Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.
Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.
Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.
mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.
ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।
I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो। यसले हामी दिदीभाइ Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).
यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें। यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।
अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।
"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय
हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।
अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ। मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।
- समाप्त -
अँग्रेजी नयाँवर्ष २०११ को हार्दिक शुभकामना
आज अंग्रेजी नयाँवर्ष २०११ को पहिलो दिन हो। यतिवेला विहानको ८:५२ बजेको छ यहाँ। संसारभरि यो नयाँवर्ष मनाएको कुरा समाचार माध्यम र साथीहरुले फेसवुकमा पोस्टगरेका तस्विरहरुवाट प्रमाणीत हुन्छ। विविसिले धेरै ठाउँका तस्विर राखेको छ। तर मलाई मनपरेको तस्विर भने ओपेराहाउस, सिड्नी, अस्ट्रेलियाको तलको
तस्विर हो।
जाँदाजाँदै सवै साथीभाई र ईष्टमित्रमा नयाँवर्षको २०११ को हार्दिक शभकामना !
November महिनाको अन्तिम विहिवार Thanksgiving day पर्ने रहेछ। त्यसको भोलिपल्टको शुक्रवारलाई 'Black Friday' भन्दा रहेछन्। व्यापार व्यवसाय गर्नेहरुले यी अवसरहरुमा किनमेल गर्दा निकै ठूलो छुट दिने रहेछन्।
अमेरिकन र क्यानेडियनले मुख्यगरि मनाउने रहेछन Thanksgiving । तर Thanksgiving को दिन भने फरक फरक हुने रहेछ। विशेषगरि Thanks (धन्यवाद) दिने गरिदो रहेछ यो दिन। साथीभाइ, परिवारसँग वसेर Turkey (कुखुराको एक जात) खाने चलन रहेछ।
Thanksgiving को ऐतिहासिक महत्व पनि रहेछ। सन १६२० को जाडोको मौसममा धार्मिक यात्रीहरु (Pilgrim) अमेरिकाको Massachussets मा आउँदा सार्है खराव मौसमले गर्दा उनिहरु विरामी परेछन्। केहिको त ज्यान पनि गएछ। रैथाने अमेरिकन (Native Americans) हरुले तिनिहरुलाई कसरी माछा मार्ने , कसरी खेतीपाती गर्ने र वाँच्ने भनेर सिकाएछन्। पछि यसैको वदलामा यात्रीहरुले अमेरिकनहरुलाई वोलाएर खानपिन गराई थ्याङ्स दिने गर्ने चलन वसाएछन। त्यसै चलनको परिस्क्रितरुप रुप नै आजको Thanksgiving day रहेछ।
यो विशेष दिनको अवसरमा सहयोग गर्नुहुने सवैलाई मेरो तर्फवाट Happy Thanksgiving। विहिवार, शुक्रवार पनि विदा परेकोले लगातार ४ दिन कलेज जानु पर्दैन। त्यसैले Thanks to Thanksgiving :)
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले
Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।
म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।
समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्। मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।
करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:
४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।
२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।
यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।
सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।
गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !
जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।
विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।
तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ। त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।
२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)
मेरो AIT, Thailand र Telecom SudParis, France को classmate Mr. Linn ले उसलाई जन्म दिने आमा गुमाएको ३ दिन पछि जन्म दिने वुवा गुमाएको छ। यो पनि उसको जन्म दिन परेको हप्तामा ! म कल्पनासम्म पनि गर्न सक्दिन। चिर आत्माहरुले शान्ति पाउन, भगवानले उसलाई सहन सक्ने शक्ति प्रदान गरुन...। दैव पनि कस्तो निस्ठुरि ?... :(( :(( यस्तो वज्र प्रहार शत्रुलाई पनि नपरोस...
अनि जाँदा जाँदै अंग्रेजीको सान्दर्भिक अनि चर्चित quote:
"He who loses money, loses much; He who loses a friend, loses much more, He who loses faith, loses all" - Eleanor Roosevelt.
- समाप्त -
मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता
भन्ने नै हो भने त लेख लेखेर देखिने फाईदा केहि छैन। एक लेख लेख्न पहिले त विषय छान्नु पर्यो। दोस्रो लेख्नको लागि सामग्रिको अध्यायन गर्नु पर्यो । अनि लेखलाई राम्रो पार्न शीर्षक, उदाहरण, लेखन शैलि र निष्कर्षको विचार पनि गर्नुपर्ने हुन्छ। लेख लेखिसकेपछी र प्रकासन गर्न पठाउनु अघि २-४ पालि पढ्नु र सुधार गर्नु आवस्यक हुन्छ । यसरी हेर्दा आफ्नो दैनिक कामको अलवा लेख लेख्नु समयको वर्वादि लाग्न सक्छ । तर राम्रो प्रस्तुती गर्न सक्ने खुवि वनाउन र सूचना साट्नको लागि यो अत्यन्त जरुरी छ। अझ संसारभरिका मान्छेले पढ्न सक्ने भएकोले साथीभाइहरुले पढेर यो मेरो साथीको लेख, यो मेरो भतिजको लेख, मेरो भाइको आदि आदि भन्छन् र सम्झिन्छन्। मेरा पहिलेका लेखहरुले गर्दा १५ बर्षसम्म अत्तोपत्तो नभएका गाउँका दाईहरुसँग भेट गराएको छ। त्यसैले पनि मलाइ सन्तुष्टि दिन्छ। यो लेख प्रकासित गर्नु अगाडि महेश र अंकितलाई पढ्न दिएर सुझाव लिएको थिएँ। सहयोगको लागि उनीहरुलाई धेरै धन्यवाद।
- समाप्त -
हुन त कुन जागिर राम्रो कुन नराम्रो भन्ने कुरा निरपेक्ष कुरा नभई सापेक्ष कुरा हो । अर्थात त्यही जागिर कसैको लागि साधारण लाग्न सक्छ भने कसैको लागि निकै ठूलो। मेरो नजरमा यो एकदमै ठूलो अवसर हो किनकि त्यो प्रतिष्ठित कम्पनीमा काम गर्ने मैंले चिनेको कोही पनि नेपाली छैन। यो समयमा Yahoo! मा Computer Engineer को जागिर पाउँनु निकै गर्व कै कुरा हो। त्यसमाथि नेपाली अनि आफ्नै साथीले पाउँदा अझ खुसि लाग्ने नै भयो। उसलाई झन कस्तो लागिरहेको होला, म कल्पनासम्म गर्न सक्छु।
i am happy .. son of illiterate parents got to work in one of the largest companies
मलाई एकदम घत लाग्छ यो कुराले अनि नेल्सन मन्डेलाको भनाईको याद आउँछ:
"Education is the great engine of personal development. It is through education that the daughter of a peasant can become a doctor, that the son of a mineworker can become the head of the mine, that a child of farmworkers can become the president of a great nation. It is what we make out of what we have, not what we are given, that separates one person from another." -Nelson Mandela
यो भनाईले निकै अर्थ दिन्छ। एउटा अर्थ के भने शिक्षा यस्तो चिज हो जसले गरिव किसानको छोरीलाई डाक्टर वनाईदिन सक्छ र मजदुरको छोरालाई मिलको मालिक वनाईदिन सक्छ...। यहाँ ठिक यस्तै भएको महसुस भैरहेको छ मलाई। एक अनपढ नेपालीको छोरालाई Yahoo! जस्तो प्रतिष्ठित कम्पनीमा Engineer वनाईदिएको छ शिक्षाले।Puran लाई धेरै-धेरै वधाई अनि सफलताको कामना !

