About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल: यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

डा. क्रिष्णहरी वरालको अर्को चर्चित गजल:


यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ -३
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई -३
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता ।

भोलिका सन्ततिको आधार खोज्दै छु म -३
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता


- समाप्त -

छुट्नै मन छैन मलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 15, 2010

रेडियो सगरमाथावाट आउने संगीत आकाशमा कार्यक्रममा सुनेको यो नेपाली गजललाई निरा रानाभाटले गाउनु भएको हो । भर्खरै निकालिएको 'सम्भावना' गजल संग्रहको एक गजल रहेछ यो (हेर्नुहोस यहाँ)। मलाई निकै मनपर्यो र म विस्वस्त छु की यो गजल निकै चर्चित हुनेछ ।गजल :

लेखन: डा. क्रिष्णहरि वराल
गायन: निरा रानाभाट
एल्वम: संभावना

{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये} 3
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

{तिमीले दिए दुख्खै पनि, मेरोलागि माया वन्छ } 2
{मेरो लागि माया वन्छ}
कसरी पो वित्ला यो जीवन, तिम्रो मिठो मायै नरहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

एकै पल भेट्न पनि, फेरि कति कुर्नु पर्ला
{फेरि कति कुर्नु पर्ला}
कति खुसि हुन्थ्यो होला मन, समय यो वहँदै नबहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै बन्धन नभए
{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये}


- समाप्त -

माईलीको गजल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 5, 2008

-प्रज्ञा वराल, नोवल निरौला
OCT 5 2008.

"लौ अव माईलीको पालो, लु आईज"- वुढाले टिका लगाउँदै मन्त्र पढे:

ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||

ठूलो निधारमा कति पनि खालीठाउँ नराखी टिकाले भरिदिए वुढाले। "माईली तेरा संतानले डाँडा काँडा छाउन, दिर्धायु हुनु,…."-वुढाले यस्तै यस्तै धेरै आसिक दिए माईलीलाई।

समय न हो, उसको विहे भयो अनि धेरै संतानहरु पनि। आधा दर्जन वढी कि आमा हुँदा पनि किंचित झन्जट थिएन माईलीलाई। सुरुमा त माईली झर्को मान्थी झ्याउझ्याउँ कराई रहने छोराछोरीहरु देख्दा। साना साना कुरामा पनि लुछालुछ गरेको देख्दा। तर वानी त रै छ, माईलीलाई विस्तारै यी झ्याउझ्याउँ लाग्ने आवाज संगीत बन्न थाले। कुनै दिन झगडा गरेनन् छोराछोरीले भने अचम्म मान्थिन उनी।


समय वित्दै गयो, छोराछोरी वढ्दै गए। कस्तो समय आउने रहेछ जिवनमा। १६ बर्ष कट्यो कि छोरो घर छोडेर हिड्ने अनि छोरी पनि उसैको घर जाने ढोका खुल्दो रहेछ। एक जनाले घर छोड्दा केही भएन, तर एक एक गरेर जाँदा जाँदै आज माईली एक्लिएकी छिन। आज माईलीका संतान प्रिथ्विका कुना कुना पुगेर डाँडा-काँडा ढाकेका छन् यस्तो लाग्छ वुढाले दिएको आसिक जस्ताको तस्तै लागेको छ माईलीलाई।

अरु समयमा त मन थाम्न सक्छिन, तर जव जव चाढ पर्व आउछन् तव तव माईलीको गह आँशुले भरिन्छ। अघि चाढ पर्वमा खुसीहुने मन अहिले रुन्छ। भड्डु भरि खानापकाएर सवैलाई खानदिंदा कति आनन्दित हुन्थ्यो उनको मन। आज चारो खाने संतान सम्म छैनन् उनका सामु। "मेरो छोराले ल्याईदिएको यो सारी अनि मेरी छोरीले ल्याईदिइछे यो चुरा"-भनेर गाउँका आईमाईले भनेको सुन्दा कान अर्को दिशामा फर्काउनु बाहेको केही उपाय छैन माईलीलाई। मान्छेका छोरा छोरी भटाभट घरमा फर्किदा माईलीभने भक्कानिएर वस्छिन। "उसका २ जना छोराछोरीमा दुवै जना आएका छन, नानी मेरा आधा दर्जन वढी हुँदा आज आमा भन्ने कोही छैनन्"-माईली गाउँमा कसैका छोराछोरी आएको खवर सुन्दा यस्तो प्रतिक्रिया दिन्छिन् अनि सुक्क सुक्क गर्छिन।

माईलीका लागि आमा भन्ने सहारा नै छैन। वरु चाढपर्व नै नआवोस जस्तो लाग्छ। वुढाकोमा गएर आसिक फिर्ता लिउँ जस्तो लाग्छ माईलीलाई तर के गर्नु न त ति वुढा नै छन् अहिले; वुढा भए कै भए पनि न त पनि माईली हिडेर नै पुग्ने अवस्थामा नै छिन अहिले। केवल माईलीसंग छ त एक गजल:

घरमा कालो खसी काट्दा खुसी हुने कोही छैनन्
दर्जि दाइले लुगा सिउँदा फूर्कि लाउने कोही छैनन्

बजाउँदा दर्जी दाइले आँगनमा मंगल धुन
मन रुँदा आमा भनी वोलाउने कोही छैनन्

सन्तान् संझी गनिरँदा जेठो माईलो साइलो
कान्छो भनी बोलाउँदा हजुर भन्ने कोही छैनन्

थालभरि अक्षता र जमराले सजाउँदा
साईतमा टिका थाप्ने छोराछोरी कोही छैनन्

पिङ खेल्ने कोही छैनन् खल्लो लाग्यो यो दशैं त
सबै संझी रोइरदा आमा भन्ने कोही छैनन् ।

जति जति दशैं नजिकिन्छ उति उति उनी गुनगुनाई रहेकी हुन्छिन त्यही गजल। माईलीको गजल सुनिदिने स्रोता खोज्दै अघि वढ्न खोजिरहेछ, बुझाईदिनेको खोजिमा बढ्न खोजिरहेछ तर सुख्खा हावाको अवरोधमा कतै हराइरहेको छ उनका संतानहरुका डाँडाकाँडा सम्म नपुगी…….।

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors