About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label संदर्भ. Show all posts
Showing posts with label संदर्भ. Show all posts

Chicago bata mobile blog

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 11, 2011

Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.

Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.

Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.

mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.

- समाप्त -

Boston मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 22, 2011

यात्रा गर्न मलाई औधिमन पर्छ। मन भएर मात्र यात्रा गर्न सकिन्न । समयलेपनि साथ दिनुपर्दछ। मेरो मनलाई समयले अहिलेसम्म माया गरिहेको छ। फलस्वरुप म यो पाली Boston को यात्रामा निस्केको छु।

ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।

I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो।  यसले हामी दिदीभाइ  Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).

यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें।  यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT  र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण  उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।

अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New  England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।

- समाप्त -

"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 8, 2011

कालो वादल आकाशमा मडारीरहेको छ। पूर्वतिरको आकाशमा चट्याई्ग पर्ला जस्तो गरी चम्केको विजुलीको चमक यस्तो भयानक छ कि यसले मेरो दैनिक जीवनलाई थाति राखेर संझनाको कोसेलीको पोको फूकाईदिन्छ। विजुली चम्काई पछिको गड्याङ्गुडुङ्ग साइवर संसार हुँदै मेरो कानमा पर्दछ। म चुपचाप वस्छु, छटपटिन्छु। मनले  प्रश्नमाथि प्रश्न गर्छ  अनि निष्कर्स निकाल्छ: "वौलाउनुभन्दा मर्नु निको" - उसको गलत निर्णय।

आज लेख्न मन थिएन तर पनि लेख्नु परिरहेको छ। उसको गलत निर्णयको वारे लेख्नु नै छ ता कि यस्ता गलत निर्णय नगरिउन जसले घरपरिवार, साथीसँगी, ईस्टमित्र लगायतमा  सहन नसकिने चोट पार्दछ। अनौपचारिक रुपमा उसको पखेरु उडेको केहि घन्टामै थाहाभएको भएपनि 08 February 2011 मा नागरिकन्युजमा छापिएको तलको समाचारनै आधिकारिक रुपमा उसले आत्महत्या गरेको पुस्टिगर्ने माध्यम वन्यो ।


हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।

अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ।  मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।

जिउन भनेर धर्तीमा आएपछी जुनसुकै प्राणीले पनि मर्नुपर्दछ। यो ध्रुव सत्य कुरा हो। तर जव मरण अकालमै आईदिन्छ त्यसले ठूलो चोट पुर्याउँछ। भर्भराउँदो उमेरमा आफन्त, ईस्टमित्र, साथी, सँगी सवैलाई चोटपुर्याएर दैवले किन लगिदिन्छन् ? र के यो मरण जायज थियो त ? अहँ कुनै हालतमा पनि थिएन। चित्त नबुझि विहे गर्नुभन्दा विहेको निर्णय गरेकै भएपनि भागेको भए हुन्थ्यो। परिवारको ईज्जतको कुरा सोच्यो होला तर त्यो कुरा ठूलो हुन्थेन। फेरी विहे गरेकै भएपनि कानुनी तरीकाहरु थिए संवन्ध विच्छेदका।  ईन्जिनियरिङ्गका त्यस्ता गार्हा फर्मुला वुझेर भवन, सडक र कूलो वनाउन सक्ने उसले "मर्नु भन्दा वौलाउनु वेस" भन्ने साधारण फर्मूला नवुझेको देख्दा मलाई दु:ख लागेर आउँछ। जे हुनु भैसक्यो। उसको स्वर्गमा वास होस। उसका आफन्त, परिवारजन लगायत सम्पूर्णमा धैर्यधारगर्ने शक्ति दैवले प्रदान गरुन् । हामी एक असल मित्र गुमाउनुपरेकोमा सारै दु:खि छौं। तिमीलाई हार्दिक श्रध्दान्जली रेवती ! 
***

जाँदा जाँदै : अन्जु पन्तले गाएको सान्दर्भिक गितको भिडियो - जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

- समाप्त -

अँग्रेजी नयाँवर्ष २०११ को हार्दिक शुभकामना

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 1, 2011

आज अंग्रेजी नयाँवर्ष २०११ को पहिलो दिन हो। यतिवेला विहानको ८:५२ बजेको छ यहाँ। संसारभरि यो नयाँवर्ष मनाएको कुरा समाचार माध्यम र साथीहरुले फेसवुकमा पोस्टगरेका तस्विरहरुवाट प्रमाणीत हुन्छ। विविसिले धेरै ठाउँका तस्विर राखेको छ। तर मलाई मनपरेको तस्विर भने ओपेराहाउस, सिड्नी, अस्ट्रेलियाको तलको
तस्विर हो।


Picture: The Australian city of Sydney marks the passing of 2010 with its traditional display of fireworks above its most famous landmarks. Source bbc.co.uk

जाँदाजाँदै सवै साथीभाई र ईष्टमित्रमा नयाँवर्षको २०११ को हार्दिक शभकामना !

- समाप्त -

Thanksgiving day को महत्व

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, November 25, 2010

November महिनाको अन्तिम विहिवार Thanksgiving day पर्ने रहेछ। त्यसको भोलिपल्टको शुक्रवारलाई 'Black Friday' भन्दा रहेछन्। व्यापार व्यवसाय गर्नेहरुले यी अवसरहरुमा किनमेल गर्दा निकै ठूलो छुट दिने रहेछन्।

अमेरिकन र क्यानेडियनले मुख्यगरि मनाउने रहेछन Thanksgiving । तर Thanksgiving को दिन भने फरक फरक हुने रहेछ। विशेषगरि Thanks (धन्यवाद) दिने गरिदो रहेछ यो दिन। साथीभाइ, परिवारसँग वसेर Turkey (कुखुराको एक जात) खाने चलन रहेछ।

Thanksgiving  को ऐतिहासिक महत्व पनि रहेछ।  सन १६२० को जाडोको मौसममा धार्मिक यात्रीहरु (Pilgrim) अमेरिकाको Massachussets मा आउँदा सार्है खराव मौसमले गर्दा उनिहरु विरामी परेछन्। केहिको त ज्यान  पनि गएछ। रैथाने अमेरिकन (Native Americans) हरुले तिनिहरुलाई कसरी माछा मार्ने , कसरी खेतीपाती गर्ने र वाँच्ने भनेर सिकाएछन्। पछि यसैको वदलामा यात्रीहरुले अमेरिकनहरुलाई वोलाएर खानपिन गराई थ्याङ्स दिने गर्ने चलन वसाएछन। त्यसै चलनको परिस्क्रितरुप रुप नै आजको Thanksgiving day रहेछ।

यो विशेष दिनको अवसरमा सहयोग गर्नुहुने सवैलाई मेरो तर्फवाट Happy Thanksgiving। विहिवार, शुक्रवार पनि विदा परेकोले लगातार ४ दिन कलेज जानु पर्दैन।  त्यसैले Thanks to Thanksgiving :)

- समाप्त -

यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, November 13, 2010

Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।

म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।

समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्।  मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।

करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:

युनिभर्सिटीमा फूलेको मखमली फूल

४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।

- समाप्त -

थ्याङ्क्यू !

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 24, 2010

नवोल्नै सकें नआवाज सुनें जन्माईदिनेको
संचारकोयुग आ'कोछ भन्दा खिल्लि झै लागेको
मुटुले वुझ्यो ढुकढुकी वढ्यो ठडायो एन्टिना
ममतारुपी तरङ्ग उड्यो वजाउन फोनरिङ्ग

मुस्काई भनिन् आशीर्वाद मेरो छोरालाई लागोस
वावाको पनि आशिर्वाद छ रे चम्कियोस भविष्य
सुन्न नै छोडें आवाज उनको, सिग्नल छैन कि
झस्किई हेर्दा टोलाको रैछु कल्पेर मातारी

देख्दामा म्यासेज साथी र भाइको पर्खालमाथिको
लाग्दछ मेरो रेडियस वढ्यो साथी र मित्रको
धन्यवाद सवै साथी र सङ्गी म यही भन्दछु
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !
अटुट रहोस सम्वन्ध हाम्रो यही नै चाहन्छु !!
***

- समाप्त -

शिक्षाको असमानता हटाउ !

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, July 3, 2010

२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।

यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।

सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।

गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !

- समाप्त -

Prague भ्रमणमा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 26, 2010

यी शब्दहरु लेखिरहदा म प्रागको IBIS होटेलको कोठा नम्वर १२६ मा छु. २६ जुन २०१० को दिन देखि ३ दिन प्राग भ्रमणको योजना धेरै अगाडी बनाइएको थियो. INRIA (French research institute) मा काम गर्ने मान्छेहरुसंगै घुम्ने भएकोले आनन्द नै छ.

हाम्रो Group मा १२ जना छन्. म बाहेक सबै फ्रेन्चहरु छन्. पहिलो दिन घुमिसकेका छौ. मलाई लाग्थ्यो फ्रान्स छोडेपछी फ्रेन्चको काम नै सकियो तर तेस्तो अनुभब भै रहेको छैन. पहिलो दिन Guide उपलब्ध थियो. तर फ्रेन्च मात्रै बोल्ने रहेछ. तेसैले फ्रान्स बाहिर पनि फ्रेन्च सिकिन्दै छ. अबको बाकी २ दिन Guide विनै घुम्नु छ.

पहिलो दिनको अनुभववटा भन्नु पर्दा मलाई Prague एकदम पुरानो सहर लागेको छ. युरोपका ६ प्रमुख घुमिने सहरहरु Paris , London , Berlin , Rome , Medrid र Prague मध्ये अब Madrid मात्र घुम्न बाँकि रह्यो.

पेरिसमा ३ घण्टा plane delay भयो. विहानै उठ्नु परेकोले निद्रा पनि पुगेको छैन. धेरै लेख्नलाई पनि गार्हो भैरहेको छ किनकी साथीको कम्पुटरमा नेपाली लेख्ने सुबिधा छैन. गूगलको सहयोग ले लेख्दै छु. साथमा USA र Ghana को World cup पनि हेर्दै छु. १११ minuate समय सकिदासम्म घना २-१ ले अगाडी छ. Prague वाट विदा...

- समाप्त -

विस्वकप फुटवल र 'ले व्लु'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 6, 2010

जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।

विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
DSC08571
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।

तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ।  त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।

सातौं नेपाली महोत्सव - २०१०

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 1, 2010

 नेपाली सांस्कृतिक गृह फ्रान्स२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)

बुद्ध र अशान्ति

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

आज २५५४ औं बुद्ध जयन्तीको दिन हो। नेपालमा जन्मेका बुद्ध महान मानव भएकै कारणले भगवानको रुपमा मानिन्छन्। शान्तिका दूत गौतम बुद्धको चर्चा देश छोडेपछि मात्र महसुस भयो। थाईल्याण्डमा रहँदा देखियो उनको प्रभाव, अनि वुझियो उनको महत्व। चीन, थाईल्यान्ड, कम्वोडिया, म्यानमार, श्रीलंका जस्ता देशमा बुद्धको प्रभाव निकै रहेछ भन्ने कुरा त्यहाँवाट आएका साथीहरुवाट वुझ्न पाईयो। यी तथ्यहरुले कितावमा पढेको उनको कथा जस्तो वयान यथार्थपरक नै रहेछ भन्ने पुस्टि गरे।

आज बुद्ध जन्मेको मेरो देशमा अशान्ति मच्चिएको छ। कस्तो विडम्वना ! अर्को विडम्वना त बुद्धकै कारणले पनि भएको छ। उनी जन्मेको ठाउँ भारतमा पर्छ भनेर प्रचारवाजी गरिएको छ। कुरा भर्खरैको हो। मेरो एक जना ईन्डियन साथीसँग बुद्धको कुरा हुन थाल्यो। उ वेला बुद्धजन्मेको ठाउँ भारत भएकोले बुद्ध भारतमा जन्मेको भन्नु ठिक हो भन्ने कुरा गर्यो। मेरो तर्क चाहिँ अहिले जुन देशमा पर्छ त्यो अनुसार भनिनु पर्छ भन्ने थियो। उसले ढिपि गरिरह्यो उसको कुरामा। मैले उसको तर्कलाई उ तिरै तेर्साएँ: यदि तँ तेसो भन्छस भने तँ ईन्डियन हैनस वरु फ्रेन्च होस किनकि तेरो अहिलेको ठाउँ उ वेला फान्स नै थियो :) कुरा अलिक गरमागरम स्थितिसम्म पुगेको थियो। 

जे भएपनि बुद्धको देशमा र बुद्धको नाममा अशान्ति मच्चिएको छ। सवैले उनको विचार र उपदेशलाई पालन गर्न सके सवैले शान्ति पाउँथे नि ...

- समाप्त -

यस्तो त कसैलाई पनि नपरोस ...

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 16, 2010

मेरो AIT, Thailand र Telecom SudParis, France को classmate Mr. Linn ले उसलाई जन्म दिने आमा गुमाएको ३ दिन पछि जन्म दिने वुवा गुमाएको छ। यो पनि उसको जन्म दिन परेको हप्तामा !  म कल्पनासम्म पनि गर्न सक्दिन। चिर आत्माहरुले शान्ति पाउन, भगवानले उसलाई सहन सक्ने शक्ति प्रदान गरुन...।  दैव पनि कस्तो निस्ठुरि ?... :(( :(( यस्तो वज्र प्रहार शत्रुलाई पनि नपरोस...

- समाप्त -

पालो वहिनीहरुको

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, April 25, 2010

सायद समय नै यस्तो कुरा होला जस्लाई आजको दिनसम्म मानवले रोक्न सकेको छैन। त्यसैले होला उनीहरुको विदाई हुने दिन पनि रोकिएन र आएरै छाड्यो। हो, आज वहिनीहरु फर्केका छन् । यो वेला उनीहरु  फ्रान्सको आकाशमा उडिरहेको कतार एयरवेजको प्लेन मार्फत थाईल्याण्डको गन्तव्य पहिल्याउँदैछन् ।

निकै स्मरणीय छन् उनीहरुसँग विताएका समयहरु। निकै घटना-परिघटनाहरु, स्वागत-विदाईहरु र चाढ-पर्वहरुमा विताएका क्षणहरुले यो वसाईलाई अझ स्मरणीय वनाईदिएको छ। जीवनमा सायदै विर्सन सकिएलान् यी सुन्दर क्षणहरु। विदाई गर्नु अगिल्लो दिनको पारिलो घाममा फोटो खिच्दै पसलहरु चहार्न जाँदाको समयपनि स्मरणीय नै छ । यो वेला निकै सुन्दर वन्दै छ यो ठाउँ किनकी रुखहरुमा हरियाली छाउँदै छ, फूलवारी रङ्गीचङ्गी फूलहरु फूल्न थालेका छन् । तर वहिनीहरु गएपछि खल्लो भने पक्कै लाग्छ नै । 

वहिनीहरुको विदाई किनमेल
तस्विर: विदाई हुने अगिल्लो दिन, Evry Center मा 'Chicken Tikka' खाँदै। वाँयावाट क्रमश: म, श्रद्दा, रभि र शिर्षा :)

हिजो खानपिन, गफगाफ र प्याकिंग गरेर नै रात वित्यो लगभग। अनि विहानै Charles de Gaulle Airport तिर हतारिँदै लागियो र उनीहरुलाई विदाई गरियो । उनीहरुलाई विदाई गर्न साथ दिएको थियो प्यारो भाइ रभिले। 

मलाई राम्रोसँग याद छ उनीहरु फ्रान्स आएको पहिलो दिन। अरु नेपाली दाइहरुपनि थिए स्वागत गर्न वसेका। तर आठ महिनापछिको उनीहरुको विदाइ गर्न भने म मात्र वाँकिरहें। यस अर्थमा उनीहरु भाग्यमानी नै रहेछन् , अन्तिम दिनसम्म पनि कोही दाइ पाए र आफू पनि भाग्यमानी नै परियो किनकी धेरै समयसम्म उनीहरुसँग सुख-दु:खका कुराकानी गर्न पाईयो। आशा गर्हौं उनीहरुको यहाँको वसाई पनि उनीहरुले सोचेजस्तै रमाईलो गरी वित्यो।

अन्तमा, उनीहरुलाई AIT को मास्टर्स थेसिसको सफलताको कामना। अहिलेलाई नै भने शुभ-यात्रा !

जाँदा-जाँदै :
1. Good relations are hard to make; once you make, no one can break. 
2. Ravi said, "Now I am * * * * * * ". :) )) ))) )))) ))))) 

- समाप्त -

आमालाई सन्देश

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 14, 2010

आज फेरी आमाको मुखहेर्ने दिन आएको छ। सुचनाप्रविधिको यो युगमा संसारको जुनै कुनामा वसेपनि कुराकानी गर्न गार्हो नहुने ईन्टरनेट, फोन र मोवाईल जस्ता प्रविधिका विकास भएका छन्। तर म जस्ता धेरै नेपालीहरु अझपनि यस्तो सुविधा उपयोग गर्नवाट वन्चित नै छौं। गाउँकी मेरी आमालाई जन्मदिएको, हुर्काएको, र वढाएपढाएवापत यो दिनमा धन्यवाद दिन नपाउँदा नमिठो अनुभव भैरहेछ। यो हाम्रो दुर्भाग्य हो। दोषकसैलाई दिन चाहन्न।

मेरी आमासँग फोनमा वोलेर धन्यवाद दिने भाग्य यो वर्षपनि मिलेन। त्यसैले यी शव्दहरु मेरी आमा जसले मलाई यो धर्तिमा जन्मदिएर यो परिस्थितिसम्म पुग्नसक्ने वनाएकी छिन, प्रति समर्पण गर्दछु र भन्न चाहन्छु तिमी एक महान आमा हौ जसले आफू पढ्न नजानेपनि यसको महत्व वुझेर सन्तानहरुलाई पढाएकी छौ, आफू नखाएरपनि सन्तानहरुलाई खुवाएकी छौ। वोल्न नपाएपनि मलाई थाहा छ आजको दिन तिमीले गर्व गर्नसक्ने छोराछोरी वनुन भनेर आशिर्वाद दिईरहेकी छौ। म त्यसैको लागि यो राजमार्गमा दौडिदै छु र  तिम्रो आशिर्वाद लाग्छ भन्ने आशामा छु। पढ्ने अवसर पाएपनि तिम्रालागि लेखेको यो लेख तिमी पढ्न सक्दिनौ। तर म कुनै दिन पढेर सुनाउने छु। पर्खिवस... ♥ you mum !

- समाप्त -

IBM

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, April 9, 2010

आज फेरी पुष्टी भएको छ - अन्तिम समयसम्म पनि हरेष खानु हुन्न भन्ने कुराको। मेरो एक AIT Junior ले फर्किने दिन आउँदासम्म Internship नपाउने जस्तो भैराखेको थियो। Company Internship को वारेमा धेरै कुरा हुन्थे मसँग किनकी Senior हरुमा म मात्र यसको अनुभव लिन सक्ने एक भाग्यमानी थिएँ :) धेरै सुझावहरु दिएको थिएँ, सम्झाएको थिएँ। आफ्नै उदाहरण दिँदै हरेष नखान सुझाव दिन्थें। नडराई अन्तिम समयसम्म प्रयास गर्दै जा भनेर सम्झाईरहन्थें। 

उफ, आज खुसीको दिन आएको छ। उसले IBM मा काम गर्ने अवसर पाएकी छे। IBM, Google, Yahoo! र MicroSoft जस्ता कम्पनीमा काम गर्न पाउनु Computer Science को Student को ठूलो अवसर हो। Cambodian हो उ। मलाई दाइ भन्छे, म उसलाई वैनी। त्यसैले Sengly वहिनीलाई धेरै धेरै वधाई !

अनि जाँदा जाँदै अंग्रेजीको सान्दर्भिक अनि चर्चित quote:
"He who loses money, loses much; He who loses a friend, loses much more, He who loses faith, loses all" - Eleanor Roosevelt.


- समाप्त -

मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 3, 2010

धेरै समयपछि MySansar.com को लागि एक लेख लेखेको थिएँ। यो पालिको लेख सूचना मूलक थियो। मान्छे मरेपछि उसका अनलाईन सूचनाहरु के हुने होलान् भन्ने कौतुहलता मेटाउनु यसको मूख्य उदेश्य थियो। लेखको वास्तविक शीर्षक "मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता" भन्ने थियो तर प्रकासित हुँदा "म मरे पनि मेरो सूचना..." नाममा प्रकासित भयो। धेरै साथिभाईहरुले, च्याट, फेसवुक र कमेन्टवाट हौसला दिनु भएको छ। त्यै भएर म झनै उत्ताहित छु अरु लेख लेख्नलाई। रुचिको विषयमा अरुले उत्साह थपिदिँदा निकै मिठो अनुभूति हुँन्छ।

भन्ने नै हो भने त लेख लेखेर देखिने फाईदा केहि छैन। एक लेख लेख्न पहिले त विषय छान्नु पर्यो। दोस्रो लेख्नको लागि सामग्रिको अध्यायन गर्नु पर्यो । अनि लेखलाई राम्रो पार्न शीर्षक, उदाहरण, लेखन शैलि र निष्कर्षको विचार पनि गर्नुपर्ने हुन्छ। लेख लेखिसकेपछी र प्रकासन गर्न पठाउनु अघि २-४ पालि पढ्नु र सुधार गर्नु आवस्यक हुन्छ । यसरी हेर्दा आफ्नो दैनिक कामको अलवा लेख लेख्नु समयको वर्वादि लाग्न सक्छ । तर राम्रो प्रस्तुती गर्न सक्ने खुवि वनाउन र सूचना साट्नको लागि यो अत्यन्त जरुरी छ। अझ संसारभरिका मान्छेले पढ्न सक्ने भएकोले साथीभाइहरुले पढेर यो मेरो साथीको लेख, यो मेरो भतिजको लेख, मेरो भाइको आदि आदि भन्छन् र सम्झिन्छन्। मेरा पहिलेका लेखहरुले गर्दा १५ बर्षसम्म  अत्तोपत्तो नभएका गाउँका दाईहरुसँग भेट गराएको छ। त्यसैले पनि मलाइ सन्तुष्टि दिन्छ।  यो लेख प्रकासित गर्नु अगाडि महेश र अंकितलाई पढ्न दिएर सुझाव लिएको थिएँ। सहयोगको लागि उनीहरुलाई धेरै धन्यवाद।

लेख MySansar.com मा पढ्न सकिन्छ। सजिलोको लागि मैले यहाँ पनि राखेको छु ।


- समाप्त -

Yahoo!

Posted by Nobal Niraula ( नोवल निरौला )

उ मेरो सहपाठी। ४ वर्षसँगै पढेको। तर चिनजान भने B.E. Entrance पढ्दा देखिको । Entrance तयारी गर्ने ठाउँमा नै हामी नजिकिईसकेका थियौ किनकी हामी राम्रो गर्नेहरुमा पर्दथ्यौं र पछि Entrance मा पनि राम्रो गर्नेहरुमा परेकोले सँगै पढ्न पायौं। B.E. पछि अवसरको खोजीमा आ-आफ्नो वाटो लाग्यौं। उ कतै पुग्यो म कतै।

२ महिना पछि च्याट हुँदै छ। हालसालै उसले Yahoo! मा जागिरको अवसर पाएको कुरा वताउँदा मलाई एकदम खुसी लागेर आयो।त्यसैको तयारीमा उ हराएको रहेछ धेरै समय। खासमा मैले काम गर्ने Research Lab मा Yahoo! र Microsoft Research का मान्छेहरु आएर Research Findings को Presentation दिईराख्छन्। यस्तो देख्दा म पनि एकदिन यस्तै वन्नेछु भनेर मनमनै कल्पना गर्छु। यो त्यति सहज लक्ष्य पक्कै हैन तर नसकिने पनि  हैन। खाँचो छ त केवल मेहेनतको ! April fool हो भनेर उसको कुरा नपत्याउने कारण पनि छैन किनकि April २ भैसकेको छ उसको ठाउँमा पनि :) ।

हुन त कुन जागिर राम्रो कुन नराम्रो भन्ने कुरा निरपेक्ष कुरा नभई सापेक्ष कुरा हो । अर्थात त्यही जागिर कसैको लागि साधारण लाग्न सक्छ भने कसैको लागि निकै ठूलो। मेरो नजरमा यो एकदमै ठूलो अवसर हो किनकि त्यो प्रतिष्ठित कम्पनीमा काम गर्ने मैंले चिनेको कोही पनि नेपाली छैन। यो समयमा Yahoo! मा Computer Engineer को जागिर पाउँनु निकै गर्व कै कुरा हो। त्यसमाथि नेपाली अनि आफ्नै साथीले पाउँदा अझ खुसि लाग्ने नै भयो। उसलाई झन कस्तो लागिरहेको होला, म कल्पनासम्म गर्न सक्छु।

च्याटको क्रममा उ भन्दै जान्छ:   
i am happy .. son of illiterate parents got to work in one of the largest companies

मलाई एकदम घत लाग्छ यो कुराले अनि नेल्सन मन्डेलाको भनाईको याद आउँछ:
"Education is the great engine of personal development. It is through education that the daughter of a peasant can become a doctor, that the son of a mineworker can become the head of the mine, that a child of farmworkers can become the president of a great nation. It is what we make out of what we have, not what we are given, that separates one person from another." -Nelson Mandela

यो भनाईले निकै अर्थ दिन्छ। एउटा अर्थ के भने शिक्षा यस्तो चिज हो जसले गरिव किसानको छोरीलाई डाक्टर वनाईदिन सक्छ र मजदुरको छोरालाई मिलको मालिक वनाईदिन सक्छ...। यहाँ ठिक यस्तै भएको महसुस भैरहेको छ मलाई। एक अनपढ नेपालीको छोरालाई Yahoo! जस्तो प्रतिष्ठित कम्पनीमा Engineer वनाईदिएको छ शिक्षाले।Puran लाई धेरै-धेरै वधाई अनि सफलताको कामना !

- समाप्त -

विते गिरिजावावु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 21, 2010

धेरै समयपछि March १९ को रात पेरिसमा दाईहरुकोमा वस्न गएको थिएँ। त्यहाँ गरेको छलफल निकै संयोगपूर्ण रह्यो। हामीले रातको १ वजेसम्म गिरिजावावुको वारेमा निकै कुरा गर्यौं। उनको छोरी मोह, पार्टीभित्रको निरंकुशता देखि शान्ति प्रक्रियामा दिएको योगदानसम्म विषयहरुमा निकै टिकाटिप्पणी भए गरिए। अनि भोलि विहान ९ वजे तिर उठेर समाचार हेर्दा त गिरिजावावुले संसार छोडेको १ घन्टा भैसकेको खवर पो देखिन्छ वा। कस्तो संयोग परेको पर्न पनि हिजो राति नै उनको कुरा हुनु अनि भोलिपल्ट यस्तो खवर पढिनु।
तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र युद्दरत नेकपा माओवादिका अध्यक्ष प्रचन्ड शान्ति संझौता साटासाट गर्दै। नोभेम्वर २१, २००६
तस्विर: तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र युद्दरत नेकपा माओवादिका अध्यक्ष प्रचन्ड शान्ति संझौता साटासाट गर्दै। नोभेम्वर २१, २००६

यी शव्दहरु लेखिरहँदा उनको सवयात्रा भै रहेको कुरा FM ले सुनाईरहेको छ। भूतपुर्व प्रधानमन्त्री गिरिजावावुको निधन संविधान वनेपछी मात्र भैदिएको भए  राम्रो हुने थियो जस्तो लागिरहेको छ। यो वेला देशले नगुमाउनुपर्ने राम्रो अभिभावक गुमाएको छ। जे भएपनि उनको आत्मालाई शान्ति मिलोस, गिरिजावावुलाई हार्दिक श्रद्दान्जली !

गिरिजा प्रसाद कोईरालाको शवयात्रा
तस्विर: गिरिजा प्रसाद कोईरालाको शवयात्रा (स्रोत: कान्तिपुर डटकम)

- समाप्त -

वधाई वासुलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, March 19, 2010

भर्खरै वैवाहिक जीवन सुरु गरेका पुल्चोकका मेरा सहपाठी वासुलाई धेरै-धेरै वधाई अनि सफल र सुखमय वैवाहिक जीवनको धेरैधेरै शुभ-कामना ! वासुको बिहेमा पनि छुटियो नि ...

basu_marriage
तस्विर: वासुको जोडि
- समाप्त -

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors