About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

यो फोटो हो भिडियो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 30, 2011


स्रोत र थप तस्विरहरुphotographyru.inf

तस्विरमा पनि भिडियोको जस्तै वस्तुहरुको गति राख्न सकिन्छ। कम्प्युटरमा राखिने तस्विरहरुवारे केही ज्ञान छ भने GIF तस्विरमा तस्विरका वस्तुहरुलाई यस्तो किसिमको चलायमान गति दिन सकिन्छ। Jamie Beck ले  यहाँ  राखेका राखेका उत्क्रिष्ट तस्विरहरु मध्येका दुई तस्विर हुन। पुरानो जमानामा यी प्रविधिहरु भैदिएको भए हाम्रा पुर्खाहरुको चलायमान तस्विर हेर्न सकिन्थ्यो। हाम्रा सन्तानहरुले भने हाम्रा तस्विर र भिडियो मार्फत यी अवसर पाउनेछन् ।


- समाप्त -

प्रयोगसाला किन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, May 3, 2011

मान्छेका कल्पना शक्तिका कारणले  नै यो संसार यति राम्रो भएको हो। चरा जस्तो उड्न पाउने कल्पना गर्दा गर्दै हवाईजहाजहरु वनेका हुन्। मार्क जुकरवर्गले कल्पना गरेको कुरा हो नै फेसवुक पनि।

कल्पना गर्ने कुरा वर्तमान परिस्थितिमा पनि भर पर्दछ। कहिलेकाहिँ मलाई पनि कल्पनामा गर्न मन लाग्छ। म वर्तमानलाई नियाल्छु। मेरो २४ घन्टा ईन्टरनेटसँग साईनो छ। वाटो हिड्दा पनि म ईन्टरनेट चलाउन सक्छु। संसारका मान्छेले वात मार्ने ठाउँ हो ईन्टरनेट। त्यहाँ विभिन्न भाषामा राम्रा नराम्रा दुवै वात मारिन्छन्। असल मान्छेले राम्रावातहरु पच्छ्याउन् भने नराम्राहरुले नराम्रै। म कल्पन्छु यदि राम्राकुराहरुलाई एक भाषावाट अर्को भाषामा राख्न सकिने हो भने विभिन्न भाषी नाच्ने आँगन कति रमाईलो हुने थियो। भाषा फरक भएपनि मान्छे आखिर मान्छे त हो, जो खुसिमा रमाउँछ र दु:खमा हाँस्छ । त्यही भएर मलाई अरु भाषामा लेखिएका लेखहरुलाई  नेपाली भाषामा राख्ने एक चौतारी वनाउन मन लाग्यो।

ईन्टरनेटमा यत्र-तत्र भौंतारिरहेका नेपाली पाठकले अरु भाषाका भावना पढ्न पाउदा खुसि नै हुन्छन भन्ने मेरो अनुमान हो। मेरो अनुमानलाई सावित गर्न प्रयोगसालामा (http://prayogsala.blogspot.com) को जन्म भयो। साथीहरुको राम्रो हौसला पाएको छु। केही साथीहरुले फुर्सदको समयमा उल्था गर्दै लेख पठाउन थाल्नु भएको छ। यसवाट म थप उत्साहित वनेको छु। एकले थुकी सुकि, सयले थुकी नदि भने जस्तो है यो पनि। मलाई विस्वास छ समयसँगै यो खहरे, खोला, कोसी हुँदै समुद्रमा परिणत हुनेछ।

- समाप्त -

चिनी-पानी-चिनी को नियम

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 30, 2011

उ चिनियाँ केटो हो र मेरो घनिष्ठ साथी वनेको छ यहाँ। त्यसैले उसको चर्चा गर्न मनलाग्छ मलाई। आजसम्म भेटेका मान्छेहरुमा उ जतिको तेज दिमाख भएको कोही पनि छैन भन्दा फरक नपर्ला। कम्प्युटरको गति मापन गरे जस्तै दिमाखको  गति मापन गर्ने हो भने उ सायद सुपरदिमाखवाला मान्छेमा पर्छ। उसका आमावुवा दुवै गणित विषय पढाउने रहेछन्। "मेरो घरमा खाना खाने वेला पनि गणितको कुरा हुन्छ। मलाई गणित एकदमै मन पर्छ"- उसले एकदिन भनेको याद आउँछ। धेरै वयान गर्दिन उसको वरु उसले सिकाएको चिनी-पानी-चिनी नियमको कुरा गर्छु जुन रोचक छ।

X, Y र K तीनवटा नम्वर हुन, X < Y र K धनात्मक हो भने, तलको सम्वन्ध सहि हुन्छ:

 X       X+K
--- < -------
 Y       Y+K

जस्तो X= 4, Y =8, K=2 हुन भने,
X / Y= 4/8 = 0.5
(X+K) / (Y+K) =   (4+2) / (8+2) = 6/10 = 0.6

0.5 < 0.6

साथीले यसलाई चिनी-पानी-चिनीको नियम भनेर पढेको रहेछ। चिनीपानीको घोलमा ( X = चिनीको तौल, X+Y =चिनीपानीको तौल) थप चिनी मिसाउँदा (K जोड्दा)  घोल झन् गुलियो वन्छ ( (X+K)/(Y+K) > (X/Y))।

यो सुत्र धेरै ठाउँमा प्रयोग हुन्छ।  उसले यस्ता धेरै कुरा सिकेको छ, त्यही भएर उसको दिमाख तेज छ।

- समाप्त -

हामी हिसावमा कमजोर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 15, 2011

मैंले सुन्दै आएको कुरा थियो यो। नेपालीहरु हिसाव अर्थात Math मा कमजोर हुन्छौं। यो समयमा अरुले भनेको कुरा सही हो भन्ने लाग्दै छ। यहाँ नेपालीहरु भन्नाले नेपालमा मात्रै Math सिकेको नेपालीहरु भन्न खोजिएको हो। Math मा राम्रा भएका नेपालीहरु पनि छन् तर तिनीहरुको संख्या एकदम कम छ।

Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा  जान्नेहरुमै पर्दछन्।  तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।

मैंले भेटेका विध्यार्थीहरुमा चाईनिज विध्यार्थीहरुको Math एकदम राम्रो पाएको छु। एक जना चाईनिज साथीले मलाई भन्थ्यो GRE Test मा कम्तिमा ७९० / ८०० ल्याएन भने उ चाईनिज हैन भन्ने वुझ्नु भन्ने कुरा एकदम चर्चित छ रे चीनमा। मेरो अनुभवमा हो जस्तो पनि लाग्दैछ।

नेपालीहरु दिमाख नभएका भने हैनन्। नेपालीहरुले Math मा राम्रो गर्न उनीहरुले राम्रो गुरु र वातावरण पाउनु पर्दछ । ईन्जिनियरिङ्गमा Math पढाउने गुरुहरुले हिसाव गर्न त सिकाए तर प्रयोग गर्न सिकाएनन्। सायद उनीहरुलाई समयको अभाव हो या ज्ञानको कमी त्यो त म भन्न सक्दिन तर त्यो नजान्ने हुनाले विध्यार्थीलाई मर्का पर्ने गरेको कुरा चाहिं सहि नै हो। मलाई ईन्जिनियरिङ्ग पढ्दा Math पढाउने एक सरको याद आयो। उनले   आकाश तिर हेर्दै Calculus को एउटा हिसाव यसरी वुझाएका थिए: "हाम्रो विध्यार्थीले यसो माथि हेर्यो त के देख्यो ? हो ईन्फिनिटी (∞) देख्यो" । उनले माथी आकाश हेरेर यो निकै ठूलो कुरा हो भन्ने वुझाउनु थियो किनकी ∞ (सवसे ठूलो अङ्क वा अनन्त) जनाउथ्यो।  उनको यो हिसाव सम्झाउने प्रयास थियो तर वुझाउने थिएन। उनी सम्झाउने कुरामा त सफल रहे किनकी आजसम्म उनले भनेको कुरा मैंले भुलेको छैन तर उनले वुझाउन नै सकेनन्...। यस्तै कारणहरुले गर्दा हाम्रो Math पढाई कमजोर छ भन्ने मेरो ठहर छ।

- समाप्त -

पछुतो

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 22, 2011

तलको भनाई मलाई रमाईलो लाग्यो  :

"मथुराको पेडा खाने मानिस पछुताउँछ, नखाने पनि पछुताउँछ। कस्तो न कस्तो मीठो होला भनेर खाने व्यक्ति बेकार खाएछु भनेर पछुताउँछ। नपाउनेचाहिँ एक पटक यसको स्वाद लिनैपर्ने थियो भन्दै पछुताउँछ। बिजुलीको सुविधा पाउने र नपाउने दुवै थरी नेपालीको हालत अहिले यस्तै छ।" (स्रोत: हरे यो लोडसेडिङ ! )

- समाप्त -

घट्नसक्छ सुन्धाराको सडकमा "Mohammed Bouazizi" काण्ड

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 20, 2011

संसारमा कैयौं देशहरु छन् । हरेक देशका आ-आफ्ना सुख दु:खका समाचारहरु दैनिक जसो हुने गर्दछन् । फेरि सवै देशको समाचारमा ध्यान जाँदैन। तर कुनै देशका साथीहरु वनिसकेका छन् भने उनीहरुको देशको समाचार आउँदा पढ्ने रहर जाग्दोरहेछ । यसो गर्दा उनीहरुसँग कुरा गर्ने एक राम्रो माध्यम वन्छ। फ्रान्समा पढ्दाका Advisor र काम गर्दाका साथी Tunisia देशका भएकोले त्यहाँको कुनै समाचार आएमा मेरो ध्यान जाने गर्दछ। र यो पाली त्यहाँको दर्दनाक  समाचार देशभित्र मात्र हैन वाहिर पनि प्रमुख समाचार वनेर आएको छ। यो दर्दनाक समाचारवाट अरु देशहरुले पनि चेतिनु पर्ने वेला आएको छ।

अनलाईन खवरहरुका अनुसार Mohammed Bouazizi Tunisia का सडकमा फलफूल / तरकारी वेचेर आफ्नो र आफ्ना परीवारको जिउपाल्ने एक युवा थिए।  पढाईको डिग्री हुँदाहुँदै पनि वेरोजगारीले गर्दा उनी यो व्यवसायमा वाध्य भएर लागेका थिए। सडकमा यस्तो व्यवसाय गर्न पाईदैन भनेर प्रसासनले उनको तरकारी छरपस्ट पारियो। तरकारी/ फलफूल जोख्ने तुलो खोसियो। अझ महिला अफिसरवाट अरुका अगाडि उनलाई गालामा पिटियो, गाली गलौज गरियो। उनले कि जागिर दे कि त आफ्नो काम गरेर वाँच्न दे भनेर हारगुहार गरे तर प्रसासनले कुनै वास्ता गरेन। अन्तत: केहि सिप नलागी उनले आत्महत्याको प्रयास गरे। डाक्टरहरुको अथक प्रयास असफल भएपछि ४ जनवरी २०११ मा उनको म्रित्यु भयो ।


तस्विर:  Mohammed Bouazizi सरकारी भवन अगाडि आत्महत्याको प्रयास गर्दै (स्रोत: युरो न्युज )

घटना लगत्तै त्यहाँ  प्रदर्शन हुनथाले। Mohammed Bouazizi एकाएक नायक वने । स्वत: स्फूर्त रुपमा उर्लेको जनप्रदर्शनले यस्तो रुप उध्र रुप लियो कि २३ वर्ष देखि राजगर्दै आएका त्यहाँका राष्ट्रपति Zine El Abidine Ben Ali ले सत्ता र देश छाडेर भाग्दै साउदी अरवमा शरणार्थी वनी वस्नु परेको छ। 

आत्महत्या प्रयास गर्नु अगि उनले फेसवुकमा आफ्नी आमालाई सम्वोधन गर्दै लेखेको यो परिच्छेद पढ्दा जो कोहिको पनि आँखा रसाउँछ:  

I’m travelling, mother. Forgive me. Reproach and blame is not going to be helpful. I’m lost and it’s out of my hands. Forgive me if I didn’t do as you told me and disobeyed you. Blame the era in which we live, Don’t blame me. I am now going and I will not be coming back. Notice I haven’t cried and no tears have fallen from my eyes. There is no more room for reproach or blame in the age of treachery in the People’s land. I’m not feeling normal and not in my right state. I’m travelling and I ask who leads the travel to forget.—Mohamed Bouazizi स्रोत Wikipedia.

यो अप्रत्यासित घटना आजसम्म पनि साम्य भएको छैन। अरु देशहरुका लागि यो घटना एक उदाहरण वनेर आएको छ। हाम्रो देशमा पनि वेरोजगारी र महँगी यति धेरै छ कि यसको कुरा गरेर साध्य छैन् । नेताहरुले समयमै यो कुरा नवुझे उनीहरुपनि यसैगरि वडारिनु पर्नेछ भन्ने कुरा यो घटनावाट सिके सवैको भलो हुने थियो। नत्र कुनै दिन सुन्धाराको सडकमा Mohammed Bouazizi काण्ड घट्न सक्छ। हाम्रा नेतागणको वुद्धिमा लागेको विर्को हटोस, यही मेरो कामना।

- समाप्त -

पैंचो तिर्दाको खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 5, 2010

मानिसले सहयोगी भावना राख्नु पर्दछ। असहायलाई सघाउँदा पाईने खुसीमा अर्कै रमाईलो हुन्छ । जव अरुलाई सघाईन्छ तव अरुको सहयोग पनि पाईन्छ। यहाँ सहयोगको कुरा गर्नुको सन्दर्भ छ। आज मेरो दिल कसैलाई सघाएकोमा प्रसन्न छ। त्यसैले यो खुसियाली यस व्लग मार्फत साट्न खोज्दै छु। 

आज मैंले फ्रान्सलाई सघाएको छु । सघाएँ भन्नु भन्दा पैंचो तिरेको  भन्नु उपयुक्त होला। फ्रान्सले मेरो जीवनमा ठूलो गुन लगाएको छ। AIT, Thailand वाट फ्रान्सको लागि छानिनु सायद मेरो भाग्य थियो। सुरुको केहि समय भाषागत हिसावले पिडित हुनुपरे पनि उत्तरार्धको समयमा भाषाको समस्या हल भएको थियो। मनपरेको अनुसन्धान केन्द्रमा मन परेको विषयमा कमैले मात्र काम गर्ने अवसर पाउँछन्। मेरो लागि उक्त अवसर वाध्यता वनेर आएको थियो। मेरो मनोवल एकदम उच्च थियो। फलस्वरुप काम गरेको ठाउँवाट अगाड माया पाएको थिएँ र आज टाढा भएपनि माया पाएको छु नै। उनीहरुले मप्रति दिएका अवसरहरु प्रति मैले धन्यवाद दिएर मात्र पुग्दैन। 

मेरो मनपरेको विषयको अनुसन्धानमा जाने चाहनाको टुसा त्यहाँको अनुसन्धान केन्द्र (INRIA) मा कामगर्न छानिएको दिनवाट पलाउन सुरु भएको थियो। जीवनमा पहिलो पल्ट त्यति ठूला अनुसन्धानकर्तासँग चिनजान भयो। उक्त अनुभववाट आज मैंले थप अवसर पाएको छु र मन पर्दापर्दै पनि त्यो ठाउँ छोडेको छु।  French Government को Full Scholarship ले नै यि सव अवसर दिएको हुनाले फेन्च सरकारलाई मरीमुरी मुरी धन्यवाद दिन चाहन्छु।

वुढावुढी, असहायलाई र विध्यार्थीलाई फ्रेन्च सरकारले धेरै सुविधा दिन्छ। यि सवै सुविधा दिन कामगर्नेहरुवाट  उसले धेरै ट्याक्स उठाउने गर्दछ। कामगर्न सक्ने उमेरमा सरकारलाई पैसा दिने र नसकेको अवस्थामा सरकारले सघाउने चलनले  जीवन निकै सहज वन्छ। मैंले फ्रान्स छोडेपनि मलाई उसले लगाएको गुन संझेर आफैंले सोधी खोजी गरी ठुलो धनरासी (मेरो लागि) ट्याक्स मार्फत तिरें। मैंले उक्त रकम नतिरेर नयाँ कार किनेर हुरुरु कुदाउन सक्थें। तर म प्रति उसले लगाएको ठूलो गुनको वदलामा मैंले चुप लागेर वस्न मिल्दैन। त्यसैले आज मैंले पालाको पैंचो तिरेको छु र यसैमा म रमेको छु। अन्तमा फ्रान्स सरकारलाई  Merci Beaucoup (म्याक्सि वकु) भन्न चाहन्छु !

- समाप्त -

सत्य वोल्नुको मज्जा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 16, 2010

जीवनमा मान्छेले अलिअलि असत्य वोलेकै हुन्छन् जस्तो लाग्छ । कतिको सत्य र कतिको असत्य वोल्ने भन्ने कुरा नितान्त व्यक्तिगत विचार हुन्। सधैं असत्य वोल्दा आप्नो विस्वास घट्न सक्छ भने सधैं सत्य वोल्दापनि अप्ठेरोमा पर्न सकिन्छ। सत्यकुरा सुरुमा तिता हुन सक्छन् । तर सत्य वोल्नुका धेरै फाईदाहरुपनि छन् । तलको अंग्रेजीको वाक्यले एक महत्वपूर्ण फाईदाको कुरा गर्छ:

Always Tell The Truth, So You Don't Have To Remember What You Said.

अर्थात सधैं सही वोल्ने गरिएमा के वोलेको थिएँ भनेर सम्झिरहनु पर्दैन रे। अर्थात गलत वोल्नेहरुले कुन मान्छेसँग के वोलेको थिँए भनेर सम्झीराख्नु पर्यो नत्र गलत वोलेको कुरा थाहा भईजान्छ। मलाई निकै राम्रो लाग्छ यो उक्ति। वोलेको वोली र हानेको गोली फर्काउन सकिन्न। त्यसैले सधैं सहि वोल्ने वानी गर्नु राम्रो । म त सकेसम्म सत्य नै वोल्ने गर्दछु, यसैमा मज्जा छ :)).

- समाप्त -

आमा वुवा वन्नेहरु, कतिको सचेत हुनुहुन्छ ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 9, 2010

दिनानुदिन संसारमा नयाँ प्रविधिका विकास भईरहेका छन् जसले गर्दा जीवनशैलीमा धेरै परिवर्तन आउन थालेका छन्। आफ्ना वुवाआमा त के थोरै वर्षको फरकमा जन्मिएका दाजुदिदीहरुको जीवनशैली र आफ्नो जीवनशैलीमा नै निकै भिन्नताहरु पाउन कठिन पर्दैन। यसको प्रमूख कारणहरुमा ईन्टरनेटको पनि ठूलो भुमिका रहि आएको छ। यतिखेर ईन्टरनेटको संजालले संसारलाई फनक्कै वेरेको छ। को टाढा र को नजीक भन्ने तुलना हटाउँदै छ। आफ्ना सूचना साथीसँगीहरुसँग साट्न अव चेलीले तिज-तिहारमा पर्खीवस्नु पर्दैन। फोन र ईन्टरनेटको पहुँच हुनेहरुलाई आफ्ना कुराहरु सहजै साटासाट गर्न कति पनि गार्हो पर्दैन। सोसियल नेटवर्क जस्तै फेसवुक मार्फत सुचना साटासाट गर्न  सजिलै सकिन्छ।  पस्चिममा मुलुकहरुमा ईन्टरनेटको प्रयोग अझ व्यापक मात्रामा हुन्छ। किनमेल, रोजगारी, गफगाफ आदिको लागि  ईन्टरनेट नभई हुँदैन । मान्छेहरु ईन्टरनेटमा यति धेरै भर पर्दछन् कि एक दिन मात्र यसको प्रयोग गर्न नपाउने हो भने उनीहरुमा छटपटी सुरुहुन्छ।

एक वच्चाले आमा वुवावाट उसको  नामरुपी परिचय पाउँछ। उ जीवनभर त्यही परिचयको सहायतामा चिनिन्छ। मान्छेको वुवाआमासँगको सम्वन्धको पहिलो पुल नै उसको नाम हो। अवको जमानामा वुवाआमा वन्नेहरुले छोराछोरीको नाम मात्र हैन ईमेल एड्रेस पनि राखिदिने चलन वढेको छ भनेर अनुसन्धानहरुले देखाउन थालेका छन् ()। पस्चिमा देशका ईन्टरनेटमा पहुँचहुने आमाहरुलाई सोधेर सेक्युरिटी कम्पनी AVG ले निकै रमाईला तथ्यहरु प्रस्तुत गरेको छ। केही रोचक तथ्यहरुलाई यहाँ वुँदागत गरिएको छ:

क )  २३ % आमाहरुले आफू गर्भवती भएको प्रमाण अनलाईन राखेर साथीभाइलाई सुचित गर्दछन्
ख )  ७० % भन्दा वढी आमाहरुले आफ्नो वच्चाको तस्विरहरु ईन्टरनेटमा राखेर साथीभाईसँग साट्दछन्
ग )  ७ % वच्चाहरुले जन्मेको दिन नै ईमेल एड्रेस पाउँछन्
घ )  औसतमा ६ महिनाको समय भित्र ८१ % वच्चाहरुको  सुचना ईंन्टरनेटमा राखिन्छ
ङ )  ३३ % वच्चाहरुको तस्विर जन्मेको समयवाट राखेको पाईन्छ

सावधान
पक्कै पनि अहिलेको समय निकै फरक छ। छोराछोरीका पुराना तस्विर हेर्न अव दराजमा राखेको पुरानो एल्वम खोजीराख्न पर्दैन, अनलाईन (जस्तै फेसवुकमा )  राखिएका तस्विरहरुमा वर्षौं पछि गएपनि पुग्छ। तर आमावुवा वन्नेहरुले विचारै नगरी आफ्ना वच्चाहरुको तस्विर जथाभावी अनलाईन राख्ने गर्दछन। अनलाईन तस्विर राख्नु नराम्रो पक्कै हैन तर राखिएका एल्वमहरु कसलाई हेर्न दिने र कसलाई नदिने भन्ने कुरा महत्वपूर्ण हुन आँउछ । अपलोड गरिएका तस्विरहरुको सुरक्षा विचार गर्नुहोस । ईन्टरनेट राम्रा मान्छेहरुले मात्र हैन नराम्रा मान्छेहरुले पनि चलाउँछन। विचार गर्नुस त तपाईको वच्चाको तस्विर अस्लिल तस्विर वनाउन प्रयोग भयो भने तपाईलाई कस्तो महसुस हुन्छ ? सहजै उपलव्ध तस्विरले वच्चा अपहरणकारीलाई पनि सहायता गर्न सक्दछ। धेरै जस्तो वुवाआमा वन्नेहरुले यी कुराको विचार गरेको पाईन्न। अझ जन्मेको वच्चाले ठूलो भएपछि आफ्नो सुचना आमावुवाले राखिदिएको जस्तो किसिमले नभैदिएको भए हुने भन्ने गुनासो गर्न सक्छ। त्यसैले यो जमानामा वुवा-आमा वन्नेहरुले यस्तो सुचनाका सुरक्षा नितिहरुसँग जानकार भईरहनु अत्यन्त जरुरी छ।

स्रोत:
१. AVG Blog

- समाप्त -

सुन्छौ भने म भन्छु रातको कथा छ एउटा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 13, 2010

हरेक मान्छेका आफ्ना-आफ्ना कथा हुन्छन। तर सवैका कथाले मेरो मन छुँदैन। कसैकसैको जीवन कहानी सुन्दा भने निकै भावुक वन्छु म। सायद दु:ख देखेभोगेको भएर होला म वुझ्न सक्छु ती कथा-व्यथाहरुलाई। आज त्यस्तै एक कथा हेर्न पुगें । 

खोजी प्रतिभाको भन्ने कार्यक्रममा उत्क्रिष्ठ ४० मा छानिन पुगेका गायक सुमन सरगमको कथा प्रस्तुत गरिएको छ यो भिडियोमा।  कार्यक्रम प्रस्तोता दिनेश डिसीले एउटा कविता मार्फत सुरु गर्छन् सुमनको कथा। उनैले लेखेको हो वा अरु कसैले थाहा छैन तर मलाई यो कविता पनि निकै मार्मीक लाग्यो :
***
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने, घातको कथा छ एउटा

म अल्नो-अल्नो मनको, यस्तो सितनसँग वाँचे
हस्त रेखा मेटिएको, हातको कथा छ एउटा
चुमेर म्व्वाई मिठा, फक्रन्छ भन्थे दिलमा
कुल्चेर जाने निर्मम, लातको कथा छ एउटा
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने घातको कथा छ एउटा
***


उकालो चढ्ने यात्रीहरुले कति उकालो काट्न वाँकि छ भनेर माथि डाँडा तिर हेर्नुहुन्न रे। वरु कति उकालो सकाएँ भनेर तलतिर हेर्नुपर्छ रे। अनि मैंले यत्रो उकालो काटीसकेंछु भन्नुपर्छ रे। यसको एउटै मात्र उदेश्य भनेको हरेस खानवाट जोगाउनु र आत्मविस्वास वढाउनु नै हो। त्यस्तै गरी आज मलाई भन्न मन लागेको छ - दु:खलाई खप्न र दु:खमा नहड्वडाउन आफू भन्दा झन दु:ख परेकाहरुलाई संझिनुपर्छ। सुमनको यो कथा त्यस्तै संझिनलायक एक कथाहरुमा पक्कै पनि पर्छ। उनलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना !

- समाप्त -

विस्वकप फुटवल र 'ले व्लु'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 6, 2010

जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।

विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
DSC08571
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।

तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ।  त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।

थेसिस! थेसिस!! थेसिस!!!

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 4, 2010

प्रसंग किनमेलको हो। भन्छन् नि  पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।

थेसिस
तस्विर: थेसिस बिक्रीमा (स्रोत: फेसवुक )
हा हा हा हा हा।फेसवुकमा यो तस्विर देखापर्दा मलाई निकै हाँस उठ्यो र यहाँ व्गमा राख्ने विचार गरें। ८ महिना घुँडा धसेर मरीमरी थेसिस गरेको संझिन पुग्छु म। उफ ति दु:खका दिन संझिल्याउँदा त किन्न पाए हुन्थ्यो जस्तो नि लाग्छ एक हिसावले हा हा हा । तर दु:खवस यो विज्ञापनमा ईंजिनियरिङ्ग रैन रहेछ नत्र त किन्थें पनि होला हा हा हा।

बुद्ध र अशान्ति

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

आज २५५४ औं बुद्ध जयन्तीको दिन हो। नेपालमा जन्मेका बुद्ध महान मानव भएकै कारणले भगवानको रुपमा मानिन्छन्। शान्तिका दूत गौतम बुद्धको चर्चा देश छोडेपछि मात्र महसुस भयो। थाईल्याण्डमा रहँदा देखियो उनको प्रभाव, अनि वुझियो उनको महत्व। चीन, थाईल्यान्ड, कम्वोडिया, म्यानमार, श्रीलंका जस्ता देशमा बुद्धको प्रभाव निकै रहेछ भन्ने कुरा त्यहाँवाट आएका साथीहरुवाट वुझ्न पाईयो। यी तथ्यहरुले कितावमा पढेको उनको कथा जस्तो वयान यथार्थपरक नै रहेछ भन्ने पुस्टि गरे।

आज बुद्ध जन्मेको मेरो देशमा अशान्ति मच्चिएको छ। कस्तो विडम्वना ! अर्को विडम्वना त बुद्धकै कारणले पनि भएको छ। उनी जन्मेको ठाउँ भारतमा पर्छ भनेर प्रचारवाजी गरिएको छ। कुरा भर्खरैको हो। मेरो एक जना ईन्डियन साथीसँग बुद्धको कुरा हुन थाल्यो। उ वेला बुद्धजन्मेको ठाउँ भारत भएकोले बुद्ध भारतमा जन्मेको भन्नु ठिक हो भन्ने कुरा गर्यो। मेरो तर्क चाहिँ अहिले जुन देशमा पर्छ त्यो अनुसार भनिनु पर्छ भन्ने थियो। उसले ढिपि गरिरह्यो उसको कुरामा। मैले उसको तर्कलाई उ तिरै तेर्साएँ: यदि तँ तेसो भन्छस भने तँ ईन्डियन हैनस वरु फ्रेन्च होस किनकि तेरो अहिलेको ठाउँ उ वेला फान्स नै थियो :) कुरा अलिक गरमागरम स्थितिसम्म पुगेको थियो। 

जे भएपनि बुद्धको देशमा र बुद्धको नाममा अशान्ति मच्चिएको छ। सवैले उनको विचार र उपदेशलाई पालन गर्न सके सवैले शान्ति पाउँथे नि ...

- समाप्त -

नसुध्रिएका माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 6, 2010

- May 6, 2010. FR -

८-१० महिना अगाडि लेखेको "अभागि माझघरे" भन्ने कथाको याद आईरहेको छ यतिवेला। देशको परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गरेको थिएँ। पाठकहरुले पनि निकै रुचाएको कथा थियो त्यो। यो वेलाको मेरो देशको परिस्थितिले मलाई उहि कथा संझाईदिएको छ। मजदुर दिवस (मे १ तारिख ) को दिनवाट देशमा अनिस्चितकालिन हड्ताल सुरु भएको छ भन्ने खवरहरु पढ्न, सुन्न, र देख्न पाईन्छ।तीन प्रमूख दलहरुका (एनेकपा माओवादि, नेपाली कांग्रेस र नेकपा एमालेका ) नेताहरु पटकपटक छलफल गरेर सहमतिमा पुग्ने प्रयासमा छन् रे। हरेक दिन यस्तै मात्रै सुनिन्छ तर सहमति भएको कुरा सुनिन्न। मेरो कथामा पनि त्यस्तै किसिमको वातावरणको कल्पना छ जहाँ माझघरेका संतानहरु घोर्लेखसिको भागवन्डाको कुरा मिलाउन सहमत हुन्नन्, चरणचरणका वार्ता गर्छन् र अन्तमा कसैले पनि खसि नपाउने गरि गुमाउन पुग्छन्। मेरा देशका दलहरु यो वेला भागवन्डामा कुरा मिलाउन सकिरहेका छैनन्।सहमति हुन त कसैले केहि छोड्नुपर्ने पो हुन्छ त। यसैगरी टसमस गरेर वसिरहे माझघरेको खसि जस्तो पाएको उपलव्धि पनि फुत्किन वेर लाग्ने छैन । कति गर्दापनि नसुध्रिएका यी माझघरेका संतानहरु देख्दा दिक्क लागेर आउँछ ...।

- समाप्त -

सफलताको फर्मुला

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, May 1, 2010

कुन मान्छेलाई सफल र कुनलाई असफल भन्ने कुरा विवादको विषय हुन सक्छ।  केहीले सफल त्यसलाई भन्छन् जो निकै धनी र समाजमा परिचित छ। मेरो विचारमा सफल मान्छे त्यसलाई भनिन्छ जसले ईच्छाएको कुरा पाउँन सक्छ। जस्तो कुनै मान्छेले कम्पनीको मालिक हुने चाहना राख्छ र वन्न सक्छ भने उसलाई सफल मान्छे भन्न सकिन्छ। मान्छेले ईच्छाएको कुरा पाउँदै गएमा उसलाई समाजले चिन्दछ पनि। 

मान्छेहरु सफल कसरी वन्छन होला ? योजना वनाएर त्यस अनुरुप काम गर्न नसके सफलता पाउने कुरा गार्है  छ। यतिले मात्रै सफल हुन सकिन्छ भन्ठान्नु उचित हुन्न। योजना वनाउने र यस अनुसार काम गर्ने मान्छेहरुले सफलता पाउन तलको फर्मुला संझिनु पर्दछ जस्तो लाग्छ।

¬ dupe ∧ innocence ∧ patience ⇒ success

यो Propositional Logic मा लेखिएको फर्मुला हो। Artificial Intelligence वा Discrete Mathematics को अध्यायन गरेकोहरुले यो फर्मुला वुझ्न सकेको हुनुपर्दछ। यसलाई वुझ्ने भाषामा भन्दा:  सफलता पाउन ढाँट्नु हुन्न, निर्दोष रहनुपर्छ र धैर्य गर्न सक्नुपर्दछ। छलकपट र ढाँटले सफलता त पाईएता तर त्यो सफलता धेरै दिन टिक्दैन। अनि धर्यता सफलताको लागि अत्यन्त जरुरी छ।

मैले सायदै ढाँटेको हुँला जीवनमा। कसैलाई त्यस्तो लागेको भए केही छैन समयले वताउने नै छ किनकी धैर्यताको शक्तिमा मलाई विस्वास छ। यो फर्मुलाले धेरै जस्तो सफल व्यक्तिहरुको प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्छ। त्यसैले म यसलाई पालना गर्दछु, सफलता पाउने कुरामा ढुक्क छु। तपाईंपनि सफल मान्छे वन्न चाहनुहुन्छ भने यो फर्मुला पालन गर्नुस् है :)) 

- समाप्त -

मानव र गल्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 28, 2010

नारायण गोपालले गाएको "गल्ति हजार हुन्छन् यहाँ होस हराएको वेला" भन्ने निकै चर्चित गीत हो । गीतमा भने अनुसार होश हराएको वेला हजार गल्ति हुन्छन । त्यसमा कुनै दुविधा छैन । तर होसमा हुँदा पनि गल्ती हुन्छन् यहाँ। त्यसैले त भनिएको होला "To err is human, to forgive divine"। यसको अर्थ - सवै मानिसले गल्ति गर्छन् त्यही भएर कसैले गल्ति गरेको छ भने माफ गरिदिनु राम्रो। आईन्सटाईन भन्छन् - "Anyone who has never made a mistake has never tried anything new"। अर्थात कोहीले गल्ति गरेको छैन भन्छ भने उसले नयाँ कुरा गर्न प्रयास नै गरेको छैन भनेर वुझ्नुपर्छ। गल्ति सम्वन्धि थप केहि रमाईला भनाईहरु:

Experience is the name everyone gives to their mistakes.
If you live long enough, you'll make mistakes. But if you learn from them, you'll  be a better person~Bill Clinton
Never interrupt your enemy when he is making a mistake~Napoleon Bonaparte

नेपोलियन वोनापार्टको कुरा रमाईलो लाग्यो। शत्रुले गल्ति गर्दै छ भने उसलाई नरोक्नु रे। आखिर नेपोलियन फ्रान्सका चर्चित कुसल लडाकु नेता न परे। उनको भनाईको अर्थलाई केलाउदा यो निष्कर्ष निकाल्न सकिन्छ: कोहि सत्रुले तँ गल्ति गर्दैछस भनेर सम्झाउँछ भने उ वुद्धिहिन शत्रु हो। र यो कुरा वुझेको कसैले तैंले गल्ति गर्दैछस् भन्छ भने उ सच्चा साथी हो।   


गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

मेरा यी हातहरुले कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पापपनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

कहीं धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाहेक अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो यौवन कही मन् पराईदिन्छ
रक्षक मलाई नसम्झ राक्षस भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला
***

- समाप्त -

खोलाको आवाज

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 28, 2010

खोलाको आवाज: "माथि गाउँभरी पानीको हाहाकार छ, गाउँतल चिच्चाउँदै म वग्छु। कसैले वुझ्न सक्दैनन् मेरो आवाज। उनीहरु म सुसेल्दै र रमाउँदै वगेको ठान्छन् । तिनीहरुलाई के थाहा यो मेरो सुसेली हैन चिच्चाहट हो। हो चिच्चाहट, जसले जन्मथलोमा उपयोगीकाम नगरी वहिरहनुपरेको छ। म सुसेली र चिच्चाहट छुट्याउन सक्ने राजनेताको आशमा वर्षौदेखि छट्पटाउँदै वगिरहेंछु वगिरहेंछु...."

Ambika दिदीको कमेन्ट :):
खोला आफैमा सुन्दर छ, जता बगे पनि कोही न कोहीलाई दिन सक्ने उसको खुबी छ. सुसेली र चिच्याहट छुट्याउन नसक्ने राजनेताका बिचमा आफ्नो उपयोगिता देखाउन नपाएकोमा धेरै बिस्मात नगर्नु नै बेस खोलाले / तर मन त हो खोलाको कहाँ मान्छ र, तीस प्रतिसत आफ्नो छ्यमता कम भैरहेको छ मात्र बिबसतामा

- समाप्त -

असंतोषम् परम् सुखम्

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 19, 2009

नेपाली टेलिभिजनमा आउने धेरै कार्यक्रमहरुमध्ये तितो सत्य, जिरे खुर्सानी र मेरी वास्सै प्राय: छुटाउँदिन म।क्यानडा नेपाल डट कममा गएर हेर्ने वानी परिसकेको छ। कहिलेकाँही हेर्ने कार्यक्रम चाँही खोज: युवा नेत्रित्वको भन्ने हो । सुरुमा कस्तो कस्तो लागे पनि हेर्दै जाँदा रमाईलो लाग्न थालेको छ।

कुरा त्यही 'खोज: युवा नेत्रित्वको' भन्ने कार्यक्रम हेर्दाको हो। युवराज घिमिरे, निर्णायक मण्डली मध्येका एक, ले अरु कसैको भनाई दोहोर्याउँदै थिए: "संतोषम् परम् सुखम्" हैन "असंतोषम् परम् सुखम्" हो रे। किनरे भने जव मान्छे संतुष्ट हुन्छ उसले नयाँकुरा, तरिका आदिको खोजि गर्दैन रे। अर्को किसिमले भन्दा असन्तोषी मान्छेले संतोष पाउन काम गर्ने, सोच्ने गर्छ रे। त्यही भएर समाजले नयाँ नयाँ कुरा पाउँछ रे। त्यसकारण असंतोषम् परम् सुखम् चाँही ठिक हो रे।
मलाई पनि मन पर्यो यो कुरा। त्यसकुराले आवस्यकता नै आविस्कारको जननी हो भन्ने कुरालाई ईगित गर्छ। त्यसैले म पनि भन्छु: असंतोषम् परम् सुखम् !

विचार: भागबन्डा

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 18, 2009

यतिबेला देशमा संघियताको कुरा चर्किएको छ। देशलाई आफ्ना आफ्ना हिसाबले भाग लाउदैछन् दलहरु । दुई छोराहरुमा त भागबन्डाको कुरा मिल्दैन, २५ हुँदा के मिल्नु ! १० वर्ष समय दिएपनि कुरा मिल्दैन। नेपालमा धेरै प्रदेश हैन बरु समाबेसी र अधिकार विकेन्द्रिकरणको जरुरत हो भन्ने मेरो ठम्याई हो। अझ जातको आधारमा विभाजन गरियो भने त अभिसाप नै हुनेछ ।

विचार: सम्मान

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 5, 2009

चौरमा चुरोटको धुवाँ उडाउँदै छ, कोहि। टाढा परेर हो वा चस्माको पावर घटेर, नजिकै नपुगी ठम्याउन गार्है पर्ने। उसले टाढा हुँदै हात उठायो, मैले नि उठाएँ। नजिकिंदै जाँदा अनुहार प्रस्टिदै गयो। ए, उ पो रहेछ। कपाल फुल्दै गरेको वुढो, एक महान व्यक्तित्व।

"हाम्रो अफिसमा तिमी पहिलो नेपाली"-वर्ष दिन अघि उसले भनेको उसको कुरा हो यो। समयक्रममा वुझियो कि उ निकै सफल व्यक्तित्व रहेछ। उ रानी माहुरी जस्तो, प्राय: मान्छेहरुले घेरिने। मन्त्रीहरु वा प्रधानमन्त्री जस्तो। वरु प्रधानमन्त्री र मन्त्रीको पदावधी सकिएपछी झुन्ड घट्ला तर यो अनुसन्धानकर्ता, प्रोफेसरको कुनै घट्ने संभावना छैन।

"वोजुँ" -मैले टाढैवाट वोलें।
"वोँजुँ । के छ तिम्रो खवर" - नजिकिँदै जाँदा उसले सोध्यो।
"ठिकै छ, तपाईको के छ, 'सर' ?"
"ठिकै छ। प्लिज मलाइ 'सर' नभन। मेरो नाम लिएर वोलाउ।"
"तर मलाई भन्न आउँछ, मेरो समाजमा यस्तै चलन छ।"
"हो म बुझ्छु, तर तिमी तिम्रो समाजमा छैनौ अहिले।"
"ओ के"-म केहिवेर नाजवाफ रहन्छु।

वस, कुरा साधारण नै हो, तर वुझ्ने हो भने गहिरो। हाम्रो समाजमा ठूलावढा र गुरुलाई देवता समान मान्नुपर्छ भन्ने चलन छ। हुनपनि जसले ज्ञानगुणका कुरा सिकाउँछ, उसलाई सम्मान दिनु पर्ने नै हो। आफू गुरुहुँदा विध्यार्थीवर्गवाट सम्मान पाउनुपर्छ भन्ने म र मेरा साथीहरु विचमा भएका छलफल एकातर्फ झल्झली याद आउँछ। यदि कोही विध्यार्थीले गुरुको नाम लिएर संवोधन गर्ने हो भने हाम्रो समाजमा अपमानित भएको महसुस गरिन्छ। गुरु, सर जस्ता आदरार्थी शव्द प्रयोग नगर्नु हेला गर्नु सरह हुन्छ। जस्तै "भरत सर मैले यो कुरा वुझीन" भन्नुको सट्टा "भरत मैले यो कुरा वुझिन" भन्दा हामीलाई एकदम अफ्ठेरो महसुस पक्कै हुन्छ। तर यो समाज निकै फरक समाज। त्यस्ता शव्दहरुको प्रयोगलाई सहज ठान्दैन ।

गुरु वर्ग र विध्यार्थी विचको खाडल हाम्रो समाजमा निकै धेरै छ यताको तुलनामा। गुरुले भनको मानेन भने वा कुरा काट्यो भने हाम्रो समाजले राम्रो मान्दैन। प्रोफेसरले भनेको कुरालाई काट्न नखोज्ने चलन छ हाम्रो समाजमा। तर यो समाज त्यस्तो छैन। विध्यार्थी र प्रोफेसर विचमा साथी जस्तो सम्वन्ध देखिन्छ। प्रोफेसरसँग कुरा गर्दा आफ्नो साथिसँग कुरा गरे जस्तो महसुस हुन्छ। यसले गर्दा मनमा लागेका सवैकुरा भन्ने सहज वातावरणको निर्माण हुन्छ। नत्र प्रोफेसर रिसाउने हो कि भन्ने भावना मनमै रहन्छ जस्ले गर्दा छलफल पछिपन विध्यार्थिमा संतुष्ठी हुन्न किनकी उसका मनका कुरा मनमै रहन्छन्। के थाहा ति मनमै रहेका कुरा राम्रा पनि त हुन सक्छन् नि। अर्को तर्फ प्रोफेसरले हाफ-पाईन्टमा आएर पढाउने यो ठाउँको चलन हाम्रो समाजले पचाउँदैन। प्रोफेसर भन्ने वित्तिकै टाई लगाएको, गम्भिर, किताव वोकेर हिड्ने :) आदि गुणले भरिभराउ भएको मान्छेको कल्पना मेरो मस्तिष्कवाट हट्दै गएको छ।

भन्न खोजेको कुरा गुरुलाई सम्मान गर्न छोडौं, हाफ-पाईन्ट लाएर पढाउन जाउँ भन्ने कदापी हैन :)। हाम्रो समाजको सम्मान दिने चलन निकै राम्रो हो, अरुले जे भने पनि। तर सम्मानले गर्दा बन्ने गुरु र चेला विचको खाडलले आपसी छलफललाई असर गरिनुहुन्न। गुरुले भनेको सवै ठिक भनेर चुपलाग्ने हाम्रो समाजको चलन चाँही पक्कै नै हटाउनु पर्छ।गुरुवर्गले पनि यो कुरा बुझ्नु पर्छ कि कुनै विध्यार्थिले तेरो कुरा ठिक लाग्दैन भन्दा कान रातो पार्नु पक्कै हुन्न वरु छलफल गर्ने राम्रो अवसरको रुपमा लिनुपर्छ। अनि, पदमा पुग्ने वित्तिकै, राम्रो ड्रेस लाउने वित्तिकै सम्मान पाउनुपर्छ, दिईनुपर्छ भन्ने मानसिकता हटाई र ज्ञान र देनको आधारमा दिने वानी वसाल्न जान्नुपर्छ। त्यसकारण "कोही व्यक्ति मन्त्रिपदमा पुग्ने वित्तिकै उसलाई सम्माननिय, माननिय भन्न छोडौं भन्ने नेपाल एफ एमको विज्ञापन एकदम सहि छ" किनभने हामीले देखिसकेका छौ कि मन्त्रिहरु कति तल्लोस्तरको क्रियाकलाप गर्न सक्छन भन्नेकुरा । त्यसैले सम्मान पद र पोसाकले गर्दा हैन, वरु ज्ञान र देनको आधारमा दिने वानी वसालौ।

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors