About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label यात्रा. Show all posts
Showing posts with label यात्रा. Show all posts

Washington DC भ्रमण

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, July 31, 2012

म भ्रमण गर्दा सकेसम्म भ्रमण गरेको ठाउँवाट नै व्लग लेख्न रुचाउँछु। यतिवेलाको व्यस्त जिवनमा व्लगमा लेख्ने फुर्सद नभए पनि यस्तो वेला भने म छोटो नै भएपनि व्लग लेख्ने गर्दछु। यसै सिलसिलामा यो लेख लेख्दै छु।

म चढेको वस Washington DC वाट New York को लागी दैडिरहेको छ। वसमा करीव २५ जना होलान। ४० जना जतिको क्षमता होला यो वसको।  वसमा धेरै सुविधाहरु छन् जस्तो कि यो वसमा नै कम्युटर चार्ज गर्ने मात्र हैन ईन्टरनेट पनि उपलव्ध छ। म मेरो देशमा घुम्दा वसमा विताएको समय र यहाँ अहिले महसुस गरिरहेको समय मा तुलना गर्दछु। निकै ठूलो फरक छ। कोचिकोची सिट नपाउने अवस्था। मुडालाई सिट वनाएर  हिड्नु पर्ने मेरो देशको दैनिक वसको यात्रालाई यहाँको वसको यात्राले निकै नै पछार्छ। म मेरो देशमा यस्तो जमाना कहिले आउला भनेर कलपन्छु तर भविस्यको कुनै वर्षमा पनि यस्तो होला भनेर कल्पना गर्न नसक्ने गरि थाक्छु।

Washington DC अमेरिकाको राजधानी हो । सानो देखी नाम सुन्दै आएको यो शहरमा जाने मौका यो पाली मात्र मिल्यो। भिडभाड युक्त New York भन्दा प्रिथक सहर रहेछ DC। हुन त अमेरीकाको शहरहरु घरै घर जस्तो लाग्छ तर यहाँ न्युयोर्क जस्ता अग्ला घरहरु रहेनछन्। विस्वलाई थर्काउने अमेरिका भन्ने देशको राष्टप्रती वस्ने घरलाई वाराक ओवामा राष्ट्रपति हुँदाकोताका टिभिमा हेरेको थिएँ। आफ्नै आँखाले यसलाई हेर्न पाउँदा अर्कै रमाईलो हुने रहेछ। उसमाथी आफ्ना आफन्तहरु पनि हुँदा झनै रमाईलो।

यात्रा निकै रमणीय र स्मरणीय रह्यो। New York वाट Washington DC जाँदाको अनुभव मेरो अहिले सम्मको भ्रमणमा निकै अविस्मरणीय रहने पक्कै छ। अनेकौ चुनौतीहरु आईपरे पनि जसोतसो पार लगाईयो। आफन्तजनको सहयोग अनि  भेटघाटले यी सवै  चुनौतीवाट पाएका दु:ख सवै मेटिए। तै पनि यात्रा भने कहिल्यै विर्सिनसक्नुको रह्यो।


- समाप्त -

Niagara Falls वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 22, 2012

न्युयोर्क राज्यमा रहेको Niagra  Falls  संसारकै सबैभन्दा ठुलो water falls हरुमा गनिन्छ । USA र क्यानाडालाई छुटाउने Niagra नदी ५० मीटर माथि बाट झरेको दृश्य निकैनै राम्रो देखिने रहेछ। विशेष मान्छेहरूसंग घुमघाममा रहेकोले यात्रा पनि रमणिय नै हुदै छ।

- समाप्त -

नया दिल्लीवाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 18, 2012

विभिन्न ठाउँमा पुगेको बेला त्यहींवटा ब्लग लेख्ने सिलसिलामा आज म भारतको राजधानी नयाँ दिल्लीवाट यो लेख लेख्दै छु.  CICLing2012 conference मा २ पेपरको presentation को लागि आएको हुँ. Best Paper अवार्डतर्फ First हुन पाएको  हुनाले यो जीवनकै विशेस Conference हो. संसार भरका Natural  Language Processing मा काम गर्ने मान्छेहरुसंग चिनापरिचय अविस्मरणीय रह्यो.

Agra , New Delhi र Jaypur को भ्रमण पनि अविस्मरणीय नै रह्यो. मेरो पहिलो भारत भ्रमण सम्झिनको लागि एउटा महत्वपुर्ण घटना घट्यो. त्यो के भने भारतको चर्चित क्रिकेट खेलाडी Sachin Tendulkar ले 100th century
राखेको दिन पर्यो मेरो ८ दिन को भ्रमणमा. भारत भ्रमणका बाँकि रमाइला सम्झना पछी राख्ने छु.

- समाप्त -

दोहा, कतारबाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 27, 2012

म यो बेला दोहा कतारको Al Liwan Suites होटेलबाट यो ब्लग लेख्दै छु. नया ठाउँमा पुगेको बेला त्यहीवटा ब्लग लेख्ने मेरो रहर छ ता कि भविस्यमा कति ठाउमा घुमीयेछ र के को सिलसिलामा पुगिएको रहेछ भन्ने थाहा हुन्छ.

Houston Airport बाट १५ घण्टा जतिको उडान पछी दोहा, कतार आइपुगियो. मेरो अहिले सम्मको सबसे लामो Non -stop flight हो यो. नेपालको लागि प्रस्थान गर्नु अगी कतारमा १४ घण्टाको transit परेकोले यो होटेलमा बस्न आएको छु. रात को समय परेकोले यहाँ कस्तो छ भनेर लेख्न सकिन. तापक्रम २० डिग्री सेन्टिग्रेड रहेछ.

होटेलमा आउनलाई Transit visa लिने बेला त्यहाँ को officer ले बोलेको केहि कुरा बुझिएन. २ /३ पाली भन्न लगाउदा पनि बुझ्न गारो भयो. त्यसको जबाफमा उसले मलाई "No English ?" भनेर भन्दा झनक्क रिस उठ्यो. आफु राम्रो English बोल्नु छैन अर्कालाई तेसो भन्ने कस्तो मान्छे रहेछ भनेर मनमनै सोचें. एकैछिन पछी एउटा नेपाली भाइपनि आए. उनीपनि मेरै होटेलमा जानलागेका रहेछन. Texas बाट आएका रहेछन. उनले पनि त्यहाँको officer rude रहेछ भनेर सुनाए. नेपालीहरु भएर येस्तो गरेको भन्ने उनको भनाइ थियो. होटेलको मान्छेले हामीलाई होटेलसम्म लाने लैजाने मिलाएका थिए.

- समाप्त -

Fort Worth TX वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 26, 2011

यात्रा गर्ने क्रममा नयाँ ठाउँ पुग्दा म व्लग लेख्ने गर्दछू। त्यही सिलसिलामा यो व्लग मा Fort Worth, TX वाट लेख्दै छु। हुन त मैले अमेरिकाको जमिन यही Texas DFW मा पहिलो पल्ट टेकेको थिएँ तर त्यसलाई म पुगेको ठाउँ भन्न मिल्थेन किनकी यो त मेरो वाटोमा परेको एउटा एयरपोर्ट मात्र थियो।

क्रिसमस २०११ र नयाँ वर्ष २०१२ को विदा नेपालीहरुको दशैं जस्तो हुने गर्दछ अमेरिकामा। वाटोहरुमा चहलपहल कम हुने, आफन्तहरुलाई भेट्न घरघर जाने चलन रहेछ। हामी केही साथीहरु पनि त्यसैको लागि यता आएका हौ।  झन्डै २ दशक पछि कसैलाई भेटिन्छ भने कस्तो रमाईलो महसुस हुन्छ होला। म त्यही रमाइलो महसुस गर्दैछु यतिवेला। धेरै नेपालीहरु रहेछन् यता। कहिले काहिँ त लाग्छ  म अमेरिकामा नभई कतै नेपालमै छू।

- समाप्त -

Chicago bata mobile blog

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 11, 2011

Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.

Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.

Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.

mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.

- समाप्त -

Boston मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 22, 2011

यात्रा गर्न मलाई औधिमन पर्छ। मन भएर मात्र यात्रा गर्न सकिन्न । समयलेपनि साथ दिनुपर्दछ। मेरो मनलाई समयले अहिलेसम्म माया गरिहेको छ। फलस्वरुप म यो पाली Boston को यात्रामा निस्केको छु।

ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।

I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो।  यसले हामी दिदीभाइ  Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).

यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें।  यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT  र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण  उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।

अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New  England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।

- समाप्त -

New Orleans वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 7, 2011

March, 07, 2011
 
यो लेख लेखिरहंदा म New Orleans को एउटा Motel मा छु. यात्रा गर्ने सिलसिलामा त्यहींबाट ब्लग लेख्ने मेरो सौख छ. त्यही अनुरुप म यो लेख लेखिरहेको छु. 

Mid - Sem Exam सकिए लगत्तै अचानक यो यात्रा तय भएको थियो. अचानक बनेकै भएपनि यो यात्रा निकै सम्झना लायकको भयो. New Orleans मा आउनुपर्ने समयमै आईएको रहेछ. Mardi Gras Festival परेको समय रहेछ.  यात्राको बिस्तृत बयानपछि लेख्ने छु. अहिलेलाई बहने यति नै.  


- समाप्त -

यात्रा: London मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, October 9, 2009

यि शब्दहरु Type गरिरहँदा म Westfield Shopping Center, लण्डनको Apple Show Room मा छु । Amit Joshi दाइलाइ भेट्ने योजना छ, यहाँ। मेरो लण्डन भ्रमण रमाइलो हुदै छ। मैले London कुन बेला घुमेको थिए भनेर सम्झिन पनि सजिलो हुने भएको छ किनकि London को train station बाहिर निस्किनासाथ Lite भन्ने Free newspaper मा American President Barak Obama लाइ 2009 को Nobel Peace Prize दिने घोसणा गरेको खबर पढेको छु। म आफैलाई पनि अनौठो लाग्दैछ ...।

लण्डन आएको २ दिन भएको छ। Museum हरु नै घुमे अहिलेसम्म। Science Museum मा आजको दिन पुरै बिताएँ - कस्तो रमाइलो लागिरहेको छ। सबै अनुभब त अहिलेको छोटो समयमा लेख्न सक्दिन। यो blog ले मलाई मेरो पहिलो लण्डन भ्रमणको सम्झना दिलाउने छ भनेर नै यो लेख लेखेको हुँ ।आजलाई बिदा ।

सन्दर्भ Pique-Nique को

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 8, 2009

28 June, 2009 दिन विशेष थियो किनकी Pique-Nique मा जानु थियो। Picnic र वनभोजको अनुभव वटुलेको भए पनि Pique-Nique को भने अनुभव थिएन। अर्थात, पहिलो पल्ट French Pique-Nique (En: Picnic) जानु थियो, त्यो पनि पेरिसमा भएका नेपालीहरुसँग। उसो त 2008 यो यही समयमा पनि Pique-Nique आयोजना गरिएको रहेछ, तर चिनजानको अभावमा सामेल हुन पाइएको थिएन। जर्मनी भ्रमणवाट फर्केको १ दिन पछि यो पिकनिक भएपनि जोस भने वाँकि नै थियो। मेरा प्यारा भाइहरु (माईलो र कान्छो) ले नजाने निर्णय गरे पस्चात केही अप्ठेरो महसुस त भएकै थियो, तर केही चिनजानका साथीहरु जाने भएको कारणले रमाईलो हुने आशामा मैले सामेल हुने निर्णय गरेको थिएँ।

NRNA-NCC France को आयोजीत यो पिकनिकमा जानेको संख्या मैले अनुमान गरे भन्दा निकै धेरै थियो। पहिले लाग्थ्यो पेरिसमा नेपालीहरु कमै छन्। यो पटक त्यो संख्यामा उपस्थित नेपालीहरु देखे पछि त्यो सोचाई भ्रममा परिणत भयो। हो, ११० जनाको नेपाली टोली २ वटा रिजर्भ गरेको वसमा हुँईकिएका थियौं Honfleur को 'बिच' (En: Beach) तिर । Honfleur पेरिसवाट सवसे नजिक पर्ने समुन्द्र भएको ठाउँ हो। यो समुन्द्रले France र UK लाई छुट्याउँछ। यसलाई English Channel भनेर समेत चिनिन्छ । यो Normandi को एकदम नजिक छ।

तस्विर: Pique-Nique स्थल

रमाईलोको कुरै नगरौं। वसमा भएको दोहोरी त उत्क्रिष्ट नै थियो। मेरो अनुभवमा यो नै सवसे लामो दोहोरी कार्यक्रम थियो। म केहि क्षणमा दोहोरीका अंशहरु राख्ने नै छु। वसको ड्राईभर नजिकैको माईकले पनि निकै ठूलो सहयोग गर्यो मान्छेहरु र तिनीहरुको कलाको पहिचानमा किनकी हाम्रो वसको हरेक ब्यक्तिले आफ्नो परिचयको साथमा आफूमा भएको कला प्रस्तुत गर्नुपर्ने वाध्यात्मक परिस्थिति थियो। "कला भए प्रस्तुत गर्ने नभए पनि प्रस्तुत गर्ने " - निर्मलदाइले हसाउँदै हुनुहुन्थ्यो। यसै क्रममा हो नि नारायण भाइले पस्चिमे गित गाएका। जसको वोल "तिम्रो नासो फिर्ता लिन आउ" भन्ने थियो जसको भाका मन पर्यो :)। यो गित तलको भिडियो मा पनि सुन्न सकिन्छ। मेरो कला त के नै थियो र :)। एउटा फेसवुकमा पढेको जोक सुनाएको थिएँ, हा हा हा । तर फर्कने क्रममा मोवाईल फोनमा रहेका रेकर्डेड कथा र कविता सुनाएर स्रोतागणलाई केहि बेर भएपनि मनोरंजन प्रदान गरेको थिएँ :-P।

दुवै वसमा दोहोरी खेलिएको थियो। अर्को वसको अनुभव त मसँग छैन, तर म चढेको वसमा भने निकै रमाईलो थियो। सायद त्यो हल्ला फैलिएछ क्यारे, पिकनिक सकेर फर्किदा अर्को वसमा रहेका चर्चित दोहोरी गायक राजेन्द्र लम्सालले पनि हाम्रो वसको सिट लिएर वसेका थिए। उनलाई लिन अर्को वसका मान्छे आएका थिए तर उनले यो वस छोडेनन् । त्यै भएर पनि फर्किने क्रममा निकै नै मज्जा आएको थियो।


भिडियो: मेरो क्यामेराले कैद गरेका दोहोरीका अंशहरु

पिकनिक स्थल टाढा भएकोले वाटोमा केहीवेर विसाएर ब्रेकफास्ट खाईयो । केही तस्विरहरु पनि खिचियो । पिकनिक स्थलमा पुगेपछि लन्च खाएर Beach तिर लागियो। वालुवाको Beach थियो तर पानी भने त्यति सफा थिएन। म भने डुवुल्कीमार्ने सुरमा थिएन। तर कति नेपाली साथीहरुको त पहिलो पटक समुद्र देखेको अवसर परेको रहेछ, निकै रमाउनु भएको थियो। हामी केही साथीहरु भने Beach मा गफगाफ गर्दै निकै टाढा सम्म पुगेका थियौ। गजवको कुरा त के भने, पहेलो लुगालगाउने साथिहरुलाई त्यहाँका किराहरुले आक्रमण गरेका थिए, सायद फूल सम्झेर होला । रातो टिसर्ट एक हिसावले फाईदा जनक नै भएको थियो ।

अहिलेलाई भने पिकनिकका केही तस्विरहरु राख्दै छु:


तस्विर: वसमा हामीहरु रमाइलो गर्दै

तस्विर: वसवाट जाँदा वाटोका देखिएका मकैका विरुवा

तस्विर: लामो वाटो भएकोले विसौनीमा नास्ता खाँदै

तस्विर: विचको एक द्रिष्य

तस्विर: Beach को एक द्रिष्य

तस्विर: पहेलो कपडालगाउनेलाई किराले हैरान पारे

तस्विर: धमीलो पानीमा पनि मज्जा लिंदै


तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु

तस्विर: Beach को अर्को पट्टिको सुन्दर जंगल

तस्विर: मेरा दौंतरीहरु Beach को लामो हिडाई पछि थकाई मार्दै

तस्विर: म

यसरी, पेरिस सहरमा रहेका नेपालीहरुसँग रहेर Pique-Nique को मज्जा पनि लिईयो । दिनभर एक शव्द पनि फ्रेन्च वोल्नु परेन। नेपालीहरुसँगको उक्त रमाईलोले म विदेशमा हैन वरु नेपालको कुनै ठाउँमा छु भन्ने महसुस गराएको थियो। मेरा लागि Beach महत्वपूर्ण थिएन किनकी मैंले Thailand र Venice का सुन्दर Beach हरुसंग लुकामारी खेलिसकेको थिएँ। महत्वपूर्ण थियो त नेपालीहरुसँगको चिनजान अनि भलाकुसारी- जुन यो Pique-Nique ले पुरा गरिदियो । अलि खट्किएको कुरा के भने, सायद हामीले वसमा धेरै समय विताएर पिकनिक स्थलमा कम समय दियौं कि। जे होस आयोजकलाई धेरै धेरै धन्यवाद, आउँने वर्षमा यस्ता कमजोरीहरु सुधार्ने जानुहोस भन्ने सुझाव समेत दिन चाहन्छु ।

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors