मेरो,
तातो गोली खाँदा हाँस्ने ति शहिदहरुप्रति
भोकानाँगा हुँदासम्म चिनारी राख्ने गरीवहरुप्रति
देश वनाउन कम्मर कसेका, कर्मठ पौरखी हातहरुप्रति
कुना कुनामा रहेर पनि, देशको माटो चिन्नेहरुप्रति
जीवन निभ्न लाग्दा सम्म,
पुर्खाले सुम्पेको चिनारी,
कहिल्यै मैले भुलेको छैन
शिरको टोपी भुँईमा,
कहिल्यै मैले झारेको छैन
टाल्नुपर्ने हुँदा सम्म,
दौरा मैले फालेको छैन
आफ्नो पहिचान गुमाएर,
शत्रुमाझ घुँडा टेकेको छैन
नेपाल आमाको मुहार फेर्ने,
आशा अझै मारेको छैन !
नेपाल आमाको हाँसो हेर्ने,
आशा अझै मरेको छैन !!
---------------------------------------------------------
नोबलजी , चित्तबुझ्दो सोचेछन् बुढाबाले । सुन्दर रचना ! अनि तपाईंको फुलबारी पनि सुन्दर लाग्यो ।
कविता एकदमै मनपर्यो ।
कमेन्टको लागि धन्यवाद, दिपक जडित अनि ऊजेलीलाई। तपाईहरुको लेखन पनि निकै राम्रो लाग्छ। बेला बखत हेर्ने गरेको छु।